Dipak sent 17 July at 06:31
तिमी र म
मेराे छाप्राेमा
भालेले डाेकाे थर्कनेगरि
डाँकाे छाेडेपछि
पाडिले भैँसिका पाैरिएका
थुन सम्झिएपछि
उज्यालाे हुन्छ
तिम्राे महलमा
उज्यालाे हुन
अर्लाम बज्नुपर्छ
साइकल चढेर अाएकाे अखबार
गेटभित्र पस्नुपर्छ
डि डि सि काे दूध हालेकाे चिया
टि टेबलमाथि बस्नुपर्छ
तिमी
हिजाे खाएकाे खाना पचाउन
एकाबिहानै
सहरकाे सडक परिक्रमा गर्छाै
म
बिहान बेलुका
अँगेनामा कसाैँडि बसाल्न
काेदालि बाेकेर
फाँटका गह्राहरुमा
चक्कर लगाउँछु
चक्कर लगाउँदा लगाउँदै
चक्कर लागेपछि
थचक्क बस्छु
तिमी बस्दा बस्दा
घुँडा दुखेर
डाक्टर कहाँ जाँदा
म बस्न नपाएर
घुँडा दुखेर
झाँक्रि कहाँ जान्छु
तिमी हाेलिडे मनाउन
मेराे गाउँकाे वाटरफलमा
वाथ गरिरहँदा
म खिइएकाे हड्डि
धुमलिएका अाँखा
ठिक पार्न
तिम्राे शहरकाे डाक्टरले दिएकाे
एक झाेला अाेखति बाेकेर
पशुपतिनाथसँग
स्वास्थ्यलाभकाे
भिख मागिरहेकाे हुन्छु
तिमी दशैँ लागेपछि
गाउँ टेक्छाै
म दशा लागेपछि
शहर टेक्छु
जहाँ टेकेपनि
तिमी र म
एउटै धर्तिमा टेक्छाैँ
मेराे अालिहरुमा झुलेका धान
तिम्राे प्रेसर कुकुरले सिठ्ठि लगाउँछ
मेराे बारिमा फलेका रामताेरिया
तिम्राे भान्छामा
लेडिज फिन्गर बन्छ
मेराे खाेरमा हुर्केका
खसिहरु
तिम्राे किचेनमा
मटन करि बन्छ
म उत्पादक
तिमी उपभाेक्ता
तिमी शासक
म शासित
म र तिमी
हामी किन हुन सकेनाैँ?
सँधै
तिमी र म
तिमी अगाडि
म पछाडि
किन भईरह्याैँ ?
दीपक नेपाल
२०७८/०४/०२
0 Comments