इच्छा 

                                      नवराज भट्ट ( गुरु)


अोरालो लाग्दै गएका ती मेरा इच्छाहरु 
थाहा छैन
मेरा अनगिन्ती इच्छाहरुको गर्भ तुहिदै गयो
आफ्नै मस्तिष्कबाट आशाका किरणहरु  चुहिदै  
अभिलाषा  पूरा हुने कुरामा प्रश्नवाचक   चिन्हको स्वागत हुँदै गयो 
इच्छाहरु प्रतिको मेरो सङ्कल्पले  
महिमाको लागि  अनायसै   हस्तक्षेप बढाउँदै जाँदा
मेरा इच्छाहरू पङ्गु हुँदै गएकाले 
वय पनि  मुर्झाउने छाँटकाट देखाउँदै छ

हो इच्छाहरु
मेरो वाल्यकालकै  
 धनी  देख्दा धनी बन्न
सुन्दर र सुन्दरी  देख्दा बन्न र पाउन
अरुको नक्कल र देखासिकीसँगै  
वयको उन्नयन र परिवर्तनसँगै 
बाटै बाटोबाट
बुन्दै छरपष्ट पार्दै आएको म

कृपा गरी   जिन्दगीसँग ऋण  लिएर 
जन्म दिएका माऊ बिनाका इच्छाहरु
कयौ दिन त घोबीका पिल्ला 
बन्दै आएका थिए
एकदिन,
ईच्छाहरु धेरै नै चिच्चाउँदै  थिए , 
मैले आफ्नो औकात बयान गर्दै गएँ 
.उनीहरु मन्द हुँदै गएँ ।
विस्तारै,
भाग्यका रेखाहरुमा  लाग्दै गयो ग्रहण
साँच्चि कै इच्छाहरु पल्लवित हुने द्वारहरु
जीर्ण हुँदै गएँ।

म भित्र गएको   भूकम्पको तरङ्गले  
 म  इच्छाहरु  मनभित्रै दबाउन थालेँ 
मेरा इच्छाहरु  विस्तारै मुर्झाउँदै गएँ
इच्छाहरुले स्वागत् गरेका   खुसीहरु आँखाको 
झिम्काइसँगै  बिदा हुने   सुरसार कस्तै  
डराएका जस्तै थिए मेरा इच्छाहरू
 सायद मेरो नालयकपन   
पक्कै पनि देखेँ कै अनुभूति गरेकै हुनुपर्छ
म ,मेरो, मेरा
मेरो परिवार 
मेरी उनी 
मेरो समाजको जेलिएका बन्धनले 
र  उनीहरुका इच्छा जिताउँदै 
गरेको चाल पाएर विस्तारै 
मेरा इच्छाहरु मसँग रिसाउँ दै गएँ 
एकाविहानै मेरा इच्हरु

केहीले पासो लगाएका 
बिष सेवन गरेको 
रुखमा ,पंखामा झुण्डिएका
भिरबाट,घरको छतबाट हाम फालेका 
कोही विच रोडमा गइ आत्महत्या गरेका
मैले त केही सोच्न नै सकिन 
यी  इच्छाहरू वर्षाको थोपा जस्तै  
 जसलाई ‌मैले हत्केलाले छुने चाहाना  गरेँ 
ती  ओसिलो भै गएँ  तर हातहरू खाली नै 



कर्कलाको पानी जस्तै 
मेरो हातमा नपरिकनै 
मेरा नयनको समिपबाटै
छटपटाउँदै गँए
लाचार भएका मेरा नयनका 
डिलमा केही थान आँशुका  थोपा टिल्पिल गर्दै 
बस्नु बाहेक केही  सिप चलेन 
उनीहरुको त्यो बाच्ने अभिलाषालाई
मैले बचाउन नै सकिन 
 हो म आफूले नै जन्माएका 
ती इच्छाहरु को मलामी गएर 
चितामा आगो लगाएर आएको हुँ ।

ती इच्छाहरुको  हत्या गर्ने  हत्यारा  हुँ म
ती इच्छाहरुको मर्ने वाध्य पार्ने व्याधा हुँ म 
 इच्छाहरु  सपनामा 
कोही 
 चिहानका डोबबाट 
कोही घरको छतबाट
 कोही तोरी बारीबाट
कोही सुत्ने खोपाको झ्यालबाट 
मलाई सरापी रहेका हुन्छन्
पाल्न नसक्ने भए किन जन्म 
दियौ 
 अकालमै फल्न र फूल्न नपाइकनै 
हाम्रो घाटी च्यापेर किन मार्यौ 
यति कहालिलाग्दो गरी किन मार्यौ 
मार्नु नै थियो भने एकै चोटी  मार्नु पर्ने 
किन झिल्याइझिल्याइ मार्यो 
भनी 
यो जुनीमा हामी जन्मिएका ती गुण र विषेषताहरु
कहिल्यै हात नपरुन 
भनी 
गहभरी आँशु बगाउँदै 
 काहालीलाग्दो धुन बजाउँदै ,कराउँदै  जान्छन्।


 हो मेरा ती इच्छारुले   अकालमै ज्यान 
गुमाए 
मैले ती अबोध इच्छाहरुलाई
जन्म दिइ अकालमै मार्ने हत्यरा बनेकोमा 
मलाई पछुतो छ 

मैले जन्म दिनु ठूलो भूल थियो 
मैले जन्म नदिएको भँए 
के गर्नु उल्छी तिग्रे र स्वादे जिब्रे 
भएपछिको परिणाम हो यो 

ती इच्छाहरुको के नै गल्ती थियो 
सोच्दै नसोची 
भावना र कल्पनाको यात्रामा 
जाँदै गर्दा  मैले नै 
स्तर , परिवेश , शिक्षा, आर्थिक हैसियत 
नै नहेरी 
नक्कल र देखासिकी गरेर 
जन्माएका ती अबोध इच्छाहरु
गल्ती मेरो नै थियो 
घाँटी नै नहेरी हाड निल्न खोज्नु 
त्यो अपरिपक्व मानसिक्ता र शारीरिक उमेरले 
जन्माएका ती इच्छाहरु 
पानी नपाएर  मुर्छाएको 
फूहरु जस्तै मुर्छाएर गएका 
ती मेरा इच्छाहरु 
मैले नै जन्माएका ती इच्छहरु 
मैले नै तिनीहरुको चितामा
आगो लगाएर जलाएर 
आएको हुँ ।

जीवन भरका इच्छाहरु पिचास बनेर  छातिभित्र गाडिएका छन ,
म ज्युदो मान्छे मसान भन्दा के कुरामा कम छु। 
स्वयम्  मैले नै जन्मदिइ 
 र  मैले  नै मेरा  इच्छाहरुको हत्या  गर्ने हत्यारा हुँ म  

           कृष्णपुर न.पा गुलरिया कञ्चनपुर
                  हाल       भक्तपुर,नेपाल