नेपालको सविधान र जातीय छुवाछुत तथा कसुर एैन २०६८ को ब्यवस्था तैयार गर्ने धन बहादुर वि क
छुवाछूत तथा भेदभाव भन्नाले कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रितिरिवाज, उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेसा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै काम गरे वा गराएमा छुवाछूत तथा भेदभाव गरेको मानिन्छ । सामान्यतया जातीय छुवाछूत दलित र ननदलित विच मात्र हुन्छ भन्नु गलत हो । यो बहुपक्षीय स्वरुपको हुन्छ । जस्तैः ब्राह्माण भित्र (उपाध्यायले गौतम सँग विवाह नहुने) ब्राह्मणले क्षेत्री संग, जनजाती भित्रै, वा दलित दलित भित्रै आदि ।
- कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछूत वा भेदभाव नगरिने,
- कुनै वस्तु, सेवा वा सुविधा उत्पादन वा वितरण गर्दा त्यस्तो वस्तु, सेवा वा सुविधा कनै खास जात वा जातिको व्यक्तिलाई खरिद वा प्राप्त गर्नबाट रोक लगाइने वा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई मात्र बिक्री वितरण वा प्रदान नगरिने,
- उत्पत्ति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने, जात, जाति वा छुवाछूतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछूत वा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न नपाइने,
- जातीय आधारमा छुवाछूत गरी वा नगरी कार्यस्थलमा कुनै प्रकारको भेदभाव गर्न नपाइने,
- संविधानको प्रतिकूल हुने गरी भएका सबै प्रकारका छुवाछूत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानूनबमोजिम दण्डनीय हुन्छन् र त्यस्तो कार्यबाट पीडित व्यक्तिले कानूनबमोजिम क्षतिपूर्ति पाउँछन् ।
- अदालत वा अन्य न्यायिक निकायबाट समान व्यवहार पाउने अधिकार,
- कुनै सरकारी निकायबाट उपलब्ध गराइने सेवा तथा सुविधामा समान संरक्षणको अधिकार,
- सार्वजनिक सेवामा समान पहुँचको अधिकार,
- नेपालभित्र र बाहिर आवतजावत र बसोबास गर्न पाउने अधिकार,
- सांस्कृतिक क्रियाकलापमा समान सहभागिताको अधिकार,
- विवाह गर्ने तथा बरबधु छान्ने अधिकार,
- शान्तिपूर्वक भेला हुन तथा संगठन गर्न पाउने अधिकार,
- रोजगारी छनौट गर्न तथा काम गर्न पाउने अधिकार,
- समान काम गरे बापत समान तलब पाउने अधिकार,
- सार्वजनिक स्थानमा समान पहुँचको अधिकार,
- छुवाछूत तथा भेदभाव विरूद्ध शीघ्र न्यायिक उपचार र उचित क्षतिपूर्ति पाउने अधिकार
- छुवाछूत गरी सार्वजनिक वा निजी स्थानमा प्रवेश गर्न, उपस्थित हुन वा भाग लिन निषेध गर्ने वा कुनै किसिमले रोक, नियन्त्रण वा प्रतिबन्ध लगाउने,
- व्यक्तिगत वा सामूहिक रूपमा सार्वजनिक स्थान वा समारोहबाट निष्काशन गर्ने,
- सामाजिक बहिष्कार वा कुनै प्रकारको भेदभाव गर्ने, वा त्यस्तो कार्यमा प्रतिबन्ध लगाउने वा अन्य कुनै किसिमको असहिष्णु व्यवहार प्रर्दशन गर्ने,
- सार्वजनिक सेवाको प्रयोग गर्न वा उपभोग गर्नबाट वन्चित गर्ने,
- सार्वजनिक समारोह आयोजना गर्ने वा सार्वजनिक रूपमा आयोजना हुने कुनै कार्य गर्नबाट वन्चित गर्ने,
- छुवाछूत वा भेदभाव हुने कार्य गर्न कसैलाई भड्काउने, उक्साउने वा त्यस्तो कार्य गर्न दुरूत्साहन हुने कुनै कार्य गर्न वा त्यस्तो कुनै क्रियाकलापमा जानी जानी सहभागी हुने,
- कुनै पनि पेसा वा व्यवसाय गर्न प्रतिबन्ध वा रोक लगाउने वा कुनै पनि व्यक्तिलाई कुनै पेसा वा व्यवसाय गर्न बाध्य गर्ने,
- कुनै धार्मिक कार्य गर्नबाट वञ्चित गर्ने,
यी उल्लेखित कसुर गर्ने व्याक्तिलाई तीन महिना देखि तीन बर्ष सम्म कैद र पचास हजार देखि दुई लाख जरिवाना हुनेछ ।
- कुनै वस्तु, सेवा वा सुविधा उत्पादन, बिक्री वा वितरण गर्नबाट रोक्ने वा रोक्न लगाउने,
- कुनै वस्तु, सेवा वा सुविधा उत्पादन, बिक्री वा वितरण गर्दा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई खरिद वा प्राप्त गर्नबाट रोक लगाउने वा कुनै खास जात वा जातिको व्यक्तिलाई मात्र बिक्री वा वितरण गर्ने वा गराउने,
- कुनै सार्वजनिक प्रकृतिको धार्मिक स्थलमा प्रवेश गर्न रोक वा सार्वजनिक प्रयोगमा रहेको पानी पँधेरा प्रयोग गर्न बन्चित गर्न वा अन्य कुनै नीजि वा सार्वजनिक उपयोग वा सुबिधाको कुराको प्रयोग गर्नबाट बन्चित गराउने,
- जात जातिका आधारमा परिवारका कुनै सदस्यलाई बहिस्कार गर्ने, घरभित्र प्रवेश गर्न नदिने वा घर वा गाउँबाट निकाल्ने वा निस्कन बाध्य तुल्याउने कार्य गर्ने वा गराउने,
- उमेर पुगेका वर वधुबाट मन्जुर भएको अन्तरजातीय विवाह गर्नबाट रोक लगाउने तथा त्यस्तो विवाहबाट जन्मिएका सन्तानको न्वारन नगराउन वा भइसकेको विवाह विच्छेद गराउन कुनै किसिमले कर गर्न वा गर्न लगाउने,
- कुनै पनि व्यक्तिलाई कुनै प्रकारको श्रममा लगाउन इन्कार गर्ने वा श्रमबाट निष्काशन गर्ने वा पारिश्रमिकमा भेदभाव गर्ने वा गराउने,
- श्रव्य दृश्य सामाग्री, लेख रचना, चित्र, आकार, काटुन, पोष्टर, पुस्तक वा साहित्यको प्रसारण, प्रकाशन वा प्रदर्शन गरेर वा विद्युतीय माध्यमबाट वा अन्य कुनै तरिकाले कुनै व्यक्ति वा समुदायलाई त्यस्तो व्यक्ति वा समुदायको उत्पत्ति, जात वा जातिको आधारमा उच्च वा नीच दर्शाउने, जात, जाति वा छुवाछूतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठहयाउन वा छुवाछूत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्न, वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्ने वा गराउने, माथि उल्लेख भएका कार्यहरू गर्न मद्दत गर्ने, दुरूत्साहन गर्ने, उक्साउने वा उद्योग गर्ने,
यी उल्लेखित कसुर गरेमा दुई महिना देखि दुई बर्ष सम्म कैद र बिस हजार रुपैयाँ देखि एक लाख रुपैयाँ सम्म जरिवाना हुने छ ।
- अधिकार प्रयोग गर्ने अधिकारीले सामान्य कानूनको प्रयोग गर्दा उत्पत्ति, धर्म, वर्ण, जात जाति, लिंग, शारीरिक अवस्था, अपाङ्गगता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था आर्थिक अवस्था, भाषा, क्षेत्र आदिका आधारमा भेदभावपूर्ण व्यवहार गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।
- कसैले कसैको सामाजिक रीति स्थितिमा खलल पर्ने वा खलल हुने गरी झुक्याई वा जबर्जस्ती गरी कुनै काम गर्ने वा गराउन कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।
- कसैले कसैलाई देहायको अपमानजनक वा अमानवीय व्यवहार गर्ने वा गराउनेः जस्तैः बोक्सा बोक्सीको आरोप लगाउने, बोक्सा बोक्सीको आरोप लगाई बसोबास गरेको ठाउँबाट निकाला गर्ने, सामाजिक बहिष्कार गर्ने, वा अन्य जुनसुकै काम गरी कुर, अमानवीय वा अपमानजन्य व्यवहार गर्र्नेे व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रूपैयाँसम्म जरिवाना हुन्छ ।
- जातिपातिको आधारमा छुवाछूत वा अन्य भेदभावपूर्ण व्यवहार गर्ने, कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ र राष्ट्रसेवकले कसूर गरेमा थप तीन महिनासम्म कैद सजाय हुन्छ ।
- अन्य कुनै किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले जातीय भेदभाव तथा छुवाछूतको कसूर गरेमा निजलाई पचास प्रतिशत थप सजाय हुन्छ ।
- छुवाछूत वा भेदभाव गर्न मद्दत गर्ने, दुरूत्साहन गर्ने, उक्साउने वा उद्योग गर्ने व्यक्तिलाई कसूरदारलाई हुने सजायको आधा सजाय हुन्छ ।
- सजाय पाएको व्यक्तिले पुनः कसूर गरेमा पटक्कै पिच्छे दोब्बर सजाय हुन्छ ।
- कसूरको अनुसन्धाने काममा बाधाविरोध गर्नेलाई अदालतले कसूरदारलाई हुने सजायको आधा सजाय गर्न सक्नेछ ।
छुवाछूत तथा भेदभावको कसूर गरेको वा गर्न लागेको थाहा पाउने जोसुकै व्यक्तिले नजिकको प्रहरी कार्यालयमा वा राष्ट्रिय दलित आयोग वा स्थानीय तहमा समेत उजुरी गर्न सक्नेछ । यस्तो कसूर नेपालबाहिर गरेमा कसूरदार बसोबास रहेको वा निज रहेको जिल्लाको नजिकको प्रहरी कार्यालयमा उजुर गर्न सक्नेछ । छुवाछूत तथा भेदभाव भएको मितिले तीन महिनाभित्र सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्नु पर्दछ ।
जातीय भेदभाव तथा छुवाछूतको मुद्दा सरकारवादी हुन्छ । प्रहरीमा उजुरी दर्ता भएपछि प्रहरीले अनुसन्धान गरी सरकारी वकिल मार्फत अदालतमा मुद्दा दर्ता हुन्छ । यस्तो मुद्दा नेपाल सरकार वादी भई दर्ता हुन्छ । पीडित स्वयंले पक्ष भई मुद्दा दर्ता गर्नु पर्दैन । यस्तो मुद्दामा सरकारी वकिलले नै पिडीतको पक्षमा वकालत गर्ने व्यवस्था छ ।
सरकार वादी हुने मुद्दामा पीडितको तर्फबाट सरकारी वकीलले बसह पैरवी गर्दछन् । सरकार वादी भई चल्ने बाहेक अरू मुद्दामा कानूनी सहायता समिति वा जिल्ला अदालतबाट कानूनी सहायता पाउँछन् । ।
- अदालतले कसूरदारबाट पीडितलाई दुई लाख रूपैयासम्म क्षतिपूर्ति भराईदिन सक्दछ ।
- कसूरदारले पीडितलाई कुनै शारीरिक हानी नोक्सानी पुयाएको रहेछ भने अदालतले सोको प्रकृतिको आधारमा उपचार खर्च वा थप हानि नोक्सानीको मनासिब रकम कसूरदारबाट पीडितलाई भराई दिन सक्दछ ।
- कसूरदारबाट क्षतिपूर्तिको रकम तत्काल आउन नसकिने भएमा त्यस्तो रकम पीडित राहत कोषबाट भराइदिनु पर्दछ ।।
- नेपालको संविधान
- जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८
- मुलुकी अपराध संहिता, २०७४
- मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४
0 Comments