Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

आज पनि समातिए कमेन्टकै कारणले....समाज परिबर्तनको गतिलो माध्यम आज एक अनलाईनहरु बन्न थालेका छन् । मोबाइल आफन्त सँग मात्र समाचार आदान प्रदान गर्ने साधन मात्र नभएर संसारका जुन सुकै ठाउका समाचार एक छिनमा प्राप्त गर्ने माध्यम बनेका छन् कसले के काम गर्दैछन् ? भन्ने कुरा पनि सोधिरहनु नपर्ने भएको छ । धेरै फाइदा हुदा हुदै पनि यसको गलत प्रयोगको कारण ले कतिका ज्यान गएका छन, इज्जत लुतिएका छन, सम्पति नस्तभएका छन । कसैलाई आरोप लगाउन, व्यक्तिगत आक्षेप लगाउन, व्यक्तित्वमा आच आउने, इज्जत जाने काग गर्न पाइदैन, जो राज्यले निगरानि गरेर कारबाहि गरोस तर सार्वजनिक पदमा बसेका कर्मचारी, नेता, सभाषद,मन्त्री, प्रधानमन्त्री, तथा राष्ट्रपति नै किन नहुन तिनीहरुले गरेका काम र जनसरोकारका बिषयमा गरेका कामको बिरोध र समर्थन गर्न पाइन्छ । योजनताको मौलिक अधिकार पनि हो । सरकारको काम कर्तव्यको बारेमा कमेन्ट, वा लाइक गर्दैमा समातेर कारबाहि गर्नुको कतिको को उचित होला? संबिधान बनाउन गएका सभाषदहरु छसय जनामा जम्मा पचास जना मात्र उपस्थित हुन्छन उपस्थित नहुनेलाई किन कारबाहि गर्दैन ? राज्यको ढुकुती सिध्याउने ति भ्रस्तचारीलाईकिन कारबाही गर्न सक्दैन ? दिन दिनै दलित भएकै नाममा मान्छेमाथि मान्छेको व्यबहार नगर्नेलाई किन कारबाही गर्दैन ? राज्यको पैसा खाएर हरेका बर्ष जिम्मेवारी लिएर झन्दैअसि प्रतिशत फेल हुने बिद्यार्थीको पैसा,समय,लगानी को क्षतिपुर्ति कल्ले दिन्छ ?त्यसको छानमिन गरेर कारबाहि गरेर देखावस् सरकारले । एस.एल.सि रिजल्त पछि केहि बालबालिका असफलताका कारण प्रत्येका बर्ष आत्महत्या गर्छन, त्यसको जिम्मेवारी सरकारले लिन सक्छ ? शिक्षकको छोरा छोरीनै निजी बिद्यालय जाने, सरकारका कर्मचारीका बिद्यार्थी निजीमा जाने अनी त्यो सरकारी बिद्यालय तिनीहरुका बाउका सम्पति हो ? हो भने सरकारले तिनीहरुलाई सत्तरि प्रतिशत फेलबनाएकोमा पुरस्कार दियोस । प्रत्यक जिल्लामा भएका संघ, संस्था, सहकारी लगाएतमा आफ्ना मान्छे राम्रा भन्ने, र भ्रस्तचार मौलाएको पाइन्छ । छानमिन गर्न गयो भने पनि उल्तै उनिहरु पनि नाफको भाग बन्दमा पर्दछन । ति कर्मचारीलाई कारबाही गरेर देखाओस सारकारले । कहिल्यै समयमै परिक्षा नगर्ने, परिक्षा गरे पनि समयमै नतिजा ननिकाल्ने, र नतिजा बिस देखि तिस प्रतिशत पास बनाउन सक्ने ति विद्वानको शिक्षण कलालाई राम्रो सँग मुल्याङकन गरो सरकारले । बजेत भाषण हुने बित्तिकै बजार भाउ बढाएर जनताको ढाड सेक्ने व्यापारीहरुलाई कस्ले कारबाही गर्छ ? सक्छ भने सरकारले कारबाही गरेर देखाओस् यसै बजेत भाषण पछि । सयौ युवा युवति सरकारले रोजगार दिन सकेका छैन, बिदेश जादा सयौ पैसा दुबाएका छन् घरबार बिहीन भएर सडकमा आउनु परेको छ । ति सडकमा पु¥याउने दलाल लाई कारबाहि गरेर देखाओस सरकारले । खानेपानी, बिजुली, सिँचाई, भौतिक निर्माण, र्साबजनिक सम्पतिहरु तथा सार्बजनिक सरोकारका बिषयलाई चुस्त दुरुस्त बनाएर जनातालाई खुशि बनाए पछि के जनता कसैको कमेन्ट गरेर बस्छ ? यदि रोजगर भएको भए के फेसबुकमा नानथरि गरेर बस्छ ? सबैजनताका यस्ता प्रश्नको गतिलो जवाफ दिओस सरकारले ।। सुध्रेका जनता र सुध्रेका सरकार भएको देख्न कहिले पाइने ? जय नेपाल जय नेपाली......

Post a Comment

0 Comments