Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

जातीय छुवाछूत मुक्त्त भकिम्ली कार्यक्रम को तयार पारेको हाते पुस्तिका २०७४

 

जातीय छुवाछूत मुक्त्त भकिम्ली कार्यक्रमको लागि धनु लेकाली ज्यूले तयार गर्नुभएको थियाे ।


इतिहासिक काल देखि राजनीतिक, समाजिक, आर्थिक, साँस्कृति तथा अन्य हिसावले समाजमा विभेद गरिएको समूदाय नै दलित हो । नेपाली समाजमा हजारौ वर्ष देखि स्थापित सामाजिक मुल्य र मान्यताका आधारमा समाजमा बर्जित गरि राखिएको छ, यो वर्तमान समय सम्म पनि रहिरहनु विदम्बना हो । यस्ता मावता विरधी, कंलङ्कित व्यवहार समाजबाटै हताउन सकिएन भने युगौ युग सम्मा समाजिक असमानता तथा अस्थीरता स्थापना हुने गर्दछ । वर्तमान समयमा दलित समूदायको लागि राज्यले थुपै व्यवस्था गरेता पनि सामाजिक अभ्यासले अझै अपहेलित बनाउन बाध्य छ । 

 विशेषत यस बे.न.पा–३, भकिम्लीमा पनि जातिय छुवाछूतको जतिल स्थितिमा निरन्तर अभ्यास भएको हुनाले सो अमानविय व्यबहार अन्त्य गर्नको लागि प्रयासरत अवस्थामा यस पुस्तक तयार गर्ने काम भएको छ ।

दलित सामाजिक पूर्वनिर्धारित मान्यताका आधारमा सामाजका सबै खाले काम क्रियाकलापमा कुनै काम गर्न वा निषेध गर्ने,दवाउने, विभेद गर्ने तथा झन्दै ५००० बर्ष पहिले देखि राज्यको मूलधारमा आउनबाट बञ्चित गरिरहेको समुदाय हो । अर्काे शब्द मा भन्नुपर्दा हिन्दू दर्शनको चतुर वर्णमा आधारित ब्राह्मण, क्षेत्री, बैश्य शूद्र मध्य शूद्र समूहमा पर्ने समाजिक रुपमा कलंक मानी समाजिक बहिस्करण भोगिरहेको समुदाय नै दलित हो । समग्रमा भन्दा, जन्म, वंश, पेशा र जातका आधारमा अछुत बनाइएको,जातका आधारमा राजनीतिक, आर्थिक र प्रशासनिक क्षेत्रमा बञ्चितीकरण गरिएको, जातका आधारमा सामाजिक र साँस्कृतीक अन्तर्घुलनमा प्रतीबन्ध लगाइएको, जातका आधार आर्थिक रुपमा कुनै पेशा गर्न वा नगर्न बाध्य पारिएको समग्र समुदाय नै दलित हो । दलितको परिभाषा “हिन्दू वर्णाश्रम जाती व्यवस्था, वि.सं. १९१० को मुलुकी ऐनबाट पानी नचल्ने र छोइछिटो हाल्नु पर्ने जातजाती भनी जातीय भेदभाव एवं समाजमा अछुत मानिएका र सामाजिक, आर्थिक, राजनैतीक, शैक्षिक तथा धार्मिकरुपमा राज्यको मूलप्रवाहबाट पछाडि पारिएका जातजातीका समुदायलाई दलित वर्ग भन्ने गरिएको छ ।” दलित शब्द ले ऐतीहाँसिक, सामाजिक, आर्थिक र राजनैतिक अर्थ बोकेको छ । विगत देखि छोइछुतो तथा समाजिक निषेधमा यस शब्द ले सार्थकता प्राप्त गर्दछ । दलित शब्द सस्कृतको दल बाट आएको हो । जसको अर्थ टुक्रिएको, दबिएको हेपिएको भन्ने अर्थमा प्रयोग हँुदै आएको छ । डा.भिम राव अम्वेडकर भन्नुहुन्छ दलित भन्नाले दविएको टुक्रिएको, दवाइएको, तथा समाजिक मान्यताका आधारमा निषेध गरिएको समुदाय नै दलित हो । हिन्दू धर्मको वर्ण बिभाजन अनुसार मानिसहरूलाई बाँडिएको चार वर्ण मध्ये तल पारिएको एक वर्ण हो शूद्र जसलाई हाल दलित पनि भन्न थालिएको छ । वर्ण विभाजन नै सम्रग हिन्दू समाजलाई कलंकित गर्ने जातीय छुवाछूत र भेदभावको कारक तत्व बनेको इतीहास प्राचीन वैदिक ग्रन्थहरुको अध्ययनवाट प्रष्ट हुन्छ । विगतका समयमा यस दलित भित्र पर्ने समुदायलाई अपमानका शब्द को रुपमा प्रयोग गरिदै आयो जस्तैः कामी,दमाई, सार्की,दुम, आदि । यदी यस्ता शब्द साच्चिकै गौरवको रुपमा लिन्थे भने कामी, दमाई सार्की जस्ता शब्द शुन्दा गौरवको महसुस गर्थे । विगतका समयमा बिभिन्न समयका शासकले आफ्नो अनुकुल बनाउँदै लगेको पाइन्छ । झनै पञ्चायतको समयमा दलितले आफ्ना पूर्खाको गोत्र लेख्दा समेत दमनकारी नीति बनाई विश्वकर्मा, किसान जस्ता थर लेख्न बञ्चित बनाएको देखिन्छ ।

 दलित शब्द को प्रयोगलाई हेर्ने हो भने यसको प्रयोगको इतिहासको बारेमा जान्न पनि आवश्यक देखिन्छ । मराठी शब्द को रुपमा प्रयोग गरेको अध्ययनहरुले देखाउँछ । सर्व प्रथम सन् १८८८ मा महाराष्ट्रमा पहिलो पटक महर र चम्भार जातले प्रयोग गरेको पाइन्छ । सन् १९३० मा पुन मराठी र हिन्दीमा प्रयोग भएको भन्ने थियो । तर सन् १९३० को दशकमा डा.अम्बेडकरले आफ्ना भाषणहरुमा प्रयोग गरेको र आफ्ना पुस्तकहरुमा समेत उल्लेख गरेका थिए । सन १९७० को दशकमा महाराष्ट्रमा दलित प्यान्थर समूहले व्यापक रुपमा प्रयोग गरेको र त्यसयता निरन्तर प्रयोग हुँदै आएको थियो । सन् १९६७ मा नेपालमा यसको प्रयोग भएको थियो, साथै अहिले सम्म पनि नेपाली समाजमा दलित शब्द को व्यापक प्रयोग गरिदै आएको छ । बर्तमान अवस्थामा दलित शब्दको यदा कदा विरोध गरिएता पनि प्रचलनको अधारमा दलित शब्द निकै प्रयोग भएको देख्न सकिन्छ । नेपाली समाजमा हेर्ने हो भने पनि दलित भनेर निम्नानुसारको समुदायलाई चिन्ने गरिन्छ । 

  • चतुर्वण्य हिन्दू वर्णाश्रमिक तहगत संरचनामा पिँधमा रहेको 
  •  राष्टिय दलित आयोगद्वारासूचिकृत २६ वटा जातहरु 
  •  उत्तर वैदिककालीन शूद्र(चण्डाल, पुक्कस, निषाध, आदि) 
  •  पुराण र स्मृतीकालीन पञ्चम (चतुर्वण्य संरचनाभन्दा बाहिरको पाँचौंवर्ण) 
  •  गान्धीको परिभाषामा हरिजन (परमेश्वरका प्यारा भक्त) 
  •  अम्बेडकरको परिभाषा अनुसार अछूत जगड्बहादुरका मासिने शूद्र(पानी नचल्ने छोइछिटो हाल्नुपर्ने जात) 
  • पञ्चायतकालीन उत्पीडित, उपेक्षित र निम्नसमाज  २०४६ सालमा पुर्नस्थापित प्रजातन्त्रपछि राजनीतिक दल र नागरिक समाजले मान्यता दिएको 
  • नेपालको संविधान (२०७२) द्वारा राज्यले स्वीकारेको 
  •  संवैधानिक तथा कानूनी रुपमा पूर्व अछूत र ब्यावहारिक रुपमा वर्तमान अछूत


नेपाली समाजको बारेमा बोल्नेहरुले भन्ने गरेको पाईन्छ नेपालमा भाइचार र धार्मिक रुममा पनि सहिष्णुता छ भनेर भनियो तर नेपाली समाजमा त्यस्तो देखिदैन । भौगोलिक रुपमा तराई र पहाडको समूदाय बिचमा भौगोलिक तथा रङगको आधारमा विभेद देखिन्छ । हिन्दू धर्म तथा अन्य धर्म मान्य विचमा पनि निरन्तर सान तीना घटनाहरु घटिरहेका छन । महिला माथि पनि चरम विभेदको घटना दिन दिनै सार्वजनिक भएको पाइन्छ । झनै दलित माथिको विभेदलाई हर्ने हो भने २१औ शताब्दिको चरम अमानवीय, तथा गैर कानून ी मान्यता रहदै र भोग्दै आएको पाइन्छ । विभिन्न राजा महाराजाको कानूनी बोलबोलावाका कारण यि कैयो जातीहरु अझै सम्म पनि आफ्नो पहिचानलाई गुमनाम बनाउन बाध्य छन । ती गरिब तथा राज्यको मूलधारमा आउन नसकेका मानिसका बारेमा न कहिल्यै इतीहास लेखियो, न सञ्चारका साधनले प्राथमिकताका साथ प्रसारण तथा छाप्ने काम नै गरे । जनआन्दोलनको समयमा घरमै आनन्द बसेका मानिस गोलि लाग्दा शहिद बने तर राष्ट्र र राष्ट्रियताका लागि आफ्नो ज्यान आहुती गर्ने गोल्छे सार्किको नाम न इतिहासमा लेखियो न शहिद नै भनी पुकारियो । जातिको कारणले बाहुन भएको नाताले कैयौ बाहुनका टाउको राणाकालमा जोगिए भने , त्यही जातीका कारणले कैयौ दलितहरु अझै पनि ज्यान गुमाइरहेका छन । 

 जातीका कारणले घटेका घटनाहरुलाई एक पटक नियालौँ । धेरै वर्ष पहिले बागलुङमा अन्तरजातीय विबाहलाई स्विकार्ने नभए पछि श्रवण श्रेष्ठ र अमृता बि.क. ले एउटै डोरीमा बाँधिएर भिरबाट हामफाली आत्महत्या गर्नुप¥यो । बाजुरा जिल्लामा कार्तीक ७ गते मालिका मन्दिरमा दशै पूजा गर्ने दुई बालक र अभिभाबकलाई स्थानीय गैर दलितले कुटपिट गरी घाइते बनाएका थिए । धादिङ्ग जिल्ला पिडा गाबिस ५ मा असार महिना १९ गते अन्तर जातीय बिबाहका कारण स्थानीय गैर दलितबाट कुटपिट तथा आक्रमण गर्ने काम भयो । चैत्र सात गते पनि अन्तरजातीय बिबाहकै कारण बाँकेको चप्परगौडीमा दलितले कुटपिट तथा आक्रमण सहनु प¥यो । साथै विद्यालय र बजारमा समेत नाकाबन्दि गरी दलित नागरिकलाई अझै दुःख दिने काम गरियो । जसको कारणले केहि दलितहरु विस्थापित सम्म हुने अवस्था आएको थियो । त्यस्तै कार्तीक तीन गते दैलेख जिल्लाको सल्लेरि गाबिसमा भीमबहादुर बि.क.लाई दैलो नागको भनी हसिया प्रहार गरीघाइते बनाइयो । काभ्रेको धुलिखेलमा कारागारका बन्दी कुमार बि.क. को रहस्यमय मृत्यू भयो । पर्बत जिल्लामा पूर्वब्यवसायिक शिक्षाको पाक शिक्षाको प्रयोगात्मक शिक्षणमा दलित विद्यार्थीलाई सहभागी गराईएन । सल्यान र सिन्धुपाल्चोक जिल्लामा एस.एल.सि. परीक्षा दिन आएका दलित बिद्यार्थीले कसैले डेरा पाएनन र कोहीलाई पानी छोइएको निहुँमा हातपात र गालीबेइजती सहनु प¥यो । इन्सेकको प्रतीबेदन अनुसार १११ वटा जातीय छुवाछूत का घटना भएको जनाएको छ । त्यस अन्तरगत क्षेत्रगत रुपमा पूर्वाअञ्चलमा २१, मध्यमाञ्चलमा २६, पश्चिमाञ्चलमा १२, मध्यपश्चिमाअञ्चलमा २१ र सुदुर पश्चिमाअञ्चलमा ३१वटा जातीय विभेदका अमानबिय घटनाहरु भएका छन् । नेपाली सेना तथा प्रहरी जस्ता राज्यका निकायमा समेत दलितले छोएको खानु पर्ने भएकोले कसैले पनि नछोई भात थाप्ने ब्यवस्था गरेको समेत सुन्न र समाचारमा पढ्न पाइन्छ । नेपालको दुर दराजमा बस्नेहरु, मिडियाको पहँुच पुग्न नसक्ने तथा गैर दलितको दवाबमा बसेका सयाँै जातीय छुवाछूत सम्बन्धि घटनाहरु बाहिर आउन नसकेको भनेर अनुमान लगाउन सकिन्छ । भएका घटनाहरु राज्यले गम्भिरताका साथ लिएको पनि छैन तथा पीडित दलितहरुलाई न्याय प्रदान गरी क्षतिपूर्ति सम्म पनि प्रदान गर्न सकेको छैन । यस कुराहरुबाट हामी के बुझ्न सकिन्छ भने नेपालमा बस्ने दलित नागरिकलाई न्याय प्रदान गर्न सकेको छैन । जातीय छुवाछूत सम्बन्धि ऐन २०६८ ले जातीय छुवाछूत गर्नलाई २५ हजार देखि एक लाख सम्म साजाय गर्न भनी तोकिएको भएता पनि अझै सम्म पनि कारबाहि हुन सकेको छैनन् । दलित माथि हुने जुनसुकै अपराधको सजाय हुन नसक्दा पीडितहरु नारकीय जीवन बिताउन बाध्य छन भने, गैर दलित समुदायका ती अपराधिहरु खुलेआम दमन गरिहेका छन । यसो हुनुको कारण के हो भने, जिम्मेवारी ब्यक्ति तथा निकायले दलित माथि विभेदकारी ब्यबहार गरेको कारण यो परिस्थिति बनेको छ । जातीय बिभेदको बारेमा सहयोग गर्नको लागि नागरिक समाज, राजनैतिक दल, मिडिया कर्मी, सबै जात जातीका मानिसको सक्रियता पूर्वक लाग्नु आवश्यक देखिन्छ । दलितका जुनसुकै घटनाहरु राज्यले लड्ने ब्यवस्था गरेता पनि कैयाँै केसहरु आएर पनि बिच बाटै मिलोमटोमा हराएर जाने गरेको अर्काे समस्या थपिएको छ । अब भन्नुहोस् दलितको लागि सहयोग गर्ने अख्तियार पाएकाहरु बाटै असहयोग भए पछि कसरी दलितहरुले न्याय पाउलान ? कसरी नेपाली समाजमा सम्मान पूर्वक रुपमा दलितहरु रहन सक्लान यो गम्भिर प्रश्न हो ।


प्रारम्भमा प्राचीन भारतीय आर्यसमाजमा कुनै पनि वर्ण ब्यवस्था थिएन कुनै पनि विभेदकारी समाज थिएन भन्ने कुरा पुराणा ग्रन्थहरुको अध्ययनबाट पाउन सकिन्छ । समाजलाई व्यवस्थित वनाउनका लागि पछि श्रमको बिभाजन गर्ने शिलशिलामा कामका आधारमा वर्ण बिभाजन भएको थियो । तर त्यही श्रम विभाजनलाई शासकहरुले मुठ्ठी भरका व्यक्तिको इसारामा शोषण तथा दमन गर्ने कदीको विकास गरे । त्यही वर्ण विभाजननै सम्रग हिन्दू समाजलाई कलंकित गर्ने जातीय छुवाछूत र भेदभावको कारक तत्व वनेको इतीहास प्राचीन वैदिक ग्रन्थहरुको अध्ययनवाट ब्यवस्था हुन्छ । प्राचीन वैदिक ग्रन्थहरुको अध्यन गर्दा ऋग्वेदको दशाँै अध्याय भन्दा अगाडि कही कतै वर्णश्रम व्यस्थाको व्याख्या नगरेकाले वैदिक युगको अन्ततिर आएर भारतीय महाँदिपको आर्यसमाजमा कामका आधारमा वर्णको वर्गिकरण भएको ब्यवस्था हुन्छ । 

 ब्रह्माणक्स्य मुखमासित् बाहू राजन्यः कृतः,

 अरु तहस्य यद्धैस्यः पद्म्याँ शूद्रोक् अजायत । ऋग्वेद ( १०/९०/१२) 

जस्तो ऋग्वेदको दशौँ अध्यायमा उल्लेखित एक विरात पुरुषको (ब्रम्हाका) मुखवाट ब्राह्मण, हातवाट क्षेत्रिय तीघ्रा वा जाङ बाट वैश्य र पैतालावाट शूद्रको जन्म भएको व्याख्या गर्दछ । वास्तवमा तत्कालीन राज्य र समाज संचालनका लागि विकास गरिएको त्यो प्रारम्भिक अभ्यासमा कही कतै अपृश्यता, छुवाछूत , भेदभावको गन्ध पाइदैन । राज्य, समाज र जीवनलाई सूचारु ब्यवस्थित रुपमा चलाउन सुरुगरिएको त्यो ब्यवस्थामा शिक्षण, अध्यापन, ज्ञान आर्जन र प्रदान गर्ने पेशालाई व्राहम्ण, सेना, प्रहरी, सुरक्षा अंग र युद्ध संग सम्वन्धित पेशालाई क्षत्रीय, बन्द, व्यापार, कृर्षिको काम गर्ने पेशालाई वैश्य र सेवा मूलक काम गर्नहरुलाई शूद्रका रुपमा प्रारम्भमा विभाजन गरिएको थियो । सुरुका वैदिक प्रमाणहरुलाई नै हेर्ने हो भने पनि व्यतीmले आफ्नो इच्छा अनुसार र क्षमता अनुसार पेशा अपनाउन सक्ने व्याख्या गरिएको पाइन्छ । जसमा कुनै समूहलाई कुनै काम गर्न गराउन बाध्यकारी अवस्था थिएन । एउटै व्यतीm काम अनुसार फरक–फरक वर्णमा परेको प्रमाणहरु पनि पाइन्छ । जुन अहिलेको कसको कोखमा जन्म हुन्थ्यो त्यही जाती हुने अवस्था थिएन । 

जात्या च सदृशाः सर्बे कुलेन सदृशास्तथा । (शान्ति पर्व १०७/३०)

 यस वाक्यबाट पनि बुझ्न सकिन्छ कि आदिम कालमा भिन्न जातीहररुमा भेदभाव थिएन । एउटै परिवार भित्रपनि व्यतीmको पेशा अनुसार फरक–फरक वर्ण भएको पनि पाइन्छ । ऋग्वेदमा रहेको एउटा श्लोकले भन्छ – म पढने काम गर्छु त्यसैले म व्राह्मण हो । मेरो बुवा आयुरवेद र औषधिको ज्ञान राख्नुहुन्छ त्यसैले उहाँ वैश्य हो । मेरी आमा हातले पिठो कुटनुहुन्छ त्यसैले उहाँ शूद्र हो । जसरी एउटा गाइले आफनो आहाराको लागि टाढा टाढा सम्म जान्छ त्यसै गरी हामी पनि विभिन्न पेशा अपनाएर आफनो र परिवारको जीविको पार्जन गर्दछौ भनिएको छ । त्यसवाट पनि के ब्यवस्था हुन्छ भने प्राचीन आर्य समाजमा वर्ण ब्यास्था केवल समाजलाई सूचारु गर्न र संचालन गर्नका लागि गरिएको काम (पेशा) को वर्गिकरण मात्र थियो । त्यस वर्गिकरणमा छुवाछूत , अश्प्रश्यता, भेदभाव, बहिस्कार तथा बहिस्करण जस्ता कुरीती र कुसंस्कारहरु थिएन । समाजलाई सूचारु गर्न जब प्राचीन आर्य समाजमा कामका आधारमा वर्णको वर्गिकरण भयो तब मानिसहरुले जीविको पार्जनका लागी विभिन्न पेशाहरु अपनाउन थाले । बिस्तारै उनीहरुले अपनाएको पेशा पनि उनीहरुको सन्तान दरसन्तान हुदै वंशानुगत रुपमा विकसित हँुदै आयो । फलत त्यहि विकास नै उनिहरुको जातीय पहिचान बन्न पुग्यो । 

 तत स्त्रेता युग नाम मानवना बपुस्मताम्,

 क्षत्रियाः यत्र जायन्ते पूर्वेण तपासान्विताः ।

 अपश्यनतुस्तुसे सर्बे विशेषण मधिक तत्,

 स्थापनं चक्रिरे तत्र चार्तुवर्णस्य सम्मतम् 

रामायण उत्तराखण्ड (७४/११-१५) 

 यस श्लोक अनुसार त्रेता युग आयो र त्यहाँ बलवान क्षेत्रीयहरुले ब्रह्मानहरुले जस्तै तपस्या गर्न थाले त्यसपछि मनु आदि ऋषिले ब्रह्मण र क्षेत्री धेरै अन्तर नरहेको व्याख्या गरे । सयाँै वर्षको त्यो सामाजिक निरन्तरता पछाडि समाजमा पेसाका आधारमा जातीय वर्गिकरण हुन थाल्यो । अब आएर एउटा जातीले अपनाएको पेशा अर्कोले नअपनाउने एउटा जातिको मानिससंग अर्को जातिको मानिसले घुलमिल राख्न नमान्ने हुन थाल्यो । एकातिर समाज यसरी गलत बाटोतर्फ हिडिरहेको थियो भने अर्कोतर्फ तत्कालीन वर्ण ब्यवस्थाले प्रचुर रुपमा फाईदा दिईरहेका वर्ण समुदायहरु वर्ण ब्यवस्थालाई अझ कठोर तरिकाले समाजमा लागू गर्दै वर्णको आधारमा आफूहरुले प्राप्त गदै आएको उच्चता, सामाजिक स्तर, श्रोत साधनमा पहुच जस्ता कुराहरुलाई आफू पछाडि आफ्ना सन्तानहरुमा पनि सुनिश्चित गराउन चाहान्थे । उनीहरु वर्णका कारणले नै आफूहरुले प्राप्त गदै आएको मानसम्मान सेवा सुबिधा अरु वर्गका मानिसहरुले नखोसुन भनेर बिस्तारै जात, वर्ण, जन्मका आधारमा हुन्छ , कर्मको आधारमा होइन भन्ने मान्यतालाई समाजमा स्थापित गदै गए । समाजमा आफ्नो श्रेष्ठतालाई कायम राख्न विस्तारै त्यहि अनुरुपनै नियम कानूनहरु बनाउदै तत्कालीन आर्यसमाजमा कडाईका साथ लागू गर्दै गए । एक वर्णले गरेको काम अर्को वर्णले गर्न नपाउने एउटा वर्णको मान्छेसँग अर्को वर्णकोले सम्बन्ध राख्न नपाउने राखेदेखि कडा भन्दा कडा दण्ड सजायको ब्यवस्था राखियो । त्यती मात्र होईन आफ्ना बिरुद्घमा तल्लो वर्णका मानिसहरु संगठित हुन नसकुन भनेर त्यहाँ भित्र पनि तह–तह, तप्का–तप्कामा बिभाजित गरियो र त्यहि अनुसार कानून बनाएर कठोरताका साथ समाजमा लागू गरियो । जसको सबै भन्दा शसक्त उदाहरण मनस्मृती र मनुका सामाजिक नियम कानूनहरुलाई हेर्दा ब्यवस्था हुन्छ । मनुस्मृतीमा उल्लेखित नियम र कानूनहरुले पनि तत्कालीन समाज कती सम्म सामन्ती, बर्बर र कु्रर थियो भन्ने कुरा थाहा पाउन सकिन्छ । मनुका एकल सामन्ती ब्राह्मणवादी सामाजिक नियम र कानून हरु जवरजस्ती तरिकाले हाम्रो समाजमा लादिएकै कारण अहिले झण्डै साठे तीन हजार वर्ष वितिसक्दा पनि सम्रग हिन्दू समाज त्यो अन्ध नीतिबाट मुक्त हुन सकेको छैन । मनुले जीवन र जगतका भौतिक पदार्थहरु मात्र होइन जन्मनु भन्दा अगाडि र मृत्यू पछाडिका कपोकल्पित कुराहरुलाई पनि चार भागमा विभाजित गदै समाजमा एक वर्णसँग अर्कौ वर्णले कहिल्यै अन्तर घुलन गर्न नसक्ने गरी विभेदका पर्खालहरु निर्माण गरेका थिए । समाजका हरेक वस्तुहरु, श्रोत साधनहरुबाट तत्कालीन शुद्रहरुलाई अलग पार्दै सधँैको लागी अन्धकारको दलदलमा फ्याक्ने काम मनुले गरेका थिए । 

 शूद्रहरुलाई शहर भन्दा टाढा बस्नु पर्ने, विहान घाम झुल्के पछि शहरभित्र प्रवेश गर्न नपाउने, ब्राहमणले शूद्र महिलासंग यौन सम्पर्क गरे जाती च्यूत मात्र हुने तर शूद्रहरुले ब्राह्मण महिलासंग यौन सम्पर्क गरे लिङ्ग काटेर मुखमा हाली मृत्यूदण्ड दिने, शूद्रहरुले पठन पाठन गर्न नपाउने , शुद्रहरुले वेद पढे तातो झिरले जिव्रो काटिदिने, वेदका मन्त्र सुने लाहा पगालेर कानमा हालि दिने , ब्राहमण मारे माहापाप हुने सिधै मृत्यूदण्ड दिने, ब्राह्मणमार्नेलाई मारे धर्म हुने, शुद्रमारे सामान्य प्रायश्चित गरे मात्र पुग्ने, शूद्र जातीले गरगहना लगाउन नपाउने, ठुलो घर बनाउन नपाइने धातुका भांडा कुडा प्रयोग गर्न नपाउने, निजि सम्पति राख्न नपाउने राम्रा बस्त्र र आभुषण लगाउन नपाउने शूद्रको आफ्नो सम्पति नहुने ब्राह्मणले चाहेको कुनै पनि बेला खोस्न सक्ने जस्ता विश्वास र परिकल्पनानै गर्न नसक्ने नियम कानून मनुले समाजमा स्थापित गरेका थिए । जसको परिणाम अहिले पनि नेपाल, भारत लगायत दक्षिण एसियाका हिन्दू समाज रहेका सबै ठाउँहरुमा २५ करोड भन्दा बढी संख्यामा दलितहरु नारकीय जीवन जिउन बाध्य छन ।


यूरोपबाट जीवन यापन र सुरक्षित बासको लागि आफ्नो यात्रा सुरुगरेको आर्यको एउटा झुन्द, सिन्धु घाँटीमा पाँचहजार बर्ष पहिले प्रवेश ग¥यो र सिन्धु घाँटीको अस्तिक र द्रविद मुल जाती माथी आक्रमण ग¥यो । यस स्थानमा निरन्तर रुपमा केही शताव्दी सम्म चलिरहेको थियो । अस्तिक र द्रविद मुल जाती हा¥यो र आर्यहरु जित हुन सफल भए । सोही स्थानमा दक्षिण एसियामा पहिलो पदक दास र मालिकको ब्यवस्था सुरुभयो । युद्धमा हार्नेहरु दास बनाइए भने जित्नेहरु मालिक तथा त्यस स्थानको शासक भए । सोही ब्यवस्था ले मानवले मानव माथि क्रुर अमानवीय रुपमा दमनको शृङ्खला जारी भएको पाइन्छ । यसको अर्थ अस्तिक र द्रविद जाती मात्र दास आर्य सधै मालिकनै भए भन्ने होइन । समयको रफ्तार सँगै जनसङ्ख्याको बृद्धि भयो जसको कारणले आर्यको विभिन्न उप राज्यको निमार्ण भयो । साना उपराज्य संगै आर्य विचमा पनि शक्ति संघर्ष भई जित्ने आर्य मालिक र हार्ने आर्य दासको रुपमा रुपान्तरित हुँदै गयो । यसको ज्वलन्त उदाहरण महाभारतको युद्धलाई लिन सकिन्छ । जहाँ एउटै परिवार बिचमा पनि शक्ति र राज्यको लागि युद्ध गरिएको थियो । यही भनाईबाट हामी ब्यवस्था हुन सकिन्छ सिन्धु घाटीको सभ्यता आर्यले निमार्ण गरेका होइनन् । उनीहरुले त अस्तिक र द्रविद मूल जातिको सभ्यतालाई ध्वस्त पारेका हुन । 

संसारमा श्रम क्षेत्रमा जनसङ्ख्या बृद्धि भयो भने श्रम विभाजन भएको देखिन्छ । त्यस्तै सिन्धुघाटीमा आएका आर्य र दासको जनसङ्ख्यामा वृद्धि भए सँगै उनीहरु बसाई सरि गंगा नदी सम्म आई पुग्दा विभिन्न समूह बिचमा श्रमको बिभाजन भएको पाइन्छ । जस अनुसार चारवता श्रम क्षेत्र विभाजन गरिएको थियो । सो ब्यवस्था अनुसार शिक्षण, अध्यापन, ज्ञान आर्जन र प्रदान गर्ने पेशालाई ब्राह्मण, सेना, प्रहरी, सुरक्षा अंग र युद्ध सँग सम्बन्धित पेशालाई क्षेत्रीय, बन्द, व्यापार, कृर्षिको काम गर्ने पेशालाई वैश्य र सेवा मुलक काम गर्नहरुलाई शूदका रुपमा विभाजन गरिएको थियो । यो विभाजन ३५०० बर्ष पहिला भएको मानिन्छ । प्राचीन वैदिक ग्रन्थहरुको अध्ययन गर्दा ऋग्वेदको दशौ अध्याय भन्दा अगाडि कही कतै वर्णश्रम ब्यवस्थाको व्याख्या नगरेकाले वैदिक युगको अन्ततिर आएर भारतीय महाँदिपको आर्यसमाजमा कामका आधारमा वर्णको वर्गिकरण भएको प्रष्ट हुन्छ । जस्तो ऋग्वेदको दशाँै अध्यायमा उल्लेखित ब्रम्हाका मुखबाट ब्राह्मण, हातबाट क्षत्रिय तीघ्रा वाट वैश्य र पैतालावाट शूद्रको जन्म भएको व्याख्या गर्दछ । वास्तवमा तत्कालीन राज्य र समाज संचालनका लागि विकास गरिएको त्यो प्राम्भिक अभ्यासमा कही कतै अपृश्यता, छुवाछूत , भेदभावको गन्ध पाइदैन । यसलाई श्रम विभाजनको पुरानो तरिका थियो, यसमा अ–उलङ्घनिय श्रम बिभाजन भएर विकास भयो । जसमा तीब्र दिमाग तथा क्षमता लिएर आएको शूद्रले अध्ययन गर्न नपाउने, जसले गीत गाउन नजाने पनि आफ्नो श्रम क्षेत्रमा पर्ने हुनाले गीत गाएर सुनाउने, अध्याँरो देख्दा डराउने पनि युद्ध गर्नै पर्ने बाध्यकारी श्रम व्यवस्थाको विकास भएको पाईछ । ब्राह्मणले सदैव आफूलाई माथिल्लो स्थानमा राख्दै गयो भने, बैश्य तथा शूदले आफूलाई सदैव पिँधमा दबिएर रहन पर्ने बाध्यकारी अवस्थाको सृजना भएको पाईन्छ । यसरी बाँधिएको श्रमको विरुद्धमा बिद्रोह हुन स्वाभाविक थियो र केही सय बर्ष पछि बिद्रोह भयो । जसलाई व्यवस्थापन गर्नको लागि विभिन्न किसिमका सजायँ तथा नियमको ब्यवस्था गरिएको पाईन्छ । यसको प्रमाणको रुपमा विष्णु पुराण तथा मनु स्मृतीका रचनाहरुमा हामी अध्ययन गर्न सकिन्छ । जसमा पशु, ढोल र शूद्रलाई जति पिटे पनि हुन्छ भन्ने वाक्यांशले यसलाई प्रष्ट पारेको देखिन्छ । यसरी श्रम विभाजनबाट सुरु भएको जातीय संरचनामा भएका वैश्य तथा शूद्रको विद्रोहलाई दवाउनको लागि कडा खालका दमनकारी नीति बनाउनुको साथै सो श्रम समूहमा पर्ने जातिको लागि विभेद,दमन तथा बञ्चितिकरण गर्ने कामको थालनी गरेको पाइन्छ । जस अन्तरगत जुन कुवाबाट पानी पिउछन त्यो कुवामा पानी पिउन नदिने, जुन स्थानमा आफू बस्छन त्यो स्थानमा बस्न नदिने, जुन स्थानमा आफू बस्छन् सो स्थानमा बसेर खान नदिने जस्ता अनगीन्ति विभेदकारी सँस्कारको विकास भएको पाईन्छ । जसरी छुवाछूतको जुन विकास छ, त्यो बिद्रोहलाई दमन गर्ने क्रियाकलापबाट विकास भएको पाइन्छ, जसल शूद्रलाई दमन गर्ने तथा बहिष्करणमा राख्ने काम भएको देखिन्छ । 

यसरी छुवाछूतको विकासको यकिन तथ्यङ्क तथा इतिहास नभएता पनि व्यवस्थित रुपमा २६०० बर्ष पहिलाबाट भएको पाइन्छ किनकी बुद्ध कालमा उनलाई चन्दालको हातबाट पानि खाएको भनेर आलोचन भएको भन्ने कुरा बौद्ध ग्रन्थहरुमा पाउन सकिन्छ । बुद्ध कालको समय सम्म नेपालमा जातीय छुवाछूत प्रवेश गरीसकेको पाउन सकिन्छ । नेपालमा विभिन्न स्थानबाट भारतका आर्य हिन्दू सभ्यता लिएर नेपाल प्रबेश गरेको पाईन्छ । ती सभ्यताको केन्द्रको बारेमा अध्ययन गर्न आवश्यक देखिन्छ । 

 क) बागमती उपत्यका

 नेपालमा इतिहासको अध्ययन तथा अध्यापन बागमती खाल्डोलाई मात्र आधार मानेर गर्ने गरिन्छ । नेपालको इतिहासले विशेषत सामान्ति समाजको बारेमा मात्र लेख्ने गरेको पाइन्छ । जस्तै उदाहरणको रुपमा हेर्ने हो भने, कुन राजाले कती श्रीमती थिए, उनले कसको छोरी सँग विबाह गरे, कोसँग मित लाए जस्ता कुराको बारेमा मात्र जोड दिएको पाइन्छ । तर समाजलाई आवश्यक चाहिने हातहतियार तयार गर्ने नेपालमा आरन, खुट्टा अनुसारको जुत्ता, गीत संगीत, जीउ अनुसारको कपडा सिउने सिपको विकास कहिले भयो भन्ने बारेमा अध्ययन अनुसन्धान हुन सकेको छैन । हाम्रा इतिहासले यस्ता प्रविधि तथा बैज्ञानिक विषयबस्तुलाई अध्ययन गर्न नसक्नु नेपाली समाज विकास हुन नसक्नुको कारण मध्ये एउटा कारण हो । इतिहासले दलित तथा दलित जाती सँग सम्बन्ध भएका औजार, तथा यसको विकासक्रमको बारेमा पनि हाम्रा इतिहास मौन छन । त्यसैले नेपाली इतिहास राज महाराजाको भजन गाउन सफल छ । नेपालमा वर्ण व्यवस्थाको शुरुवाट भिन्न भिन्न समयमा भिन्न भिन्न परिवेशमा नेपालमा प्रवेश गरेको मान्न सकिन्छ । किराँत कालीन समयमा नेपालमा कुनै पनि प्रकारको जातीय छुवाछूत, भेदभाव र उच्च निच्चता नरहेको इतिहासहरुले प्रष्ट पार्छ । किराँतहरुको पवित्र धर्म ग्रन्थ मन्धुमलाई हेर्ने हो भने पनि त्यहाँ वर्णाश्रम र जातीय व्यस्था उल्लेख गरेको पाईदैन । किराँत कालीन समयमा सिप जानेको जो कोहिले पनि कपडा सिलाउने, फलामको काम गर्ने, छाला जुत्ताको काम गर्ने सुन चाँदीको काम गर्ने गरेको इतिहासकारहरुले प्रष्ट परेका छन । पछि आर्य हिन्दूहरुको जनसंख्या वृद्धि र विस्तार सँगै राज्यहरुको विस्तार र प्रभाब बढ्दै गएपछि बिस्तारै बिस्तारै तिनीहरुले किराँत समुदायभित्र ती काम गर्नेहरुलाई हेय्को दृष्टिले र्हेन थाले पछि किराँती समुदायभित्र ती पेशा अपनाउनेहरुले बिस्तारै त्याग्दै गएको इतीहासबाट प्रष्ट हुन्छ । किराँत पछाडिको लिच्छिबी कालीन समयमा नेपालमा वर्ण व्यबस्थाको एक किसिमको प्रारम्भिक आधार र्निमाण सुरु भैसकेको थियो । नेपालको विषेशत कर्णाली, माहाकाली र सेती क्षेत्रमा भारतीय उपमाहद्विपको कस्मिर , कुमाउ, गड्वाल , कंगरा र कुलु र्पवत शृङ्खलाबाट ठुलो संख्यामा आएका खस आर्यहरुको ठूलो राज्य निर्माण भैसकेको थियो । उनीहरुसंगै आएको हिन्दू सस्कृतीको प्रभावमा नेपालमा विस्तारै विस्तारै वर्णाश्रम ब्यवस्था र जातीय छुवाछूत को विस्तार भएको पाइन्छ । जसको फलस्वरुप लिच्छिबी कालीन नेपालको अन्ततिर आइपुग्दा चार वर्ण अठार जातको विकास भएको र जसलाई तत्कालीन समयमा आष्टादश प्रकृती भन्ने गरिएको थियो । यसरी किराँत कालमा नेपाल प्रवेश गरेको र लिच्छिबी कालीन समयमा प्रभाव पार्दै मल्लकालीन समयमा आइपुग्दा वर्णाश्रम व्यवस्थाले समाजलाई नराम्ररी गाँजिसकेको प्रष्ट हुन्छ । जसलाई झन कठोर तरिकाले नेपाली समाजमा लागू गर्ने उद्देश्यले बि. स. १३६० को समयमा काठमाडौँ उपत्यकामा राजा जयस्थिती मल्लले भारत र तराईबाट पाँच जना ब्राह्मणहरु जस्तै, क्रितीनाथ उपाध्याय, रघुनाथ झा, रामनाथ झा, श्रीनाथ भट्ट, र महिनाथ भट्ट बोलाएर तत्कालीन काठमाडौँको नेवार समाजलाई ४ वर्ण चौसाठ्ठी जातमा विभाजन गर्दैै जात अनुसार काम र पेशाहरु निर्धारण गरी समाजमा कठोर तरिकाले लागू गर्दै नेपाली समाजलाई अनन्त सम्म अन्धकारमा धकेलेका थिए । प्राचीन मनुका अमानबीय र क्रुर नियमहरुलाई पछ्याउदै जयस्थिती मल्लले नेपाली समाजलाई कहिले एक आपसमा घुलमिल गर्न नसक्ने गरी बिभक्त गरेका थिए । तथाकथित मनुलाई पछ्याउदै जयस्थिती मल्लले तत्कालीन नेपाली समाजलाई बस्त्र, आभूषण, घर, सम्पती, पेशा, शिक्षा लगायत सबै स्थानमा उपभोग र सञ्चितिकरण्मा विभेदकारी बनाएका थिए । जयस्थिती मल्लका सामाजिक सुधारका नियमभित्र कसाइले बाहुला बिनाको कपडा लगाउनु पर्ने, पोडेले टोपी, जुत्ता, लबेदा र सुनका गरगहना लगाउन नपाउने, कुलु जातीकाले जनावरको छाला काडेर बाँध बाँध्नका सामग्री बनाउनै पर्ने, अरुको कपाल, दाह्री काट्नै पर्ने, नकाटे १२० पना जरिमाना हुने, पोडे जातीकाले दौरा सुरुवाल, गरगहना लगाउन नपाउने, घाम उदाए पछि शहरभित्र प्रवेश गर्न नपाउने, ठूला जातीका मानिसहरुलाई छुन नपाउने, डोम जातीका महिलाहरुले जीविको पार्जनकलागी नाँच्नै पर्ने, कुसुले जातीकाले खुला ठाउँमा बढार्नै पर्ने, कपाली जातीकाले जीविको पार्जनका लागि ढोल बजाउनै पर्ने, कसाईले मानिसहरुको मृत्यू हुँदा बाजा बजाउनु पर्ने, बाँच्नका लागी भैसी काट्नु पर्ने तर भैसीको दूध, दही ठुला जातीकालाई बेच्न नपाउने, जस्ता बिश्वासै गर्न नसकिने क्रुर र अमानविय नियमहरु तत्कालीन समाजमा लागू गराएका थिए । 

 ख) पूर्वी तराई वा मधेस 

 नेपालको मधेश वा तराईको कोशी नदिको पश्चिम देखि पश्चिमको बुटवलको आसपास सम्म त्यती बेला कुनै जातीय भिन्नता थिएन । गंगा नदीदेखि उत्तर तिर बिस्तारै आफ्ना सन्तान तथा परिवार सुरक्षित बासको लागि उत्तर तिर बसाई सरेको थियो । यसको उदाहरणको रुपमा गौतम बुद्धलाई लिन सकिन्छ, किन भने उनि पनि मधेसी मुृलका थिए, अर्थात उनी कालो वर्णका थिए । यो भन्न सकिन्छ कि यो २६०० बर्ष अगाडिको समयमा गौतम बुद्धलाई चन्डाल जातिको हातबाट पानि खाएको आरोपमा निकै आलोचना भएको थियो । त्यो समयमा नारायणी पारीको भूमीमा भारतको विभिन्न स्थानबाट जात ब्यवस्था तराई भागमा प्रवेश गरेको मान्न सक्छौ । पूर्वको कोशीको किनारमा पनि जाती ब्यवस्था स्थीर थियो भन्ने कुरा राजा जनकले ब्रह्मसभा बोलाएको ले अरु पनि थिए भन्ने कुरा हामी प्रष्ट हुन सक्छाँै । इ.स.१०१५ मा जातको पञ्जिकरण गरिएको कुराल इतिहासमा पाउन सकिन्छ, त्यहाँ पनि जात तथा वर्ण ब्यवस्था गतिलो गरी अभ्यास गरिएको थियो । 

 ग) जुम्लाको सिन्जा उपत्यका 

इ.स. को पहिलो शताव्दिमा ककेससबाट आएका आर्यहरु, नेपालको सिञ्जा आएर वसेको पाइन्छ । ककेससबाट विस्तारै खसमा परिणत भएका यी आर्यहरु वेदलाई मान्दैनथे । यिनीहरु १३ भाइ मस्तोलाई मान्ने गर्दछन, साथै झाँक्री देवतालाई बढि मान्ने गरेको पाइन्छ । खस आर्यमा जातीय वा वर्ण ब्यवस्था थिएन । इरानको मुशलमान समूहले दिल्ली तथा त्यसको आसपासको स्थानमा लगातार युद्ध गरेपछि सुरक्षित स्थानको लागि कुमाउ गड्वाल हुँदै नेपालको विभिन्न स्थानमा प्रबेश गरेका थिए । उनीहरु वेद पुरण तथा मनुका विचारबाट दिक्षित थिए । उनीहरु मल्ल जातीका थिए, उनीहरु विस्तारै खसहरुलाई पनि हिन्दूकरण गरेका थिए । ती खस समूह विस्तारै पुर्वी नुवाकोट सम्म विस्तार भएको पाइन्छ । सिन्जा उपत्यकामा वस्ने आर्यले सुगुर खाने तथा जाँड सेवन गर्ने गर्थे भने भारतबाट नेपाल प्रबेश गरेका आर्यले मासु, जाँडको प्रयोग नगर्ने तथा वर्ण व्यवस्थाको अगिंकार गर्ने खालको ब्यवस्था लिएर अगाडि बढेको पाइन्छ । जसमा थापा बस्नेत, कार्की बस्नेत, झर्राे क्षेत्री हुन भन्ने इतिहासमा उल्लेख गरिएको छ । 

 काठमाडौँ उपत्यकामा जयस्थिती मल्लले लागू गरेका सामाजिक नियमहरुले समाजलाई विषातm पारिसकेको बेला झन्डै सत्राँै शताब्दीको सुरुमा गोर्खाका राजा राम शाहले तीनै जयस्थिती मल्ललाई पछ्याउँदै गोर्खामा चार वर्ण छत्तीस जातमा समाजलाई बिभाजन गरेका थिए । “न्याय नपाए गोर्खा” जानु भन्ने उखानले प्रसिद्ध राजा राम शाहका न्यायमा जातै पिच्छे फरक फरक सजायको ब्यवस्था गरिएको थियो । राम शाहका न्यायमा कुनै चतुरीया भारद्धार, ब्राह्मण, सन्यासी, भट्टहरुलाई हत्याको आरोप लागे देशनिकाला हुन्थ्यो, भने कुनै शूद्र जातीकाले त्यही अपराध गरे सिधै मृत्यू दण्ड दिईने गरिन्थ्यो । यसरी मध्ययूगिन समयमा नेपाली समाजमा वर्ण व्यस्था र जातीय भेदभावलाई बिजारोपण गरी राज्यको स्तरबाट संस्थागत गर्ने काम १४औ शताब्दीमा काठमाडौँबाट राजा जयस्थिती मल्लले अनि सत्रौ शताब्दीमा गोर्खाबाट राजा राम शाहले सुरुवात गरेका थिए । तिनै राम शाहका सन्तान पृथ्वी नारायण शाह गोर्खाको राजा भएपछि नेपाल एकिकरणको अभियान शुरुभएको थियो । नेपाल एकीकरणको अभियान सँगै हिन्दू धर्म, आर्य सँस्कृती र जातीय भेदभाव जस्ता कुराहरु पनि नेपालभरी विस्तार भएको थियो । त्यसलै कतीपय इतिहासकारहरुले पृथ्वी नारायण शाहको समयलाई राज्य बिस्तारको समय मात्रै नभनेर विभेदकारी सँस्कार र सँस्कृतीको विस्तारको समय पनि भनेका छन । पृथ्वी नारायण शाहले राज्य बिस्तारको क्रममा विभिन्न गैर आर्य समुदाय तथा गैर हिन्दू समुदायहरुलाई पनि गाभ्दै गएका थिए । जसमा कर्णालीबाट खसहरु, गण्डकीबाट मगरहरु, बागमतीबाट नेवारहरु, कोशीबाट किरातहरुलाई सिंगो नेपाल एकीकरणको अभियानमा गाभ्दै आर्य सस्कृती, हिन्दू धर्म, जातीय विभेद र छुवाछूत लाई समाजमा लागू गर्दै लगेका थिए । आफुले जितेका राज्यहरुमा पृथ्वी नारायण शाहले मनपरेकालाई जात बढाउने र मन नपरेका लाई जात घटाउने सम्मका कु–कृत्यहरु गरेका थिए । वि.स. १७७२ को युद्धमा मकवानपुरका राजा दिग्बन्धन सेन र उनको राज्यलाई विजय प्राप्त गरेपछि राजा र तीनका भाइ भाइदारहरुलाई जेल, नेल र मृत्यूदण्ड दिएका थिए भने तीनका स–साना बाल बच्चाहरुलाई तत्कालिक सार्की समुदायको जिम्मा लगाइदिएका थिए । तीनै राजा दिघ्बन्धन सेनका सन्तानहरु अहिले दलित समुदाय भित्रको मगराती सार्कीको थरले नेपाली समाजमा रहेका छन ।

 त्यस्तै किर्तीपुरको आक्रमणको बेलामा तात्कालिक नेवार समुदायमा अछुत भनेर चिनिएको दुवान जातिहरुले रातिको समयमा किर्तीपुरबाट भागेर नुवाकोट जान सहयोग गरेका कारण उनीहरुलाई एक जात माथि बढाएर पुतवार जाती बनाएका थिए । पृथ्वी नारायण शाहको राज्य एकिकरणको अभियानमा उनको सेनामा ठुलो संख्यामा कामी, दमाई, सार्की र गाइने जस्ता दलित समुदायका मानिसहरुले सहयोग गरेका थिए । तथापी उनको पुरै जीवनकाल भर नेपाललाई असली हिन्दूस्थान भन्दै, चार वर्ण छत्तिस जातको फुलबारी भन्दै र समाजमा वर्ण बिभाजन गर्दै तथाकथित मनुवादी सामन्ती क–ुसँस्कार र कुप्रथाहरुलाई जर्बजस्ती तरिकाले नेपालभरी फैलाएका थिए । उनी पछिका उनका सन्तानहरुले पनि त्यही ब्यवस्था लाई कडाईका साथ समाजमा लागू गर्दै गएका थिए । 

 वि. स. १९०३ को कोतपर्व पछाडि राणा प्रधानमन्त्री जंगबहादुर राणा नेपाली राजनीतिमा शक्तिको रुपमा उदाएका थिए । नेपाली राजनीतिमा जंगबहादुर रानाको आगमन सँगै नेपाल १०४ बर्षे निरङ्कुश राणा शासनको अन्धकारमा दुबेको थियो । जंगबहादुर राणा प्रधानमन्त्री भएको केहि समय पछि बि.स. १९१० मा नेपालको इतिहासमा पहिलो पल्ट लिखित संबिधान जारी भएको थियो । तर नेपालको इतिहासमा पहिलो पल्ट जारी भएको उतm मुलुकी ऐन १९१० ले हजाराँै वर्षदेखि पिल्सिएका दलित समुदायहरुलाई राहत दिनुको सट्टा उल्टो मनु, जयस्थिती मल्ल र राम शाहका बिगतका पाईलाहरुलाई पछ्याउदै फेरी सयौ वर्ष नेपालका उत्पीडित समुदायहरुलाई माथि उठ्नै नसक्ने गरी अन्धकारको दलदलमा धकेलेका थिए । मुलुकी ऐन १९१० ले नेपाली समाजलाई तागाधारी, खस, मतवाली, पनि चल्ने (शुद्र) पनि नचल्ने (शूद्र) गरी पाँच भागमा बिभाजित गरेको थियो । राई, लिम्बु, गुरुङ, मगर, लेप्चा, भोटे, शेर्पा, थकाली, राउटे, थारु, धिमाल र मेचे जातीहरुलाई मतवाली शूद्रको दर्जामा, मुस्लिम, तेली, कसाई, कुसुले, कुलु, मलेक्ष र चुनाराजाती लाई अछुत तर छोइछिटो हाल्नु नर्पने, त्यस्तै दमाई, कामी, सार्की, पोडे, च्यामे, गाइने, बादी, मुसहरजस्ता जातजातीहरुलाई छोइछिटो हाल्नु पर्ने जात भन्दै बि. स. १९१० को मुलुकी ऐनले विभेद गरेको थियो । दलितहरुभित्र पनि फुटाउ र शासन गर भन्ने नीति अख्तियार गर्दै १९१० को मुलुकी ऐनले सबै भन्दा तल्लो जाती च्यामे, च्यामे भन्दा ठुलो पोडे, पोडे भन्दा ठुलो बादी त्यस्तै बादीले छोएको गाइनेले खान नहुने, गाइनेले छोएको दमाईहरुले खान नहुने, दमाई भन्दा माथि करारा जाती हुने, करारा भन्दा माथि कामी जाती हुने, कामी भन्दा माथि सार्की जाती हुने र ती सबै भन्दा माथि कुलु जातीहुने भनेर दलित दलितहरु बिचमा पनि तह तह तप्का तप्कामा विभाजित गर्दै आफ्ना बिरुद्धमा कहिले एकजुट हुन नसक्ने गरी बिभाजन गरेका थिए । मुलकी ऐन १९१० ले छोइछिटो हाल्नु पर्ने जातीकाले कथमकदाचित उच्चजातीकाहरुलाई छोएमा उच्च जातीकाहरुले अनिर्वाय रुपमा चोखिनु पर्ने हुँन्थ्यो । यदी कसैले नचोखिए दण्ड जरिवानाको ब्यवस्था मुलुकी ऐनमा गरिएका कारण प्रगतीशील विचार राख्ने उच्च जातीका मानिसहरुलाई पनि हतोत्साहित गरिएको थियो । एकातिर मुलुकभित्र यस्तो कठोर र जंगली कानून बनाएर जंगबहादुरले लागू गरेका थिए भने अर्काे तर्फ आफु झापा सवारी भएको बेलामा आफैले बनाएको कानून मिच्दै मेचे जातीकी एक सुन्दर युवतीलाई चौधरी जातमा बढुवा गर्दै र उनको परिवार लाई ३२ बिघा जमिन दिएर बिबाह गरेका थिए । यसरी आफ्नो मनमौजी तरिकाले गरिब र निमुखा उत्पीडित समुदायहरुलाई सबै राणा शासकहरुले समाजको सबै भन्दा पिंधमा खसाल्दै शोषण गरेका थिए । 

 संसारमा क्रान्तिको पाठ एक अर्का देशमा हुने क्रान्तिबाट सिक्ने गर्दछन । भारत, जापान, रुस तथा चिनमा भएको विभिन्न संघर्षको प्रभावले गर्दा नेपालमा राणा विरोधी आन्दोलनको विकास र सहयोग भएको मानिन्छ । राणा कालमा ब्राह्मण बाहेकका जातिलाई मात्र मार्ने काम भएको देखिन्छ । वि.स. २००४ मा नेपाली कांग्रेस र वि.स. २००६ मा कम्यूनिष्ट पार्टी संगठनको विकास भए पछि राणा विरोधी कार्यहरु आन्दोलनमा तिब्रता भएको पाइन्छ । बि.स.२००७ मा जहाँनिया राणा शासनको अन्त्य गर्दै मुलुकमा प्रजातन्त्र प्राप्ति भएको थियो । तर त्यो उपलब्धी पनि नेपाली दलित समुदायहरुका लागि काग लाई वेल पाक्यो हर्ष न विस्मात भने जस्तै भयो । त्यत्रो जनआन्दोलनबाट स्थापित भएको प्रजातान्त्रिक ब्यवस्था मुलुकले पाउँदा पनि दलितहरु माथि भएको विभेद, छुवाछूत, आर्थिक विपन्नता र भेदभावको सम्बोधन हुन सकेन बरु त्यसको ठिक उल्टो वि.पी. कोइराला जस्ता नेता प्रधानमन्त्री र कृष्ण प्रसाद भट्टराई जस्ता नेता सभामुख हुदा तत्कालीन संसदीय ब्यवस्था मन्त्री धर्मरत्न यमीले संसदमा पेस गर्नु भएको जातीय विभेद र छुवाछूत सम्बन्धी कानून ी उपचार संहितको बिद्येकलाई तत्कालीन सभामुख कृष्ण प्रसाद भट्टराईले बिषयगत र तथ्यगत नभएको भन्दै फिर्ता पठाईदिएका थिए । 

 बि.स. २०१७ सालमा राजा महेन्द्रले सम्पूर्ण शक्ती आफ्नो हातमा लिदै जनताको राजनैतिक स्वतन्त्रतालाई बन्देज गरेका थिए । त्यसपछि नेपाल झन्डै ३० बर्षे निरङ्कुश पञ्चायती शासनमा चलेको थियो । यो ३० बर्षको अबधिमा राजनैतिक स्वतन्त्रतालाई गुमाउदै र निरङ्कुश शासनको सिमित परिधि भित्रै आफूलाई सिमित बनाउँदै भएपनि नेपाली दलित समुदायहरुले राजनैतिक रुपमा र संबैधानिक रुपमा केहि सुधारको महसुस गर्न पाएका थिए । भने अर्को तिर दलित जातिलाई आफ्नो जातिको थर लेख्न बञ्चित बनाई पुन बाध्यकारी रुपमा दलित समुदायलाई कामी, दमाई, सार्की तथा दुम जस्ता हिनता बोधक जातीय शब्द प्रयोग गर्न बाध्य बनाएको पाइन्छ ।

 बि.स. २०२० मुलुकी ऐनले जातीय छुवाछूत लाई र भेदभावलाई सम्बोधन पनि ग¥यो तर त्यसको लगत्तै जारी भएको नयाँ मुलुकी ऐनको अदलको १० मा परम्परा देखि चली आएको चालचलन, सँस्कृति र परम्परामा त्यो कुरा लागू नहुने भन्दै वर्षाैदेखि त्यहि संस्कार, परम्परा, सँस्कृति र धर्मको आडमा दमित भएर बसेका लाखौ लाख उत्पीडित समुदायहरुलाई खिल्ली उडाउने काम ग¥र्यो । पञ्चायतीकालमै धनमान सिंह परियार, हर कुमार सिंह परियार, हिरालाल बि. क., टि. आर. विश्वकर्मा, टेक बहादुर विश्वकर्मा राष्ट्रिय पञ्चायत सदस्यमा मनोनित पनि भएका थिए । पञ्चायतीकालमै हिरालाल विश्वकर्मा राज्य मन्त्री सम्म हुने मौका पनि पाएका थिए । तर ती सब उपलब्धीहरु दलितहरुको उत्पीडनबाट दिशानिर्देश हुदै परिर्वतनका पक्षमा शासकहरुले देखाएको सुझबुझ नभई भारतमा महान दलित नेता डा. भिम राब अम्बेडकरको नेतृत्वमा सारा भारत भरि बिसालिदै गएको दलित आन्दोलनको प्रभाव नेपाली दलितहरुमा नपरोस भन्नका लागि तत्कालिक शासकहरुको चलाखी मात्रै भएको प्रष्ट हुन्छ । बि.स.२०२१ सालमा पुन भूमीसुधार कार्य पुन गरियो । हडबन्धि जग्गा २० विगा राखियो तर दलित जातिको पक्षमा यस कार्यक्रमले केही गर्न सकेन । त्यती बेला २८०० रोपनी सम्म जग्गा व्यक्तिको नाममा भएको थियो । बि.स. २०२१ देखि २०२६ सालमा किसान विचमा आन्दोलन र संघर्ष भएको थियो । यो उपलब्धिमूलक बन्न सकेन । नेपाली समाजनमा जमिन निर्णायक सम्पति हो किनकी जसको धेरै सम्पतिको कारण शिक्षा, आर्थिक तथा राजनैतिक पहुचमा माथि उठ्ने गरेको नेपाली इतिहासमा प्रष्ट देख्न सकिन्छ । थालमा पस्केको खानाले मानिसको यथार्थको बारेमा झल्कने गरेको पाइन्छ । हामी आफ्नो थालमा आउने परिवर्तनले जीवनको परिवर्तनको बारे सोच्नु आवश्यक देखिन्छ ।

 वि.स. २०४६ सालको जनआन्दोलन पछि मुलुकले पुनःप्रजातन्त्र प्राप्त गरेको थियो । प्रजातन्त्रको स्थापनापछि बनेको संविधानले पहिलो पटक जातीय भेदभाव र छुवाछूत लाई कानूनी रुपमा दण्डनिय बनाउँदै जातका आधारमा कुनैपनि व्याक्तिलाई भेदभाव गर्न नपाईने भनियो । त्यसको लगतै जारी भएको मुलकी ऐनले सार्वजनिक स्थानमा र सार्वजानिक सम्पति प्रयोग गर्न जातका आधारमा कसैमाथि भेदभाव गर्न नपाईने र यदि कसैले यस्तो कार्य गरेमा एक वर्ष सम्म जेल वा ३००० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने भनियो तर त्यसको व्याख्यामा मन्दिर, धार्मिक क्रियाकलाप र सँस्कृतिको रुपमा परम्परादेखि चलिआएको रिती रिवाजका सवालमा भेदभाव गरेको नठहरीने भन्दै सदियौ देखि पिल्सिएका झण्डै साठ्ठी लाख दलितहरुको भावना माथि पुन एक पटक खिल्ली उडाउने काम गरियो । २०४६ सालपछि आमदलितहरुले राजनैतिक र सांगठनिक स्वतन्त्रता प्राप्त गरे पनि सामाजिक रुपान्तरण, राजनैतिक प्रतीनिधित्व, समावेशीकरणका क्षेत्रमा खासै प्रगति प्राप्त गर्न सकेनन । कुल जनसंख्याको झण्डै वीस प्रतिशत जनसंख्या बोकेको दलित समुदाय २०५ सदस्य प्रतीनिधि सभामा जनसंख्याको आधारमा ४१ जना प्रतीनिधि हुनपर्ने ठाँउमा २०४८ सालमा नेपाली कागे्रसका कृष्णसिह परियार एकजाना प्रतीनिधिसभामा पुगेका थिए भने त्यस पछिका दुई वटा निर्वाचनमा दलितहरुको संख्या शून्य रहेको थियो । प्रजातन्त्र प्राप्तपछिको पहिलो दश वर्षसम्म पनि नेपालका प्राय सवै राजनितीक दलहको केन्द्रिय कमिटीमा एक जना पनि दलित पुग्न नसक्नुले पनि दलितहरुका सवालमा त्यो परिवर्तनले खासै अर्थ नराखेको प्रष्ट हुन्छ । जसको प्रत्यक्ष लाभ २०५२ साल देखि सुरु भएको माओवादी शसस्त्र युद्धले उठाउँदै हजारौको संख्यामा ग्रामीण दलित युवा युवतीहरुलाई जनसेनामा भर्ना गरेर राज्यसताका विरुद्ध उतार्न सफल भएको थियो । 

 २०६१/६२ को दोस्रो जनआन्दोलन पछि प्राप्त लोकतन्त्रले दलितहरु माथि भएको उत्पीडनको सम्वोधन गर्दै नेपाललाई छुवाछूत मुतm र धर्म निरपेक्ष राष्ट्र घोषणा गर्दै संविधान सभाको माध्यमवाट समावेशी, समतामुलक, र विभेदरहित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको खाका कोरिरहेको छ । समयले यती धेरै कोल्टे फेरि सकेर पनि, अढाई सय वर्ष पुरानो राजसंस्था जरैदेखि उखेलेर फ्याकि सकिएको भए पनि, परम्परागत हिन्दू अधिराज्य नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल र धर्म निरपेक्ष राष्ट्र नेपालले विस्थापित गरिसकेको भए पनि यी सवै परिवर्तनहरुले नेपालका चालिसौ लाख उत्पीडित दलित समुदायहरुलाई अहिले सम्म पनि वास्तविक राहत दिन सकेको छैन । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ अनुसार यदि कुने दलितमाथि अन्याय गर्ने माथि एक हजार देखि एक लाख सम्म साजाय गर्ने ब्यवस्था गरेको छ तर कुनै पनि कानून लागूहुन सकेको छैन । सामाजिक रुपमा हजारै वर्ष सम्म राज्यले र समाजले पाखा लगाएकै कारण अहिले पनि नेपालका दलितहरु सामाजिक, आर्थिक, धार्मिक, साँस्कृतीक र राजनैतिक गरी सवै प्रकारका शोषण र उत्पीडनबाट थिचिएका छन । मुलुकले यती ठूलो परिवर्तन हासिल गरिसक्दा पनि दिनहँु पानी, धारा छोइएको निहूुमा कुटिनु , दलित भएकै कारण समाजबाट बहिस्कृत हुनु, अपमानित हुनु ,शिक्षा बाट वञ्चित हुनु , चरम गरिबीमा जीवन विताउनु , मरेका सिनो फ्याक्न लगाउनु , कठोर शारीरिक श्रम गर्न लगाईनु , बोक्सीको आरोप लगाएर दलित महिला तथा वृद्धहरुलाई मलमुत्र ख्वाईनु गाऊँ निकाला गरिनु , मन्दिर तथा धार्मिक कृयाकलापमा दलितहरुलाई बन्देज लगाईनु , दलितहरु संगको प्रेम तथा विवाह लाई अस्वीकार गर्नु , अन्तरजातीय विवाह गर्ने जोडिलाई शारीीरक र मानसिक यातना दिनु र हत्या सम्म गरिनु दलितका लागि नियतीनै बनिसकेको छ । यि र यस्तै दलितहरुमाथि हुने दानविय व्यावहारहरुका कारण अहिले सम्म हामिले प्राप्त गरेका सबै उपल्वधीहरु अर्थ्हिन र महत्वहीन भैसकेका छन । हामिले प्राप्त गरेको लोकतन्त्र र स्वतन्त्रताले त्यती वेला सम्म सार्थकता पाउन सक्दैन जती वेला सम्म हाम्रो समाजमा रहेको यस्ता कुरीतिहरुलाई जरैबाट उखेलेर फ्याँक्न सकिदैन । कुन समूह बिचमा छुवाछूत कायम छ ? हामीले समाजमा भएका विभिन्न जातीय असमानतालाई बिभेदको आँखाले केलाउनु हुदैन । हामीले दलित र गैर दलित बिचको छुवाछूतलाई मात्र छुवा छुट भनेर केलाउने गदछौ यो त्यती उपयुक्त हुदैन । जसमाजमा विभिन्न किसिमका जातीय बिभेदलाई नियाल्न सकिन्छ त्यसलाई यसरी बर्गीकरण गर्न सकिन्छ । 

क. दलित दलित बिचको छुवाछूत (दलितका विभिन्न जाती बिच हुने छुवाछूत ) 

ख. दलित र गैर दलित बिचको छुवाछूत,( दलित तथा माथील्लो जात बिच हुने छुवाछूत ) 

ग. गैर दलित गैरदलित बिचमा छुवाछूत (बाहुन का विभिन्न समूह तथा बाहुन क्षेत्री तथा विभिन्न जनजाती समूह बिचमा हुने छुवाछूत ) 

हामीलाई दलित जातिको विकास र अधिकार प्रदान गर्न बाटोमा लाग्नको लागि आवश्यक ज्ञानको जरुरी छ, जसले गर्दा अब हुने दलित आन्दोलन हरुमा हामी जस्ता युवाहरुलाई पनि हुमिनको लागि जिम्मेवारीको महशुस होस । हामी जस्ता युवाहरुले यो जिम्मेवारी पुरा गर्नको लागि हातमा हात मिलाएर अगाडि बढनु पर्ने आवश्यक छ । ,जातीय छुवाछूत सम्बन्धि समस्या दलितको मात्र नभएर सम्पूर्ण नेपालीहरुको हो । छुवाछूत आन्दोलन दलित र भनीने माथिल्लो जातिको मात्र होइन यो, माथिल्लो जाती भित्र हुने , महिला पुरुष बिचम हुने, तथा जातको आधारमा,कर्मको आधारमा गरिने गलत व्यबहार मात्र हो । जुन कुरा हामी बुझ्न नसक्दा आज पनि अबिकशित तथा असफल रास्ट्रको विल्ला भिरेर बाच्नु परेको छ । नेपालमा अझै पनि मानब भएर पनि नारकिय व्यबहार सहेर बाच्नु परेको छ । ती नारकिय जीवन बिताउने सबै नेपाली एउटै नेपालीआमाका सन्तान हुन, कसैलाई काखा कसैलाई पाखा गरेर हामी नेपाली बिचको भाइचार र आतीमयतालाई खलबलाउने प्रयास कसैबाट पनि नहोस् । हामिले प्राप्त गरेको लोकतन्त्र र स्वतन्त्रताले त्यती वेला सम्म सार्थकता पाउन सक्दैन जती वेला सम्म हाम्रो समाजमा रहेको यस्ता कुरितीहरुलाई जरै बाट उखेलेर फ्याँक्न सकिदैन ।


  1. हिन्दू धर्मशास्त्रका विभेदपूर्ण सन्दर्भहरुका केही नमूनाहरु ड्ड शूदले बेद सुनेमा सीसा र लाहा पगालेर उसको कानमा हालिदिनू, वेदको मन्त्र उच्चारण गरेमा जिब्रो काटिदिनू, वेदमन्त्र कण्ठस्थ गरेमा ज्यानै खत्तम गरिदिनू । उसले आसन विस्तरा बाटो आदिमा उच्च जातीसँग टाँसिन खोजे १०० पण दण्ड गर्नू । (गौतम शुत्र १२) 
  2.  शुदूहरु अरुका कमारा हुन र स्वेच्छाले तीनीहरुलाई राख्न र निकाल्न सकिन्छ । तीनीहरुलाई मार्न पनि सकिन्छ । (ऐतरेय ब्राह्मण) ड्ड शूद्र ब्राह्मणको सेवाको लागि बनाईएको हो । (मनुस्मृती ) 
  3.  शूद्र जन्मदेखि नै दास हुन्छ र जीवनभर दास रहन्छ । (मनुस्मृती ) 
  4.  स्त्री र शूद्रलाई पढन दिनु हुदैन । चार वर्णमा सवभन्दा ठूलो ब्राह्मण हो । वेद पढेका कारण ब्राह्मण भगवान हो । (मनुस्मृती, १÷८३) 
  5.  पढने पढाउने, यज्ञ गर्ने दान दिने दान लिने यो काम ब्राह्मणको हो । –(मनुस्मृती, १/८८) 
  6.  प्रजको रक्षा गर्ने दान गर्ने, यज्ञ गर्ने, पढने इन्द्रियोको रक्षा गर्ने काम ब्राह्मणको मात्र हो । –(मनुस्मृती, १/८९) 
  7.  परमात्माले शूद्रका लागि एक काम दिएका छन, त्यो हो ब्राह्मण, क्षेत्री, बैश्यको मेहनत र भक्तिका साथ सेवा गर्नु। (मनुस्मृती, १/१००) 
  8.  जो पुरुष वेद वा यो स्मृतीमा उल्लेख नियमको पालना गर्छ यसको यस संसारमा कृती बढ्छ र स्वर्गमा बास हुन्छ । –(मनुस्मृती, २/१६) 
  9.  ब्राम्ह भन्नुहुन्छ, जुन देशमा परम्परागत आचरण संस्कार चल्छ त्यहाँ तल्लो जातको सदाचार हुन्छ । –(मनुस्मृती, २/१८) 
  10.  संसारमा भएको सबै पदार्थ ब्राह्मणको हो । ब्राम्हको मुखबाट जन्मनुको जन्म प्राप्त हुनुको अर्थ सबै गृहण गर्न योग्य छ । –(मनुस्मृती, २/२७०) 
  11.  जतीसुकै धन कमाउन सक्ने भए पनि शूदहरुले धनको संग्रह गर्नु हुदैन । किनभने शूद्रधनी भयो भने त्यसले ब्राह्मणलाई नै बाधा पु¥याउँछ । –(मनुस्मृती, २/२७०) 
  12.  सँुगुरले नजिकै आएर सुघ्यो भने, कुखुराको पखेटाको हावा लाग्यो भने, कुकुरले नजिकै आएर हे¥यो भने र शूद्रले छोयो भने पनि ब्राह्माणको अन्न अशुद्ध हुन जान्छ । –(मनुस्मृती, ३/२३९–२४१) 
  13.  चाहे आफैले बनाएको धार्मिक नीतिअनुसार होस् वा अर्कालाई फकाई फुस्ल्याई गरेर होस् या छलप्रपञ्च जालझेल गरेर होस हरेक तरिकाबाट आफ्नो मतलव पूरा हुने आर्थिक साधनहरु ज्ुाटाउन पछि पर्नुहँुदैन । यदी कसैले वा तल्ला जातीका मानिसले ब्राह्मण वा क्षेत्रियले चाहे अनुसारको सम्पति दिदैन भने त्यसलाई बाँधेर हुन्छ कि ? घरमा थुनेर हुन्छ कि ? पिटपाट गरेर हुन्छ कि ? जुनसुकै किसिमको वल प्रयोग गरेर हुन्छ आफूले भने अनुसारको धन असुल उपर गर्नुपर्छ । –(मनुस्मृती, ४/४९/५०) 
  14.  राम्रो पुरुष सँग सम्बन्ध जोडन र तल्लो जानका सँग सम्बन्ध तोड्न श्रेष्ठता प्राप्त हुन्छ । नत्र शूद्र समान हुन्छ । (मनुस्मृती, ४/२४७) 
  15.  ब्रह्मणको दश दिनमा, क्षेत्रीको बाह्रदिनमा, बैश्यको पन्ध्र दिनमा। शूद्रको एक महिनमा शुद्ध हुन्छ । (मनुस्मृती, ५/८३) 
  16.  शूद्रले ब्राह्मणको शव छुन हुदैन, किनकी शूद्रले छोयो भने स्वर्ग जान योग्य हुँदैन । (मनुस्मृती, ५/१०४) 
  17.  जुन ठाँउमा दास र शूदहरुको संख्या धेरै छ, जहाँका मानिस तर्कशील छन । जहाँ बाहुनहरुको खास गणना गरिदैन अथवा बाहुनहरुको बारेमा आलोचन पनि गरिन्छ त्यस्तो ठाँउमा चाँडै नै विनाश हुन्छ र त्यहाँ ठूलो विद्रोह सृजना हुन्छ । –(मनुस्मृती, ८/२१) 
  18.  बुद्धि विवेक र योग्यताले सम्पन्न शूद्रले राज्य शासनका बारेमा कुनै पनि मूर्ख वा अविवेकी राजालाई उचित वा अुनचित सम्बन्धी कुराको विवेचना मात्र गर्दछ भने त्यो पूरै राष्ट्र हिलोमा फसेको गाई झै हुनजान्छ । –(मनुस्मृती, ८÷२२) ड्ड शूदलाई बुद्धि नदिनू, कुनै धर्म र व्रतको उपदेश पनि नदिनू । –(मनुस्मृती, ८/८०) 
  19.  अत्यन्त खरावि आचरण भएको मानिस यदि ब्राह्मण जातिको छ भने त्यो पुजनिय हुन्छ र असल आचरण भएको मानिस यदि शूद्र जानिको छ भने त्यो निदनीयनै हुन्छ । किनभने कसैले पनि दुष्ट वा बैगुनी गाई नदुहेर गदहीलाई त अवश्य पनि दुहुदैन । –(मनुस्मृती, ८/२३) 
  20.  शूद्रलाई जूठो अन्न, पुराणा कपडा, ओछ्यानलाई पराल र ओढ्नलाई थाङना भुत्ला दिनु । –(मनुस्मृती, १०/१२५) 
  21.  यदी शूद्रले द्धिजाती (ब्राहमण, क्षेत्रिय )लाई कडा बोलीले गाली ग¥यो त्यसको जिब्रो काटिदिनु । (मनुस्मृती ८/२७०) 
  22.  शूद्र जातीले ब्राह्मण क्षेत्रिय र वैश्यजाती प्रती कडा बचन बोल्दछ भने त्यसले जिब्रो काटिदिनुपर्छ । किनभने जिब्रो काटिदिने जघन्य अपराध उसले गरेको हो । –(मनुस्मृती, ८/२७०) 
  23.  यदि शूद्र जाती ब्राह्मण उच्च तीन वर्णहरुलाई कठोर बचन साथ आक्षेप लगाउँछ भने त्यस शूद्रको जिब्रो काटिदिनु पर्छ । किनभने त्यो सबैभन्दा नीच वर्णमा उत्पन्न भएको हो । शूद्र यदि बाहुन क्षेत्रीको जात तथा नाम काड्दै निन्दा गरेमा त्यसको मुखमा १० अंगुल लामो फलामे किल्ला आगोमा पोली रातो पारेर घुसारी दिनू । यदि शूद्र घमण्डका साथ धर्म–उपदेश बाहुनलाई दिएमा राजाले त्यो शूद्रको मुख र कान भित्र उम्लँदो तेल खन्याईदिनू । (मनुस्मृती ८/२७०/२७२) 
  24.  शूद्रले आफ्नो हातगोडा मध्ये जुन अंगदारा उच्च जाती उपर प्रहार गर्छ त्यही अंगलाई राजालेक काटी फ्याँकी दिनू, यो मनुको आज्ञा हो । शूद्र यदि बाहुनसँगै एउटै आसनमा बस्यो भने राजाले त्यसको कम्मरमा आगोले रातो पारिएको फलामे डण्डीले डामेर देश निकाला गरिदिनु, अथवा त्यसको चाक कटाई दिनू । (मनुस्मृती ८/२७९) 
  25.  ब्राह्मणलाई धम र कर्तव्य सिकाउनेको मुख र कानमा उम्लँदो तेल खन्याईदिनु । (मनुस्मृती ८/२७९) 
  26.  शूद्रलाई बुद्धि दिनु हुदैन । आफ्नो सेवकलाई बाहेक कुनै दोस्रो शूद्रलाई जूठो अन्न समेत खान दिनु हुँदैन । देवतालाई मनसाएको खाद्य पदार्थ पनि शूद्रलाई भोजन गर्न नदिइयोस् । शूद्रलाई धर्म उपदेश नदिनू अथवा उसलाई कुनै ब्रतको उपदेश पनि दिन हुन्न । जो पुरुष शूद्रलाई धर्म–उपदेश वा प्रायश्चित आदि कुनै वर्तको सल्लाह दिन्छ, ऊ त्यही शूद्रसाथ द्रसवृत नामक नर्कमा डुव्छ । (मनुस्मृती ८/८०) 
  27.  बाटघाटामा बाहुन जातीका मानिस भेटियो भने उसका घरबार सबै नाता कुटुम्ब बारेमा कुशल क्षेम सोध्नु । त्यस्तै गरी क्षेत्रिय जातिको मानिस भेटियो भने उसको परिवार समेतको बारेम सञ्चो विसञ्चो बोरेमा सोध्नु । वैश्य जातिको मानिस भेटियो भने उसको व्यवसायका बारेमा सोध्नु र शूद्रजातका मानिस भेटियो भने खाली सन्चैछस भनेर मात्र सोध्नु । (मनुस्मृती २ /१९७) 
  28.  शूद्र वा दासले बाहुनको कपाल मात्र समात्छ भने कुनै किसिमको छानविन वा विचारै नगरी उसका दुबै हात काटी दिनुपर्छ । तथा बाहूनका दाह्री, खुट्टा घाँटी वा अण्डकोषमात्र छुन्छ भने पनि उसका हातहरु पूरै काटिदिनुपर्छ । –(मनुस्मृती, ८/२८१) 
  29.  मनिसको शरिर मध्य नाइतादेखि माथिको अङ्ग श्रेष्ठ हुन्छ त्यसमा पनि मुख चाहि झन श्रेष्ठ हुन्छ, भन्ने कुरा ब्रह्माजीले भनेका छन । ब्रह्माजीको त्यहीँ सर्वश्रेष्ठ मुखबाट सबभन्दा पहिल्यै उत्पन्न भएको बेदविद्या जानेको हुनाले बाहुन जात स्वभाविक किसिमबाट सर्व श्रेष्ठ मानिन्छ । (मनुस्मृती ८/३८१, ३८२) 
  30. ड्श्रेष्ठ ( ब्राह्मण) जातिलाई हान्न वा लात उठाउनेलाई जुन अङ्ग त्यसरी उठाएको हो, सो काटी फ्याँकी दिनु । तल्लो जातको मान्छे माथिल्लो जानको मान्छेसँग एउटै आसनमा बस्यो भने त्यसलाई पीठमा डामेर,चाकको मासु खुक्रेर देश निगाला गर्नु । –(मनुस्मृती, ८/२८१) 
  31.  ब्राह्मण्को शरीरलाई थुके दुईटै ओंठ, मुते–मुत्ने र पाद्ये हग्ने दुलो काटिदिनु । (मनुस्मृती ८/२८२) 
  32.  सबै पदार्थमा प्राणी अथवा जैव पदार्थ श्रेष्ठ हुन्छ । त्यस्ता प्राणी गाई, कुकुर, बाँदर आदी श्रेष्ठ हुन्छन र मानिस प्राणीहरुमा पनि बाहुन जाती श्रेष्ठ हुन्छ । (मनुस्मृती ८ /३९९) 
  33.  जो आफ्नो पेशागत धर्मबाट अलग भएर अर्काे (उच्च वर्ण) को पेशा धर्मलाई अँगाल्छ, त्यसलाई दण्ड दिने राजाको पनि स्वर्गमा बढुवा हुन्छ । आफ्नो पेशागत धर्म पालना गर्ने शूद्रलाई पनि स्वर्गको प्राप्ती हुन्छ । अर्काको पेशा धर्म भन्ने कुरा पाराई सुन्दर स्त्री जस्तै त्याज्य हुन्छ । (मनुस्मृती १७,१८) 
  34.  बाहुनको सेवासुश्रषा र दासत्व गर्नुनै शूद्रहरुको विशिष्ट काम मानिन्छ यदि दास र शूदहरुले अरु काम गर्न खोजे भने त्यो विफल हुनेछ । –(मनुस्मृती, ८/४१३) 
  35.  किनिएको भए पनि, त्यसै पाइएको भए पनि शूद्रहलाई दास बनाएर राख्नू, किनभने विधाननाले ब्राह्मणको दास हुनका निम्ति नै शूद्र सृष्टि गरेका हुन । –(मनुस्मृती, ८/४१३) 
  36.  राजाले वैश्य र शूद्रलाई आ–आफ्नो कममा कज्याउने प्रयत्न गर्नुपर्दछ । किनभने तीमीहरुले आ–आफ्नो काम छोडे भने जगतलाई व्याकुल पार्न थाल्छन । (मनुस्मृती ८/४१८) 
  37.  शूद्रलाई दास बनाएर राख्नु, किनभने विधाताले ब्राह्मणको दास हुनको निम्ति नै शूद्रको सृष्टि गरेका हुन । शूद्र जातिको लागि एउटा मात्र काम निर्धारण गरिएको छ । त्यो इष्यारहित भएर मालिक वर्गको सेवा गर्नु हो (मनुस्मृती ८/४१३) 
  38.  आफ्ना चाकर शूद्रले कमाएको धन मालिक ( ब्राह्मण) ले खोस्न हुन्छ । किनभने शूद्र आफ्नो भन्ने धननै केही हुन सक्तैन । (मनुस्मृती ८/४१७) 
  39.  गैर आर्य म्लेच्छ मुलका मानिहरुले दास बनाउनेको निम्ति आफ्ना सन्तान बच्दा र बन्धक राख्दा कुनै दण्ड हुँदैन तर आर्य मुलका मानिस दास हुन सक्क्तैन । (मनुस्मृती ८/४१७) 
  40.  स्वास्नी, छोरो, शूद्र दासको कुनै नीति सम्पति हुदैँन । किनभने तीनीहरुले कमाएको धनमा तीनको लोक्ने, बाबु वा मालिकको अधिकार हुन्छ । (मनुस्मृती ८/४१६) 
  41.  मालिकले त्याग गरे पनि शूद्र जाती दासताबाट छुट्न सक्दैनन् । किनभने कमारो भन्नु नै त्यसको स्वाभाविक कार्य हो त्यो कसरी छुट्न सक्छ । –(मनुस्मृती, ८/४१४) 
  42.  ब्राह्मणको हत्या गर्ने, ब्राह्मणको सुन चोर्ने र रक्सी खाने त्यस्ता मानिसहरुसित बसेर कसैले खाना नखाओस्, तीनको पुरोहित नवनोस् र त्यस्तासित विबाह कसैले नगरोस । तीनीहरु बैदिक धर्मविहिन भएर संसार घुमून । (मनुस्मृती ९/२३५–२३९) 
  43.  जसरी आगो चाहे संस्कार युक्त –मन्त्रोचारण आदी गर्दे काठ–काठ घोटेर अग्नी उत्पन्न गराउँने रीती) होस या संस्कारहीन एक महान देवता हुन्छ, त्यसरीनै ब्राह्मण पती चाहे विद्धान होउन वा मूर्ख एक महान देवता हुन्छ । महा अपराधमा स्वमुख मनुले दण्ड सजायका मूत्रेन्द्रिय आदि जो दशस्थान वर्णन गर्नुभएको छ, क्षेत्रिय आदी केवल तीन वर्णका लागि हुन । ब्राह्मण यी शारीरिक दण्डहरुबाट मुक्त छन । (मनुस्मृती ९/३१७, ८/१२४) 
  44.  शूद्र र ब्राह्मणको कन्याबाट जन्मने वर्णशंकर चण्डाल पुत्र जन्मन्छ । –(मनुस्मृती १०/३०) 
  45.  पौण्डक, ओड्र, काम्बेज, यवन, पारद, पहल, चीन, किराँत दरद र खस जातीहरु पहिले क्षेत्रीय वर्णका थिए पछि यिनीहरु ब्रह्मणदेखि टाढा भई व्रतबन्ध आदी धर्म– नियमहरु छोडदै गएकोले शूद्र बन्न पुगे । (मनुस्मृती १०÷४३–४५) ड्ड दुध बेच्ने बैश्य तीन दिनमा शूद्र हुन्छ । –(मनुस्मृती १०/९३) 
  46.  यदी कुनै पनि शूद्रले लोभमा परेर उच्च जातीले अपनाएको व्यवसाय गर्छ भने राजाले उसलाई सर्वस्वहरण सहित तुरुन्तै देश निकाला गर्नुृ । –(मनुस्मृती १०/९६) 
  47.  शूद्रलाई आर्जन गर्ने, अध्ययन गर्ने र जपहोमबाट ताढा राख्नु पर्छ । –(मनुस्मृती १०/१११) 
  48.  लोक र परलोक दुवैमा सुख प्राप्त गर्न बाह्मणको सेवा गर्नुपर्छ । ब्राह्मणको सेवा गर्नु शूद्रको प्रधान काम हो । –(मनुस्मृती १०/१२०–१२२) 
  49.  शूद्रले सदाचारको पालना ग¥यो भने यसलोकमा प्रशंसा हुन्छ, र उत्तम लोक प्राप्त गर्दछ । –(मनुस्मृती १०/१२७) 
  50.  जतीसुकै धन कमाउन सक्ने शक्ति भएता पनि शूद्रले धन कमाउने कुरा सोच्नु हुँदैन् किनभने शूदले धन कमाएमा ब्राह्मणलाई सताउन थाल्छ । (मनुस्मृती १०/१२९) 
  51.  समर्थ भएर पनि शूद्रले धनको सञ्चय नगरोस किनभने शूद्रले धन कमाएर ब्राह्मणलाई दुःख दिन्छ । ब्राह्मण्लाई उचित हुन्छ कि उनले् शूद्रको धन बिना संकोच लिउन (लुटुन) किनभने शूद्को निम्ति उसको निजी भन्ने केही पनि हुँदैन । अतः शूद्को धन उसको मालिक दारा हरण योग्य छ । (मनुस्मृती१०/१२९,८/४१७) 
  52.  वेद बिद्धारथ विद्धान, ब्राह्मण आदिको सेवा गर्नुनै शूद्रको परम शुखदायी धर्म हो । –(मनुस्मृती १०/३३४) 
  53.  शूद्र भित्र र बाहिर बाटै पवित्र माथिल्लो जातीका सेवक, मृदुभाषि, निरङ्कार भएर ब्राह्मण्को सहयोगमा बस्छ भने अउने जन्नमा उच्च जातीका रुपमा जन्म हुन्छ । –(मनुस्मृती १०/३३५–३३६) 
  54.  बेद पढ्न जानेका बाहुनलाई आफूले सकेको धन दिनै पर्छ किनभने बाहुनलाई धनसम्पति दिइयो भने स्वर्ग जान पाहिन्छ । –(मनुस्मृती, ११/६) 
  55.  जुन बैश्यसँग धेरै पशुहरु छन् तर यज्ञहीन र जाँडरक्सी सेवक छ भने त्यसको घरबाट धन खोसेर यज्ञकार्यम खर्च गरियोस् । अर्थात छिमेकीका प्रचुर धन राखेर पनि त्यो बैश्य कञ्जुसिका कारण यज्ञादी धार्मिक कार्य गर्दैन भने उसको धन जवरजस्ती खोसेर कुने ब्राह्मण वा क्षेत्रीको यज्ञमा खर्च गरिदिनु । (मनुस्मृती ११ /१२) 
  56.  यस संसारमा ब्राह्मण जातपातका मानिसलाई मार्नु जस्तो ठूलो अपराध केही पनि छैन । त्यसकारण कसैले पनि बाहुन जातका मानिसलाई मार्ने कुरा मनले पनि चिताउनु हुँदैन । (मनुस्मृती ११ /१३) 
  57.  ब्रह्मण जातीका मानिसले जस्तोसुकै आपराध कर्म गरेको भएतापनि दण्डकर्ता राजाले खाली कपाल मुडी दिनुपर्छ तर अन्य जानका मानिसहरुलाई प्राणै दण्ड दिनुपर्छ । (मनुस्मृती ११/१४) 
  58.  यज्ञ गर्छु भन्ने नाममा कुनै पनि ब्राह्मणले एकसय गाईदेखि एकहजार गाई सम्मका मानिससँग बिना सोच बिचार उसको सम्पति लिनुहुन्छ । यसैगरी बाहुनले यज्ञ गर्छु भनेर कुनै पनि शूद्र जानका घरबाट सबै श्री सम्पति लुटेर लगेपनि हुन्छ । किनभने शूद्रजातिको यज्ञसँग कुनै सम्बन्द्द नै हुँदैन । यस्तैगरी बाहुनले यज्ञको नाममा वैश्यसँग धेरै गाईभैसीहरु भए पनि यज्ञ आदिमा धन लगाएको छैन भने त्यस्ताको सबै लुटेर लग पनि हुन्छ । कसैले वा कुनै शूद्र जातीले बाहुनलाई केहि पनि दिन चाहेन भने त्यले जवर्जस्ती लुटेर भए पनि लैजाओस् । यसरी बाहुनले तल्ला जातिको मानिसको धन लुटेर लग्यो भने उसको कीर्ती र धर्म दुबै बढ्छ । –(मनुस्मृती, ११/१५) 
  59.  ब्राह्मण तीन दिन तक खाना खाएको छैन भने त्यसको खुराक शूद्रसँग छ भने उसबाट खोजेर लिदा पनि कुनै दोष लाग्दैन । (मनुस्मृती ११/१६) 
  60.  ब्राह्मण यज्ञको लागि शूद्रकोबाट धन सम्पति दान लिन हुदैन । किनकी शूद्रको भिक्षाले यज्ञ गर्ने समयमा चण्डाल बन्छन । (मनुस्मृती ११/२४) 
  61.  गाईलाई मार्नु र शूद्रको घरमा यज्ञ लगाउनु महाँ पाप हो । –मनुस्मृती ११/६०) 
  62.  वेद विद्या जानेका बाहुनलाई सबै जानका मानिसले आफ्नो धन जीवन र घर सम्पूर्ण कुराहरु दिनु उचित हुन्छ । –(मनुस्मृती, ११/७६) 
  63.  तल्लो जातको मानिसले उपल्लो जातकी आईमाई सँग सम्भोग गरेको अपराध ठहरियो भने त्यसले आफ्नो लिङ्ग र अण्डकोष आफ्नै हातले काटेर अँजुली हालेपछि बेहोस भएर नपल्टिदा सम्म सोझै नैक्रत्य दिशातर्फ दगुर्नु पर्छ । (मनुस्मृती ११ /१०४) 
  64.  ब्राह्मणलाई सबै जानको गरु मानिएको हुँदा बाहुनी पनि गुरु आमा भई । त्यससँग सम्भोग गर्ने शूदजातिलाई आइमाइको आकारको फलामको मु्ूर्ती तताएर त्यसैलाई आलिङ्कन गर्न लगाउँनु पर्छ । (मनुस्मृती ११ /१०३) 
  65.  शूद्रबधको प्रयाश्चित गर्न १० सेतो गाई र एक बेल दान गरे पुग्छ । (मनुस्मृती ११/१३१) 
  66.  ब्राह्मणले अभोज्य अन्न, स्त्री र शूद्रको जुठो खाएपछि सात दिन भोजन नगरीब्रतबस्दा पनि शुद्ध हुँदैन । (मनुस्मृती ११/१५३) 
  67.  ब्राह्मणको हत्या ग¥यो भने कुकुर, गधा, सुगुर, भेदा चण्डाल वा पुक्कसको जातमा पुनरजन्म लिन्छ । (मनुस्मृती १२/५५) 
  68.  ब्राह्मण जन्मनु वित्तिकै पृथ्वीका समस्त जीवहरुमा श्रेष्ठ हुन्छन् । उनी सवै प्राणीहरुका इश्वर हुन र धर्मभकारीका रक्षक हुन यो जगतमा जे जती सम्पति छ । त्यो ब्रह्मणकै नीति सम्पति हो । आफ्नो उत्तम जन्मको कारणले ब्राह्मण समस्त सम्पति पाउन योग्य छन । ब्राह्मण यदि पराई अन्न भोजन गर्दछन, पराई वस्त्र लगाउँछन् र अर्काको धन लिएर अरुलाई दिन्छन भने यी सबै उनका अन्न बस्तुहरु हुन । किनभने सबै जनता ब्राह्मणकै दयाबाट भोजन आदि पाउने गर्दछन । (मनुस्मृती ९९,१००,१०१) 
  69.  ब्राह्मण गर्ने जपहोम आदि काम गर्न खोज्ने शूदलाई राजाले मृत्युदण्ड दिनु । किनभने पानिले आगो निभाए झै जपहोम आदि गर्ने शूदले सम्पूर्ण राष्ट्रलाई नष्ट पार्दछ । –अत्रि सहिता १९) 
  70.  गैर आर्यहरुले आफ्ना सन्तान बेच्दा वा बन्धक राख्दा कुनै दोष हुँदैन तर आर्य मूलको मान्छे दास हुन सक्दैन । –(कोटिल्य अर्थशास्त्र ) 
  71.  जुन शूद्रहरुले आफ्नो प्राण,धन, तथा स्वास्नीलाई ब्राह्मणको सेवामा अर्पण गर्छन् । त्यस्ता शूद्रहरुको अन्न वा तीनीहरुको छोएको कुरा खान हुन्छ ।अरु शूद्रहरुको अन्न खान हुँदैन । ( विष्णु पुरण ५/११) 
  72.  शूद्रले ब्राह्मणको सेवा बलेको आगोलाई जस्तै टाढाबाट गरोस् । –( अनुशासन पर्व ५९/३३) 
  73.  कालो वर्णका ( गैर बैदिक मूलका) मानिसहरु शूद्र हुन्छन । (अपस्तव धर्मसूत्र १९ /२७/११) 
  74.  शूद्रले छोएको ब्राह्मण स्नान, प्राणायम, आचमन ( शुद्ध पानी छर्केर ) तप आदीबाट मात्र शुद्ध हुन सक्दछ । (अपरार्क ) 
  75.  जपहोम आदि गर्न खोज्ने शूद्रलाई राजाले मृत्युदण्ड दिनुपर्छ । किनभने पानीले आगोलाई निभाउँछ, त्यसरी नै जपहोम आदि गर्र्ने शूद्र सम्पूर्ण राष्ट्रलाई नै नष्ट गर्दछ । –(अत्रिसंहिता १९) 
  76.  ढोलक, शूद्र, गाँउले, पशु र नारी यिनीहरुलाई नपिटिकन काम आउँदैन् । (तुलसीदास रामायण) 
  77.  बाहुनको नाम मंगलकारी राख्नुपर्छ । क्षेत्रीको बलशाली वैश्यको धनशाली र शूद्रको घृणाव्यंजक नाम राख्नुपर्दछ । (विष्णु–स्मृती, २७–६–९) 
  78.  यदि शूदैले कुनै आर्यस्त्रीसँग सम्भोग गर्दछ भने उसको लिङ्ग काटिदिनू र उसको सारा सम्पति जफत गरिदिनू, यदि ती स्त्रीको स्वामी पती भए उक्त शूद्रलाई प्राणदण्ड दिनुपर्दछ । – (गौतम धर्मसूत्र १२,१–६) 
  79.   बाहुनले बानतक हात उठाएर, क्षेत्रीयले छातत्ीाक र वैश्यले कम्मरतक हात उठाएर र शूद्र दुबै हात जोडेर पाउँतिर निहुरिएर ढोग गर्नुपर्छ । (आपस्तम्ब धर्मसूत्र १,२,५, १६) 
  80.  बाहुनको उत्पत्ति देवताबाट र शूद्रको उत्पत्ति राक्षशबाट भएको हो । ( तैतरीय ब्राह्मण १,२,६,७) 
  81.  ब्राह्मणको बला बिद्या, राजको बल सेना, वैश्यको बल धन र शूद्रको बल सेवा हो । (चाणक्यनीति १÷१६) 
  82.  लहा आदि पदार्थ, तेल, नीर फूलका रंग, मह, घिउ, मदिरा मासु यी बिक्री गर्ने ब्राह्मणका पाउका जलले नहिल्याएको होस् जो वेदशास्त्रका शब्द र गर्जना र स्वाहा स्वाहा स्वघादेखि रहितहोस् त्यस घरलाई मशान झै ठान्नु पर्छ । (चाणक्यनीति १÷१६) 
  83.  शूद्रले पुरानो फाटेको बस्त्र लागाउँनु, बाहुनको जूठो पुरा खानु, आफ्नै स्वास्नीसँग मात्र सहवास गर्नु र अर्काकी आईमाई देखि टाढै रहनु शूद्रले सधै मन–मचन–कर्मले यसप्रकार आचरण गरेमा उसको सम्पूर्ण पाप नष्ट हुन्छ र पुण्यको प्रभावबाट उसले ईन्द्रको पदवीलाई प्राप्त गर्छ । ( महषर््िा हारत्ी, अ. २) 
  84.  शूद्रले यदि वेद सुन्यो भने त्यसका कानमा अग्निमा पगालिएको उम्लेको रांग वा लाहा भरिदिनू । शूद्र मशानघाट जस्तै हो अतः त्यस्तोको छेउछाउमा वेद पढनु हुँदैन । – जगत गुरु शंङ्कराचार्यको वेदान्त दर्शन १/३ /३४)


दलित शब्द वर्तमान नेपाली समाजमा प्रचलित शब्द हो । जसको सामान्य तया वर्ण व्यवस्थामा पिँधमा पारिएको जाती तथा समूहको इंकित गर्न सकिन्छ । यो नेपालको संविधान तथा सरकारी दस्तावेजमा सरल रुपमा प्रयोग गरिएको पाईन्छ, जसले वर्ण व्यवस्थाको शूद्र समूहलाई नै बुझाउँछ । यो नेपाल तथा भारतीय उपमहाँ दिपमा सार जातीय उत्पीडनमा पारेको समूहलाई जनाउँछ । केही व्यक्तिहरुले दलित शब्द आफैमा अपमानित हो यसको प्रयोग गर्नु हुदैँन, यसले यो समुदायलाई अपमानित गर्छ यसको सत्तामा शिप्पी शब्द प्रयोग गरिनु पर्छ भनीएको पाईन्छ । तर त्यस्तो होइन, पहिलो कुरा दलित शब्द ले यो समुदायलाई अपमानित गर्दैन र हुँदैन पनि दोस्रो, यो संविधान, ऐन तथा जातीय उत्पीडनको गर्भिलो इतिहास बोकेको शब्द हो । विरोधमा एक दूई जनाले प्रयोग गर्न हुँदैन भन्ने फरक हो । तेस्रो, दलित शब्द को सत्तामा शिल्पी प्रयोग गर्ने, विगतमा आफ्नो पहिचानको रुपमा शिल्पीको प्रयोग गरौ भन्नु राम्रै कुरा हो तर व्यवहारत यो प्रयोगमा हुन सकेको छैन । 

 शिल्पी शब्द ले शिप भएको भन्ने बुझाउँछ । परम्परागत सिपको काम गर्ने दलित अहिले ५ प्रतीशत भन्दा कम भएको समयमा सबै शिल्पी नै हो भन्नु उचित नहुँन सक्छ । शिल्पी दलित समुदाय मात्र होइन यसमा अन्य जातीका मानिस पनि यस समूहमा पर्ने गर्छ । शिपको काममा दलित समूदाय विस्तारै नगन्य संङ्ख्यामा पुग्दै गरेको अवस्थामा पनि यो शब्द उपयुक्त नहुन सक्छ । केही शिपको काम गर्ने समुहले हामी शिप्पी हो भन्नु स्वभाविकै हो तर यो आन्दोलनको शब्द बन्न सक्दैन किनकी यो दलित समुदायको पहिचान गर्ने मानक नै बन्न पुगेको छ । त्यसैले दलित शब्द को विकल्प खोेजी भन्दा पनि हामी माथीको विभेकारी दमनको विरुद्ध विकल्प खोजिनु पर्छ । हरेक मानिसको पेटमा एक नाइटोको सानो प्वाल पाँउछौ त्यो मानिसको लागी विरुप बनाउँने स्थान होइन हाम्रो एक मानव सौन्दर्य बनेको छ । बालक गर्भमा रहँदा देखि जन्म हुँदा उम्म त्यही नइटोमा जोडिएको पाइपको सहायतामा बालकले पोषण पाउँथ्यो तर जन्म पछि त्यसलाई काटेर फ्याँक्ने काम हुँन्छ । मानव जीवनमा न त्यसले अमान गर्छ न कुनै विरोध नै । त्यसैले दलित शब्द कुनै अममानको होइन, न कुनै पहिचानको, यो दलित समुदाय जहिले सम्म दमन र विभेद रहन्छ, तवसम्म रहन्छ तर विभेदको अन्य हुँदा वित्तिकै यसको प्रयोग पनि हतेर जान्छ ।

एउटै बसमा यात्र गर्दा होस या कुनै पसल, या विद्यालय वा विश्वबिद्यालयमा नै किन नहोस, परिचय भन्दा पहिलेको कुराकानी सर्वाद हुन्छन । बराबर हैसिएतमा सम्मान गर्दै कुराकानी हुन्छ तर जब, परिचयमा दलित समुदायको मान्छे भेटिन्छन उसको बोलि, व्यवहार तलमाथी हुन सुरु हुन्छन । अन्तिममा त कहाँबाट आइस सम्म भन्न भ्याउँछन हाम्रा समुदा कुनै कामी भित्र गोरो, अग्लो छोरी जन्मीयो भने, यो क्षेत्री जस्ती कस्ती राम्री बाँहून जस्ती भन्ने गर्छन । कुनै कालो वर्णको मानिस देख्यो भने दमाई वा कामी जस्तो भन्ने गरिन्छ । कुनै दलित जान्ने भयो भने, बाठो भयो भने भन्ने गरिन्छ यो त बाहुन जस्तो छ भनीन्छ । अलि बढि खाना खान्ने गरियो भने भन्ने गरिन्छ, कामी दमाई जस्तो खाएको भन्ने गरिन्छ । के जातीय मानक यही हो ? कुनै जाती समूह रङ्ग, जान्ने वा नजान्ने, राम्रो नराम्रो भन्ने कुरा कुनै जातको आधारमा रहन सक्दैन । त्यो त कुनै मानिसमाथी गरिएको खुल्ला अपमान मात्र हो । दलित जातिको उत्पतीको आधारमा बिभिन्न शिद्धन्तलाई आधार मान्न सकिन्छ ।

 १.नश्लबादी शिद्धान्तः वर्ण ब्यवस्था र हिन्दू धर्म नश्नबादी चिन्तनमा आधारित छ जसमा विरात पुरुषको विभिन्न भागबाट जन्मेका व्यक्ति र तीनका नश्लबाट जन्मिएका सन्तान जन्मकै आधारमा छुवाछूतको कुर अमानविय भावना भोग्न बाध्य भएको पाउन सक्छौ । वर्तमान समय सम्म पनि यिनै नश्लको आधारमा कोही ठूलो र कोही सानो हुन बाध्य भएको छ । यहि नश्लको आधारमा आर्य र अनआर्य विचको विभेदले पनि जातीय विभेदको श्रृङ्खला अगाडि बढेको आधाहरु जग जायर रहि आएको छ ।

२. अपराधिक शिद्धान्तः जातीय छुवाछूतको रुपमा बिभिन्न अपराध गरेका व्यक्तिलाई तल्लो तहमा झार्ने र तीनीहरुलाई अपमान गर्ने गरेको अभ्यासवाट पनि यस्ता जातीय छुवाछूतको अमानविय व्यवहार देखिन आएको मान्न सकिन्छ । विशेषत बिभिन्न जाती विचमा भएको यौन क्रियाकलाप र जो बाट जन्मने सन्तान आदिको आधारबाट पनि छुवाछूत व्यव्थाको विकास भएको मान्न सकिन्छ । 

३ रङ्गको शिद्धान्तः दलित जातिको विकास हुनुमा रङ्ग पनि एक हो । सिन्धुघाटीको सभ्यताको विकास गर्ने काला र पहेला मानिसहरु र ककेससहुँदै सिन्धुघाटीको सभ्यतालाई ध्वस्त बनाउने सेता वर्णको मानिस विचमा भएको रङगको आधारमा भएको विभेद पनि जातीय छुवाछूतको एक रुप हो जुन भारतीय महादिपमा विकास हुँदै गएको पाइन्छ । 

४ फोहोर तथा श्रमको शिद्धान्तः पेशाको शिलशिलाम श्रमको कारणले मानिस स्वत फोहोर हुन्छ जसले गर्दा उसको संस्कार, कार्य व्यवाहार सवैमा महत्वपंूर्ण भुमिका खेलको हुन्छ । श्रम गर्दा गर्दै उसको जाती र समूहलाई जातीय छुवाछूत गरियो भने त्यही कामको आधारमा फोहोरी भएको व्यक्ति पनि श्रमको कारणले नै समाजमा अपहेलना खेप्नु प¥यो जुन क्रियाकालाप अहिले सम्मन पनि जारि देखिन्छ । 

५.सामाजिक संस्कार तथा सास्कृतीक शिद्धान्तः समाजमा अभ्यास गरेका विभिन्न राम्रा नराम्रा व्यवहारहरुको अभ्यासले पनि जातीय छुवाछूतको निरन्तरता पाएकोे छ । समाजका हरेक व्यक्तिको उपस्थीती तथा उसको व्यवहारले पनि यस समुदायको बारेमा अध्ययन गर्ने गराउने बारेमा महत्वपंूर्ण भूमिका खेलेको छ । वगतमा जे जस्तो अभ्यास गरिदै आयो सो अनुसार नै कुनै अध्ययन वा राम्रो नराम्रो बारेमा अध्ययन नै नहुने गरीजस्ताको तस्तै मानिनुले पनि समाजमा जतीय छुवाछूतको निरन्तरता भएको मानिन्छ । 

६.धार्मिक तथा आर्थिक शिद्धान्तः वर्ण व्यवस्थाको विकास र यसको प्रयोगको हिसावले हेर्ने हो भने हिन्दू धर्म नै जातीय छुवाछूतको आमा हो । यस धर्ममा ब्यवस्था भएको विभाजन नै जातीय छुवाछूत का समस्या हो जुन अहिले सम्म पनि निरन्तरता छ । आहिले समाय हर्ने हो भने पनि आर्थिक रुपमा विपन्न मानिसहरु समाजमा विभिन्न अपमान र विभेदको भागिदार हुने अवस्था छन । त्यसैले पनि हामी भन्न सकिन्छ नेपालमा जातीय छुवाछूतको एक महत्वपुर्ण कारम धार्मिक तथा आर्थिक शिद्धान्त पनि एक हो । 

 ७.युद्धको शिद्धान्तः ककेसियस हुर्दै सिन्धुघाँटी पसेका आर्य र सिन्धुघाँटी बस्ने आर्य विचको भएको युद्ध ले पनि हार्ने आर्यहरुमा विभेदको सृङ्खताला विकास भएको मानिन्छ । त्यस्तै भारतीय उपमहादीपमा भएको युद्ध र राज्य विकासको चरणले हार्ने समूहको वृद्धिले पनि एक समूहमाथि निरन्तर रुपमा बहिस्करणको संस्कार बसालेको पाइन्छ ।

 ८.आर्य विरोधी शत्रुृताको शिद्धान्तः आर्यहरु आफू जहाँ जान्छन उनिहरु बेद र हिन्दू धर्म संगै लिएर जाने गर्दथे जसको कारणले उनीहरु एक समूहलाई श्रम शोषण गरीधन, प्रतीस्था र शक्ति आर्जन गरेका हुन्थे, सो धन र राज्य कव्जा गर्नको लागि मुस्लिम तथा अन्य धर्मका समेत मानिसले आर्य विरिधी कार्य संञ्चालन गरेको इतीहासवाट अध्ययन गर्न सकिन्छ । त्यही शक्ति र धनको विरुद्धमा लागेकाहरुलाई आर्यले कारबाही स्वरुप दास बनाउने तथा अपमानित गर्ने क्रियाकलाप संञ्चालन गर्दा तथा त्यसैको निन्तरता पनि जातीय छुवाछूतको विकास भएको मान्न कथिन छैन । 

९.सामाजिक अन्तरविरोधको शिद्धान्तः समाजमा भएका बिभिन्न समूह तथा श्रमिक वर्ग विचमा भएको आन्तररिक अन्तरविरोधको कारणले पनि समाजमा एक समूहमाथि बहिस्करण गर्ने थितीको विकास भएको थियो । शक्तिको आदमा लागेर समाजमा भएका सबै किसिमको मानिस माथि नियत्रण गर्ने तथा जसले समाजिक संस्कार मान्दैन उसलाई समाजमा अपहेलना तथा बहिस्करण गर्ने काम भएको देखिन्छ । आर्थिक, समाजिक, सास्कृती तथा अन्य आधारमा समुदायमा वहिस्करण गर्ने संस्कारले अहिले सम्म निरन्तरता भएको प्रसस्त अदाहरण छन । 

१०.आन्तरिक फूटको शिद्धान्तः आर्र्य विचमा पनि शक्ति र स्थार्थको कारणले पनि आफ्नो भाई परिवारमा फूट तथा संघर्ष स्थापना भएका इतीहास हामिले अध्ययन गरेका छौ । जसको असर जातीय तथा समाजिक विभेदमा पनि रहेको पाइन्छ । आफ्नै नश्ल तथा समूहविचमा भएको आन्तरिक फूट तथा नियन्त्रणको संघर्षको कारणले समाजमा नियन्त्रित समुदायमा निरन्तर रुपमा बहिस्करण गर्ने गराउने चलन चल्दै र गरिदै आएको पाइन्छ ।

 ११. बैयक्तिक मनोविज्ञानको शिद्धान्तः समाजमा विभिन्न कारणले समाजिक बहिस्करण भए तर त्यो समाजिक बहिस्करणलाई एकता भएर चिर्ने काम भने हुन सकेन, त्यही समाजिक विभेदलाई नै स्वीकारी मान्दै आएको कारणले पनि समाजमा निन्तर रुपमा जातीय छुवाछूत संस्कारको रुपमा चल्दै आएको पाइन्छ । जातीय छुवाछूत मान्दै आउनु तथा त्यसलाई नै निरन्तर अभ्यास गर्दै वर्तामान सम्म पनि त्यही संस्कारमा रही दलित विचमा पनि आन्तरिक रुपमा विभेद सृजना गर्नु दलितहरुको राम्रो पक्ष होइन ।

स्रोतM लेखन/संकलन धनु लेकाली पुस्तक , उज्यालोतिर प्रकाशन ; दलित संजाल भकिम्ली २०७४

दलित समूदाय शुरुवातको समयमा विभिन्न किसिमका पेशाको आधारमा विभाजन गरिएको पाइन्छ । जसले विस्तारै समाजमा अछूतको रुपधारण गरेपछि पछि पेशा पनि धरापमा परेको पाइन्छ । वर्ण व्यवस्थाले पिँधमा पारिएका समुदाय मात्र अउलंधनिय भएर निरन्तर रुपमा बञ्चितीकरण भोग्दै आएको पाइन्छ । जसको आधारमा बर्तमान सम्मा पनि समाजमा विभेदको सृङ्खला निरन्तरता भएको पाइन्छ । हिन्दू वर्णाश्रम जाती व्यवस्था, वि.सं. १९१० को मुलुकी ऐनबाट पानी नचल्ने र छोइछिटो हाल्नु पर्ने जातजाती भनी जातीय भेदभाव एवं समाजमा अछुत मानिएका र सामाजिक, आर्थिक, राजनैतीक, शैक्षिक तथा धार्मिकरुपमा राज्यको मूलप्रवाहबाट पछाडि पारिएका जातजातीका समुदायलाई दलित वर्ग भन्ने गरिएको छ । पेशाको आधारमा दलितको विभाजन निम्नानुसार विभाजन गरिएको छ । 

(क) पहाडी मूल 

 १. गीत तथा संगीतको आधारमा गन्धर्व (गाइने) 

 यो समुदाय गत्ी गाँउदै घुमन्ते जातिको रुपमा देश भरि हिड्ने जातिको रुपमा लिन सकिन्छ । यो जातीले विगतका लामो इतिहासको सञ्चारको माध्यमको रुपमा काम गर्दै आएको पाइन्छ । सारङ्गी साथमा गाउँ गाउँमा गत्ी गाएर समचारको आदान प्रदान गरेको पाइन्छ । साथै यि जातीले नेपालको अर्थात शासकको विर गाथा गाँउदै आएको पाइन्छ । यिनीहरुले आफ्नो जीवन यिनै फिरन्ते रुपमा विताएको पाइन्छ । यो जातीले विस्तारै आफ्नो परस्परागत पेशालाई छोड्दै गएको पाइन्छ । यि जातिको पाखराको बातुलेचौरमा बाख्लो बस्ती छ भने बागलुङ् आदि जिल्लामा आफ्नो बाख्लो बस्ती बनाएर बसेको पाइन्छ । 

२. सिलाई तथा म्युजिसियन (दमाई, दर्जी, सुचिकार, नगर्ची, ढोली, हुड्के) 

सामान्य तया यस जाती भित्र सिलाइ बुनाई तथा विभिन्न बाजको आधारमा जातिको नाम उल्लेख गरिएको पाइन्छ साथै, सिलाई तथा बाजा गाजा बजाउने गरीआफ्नो जीविका चलाउने गरेको पाइन्छ । बर्तमान समयमा हेर्नै हो भने सिलाई बुनाई सफा तथा आम्दानीको पेशा भएको हुनाले अन्य जातीले पनि गर्ने गरेको पाइन्छ । अजै पनि गाँउ बस्तीमा पञ्चे तथा नौमती बाजा बजाएर हरेक पुन्य कर्ममा आफ्नो योगदान दिइएको पाइएता पनि उनिहरुलाई सामाजिक रुपमा अपमान गरिदै आएको छ । यि जातिको बस्ती गाउ,शहर, हिमाल तराई, पहाद तथा देशको सबै स्थानमा भएको पाइन्छ । 

३. बादी यो समूदाय 

नेपालको पश्चिमी तथा पूर्वि क्षेत्रमा पातलो रुपमा पाइने जाती हो । विशेषत यो जातीले मादल, दमाह बजाउने तथा मादलमा खरि लगाउने गरेको पाइन्छ । बादीको महिलाहरु परिवार धान्नकै लागि यौन व्यवसायमा लागेको भन्ने पनि आरेप आएको पाइन्छ । यो जाती पनि फिरन्ते भएता पनि बाँके, दाङ, कैलाली तथा सुर्खेत जिल्लामा बसोबास गरेको पाइन्छ । यो जाती पृथ्विनारण शाहाले एकीकरण गर्ने समयमा सहभागि सैनिकको लागि मनोरञ्जनको लागि प्रयोग गरिएको महिला तथा युद्धमा हारेका, शासकका घरमा मनोरञ्जनको लागि राखिएका महिलाहरुबाटै विकास भएको भनी समाजशास्त्रीहरुले दवि गरेको पाइन्छ । 

४. हातहतीयार, गहना, काठको समान, आदि समान बनाउने । विश्वकर्मा (कामी, लोहार, सुनार, ओड, चुनँरा, पार्की, टमटा)

 यो समुदाय विशेषत गरगहना, हात हतीयार, काठको समाना, फलामको समान बनाउने जाती अन्तरगत यो समुदाय भित्र पर्ने गर्दछन । यो समुहमा पर्ने जातीहरु कमको आधारमा नामाकरण गरिएको पाइन्छ । जस्तै, सुनको काम गर्ने सुनार, फलामको काम गर्ने लोहार, तामा पिटलको काम गर्ने टमटा, बाँसको काम गर्नेलाई पार्की, काठको भाँडो बानाउनेलाई चुनारा आदि । यो जातिको बस्तीको हिसावले नेपाल भरिनै बस्ती भएको पाइन्छ साथै आन्य दलितको हिसावमा यो दलित समुदायले आफूलाई ठूलो मान्ने हुनाले अन्य दलितहरुले दलित भित्रको ब्रह्मण भनेर पनि भन्ने गरेको पाइन्छ । 

 ५. छालाको काम गर्ने समुदाय (मिजार,सार्की, चर्मकार, भूल) 

 नोपालमा छालाको पेशागत रुपमा काम गर्ने जातिको रुपमा यो जातिलाई लिने गरिन्छ । मरेका गाँई तथा अन्य पशुको छाला काडि विभिन्न जुत्ता, चप्पल, झोला तथा अन्य बन्दो बस्तका सामान बनाउने गरेको पाइन्छ । बर्तमा समयमा भन्ने हो भने यो समुदायले विस्तारै आफ्नो पेशा छोडेर गएको पाइन्छ भने कैयौले व्यापार विस्तार गरीमनग्य आम्दानी समेत गरेको पाइन्छ । यो जाती नेपालको ४,५,६, तथा सात नं. प्रदेशमा बस्ने गरेको पाइन्छ ।

 ६. सरसफाईको कामगर्ने समुदाय पोडे (देउला, पूजारी, जलारी) ,च्यामे (कुचीकार, च्याम्खल) 

 सरसफाईको काम गर्ने यो जाती विशेषत काठमाण्डौ, भक्तपुर, तथा ललितपुर जिल्लाम बस्ने गरेको पाइन्छ । इतिहासको देखि राजा महाराजा, दरवार, तथा सडकमा सम्म सरसफाईको काम गर्ने गरेको पाइन्छ । यी जाती नेवार भित्रका दलित भित्र पर्ने गरेको पाइन्छ साथै बर्तमान समयमा आफ्नो परम्परागत पेशालाई विस्तारै छोडेर अन्य पेशामा लागेको पाइन्छ । 

(ख) मधेश मूल 

 तराईमा विभिन्न थरको अधारमा दलितलाई छुट्टाइएको छ । जसको आधारमा दलितलाई विभाजन गरेको पाइन्छ । 

 ८. कलर 

 ९. ककैहिया

 १०. कोरी 

 ११. खटिक 

 १२. खत्वे (मण्डल, खङ्ग) 

 १३. चमार (राम, मोची, हरिजन, रविदास)

 १४. चिडिमार

 १५. डोम (मरिक) 

 १६. तत्मा (ताँती, दास) 

 १७. दुसाध (पासवान, हजरा) 

 १८. धोवी (रजक, हिन्दू)

 १९. पासी 

 २०. बाँतर 

 २१. मुसहर 

 २२. मेस्तर (हलखोर) 

 २३. सरभङ्ग (सरवरिया) 

 २४. नटु

 २५. ढाँडी

 २६. धरिकर÷धन्का 

 नेपालमा अझैपनि उच्च पहाडिया खस आँखाले विभिन्न जातका थरलाई आफ्नो जातिको मात्र हो भन्ने गरेको पाइन्छ तर त्यो होइन । विभिन्न जाती तथा समूहको थर विभिन्न स्थानको आधारमा रहेको हुनाल निश्चित थर निश्चित समुदायको मात्र पेवा रहन सकेन र रदैनन् पनि । थरको आधार मुस्लिम जातिलाई मात्र चिन्न सकिन्छ तर अन्य जातिको थर आधारमा कोही कसैको पहिचान हुन सम्भव छैन । आफ्नै पूर्खाको थर लेख्दा पनि वर्तमान समयमा दलित समुदायलाई आलोचना गर्नु किमार्थ राम्रो होइन । गौतम लेख्ने विश्वकर्मा, बाहुन तथा परियारमा छन । त्यस्तै, दुलाल पनि विश्वकर्मा, मिजार तथा बाहुन जातीमा समेत छन, त्यसैले गर्दामा छुट्याउन सकिदैन । त्यस्तै,दुल्लुबाट आएका सबै जातिको थर दुलाल हुन्छ । पोखराबाट आएका सवै जातीका पोखरेल रहने गरेको पाइन्छ । त्यसैले कुनै पनि जाती आफ्नो पूर्खाको लिग्यासिको रुपमा लिनु भ्रममात्र हुने समाजशास्त्रीहरु बताउँछन । 

 १.विश्वकर्मा जातीका थरहरु ः (कामी, लोहार,सुनार,आग्री,चुनरा,टमटा,पार्की) ः– 

असुरपाती आग्री, आफरवाडी, आफलघाती, आगरी, ओर, ओखेडा, ओड, एयरपती, इरनाई, उखेडा, श्रीपाली, कामी, कर्मा, करार, काललोहार, कौशल, कालीराज, कसरा, कालीकोटे, कालीराज, कुमार्की,कैनी, कोली, कालाकोटी, कसेरा, कसारो, कुलाल, कवि, कुलगल, कुयाल, कडरा, करला, कमेनी, कालीमार, कोहली,खाती, खड्काथोकी, दुधराज, गोल्डस्मिथ, गहतराज, गुरताल, गावा, गदाल, गोथे, गडाल, गुतील, गोतामे, गजमेर, गदली, घर्तीववर,े घताने, घतानी, घमाल, घिमिरे, घामघत्ले, ःघडेरी, चुनारा, चौठेमार, चौढेमार, चुनार, चन्द«ा, द्धन्द«परे, छिनाल, छामछल्न, छिस्तुल, जगतीपुरे, जडकामी, जम्लाली, जाडकामी, जगडी, जइगडी, जनाला, ज्याबन, टमटा, ठटरा, डोटेली, डडालीयर, डल्ली, तीरुवा, त्यागी, दुलाल, देउती, देवपाते, दुराल, दुरैली, दियाली, ददेल, दयाल, दर्लामी, दुधसुनार, दुधराज, दियाली, धमाला, धनुके, धयाल, धम्याल, धन्याल, धानुक, धानीक, धोतीकामी, नेपाली, पार्की, पाददेउती, पोर्तेल, पियाली, परी, पहरी, पाइटु, पल्याल, पल्यान, प्वाल्याल, बुरीटमटा, बान्दे, बराईली, वरेली, बछाली, बएल, बल्मान, बयानी, बाबली, बटला, बगालेथापा, बसक्याल, भन्याल,भट्टराइ महिराज, मध्यमर, कोहली, मगरा, महिलीपार, मडयाल, मिझार, महर, रसाईली, रिसाल, रपाल, रामदाम, रैकाल, रिजाल, रामदार, राम, रामछाम, राजीलौहार, रपशंकर, रुचालु, लखडा, लाखड, लावण–लावड, लोहार, ल्थर, ल्वागुन, लकान्दी«, लौकान, लामगोद, लामगादे, लुहार, वड, बालोमर, वथानी, वेथानी, वेदानी, वरही, स्वर्णकार, विखैमर, व्यागी, विर्खेमर, वंशपाली, सुजी, सदाशंकर, साशंकर, सेजवाल, सिन्चौरी, सेतीमगर, सेती, सहुरखाती, सैसवाल, सिर्पाइली, सुरुवाल, सेवा, सिगाउरे, सेतीपार, सुनधुवा, सिंगौली, सेतीसिलाल, सिमलखडा, सिमलदिया, सिंगडरे, साई, सराल, सेरला, सोनाहा, सिङऔरी, सुनकामी, सेतीमहर, सुखाल, सुन्चौरी, सेन्चुरी, सेतीमोर, सिकर्मी, स्नेही, सुनार, संकटयाल, सोव, सेराल, सुनी, सोनी, सिल्खाल, थोकी, हुम्लाली, (विश्वकर्मा जातीका गैरदलितसंग मिल्ने थरहरु)ः ओली, अर्याल, कार्की, घिमिरे, रिजाल, खड्काथोकी, मल्ल, धमाल, चन्द, दुलाल, सिलवाल, खनाल, खपाङ्गी, खाती, गजुरेल, गिरी,गौतम, पोख्रेल , भट्ट, भट्टराई, पन्थी, पौडेल, लोहनी, थापा, शर्मा, शाह, वराल, लामिछाने, धामी, भुषाल, सिजापती, बगाले, सिंह, बस्नेत, बास्कोटा, निरौला, तीवारी, पोखरेल, लोहनी... 

२.परियार जातीका थरहरु ः (दमाई, दर्जी, सुचिकार, नगर्ची, ढोली, हुडेक) 

अछामे, अससाय, अपटार्या, आवीखोली, आउजी, करुवाल, कनाल, कठैवरी, कटवाल, कालाथोकी, कालाखाती, कोखरे, कुखुरे, काखडे, कोटानजारी, कालाखानी, कार्कीढोली, कोटाञ्जरी, खाती, गौरवाग, गोरखनाथ, गुईदेल, गजमेयर, गौरी,गौतम, गोतामे, घतानी, घले, घतामे, चित्रकार, चण्डुचार, चाहार, चुडाल, छिनाल, जनैदार, टेलर, ठटाल, ठराल, ठ्याकी, डौड, डेणे, तीलक्यानी, तीखत्री,दर्नाल, देउकाडी, दर्जी, देवल, दास, दकास, दनोल, देउगाडी, धगाले, नागरी, नेपाली, नेगी, नगर्ची, नगवाग, नागरी, नगवान, पाचकुरी, पाल्पाली, पहाडी, फुडके, बर्देवा, वर्मदास, वागदास, बैज, बैजाकोटी, बागचन्द, बुढाप्रीथी, बाग, बैकापी, विटालु, वेढुवा, बाग्धास, बैजनाथ, भित्रकोटी, भेटेसिवा, मास्टर, मुडेल, मुडलेकार्की, मोत, माले, माल्बोक, मौले, मिस्त्रीकोटी, मंगता, याग्न,े रनपहेली, रुकुमेली, रैका, रामकाजी, रनपौली, रजवर, रत्न, रेतन, रनवेहली, रजवास, राजगाई, रैइगाइ, ¥याइभरयार, लापे्रे, सुनाम, सेवा, सुनदास, सुरयाल, सप्याली, सिवा, सुयाल, सिलाल, सेन, सिलाधर, सुटयाल, साहिसमुन्द«, सुचेउरी, सुकुवाट्याल, हिङमाङ, (परियार जातीका गैरदलितसंग मिल्ने थरहरु)ः आचार्य, अधिकारी, कार्की, कोहराल, खाती, खनाल, खतीवडा, गौतम, घले, बराल, तीवारी, मल्ल, जोरी, लामिछाने, गुरुङ, पन्त, ढुङ्गगाना,राई लुईटेल, भुषाल, महरा, दवाडी वास्ताकोटी... 

३.मिजार, जातीका थरहरुःः– 

(सार्की,मालभुल, भुल) अच्छामी, एस के,कालो, कोतेहाल, कुल्चीयार, काला, कालामग्रनी, खरिबोटे, खिलुङ्गे, खडगी, गौरीपाल, गोतामे, घिताङ्ग, चर्मकार, चुडाल, छन्बेता, टोटलाङ्गी, ठडोर, ठगुन्ना, ठराई, तोसाली, तोलाङ्गे, तोलाङ्गी, थाक, देउला, दुलाल, देउलाकोटी, दावे, देउलापानी, दाहाल, धुरुमग्राती, धौलाकोटी, नेपाली, नगरकोटी, पुरकोटी, परदी, पीपलबोटे, पाएली, पर्कोटी, पुर्कौटी, बुरेल, बौडेल, बौडेल, बाह्रमरे, बम्रेल, बसेल, बङरेल, बयालकोटी, बिसुन्खे, बंग्रेल, विसनेबैलकाटी, बस्याल, भूल, भियाल, भियाल, मजरकोटी, मिजार, मयार, मंग्राती, मुर्दल, मोटे, मुहल, मजावरी, मगर, मालभुल, रामजाली, रुचाल, रम्तेल, रोका, रोक्का, रकौल, रोकाया, रमेल, लमजेल, सुर्खाली आदि । (मिजार जातीका गैरदलितसँग मिल्ने थरहरुः)ः– आचार्य, अधिकारी, कोइराला, नेपाल, राठाले, रिमाल, सिंह, खतीवडा, चन्द,खड्की, गौतम,गैरे,बुढाथोकी, सपकोटा, न्यौपाने, पौडेल, बोहोरा, बोगटी, थापा, थपलिया, उप्रेती, गिरी, दाहाल, चन्द्र, लमसाल, ठगुना, देउलापाती, रामजाली, सत्याल, बस्याल, मरासिनी, पहाडी, पुलामी, घिमिरे, बन्जाडे, रोक्काशाही, राठौर... 

 ४. गन्धर्व जातीका थरहरु गन्धर्व (गाइने)

कालाकौसी, कालोपौडेल, कालिचन, कालाशाह, गाइने, गान्धारी, गायक, गायन, , जोगी, बैगार, मेघनाथ, भूषाल, भाट,सूर, तुर्की, बोगरी, सुरसमान, रसाइली, (भूषाल, विष्ट, बोगरी)

 ५. वादी जातीका थरहरु 

कश्यप, केसरी, कालीयान, चन्द, छिलेल, छिलाल, छिन्वयाल, जोगी जुम्लेली, दास, दुमार्की, राना, वादी, भाँड, हुँड्के धिताल, लेकाली, पहाडी, (राजयोग), शिह, वैश्य, नगर्ची, खाती, वसेल, गौतम, नेपाल, लेकाली, मगर, बाध्यकार, बाठा, नेपाली, छिनाल, वाहय, बैकार, पौडेल, पोखरेल, सिमाल, हरिथंगा, खनौटे, बोरेसाहाँ,। वादी जातीका गैर दलितसंग मिल्ने थरहरु कुमाल, खड्का, गहतराज, गोतामे, चन्द बराल, रिजाल, खान, जोगी, श्रेष्ठ, निरौला, कोइराला, उपाध्याय, बोटे, खाती, ठाकुर, राना,साह, नेपाली,भाँक 

 ६. कलर जातीका थरहरु सरवरिया, विकाउ 

७. ककैहिया जातीका थरहरु राय ककैहिया जातीका गैर दलितसंग मिल्ने थरहरु राय 

 ८. कोरी जातीका थरहरु कुरील, गौतम, भारती कोरी जातीका गैर दलितसंग मिल्ने थरहरु गौतम, भारती

 ९. खटिक जातीका थरहरु कोली, सोनकर 

 १०. खत्वे जातीका थरहरु ( मडंल, खङग ) शर्मा, धानुक, बेल्दार खत्वे जातीका गैर दलितसंग मिल्ने थरहरु शर्मा, धानुक, मडंल 

 ११. चमार जातीका थरहरु ( राम, मोची, हरीजन, रविदास ) रैदास, महरा चमार जातीका गैर दलितसंग मिल्ने थरहरु महरा 

 १२. चिडियामार जातीका थरहरु सरनेरीया, सरनरिया, करौरीया, यादव, नट, बखु चिडियामार जातीका गैर दलितसंग मिल्ने थरहरु यादव,

 १३. डोम जातीका थरहरु ( मरिक ) , मल्लीक, मल्लि, महिल, गुसराम डोम जातीका गैर दलितसंग मिल्ने थरहरु मल्लीक 

 १४. तत्मा जातीका थरहरु ( ताँती, दास ) मण्डल, महरा, पात, बनौजिया तत्मा जातीका गैर दलितसंग मिल्ने थरहरु मण्डल, महरा 

 १५. दुसाध जातीका थरहरु ( पासवान, हजारा ) दुसाद, हजारी, पासमान

 १६. धोवी जातीका थरहरु (रजक ) हिन्दू, पथिक, कनौजिया, आर्या, पत्थरकट्टा, मगता, माहुत, कुशवडिया, मंगी, वाल्मीकि, शाकी, रमन, धावी, साफी, वैठ्ठा,े, निर्मलकार, रत्ना, बेठा, मेहता, मधैया, आर्य, मधेसीया, दास, राजधोव, कनेजीया, धोवी, रमण, राउत, माझी, धवल, सम्धी, एसर धोवी जातीका गैर दलितसंग मिल्ने थरहरु चौधरी, महता, माझी 

 १७. पासी जातीका थरहरु सूर्या, महतो, चौधरी, गौतम, तरसुहिया पासी जातीका गैर दलितसंग मिल्ने थरहरु महतो, चौधरी, गौतम 

 १८. बाँतर जातीका थरहरु सरदार, माझी, धोकेवाल, राजवंशी, ढोकेवाज, माइती बाँतर जातीका गैर दलितसंग मिल्ने थरहरु राजवंशी 

 १९. मुसहर जातीका थरहरु सदा, ऋषिदेव, हेमराम, भदरी, माझी, तीरुहुतीया, मधैया, ढोलबाजा, कहरिँया, रिखिकुल, तीरासक 

 २०. मेस्तर जातीका थरहरु ( हलखोर ) राउत, मेहतर, जम्दार, मंगी मेस्तर जातीका गैर दलितसंग मिल्ने थरहरु राउत

 २१. सरभङ्ग जातीका थरहरु ( सरवरीया ) सरभोर, सरभङ्ग, धामी, बाँतर, नट मधेशी मूलमा थप गर्नुपर्ने जातीहरु – पटवा, विल्टाउ, विन (मुखिया), मलाह (सहनी), गोढीया । पहाडी समुदाय भित्रका दलित ः– 

२२. पोडे (देउला, पूजारी,जलारी,जालन्धर) 

२३. च्यामे (कुचिकार,च्यमखल) 

 २४. विटालु 

 २५. मगन्त

 सामान्यतया मानिसको आफ्नो वंश परम्परा अनुसार आफ्ना शाखा सन्तानलााई परिचि बनाउनको लागि जात वा थरले महत्वपूर्ण भूमिका खेलेको पाईन्छ । विगतका लामो समयमा हिन्दू धर्म मान्ने सवैले विभिन्न आफ्ना शाखा पूर्खाको आधारमा जात तथा थरको पहिचान भएको पाइन्छ । तर नेपालको सन्दर्भमा हेर्ने हो भने केहि जातिलाई पनि आफ्नो जात तथा थर लेख्न बाट समेत बञ्चित गराएको पाइन्छ । वर्ण व्यवस्थाले पिधका परेका जाती तथा समूहलाई आफ्नो जात लेख्नबाट बञ्चित गराएको पाइन्छ । वर्ण व्यवस्थाका आधारमा स्थापित चार समूहलाई नै जातको रुपमा लिईने गरेको पाईन्छ । कामको आधारमा स्थापित केही जात तथा थर सामाजिक संरचना र सामाजिक बहिस्करणले गर्दा ती शब्द हिनताबोध शब्द को रुपमा लिने गरिएको पाइन्छ । जस्तै का मगर्नेलाई कामी,दमाह बजाउनेलाई दमाई, आदी ।

 नेपालमा बस्ने विभिन्ना जातीहरु र महाँ सभ्यताका मानिसहरु विचको बसाई गर्ने भएकोले यहाँका जातीका पनि अनेकन जात तथा थर पाईने गरेको छ, साथै एकले अर्काे जातिको थर तथा ग्रोत्रको बारेमा जानकारी छैन तर पनि पहाडिया हिन्दू मनोविज्ञानले आफ्नो जात थरमात्र ठूलो र अरुको नमिल्ने कुरा गर्दै आएको कुरालाई विदम्बनको रुपमा लिन सकिन्छ । यहाँ ठूप्रै जाती तथा थरको भिल्ने भएता पनि शूद्र भित्रका थरलाई हाम्रो चोर्ने काम भयो भनेर पनि विरोध गर्दै आएको पाइन्छ । दलित तथा गैर दलित भित्र पर्नै विभिन्न थरको उदाहरणको बारेमा अध्ययन गरौ । 

 विश्वकर्मा जातीका गैरदलितसंग मिल्ने थरहरुः ओली, अर्याल, कार्की, घिमिरे, रिजाल, खड्काथोकी, मल्ल, धमाल, चन्द, दुलाल, सिलवाल, खनाल, खपाङ्गी, खाती, गजुरेल, गिरी,गौतम, पोख्रेल , भट्ट, भट्टराई, पन्थी, पौडेल, लोहनी, थापा, शर्मा, शाह, वराल, लामिछाने, धामी, भुषाल, सिजापती, बगाले, सिंह, बस्नेत, बास्कोटा, निरौला, तीवारी, पोखरेल, लोहनी आदि । 

 परियार जातीका गैरदलितसंग मिल्ने थरहरु ः आचार्य, अधिकारी, कार्की, कोहराल, खाती, खनाल, खतीवडा, गौतम, घले, बराल, तीवारी, मल्ल, जोरी, लामिछाने, गुरुङ, पन्त, ढुङ्गगाना,राई लुईटेल, भुषाल, महरा, दवाडी वास्ताकोटी आदि । 

 मिजार जातीका गैरदलितसँग मिल्ने थरहरु ः– आचार्य, अधिकारी, कोइराला, नेपाल, राठाले, रिमाल, सिंह, खतीवडा, चन्द,खड्की, गौतम,गैरे,बुढाथोकी, सपकोटा, न्यौपाने, पौडेल, बोहोरा, बोगटी, थापा, थपलिया, उप्रेती, गिरी, दाहाल, चन्द्र, लमसाल, ठगुना, देउलापाती, रामजाली, सत्याल, बस्याल, मरासिनी, पहाडी, पुलामी, घिमिरे, बन्जाडे, रोक्काशाही, राठौर आदि । 

 वादी जातीका गैर दलितसंग मिल्ने थरहरु कुमाल, खड्का, गहतराज, गोतामे, चन्द बराल, रिजाल, खान, जोगी, श्रेष्ठ, निरौला, कोइराला, उपाध्याय, बोटे, खाती, ठाकुर, राना,साह, नेपाली,भाँक आदि । 

 त्यस्तै गन्धर्ब जातीमा भूषाल, विष्ट, बोगरी कोरी जातीका गौतम, भारती खत्वे जातीका रु शर्मा, धानुक, मडंल चमारको महरा, तत्मा जातिको मण्डल, महरा चिडियामारको यादव धोवी जातीका गैर दलितसंग मिल्ने थरहरु चौधरी, महता, माझी डोम जातिको मल्लीक, हलखोरको राउत, बातर जातिको राजबंशी, पासी जातीका गैर दलितसंग मिल्ने थरहरु महतो, चौधरी, गौतम आदि । 

माथी दिइएको उदाहरणबाट पनि प्रष्ट हुन्छ कि थर कुनै पनि जातिको मात्र हुँदैन यहाँ भिन्न जातीका समूहको विचमा मिल्ने भएको हुनाले यसको बारेमा आफू र आफ्नो जातको थर सँग मिल्यो भन्दैमा चित्त दुखाई हाल्नु पर्ने अवस्था छैन । यहाँ केहि निश्चित बर्गको मानिसलाई चिन्नको लागि र सो जात वा थरको आधारमा उनिहरुलाई विभेद गर्नेको लागि जात वा थरको खोजी गर्ने गरेको पाइन्छ । त्यस्तै नेपालको इतीहाँसमा हेर्ने हो भने शाहा बंशियकाल, राणा हूँदै पञ्चयत सम्म आइपुग्दा समेत दलित समुदायलाई आफ्नो जात तथा तर लेख्ने रोक लगाएको पाइन्छ ।

 लामो समयको इतिहासलाई हेर्ने हो भने त्यतीबेलाको मानव समाज मात्रृ सर्तात्मक थियो । आमा नै परिवार तथा एक झुन्दको नेतृत्वकर्ता हुने चलन थियो । त्यही आमा तथा महिलाको नेतृत्वमा जन्मिएको मानव भुन्दलाई सो महिलाको गोत्रको रुपमा पुकारेको पाइन्छ । गोत्र भन्नाले एउटै आमा वा हजुरआमाका सन्तान वा सन्ततीलाई जनाउने समुह तथा नाता समुहलाई गोत्र भनीन्छ । तर वर्तमान अवस्थामा हेर्ने हो भने विभिन्न सभ्यताले अंगिकार गरेको नेतृत्व तथा समूहलाई सो पहिचान दिने गरेको बदलिदो स्वरुपमा अभ्यास समते गरेको पाईन्छ । गोत्र वा थर बढीमा मागी विवाहमा अर्थपूर्ण अझै छ र सारमा विवाह गर्दा नजिकको वंशमा मिलान हुन नपुगोस् भन्नाका लागि मात्र उपयोग भइरहेको छ । तर समाजमा आईरहेको परिवर्तन तथा प्रेम विबाहको कारण ती गोत्र तथा थरको उपयोगमा विभिधता हुँदै गएको हुनाले पनि आगामी दिनमा गोत्रको प्रयोगमा कमी भई यसको उपदयताको खोजि गर्नै दिन नआउला भन्न सकिदैन । नेपाली समाजमा हेर्ने हो भने गोत्र एक भएता पनि वर्ण व्यवस्थामा भिन्न समूहमा पर्ने गरेको पाइन्छ । ग्रोत्रले एकै परिवारको सन्तान अथवा एउटै आमाको सन्तान भनीएता पनि हिन्दू वर्णाश्रम व्यवस्थाले को विभेदको चरम अवस्था भोग्न बाध्य भएको पाइन्छ । त्यही दलित समूदायले उपयोग गरिदै आएको गोत्रलाई स्वीकार गरिदैन भनै त्यसको विरुद्धमा आफूको मात्र गोत्रको हो भन्ने पहिचानमा अगाडि बढेको बर्तमान अवस्थामा देख्न सकिन्छ । ऋषिका सन्तानका रुपमा उच्च जाती भनीएकाहरुले दावि गर्छन र दलित तथा अन्य जातिलाई समेत कमशल जातिको रुपमा स्थापित गर्नेको लागि त्यसको प्रयोगम रोक लगाइदै आएको पाइन्छ ।


सामान्यतया पेशा भन्नाले कुनै व्यक्तिले जीवन यापन गर्नको लागि गरिने कामलाई पेश भनीन्छ । यो विशेषत आफ्ना अघिल्ला पूर्खाको सिप तथा क्षमता तल्लो तहमा हस्तन्तरण भई सोही अनुसार आफ्नो सिपको आधारमा जीविका चलाउने काम गरेको हुन्छ । नेपाली समाजमा पेशा पनि वर्ण व्यवस्थामा जोडिएर आएको हुनाले यो विशेषत जातमा आधारित भएर अझ्यास हुने गरेको पाइन्छ ।

 पेशाले मानिसको जीवनलाई व्यस्थापन गर्नको लागि आम्दानीको स्रोतको रुपमा रहने गरेको पाईन्छ । तर नेपाली समाजमा हर्ने हो भने पेशा वर्ण व्यवस्थाका आधारमा कुनै समुदायलाई काम गर्न वा नर्गनको लागि बाध्य बनाईएको पाईन्छ । जसले गर्दा लामो समयदेखि कुनै पनि काम गर्न वा नर्गनको लागि बाध्य छन । वर्ण व्यवस्थाले सबै मानिसलाई सबै काम गर्नबाट बञ्चित गरेको पाइन्छ । यहाँ समाजमा भएको विभिन्न खालको क्रियाकलापलाई हर्ने हो भने पनि अहिले सम्ममा पेशामाथि विभेद सृजना गरेको देख्न सकिन्छ ।

काग तिहार यम पञ्चकको पहिलो दिन तथा कार्तीक त्रयोदशीका दिन मनाइने गरिन्छ । अरु दिनमा कागले घरको अगाडि आएर करायो भने गलत समाचार लिएर आयो भनेर लखेत्ने गरिन्छ । तर यो दिन बिशेष तरिकाले कागको पुजा समेत गरिन्छ । कागलाई चलाख सबभक्षी तथा सबैलाई समान दृष्तीले हेर्न पंक्षिको रुपमा लिने गरिन्छ । धार्मिक रुपमा यमराजको सन्देश बहानको रुपमा लिए पनि अझै बालि बिरुवामा लागेका किरा खाई किसानहरुलाई सहयोग गरिदिन्छ, साथै हाम्रा कतै फ्याकिएका सिनु सम्म खाएर प्रकुतीको कुचिकारको रुपमा अहम भुमिका खेल्दै आएको पाइन्छ । 

यम पञ्चकको दोस्रो दिन तथा कार्तीक कृष्णचर्तुदशीका दिन कुकुर तिहार मनाइन्छ । जसका सम्बन्धमा विभिन्न धार्मिक तथा सामाजिक मान्यता रहदैँ आएको पाइन्छ । कुकुरलाई पनि यमदुतका रुपमा पनि लिइन्छ । कुकुर यमराजको प्रिय भक्त हो भन्ने भनाई छ । कुकुरलाई आज्ञापालन एव रक्षकको रुपमा लिन सकिन्छ । विभिन्न अपराध, अनुसन्धान कार्य गर्नको लागि पनि प्रयोेग गरिदै आएको छ । कुकुरले घरको रेखदेख, तथा चोर डाँकाहरु लखेत्न सम्मको सहयोग गर्दछ । यसलाई भैरवको बहानको रुपमा पनि मानिदै आएको छ । 

त्यस्तै यम पञ्चकको तेस्रो दिन तथा औसिको दिनमा लक्ष्मीपूजा गरिने गरिन्छ । गाईलाई लक्ष्मीको प्रतीक तथा माताको रुपमा लिइन्छ ।आमा र गाई लाई समान रुपमा मान्ने हाम्रो धार्मिक महत्व त्यतीनै रहेको छ ।गाईको दुधले मानिलाई स्वस्थ रहनको लागि महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । साथै गाईको पिसाबले विभिन्न रोग पनि सन्चो बनाउने गरेको प्रमाणित भएको छ । गाईको गोवरले घर लिपपोट गर्दा शुद्ध हुन्छ भन्ने मान्यता हुनुको साथै गोवरले खेतीगर्नको लागि मलको रुपमा राम्रो भूमिका खेल्दै आएको छ । बिबिध कारणबाट पनि गाईको महत्व निकै मानिन्छ । हरेक स्थानका पुजाआजा तथा त्यहाँको संस्कारले त्यहाँ बस्ने मानिसको चित्र प्रष्ट सँग देखाउन सक्छ । विभिन्न भगवानको प्रतीकको पुजा गर्ने नेपाली समाजमा परापूर्वकाल देखिनै चलि आएको छ । जल, ढुङगा, बोतबिरुवा, विभिन्न जन्तु जनावरलाई विभिन्न देवताको स्वरुपमा पुजा गरिदै आएको छ, साच्चि पनि राम्रो हो । ठाँउ अनुुसार जल तथा जमिन (भूमी)को पुजा बैशाख, ज्येठ,असार श्रावणमा गरिन्छ ।त्यस्तै नाग पञ्चमीमा सर्पको गुणगान गर्दैै पुजा गरिन्छ ।

 श्रावणमा विभिन्न बर, पिपल, स्वामी जस्ता बोतबिरुवालाई शिवजी,बिष्णु लागयत भगवानको प्रतीकको रुपमा मानिदै पुजा गरिन्छ । तीजमा महिलाले शालिग्राम तथा विभिन्न आकारको ढुङगालाई शिवको लिङगको प्रतीक मानि पुजा गरिन्छ । दशैमा घरमा भएको हातहतीयारलाई पुजा गरिन्छ । तीहारमा काग, कुकुर, गाई तथा अन्य पशुपन्क्षीलाई पुजागरिन्छ । साथै यस्तै विभिन्न समुदाय तथा बर्गले नेपालमा विभिन्न पशुपंक्षीलाई आफ्ना देवताको रुपमा मानेर पुजा गरिन्छ । तर ती बस्तुको गुणगान गाइन्छ यो सहारणिय कुरा पनि हो किनकी यि जल, हावा पानी, पशुपक्षी, हतीयार, बोतबिरुवा आदि सबै मानव हितका लागि कुनै न कुनै तरिकाले सहयोग गरेका हुन्छन । त्यस्तै लामो समय देखि मानव हितको काम गर्दै आएको एक समूहहरु, हातहतीयार, भाँडा, तथा धातुको काम गर्ने समूह,जुत्ता मर्मत तथा बनाउने समूह (छालाको काम गर्न समुदाय),कपडाको काम गर्ने समूह, विभिन्न काठका काम गर्ने समूह, यस्तै परम्परागत रुपमा काम गर्दै आएका पेशागत समूहलाई जातीय रुपमा बिभेद गरिनु कहाँ सम्मको राम्रो कुरा हो हामीले सोच्ने बेला आएको छ । घरमा चाहिने भाँडो चुहियो भने कामी दाईबाट मर्मत हुन्छ, हसियाले काट्न छोडयो भने पनि कामीदाईले पाइन हाल्नु पर्छ, लाज देखिने गरीकपडा उद्रियो भने दमाई दाईले सज्नु पर्छ, बाटोमा हिड्दा हिडदै जुत्ता च्यातीयो भने एउटा सार्की दाईले हाम्रो इज्जत ढानेको हुन्छन् ।

 हाम्रो गाँउघरमा मिठो मुही राख्ने काठको ठेकी त्यही दलित समुदायले बनाएको हुन्छ । दिन दिनै घरमा भगवान भनेर मान्ने पुजा गर्र्ने मुर्ती त्यही दलित समुदायले बनाउछ । सारङगीको अस्तित्व कसले राखिदियो ? मादल कस्ले बनायो ? हरेक काममा पहिलो पल्त बाजा बजाउदै पवित्र सनाही कस्ले बजायो ? यस्तै हरेक प्रश्नहरु छन । यस्तो गौरवमान्ने समुदायलाई किन राज्य तथा हाम्रा समुदायमा जातीय छुवाछुट गरेर किन अमानबिय व्यबहार गरेको पाइन्छ ? माथि भनेझै ती समुदायको लागि पुजा आरधना गर्नु पर्छ भन्न खोजेका होइन, नकी प्रत्यक घर घरमा यि समुदायलाई टिका माल लगाउ भनेको पनि होइन । मानव भएर न्यूनतम मानवको व्यबहार गरौ न । नेपालमा बस्ने जुन सुकै जाती,पेशा, धर्म, लिङग, भाषा,व्यवसाय भएता पनि हामी नेपाली हौ नेपालीको गौरव हुनु आवश्यक छ । तर सोही समुदायमा बस्ने पशु पक्षीलाई यसको फाइदा बेफाइदाका कुरा गरीपुजा गर्दै सम्मान गर्ने हामी किन मानवलाई पशुपक्षि भन्दा पनि तल्ला दर्जामा राखेर जातीय छुवाछुट गरिन्छ ? यो नै नेपालमा विकास नहुनुको पहिलो गम्भिर प्रश्न हो । के नेपालमा कुनै पिछिडएको जाती, पिछिडएको क्षेत्र, पेशा व्यवसाय, धर्म,भाषा, संस्कृतीलाई छोडेर पूर्ण बिकशित नेपालको कल्पना गर्न सकिन्छ ? पिछिडएका बर्ग के नेपालका नागरिक होइनन ? के यो राज्य कुनै जाती समूहको पेवा हो या दाइजो ? पक्का पनि होइन ।

 सबै नेपालीहरुले यो कुरा जान्न जरुरी छ कि नेपालमा कुनै पनि व्यक्ति तथा समुदाइलाई जात लगाएत अन्यकुनै आधारमा छुवाछुट जस्तो अमानबिय साथै कानून ी रुपमा दण्दनिय व्यवहार गर्नु हुदैन । यदि हामी यहि कुरा अल्झिने हो भने हामी सधै गरिव देशका नागरिक भएर बाच्नु पर्ने छ । यहि पशुपंक्षीलाई पुजा आरधना( यसको अर्थ पशुपक्षीलाई पुजा आरधना गर्नु हुदैन भन्न खोजिएको होइन ।) र मानवलाई जातीय छुवाछुट गरीअमानबिय व्यबहार गरिदै आएकोले हिन्दू धर्म पछिल्लो समयमा आलोचित बन्दै आएको छ । कती नेपाली दाजुभाई दिदी बहिनीहरु हिन्दू जातीय छुवाछुटको कारण हिन्दू धर्मको बिकल्प रोज्न बाध्य छन । समय परवर्तनशिल छ,समय अनुसार हामीले हाम्रा संस्कार तथा धार्मिक व्यबहार परिबर्तन गर्न सकेनौ भने हाम्रा परम्परा संस्कृतीहरुलाई इतिहासमा हाम्रा सन्ततीले अध्ययन गर्ने निश्चित छ । त्यसैले हामीले जातीय छुवाछुतको अमानबिय व्यबहारलाई अन्त्य गर्ने नेपालमा बस्ने सबै नेपालीको महत्वपूर्ण जिम्मेवारी हो । जातीय छुवाछुट तथा सामाजिक असमानता दलितको मात्र समस्या होइन । यो त शासकले गरेको गल्ति कमजोरी हो । हामी यो २१औ शताव्दीको मानब भन्न रुचाउछौ हामीहरुले हाम्रा पूर्खाले गरेको जातीय असमानता जस्तो कुप्रथालाई सच्याउनको लागि हामी सबै हातेमालो गर्ने कि नगर्ने ? यदि हामी त्यही जातीय छुवाछुटको परम्परालाई मान्दै सोही व्यबहार गर्छाै भने यो २१औशताव्दीको मानव होइनौ, यही समयको महाँदानवको उपमा किन नदिने । राज्य सञ्चारलनका अधिकार प्राप्त सबै व्यक्तिहरुलाई मेरो के अनुरोध के छ भने हरेक स्थानमा तपाईहरुले जातीय छुवाछुटको अन्त्यका लागि आफूले केहि बोल्न आवश्यक छ । टेलिभिजन, रेडियो तथा विभिन्न स्थानमा प्रवचन दिने पण्डित तथा गुरुहरु तपाईहरुको पनि आफूले प्रबचन दिने स्थान तथा कार्यक्रम हुने क्रममा जातीय छुवाछुट गलत प्रथा हो यो हामीले गर्नु हुदैन भनेर भनीदिनु पर्छ कि पर्दैन ? शिक्षक, डाक्टर, सरकारी कर्मचारीहरुले आफ्नो स्थानबाट जातीय छुवाछुट अन्त्यको लागि बिशेष पहल गरिदिनुहोस् । पत्रपत्रिका,रेडियो,टेलिभिजन तथा विभिन्न संञ्चारको माध्यमा अनिवार्य जातीय छुवाछुट अन्त्यका लागि लेख रचना, तस्विर, फोटो फिचर,तथा विभिन्न सामाग्री प्रसारण अनिवार्य हुन आवश्यक देखिन्छ,किनकी जातीय सङकिर्णता बारेमा जनतालाई सुशुचित गरोस । समृद्ध देश बनाउनको लागि देशमा रहेका राजनितीज्ञ, कलाकार, बौद्धिक बर्ग, नागरिक समाज, समाजसेवी सबै पेसा व्यवसाय तथा सबै नागरिकको महत्वपूर्ण भूमिका रहन्छ । यो जातीय छुवाछुत अन्त्यको लागि सबै तह तप्काबाट सहयोग मिलोस जसले समृद समाज निमार्णमा महत्वपूर्ण भूमिका रहनेछ । हामीहरु सबैले आफ्नो सङकिर्ण मानसिक्त्तालाई सुधार्नु आवश्यक छ । धेरै दलित अधिकार कर्मीको अध्ययनको कमी भएको त हैन भन्ने महशुस भएको पाइन्छ । किनकी राज्यका विभिन्न सवालमा सामान्य धारण दिन नसक्ने पनि दलित अधिकारको नेता हु भनेर दावा गर्छन । खान पान बोलीचाली, हाम्रा हरेक गलत संस्कारलाई छोडेर सुधार गर्नु पर्छ । दलित आन्दोलनमा उग्र दलितबादको हाबि भएको हो कि भन्ने मलाई महशुस भएको छ,किनकी सामाजिक सञ्जालमा विभिन्न जातिको नामै टोकेर गाली गलौज गर्ने, व्यत्तिगत जीवनमा असर गर्न खालका व्यबहारले पक्का पनि दलित आन्दोलनको हित होइन झैन जातीय हिंसा उजागर गर्ने तथा असहजताको स्थिती सृजना गर्ने गरेको छ । हरेक व्यक्तिलाई गाली गलौज गरेर मात्र बिरोध होइन हामी मिठा कुरा गरेर नबुझेकाहरुलाई सम्झाएर समतामुलक समाजको निमार्ण गर्न सक्नुपर्छ । दलित आन्दोलनको अर्काे समस्या भनेको प्रतीस्प्रधात्मक संघ सस्था खोल्ने पनि अर्काे हो । डलरको खेती गर्ने र पार्टीको मन्त्र जप्ने जस्ता कुख्यात कामले पनि दलितको हितमा काम हुन सकेका छैनन् ।त्यस्तै शाव्दिक बहकाउमा लागेर एकिकृत भएको दलित समुदायलाई टुक्राउने भाइरसहरुलाई उपचार गर्नु आवश्यक पनि देखिन्छ । दलित आन्दोलन संगठन बिस्तार र पदको भागबन्दा भन्दा गुणात्मकता तिर लम्कियोस्, बहकाउ र भावनामा दुबेर दलित आन्दोलन सम्भब छैन । दार्विन शिद्धान्तले भनेझै “अस्तित्वको लागि संर्घष” हुन सकेन भने दलित आन्दोलन र अधिकार प्राप्ती हाम्रो जीवनका निरन्तर भोगाई मात्र बन्नेछन । सबै एक ढिक्का भएर आन्दोलन र प्राप्तीको दिशामा गुणात्मक परिवर्तनको लागि आफ्नो स्थानबाट आवाज बुलन्द बनाऔ ।


समाजमा वर्णव्यवस्थाको आधारमा बिभाजित विभिन्न जात तथा समूदायको विचमा असमानताको इतिहास लामो समय देखि चल्दै आएको पाइन्छ । जसमा त्यतीबेलको शासक बर्ग, धर्माधिकारीले समाजमा गलत खालको ब्यवस्था शूरु गरेको हुनाले पनि वर्तमान समय सम्म पनि एक समुदाय विभेदयुक्त समाजमा बस्न बाध्य छ । जसको कारणले समाजमा सहिष्णुतामा खलल पुगेको छ नै समाजमा भिभिन्न किसिमका कुरितले जरो गाडेर समाजलाई सामाजिकीकरण हुनबाट बञ्चित गराएको छ । दलित समुदायले आफ्ना आधारभूत आवश्क्त्ता देखि विभिन्नखाले सामाजित गतीविधी समेत गर्नबाट बञ्चित हुन बाध्य बनाइएको छ । बर्तमान समायमा पनि विभिन्न स्थानमा जातीय छुवाछूत कायम रहेको छ ती स्थानको बारेमा अध्यन गरौ । 

 १. पानीको, पँधेरो, कुवा तथा इनार पानी मानिसको लागि अती आवश्यक बस्तु हो । जसले मानिसलाई स्वस्थ रहनको लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तर नेपालमा लामो समय देखि स्वतन्त्र रुपमाबाट पानीको उपभोग गर्ने अधिकारबाट बञ्चित भएका छन वर्तमान समय सम्म पनि पानि पधेरो तथा इनार छोइएको नाममा थुपै दलितहरु कुटाइ खान र अपमान भोग्न बाध्य छन । गैर दलित धारो वा इनारमा रहेको बेला दलितहरुे पालो कुरेर बस्नुपर्ने बाध्यता देखिन्छ । नेपाली समाजमा कैयौ धारो तथा इनारमा दलित समूदायले निर्धक्क भएर पानि भर्नको लागि बातावरण सिर्जना गर्न आवश्यक देखिन्छ । 

२. मन्दिर मन्दिर जातीय छुवाछूतको प्रमुख केन्द्र हो । विशेषत दलित हिन्दू भएर पनि हिन्दूबाटै आफ्नो देवि देवतालाई पुजा गर्नबाट बञ्चित देखिन्छ । मन्दिर कतीपयको लागि शान्तिको क्षेत्र र आत्मसन्तुस्तीको क्षेत्र रहन्छ भने, यो दलित माथी विभेद तथा सामान्ति संस्कारको एक अवशेसको रुपमा लिन सकिन्छ । युगौ देखि मन्दिरबाटै जाती र तीनीहरुलाई गलत व्यबहार गरिदै आयो । एक समुदायले अर्काे समुदायलाई बर्जित गर्ने, र निषेध गर्ने वातावरण सृजना भयो त्यसैले पनि दतील समुदायको लागि यो क्षेत्रले उत्पीडन हुने एक क्षेत्रको रुपमा लिदै आएको छ । वर्तमान सन्दर्भमा भन्नेहोभ ने पनि मन्दिरमा पसको आरोपमा कैयौ पटक दुरव्यबहार गरेको अवस्था हो । त्यसैले मन्दिरमा सबै जातिको लागि बाटो खुल्ला गर्नको लागि पशुपती मन्दिरमा २०१० सालमा, गोरखकाली मन्दिरमा २०५० सालमा मन्दिर प्रबेशकै घटना नेपाली दलित आन्दोलनको इतिहास रहिरहने छ ।

 ३. निजी घर हरेको बास स्थानको रुपमा रहेको नीजि घर नेपालको संविधान तथा ऐन कानून अनुसार बर्जित स्थान रहन सकेनन् । नीति तथा सार्वजनिक कुनै पनि स्थानमा कुनै पनि जाती वा कुनै पनि आधारमा अपमान गर्न पाइदैन । तर वर्तमान समाजमा हेर्नेहो भने, दुर दराजका गाउँ बस्तिमा मात्र होइन शहरमा सम्म दलित समुदायलाई घरको संघार प्रवेशमा बर्जित गरिएको छ । त्यही संघार प्रबेश गरेकै कारण अझैपनि दलित माथी विभेद गरिदै आएको कुरो सर्व विदितै छ । कुनै पनि मानिसलाई जातिको कारणले घरको कुनै स्थानमा वर्जित गरिनु अमानविय तथा संविधान विपरित कार्य हो । 

४. होटेल तथा पसल होटेल तथा पसल सार्वजनिक स्थान हुन तर पनि होटेलमा पनि चुल्लो छोएको कारणले नै दलितमा माथि दुरव्यबहार गर्ने गरेको पाइन्छ । पैसा तीरेर पनि आफुले खाएको भाँडा माझ्नु पर्ने, अरु भन्दा छुट्टै बसेर खाने, यर्थाथता देख्न पाइन्छ । कतीपय स्थानमा दलितले खाने थाल तथा कचौरा पनि घर बाहिर वा होतेलमा समेत छुट्टै राख्ने गरेको पाइन्छ । यसरी वर्तमान समय सम्म पनि यसरी एक समुदायको व्यक्तिले अर्को समुदायको मानिस संग र्दुव्यबहार गर्नु अमानविय र कानून विपरित देखिन्छ ।

 ५. पुजा, आजा,भोज भतेर तथा सागर नेपाली समाज विशेषत हिन्दू धर्मले प्रभावित समुदाय मिलेर बस्ने गरेको पाइन्छ । यहाँ ठूपै चाड पर्व मान्ने गरिन्छ । ती चाडपर्बमा निश्चित जाती र समुदायका मानिसले पुजा आजा गरिन्छ तर दलित समुदायलाई छुट्टै स्थानमा राखेर खाना खुवाउने गरिन्छ । त्यस्तै मानिस मर्दा दलितको सागर नजाने तथा गए पछि पनि दलितको हातको गहुत नखाने गरेको यथार्थ प्रशस्त पाइन्छ । हामी अशिक्षित मात्र हैन शिक्षितबाट सम्म यस्ता खालको र्दुव्यवहार देख्न र भोग्न पाइन्छ ।

 ६. दुध विक्रि वितरण शुद्ध, मानिसको लागि स्वास्थ्य बर्दक तथा कृषको लागि राम्रो आम्दानीको स्रोतको रुपमा लिन सकिन्छ । दुध धार्मिक कार्यको लागि समेत पवित्र मानिन्छ तर यहि पवित्र क्षेत्रमा समेत जातीय छुवाछूत हुने गरेको पाइन्छ । २०७४ साल समते बागलुङको काठेखोला गाउँपालिकामा समेत दलित समुदायको दुध विभिन्ना बहनामा वर्जित गर्ने काम भएको दुध विभिन्ना बहनामा वर्जित गर्ने काम भएको छ ।दलितले लिएको दुध फकाउने तथा नकिनिदिने कार्य समेत गरेको उदाहरण समेत देख्न र सुन्न पाईरहेकै छौ ।

 ७. सरकारी कागजात सरकारी कागजता, प्रमाणपत्र, नागरिकता आदिमा कामी, दमाई, सार्की लेख्नु पर्न बाध्यकारी अवस्थाले पनि कैयौ दलितले हिनताबोध भएको छ । बुबाको नाममा थरमा कामी छ भन्दै छोराका थर पनि कामी लेख्ने, सार्की भएर सार्की लेख्ने जस्ता कार्य हुने गरेको देखिन्छ । थरको स्थानमा जातको पद नलेखे सहि नगर्ने समेत गरेको पाइन्छ । यस्तो कार्यले समेत दलित समुदायको मनोवल गिर्नुको सथै समाजिकिकरणमा अवरोध भएको देखिन्छ । दलितहरुले उनिहरुको आफ्नो थर लेख्न खोज्दा पनि रोक लागाउने अवस्था भने राम्रो होइन ।

 ८. शैक्षिक संस्था तथा सरकारी कार्यालय शैक्षिक संस्था तथा सरकारी कार्यालय पनि दलित जातिको लागि अपहेलना क्षेत्रको रुपमा अझै रहेको छ । विद्यालयको पाक शिक्षामा दलितहरुलाई सँगै नराख्ने । कक्षामा पनि दलितको विद्यार्थीलाई वास्ता नगर्ने तथा दलित विद्यार्थीलाई मात्र चर्पी सफा गर्ने काम लागाउने जस्ता कार्य दोहोरिरहेको छन । नेपालमा अझै यस्ता संस्कृत पाठशाल तथा संस्कृत केन्द्रहरु छन जहाँ दलित विद्यार्थीहरुलाई प्रवेश गर्ने तथा अध्ययन गर्न मनाही छ । उदाहरणको रुपमा सि.जि. टेम्पल लाई लिन सकिन्छ । विद्यार्थीको प्रमाण पत्रमाअझै पनि हाम्रो विद्यालय तथा अन्य सरकारी कार्यलयले दलित जातिको थर लेख्ने स्थानमा जात लेख्न बाध्य बनाईएको पाइन्छ । 

 ९. सेना, प्रहरी तथा श–शस्त्र प्रहरी सेना तथा प्रहरी देशको रक्षा गर्नको लागि स्थापना गरिएको संयन्त्र रहेको छ जहाँ विभिन्न जात जाती संगै रहेनर अझ्यास गरिरहेका हुन्छन तर त्यस स्थानमा पनि दलित जातिलाई भिन्न व्यवहार गरिन्छ भनेको सुन्दा नौलो लाग्दैन । दलित समुदायको मानिस खान पकाउने स्थानमा नराख्ने तथा खाना थाप्दा समेत नछोइकन थाप्ने नियम बनाउनु यहाँ पनि छुवाछूत मौलाएको छ भन्नु अनुपयुक्त नहोला । हरेक यस्ता अखदामा मन्दिर स्थापना गरीदलित समुदायलाई समान रुपमा व्यवहार नगर्नु पनि गम्भिर विषय हो । प्रहरीले दलित तथा छुवाछूत सम्बन्धिम मुद्दालाई दर्ता सम्म नर्गने मिलाएर पठाउने गरिरहेको ले दलित माथी भएको हिंसा मौलाउन पाएको ब्यवस्था हुनछ । 

१०.बाटो तथा साइत नेपाली समाजमा अन्य स्थानमा मात्र नभई बाटोमा समेत र्दुव्यवहार भोग्न बाध्य छन । गैेर दलित बाटोमा आँउदा बाटोमुनी गएर बाटो छोड्नु पर्ने । कुनै पनि नयाँ स्थानमा जान लागेको गैर दलितको बाटोमा देखिन नहुने जस्ता कार्यले पनि दलित माथि विभेदको वातावरण सृजना गरेको देखिन्छ । जहाँ कि एकै स्थानका राज्यका सवै नागरिकहरु समान हुन तर दलित समुदायहरु आफ्नै देशमा शरणर्थी जीवन विताउनु पर्ने अवस्था पक्का पनि राम्रो होइन । 

११. अभिनन्दन तथा स्वागत नेपाली समाजमा अझै पनि दलित भएकै कारणले अभिनन्दन तथा स्वागत कार्यमा सम्म एकै तहका व्यक्तिलाई पनि समान व्यबहार गरेको पाइदैन । २०७४ सालको स्थानीय चुनावमा जित हाँसिल गरेका दलितलाई नेपालको धेरै स्थानमा अभिनन्द तथा स्वागत गर्दा फरक व्यवहार गरेको, छुट्टै व्यवहार गरेको देखिन्छ । उदाहरणको रुपमा म्याग्दीको भकिम्लीमा सबै जन प्रतीनिधी टिका र माला लागउने बेलामा दलित बाहेक अरु सवैलाई टिका लगाउँदै माला लगाउँदै गरिएको तर दलित सम्म आइपुग्दा टिका फूलमाला हातमा दिइएको थियो । जुन यस्ता कार्य गर्ने स्थानीय झलादमि मानिने एक व्यक्ति थिए । त्यसैले भन्न सकिन्छ अझै पनि दलित माथि समानाताको दृष्टिको र समान व्यवहार रहन सकेको छैन । 

 १२. नेतृत्व तथा राजनीति नेपाली समाजनमा अझै पनि कुनै पनि संस्थाको प्रमुख पदमा रहनको लागि अझै स्वीकार्य रहन सकेको छैन । कुनै पनि सिमितीमा बाध्यकारी भएको पदमा बाहेक दलित समुदायलाई समाबेश गरेको पाइदैन । निर्वाचन गरिएतापनि देखावती निर्वाचन गराई अन्य समुदाय सँग घुलमिल हुनबाट समेत रहन बञ्चित बनाईएको छ । राजनैतिक स्थानमा पनि योगदानको हिसावले भन्दा पहि आफ्नो पहुचको आधारमा नेतृत्व चयन गर्ने हुनाले सदै पर्दा पछाडि रहनु पर्ने बाध्यकारी अवस्था सृजना गरेको देखिन्छ । 

१३. रोजगारका क्षेत्रमा रोजगारको क्षेत्रमा पनि जातीय छुवाछूत छ भन्दा अपत्यारिलो सुनिएला तर नेपालको समाजमा यसको विगविगी निरन्तरता पाएको छ । निस्चित स्थानमा निस्चित जातीका मनिसले मात्र रोजगारको अवसर हुने स्थान रहेको पाइन्छ । मन्दिर, देवालय, सरकारी कार्यलयमा चिया पकाउने, कार्यलय सहयोगी जस्ता पदमा दलित समूदायलाई वर्जित गरिएको पाइन्छ । सरकारी कार्यलयमा समेत दलित समुदायको मानिस सँग साथी संगत सम्म नगर्ने अवस्था अझै विद्यमान देखिन्छ ।

 १४. धार्मिक पुजा तथा अनुस्थान हिन्दू धर्मका विभिन्न धार्मिक पुजा तथा अनुस्थानमा दलित समुदायको मानिसलाई सकेसम्म समावेश नगराउने तथा ती स्थानमा उपपस्थिती भएता पनि सहज तरिकाले समाबेश हुन पनि रोक लगाईउको छ । गाऊँ भरिको मानिस सहभागि हुेने पुजाआजमा अहिले दलितलाई निमन्त्रणा गर्न पनि छोडेको देखिन्छ । यसरि वर्तमान सम्म पनि धार्मिक कार्यमा नयाँ नयाँ किसिमका छुवाछूतको क्रियाकलाप सृजना भएको पाइन्छ ।

१५. मसान घाट मसान घाटमा पनि तीमी यसमा जलाउ, हामी यसमा जलाउछौ भन्दै सवै जातीले एकै स्थानमा जलाउनबाट बञ्चित गरेको पाँउछौ । यसले पनि जीउदो सम्म त विभेदको अवस्था थियो मर्दा पनि विभदेको अभ्यास हुनु विदम्बना हो ।


 दलित समूदाय सामाजिक रुपमा जती सु–संस्कृत हुनु पर्ने हो त्यो देख्न सकिदैन । समाजमा जती शोषण गर्ने मान्छे दोषी देखिन्छ त्यती नै शोषित पनि त्यसमा गलत देखिन्छ । नेपाली समाजमा वर्ण व्यवसथाका आधारमा समाजको संरचना काय हुने भएको कारणले पनि यसको दोषको केही हिस्सा दलित आफै हुन भन्न सकिन्छ । दलितको पक्षमा बोलिदिने तथा सरकारले दलितको पक्षमा उस्थित हुन नसक्दा दलित समुदाय विभिन्न कुरिती तथा समाजिक समस्यामा फसेको पाइन्छ । गरिबिपना ले भनै दलित समुदायको लाभि विभिन्न खाले समस्यामा फसाएको देखिन्छ । राजनैतिक दलले भोतबैंकको रुपमा प्रयोग गरिरहेको साथै दलितको पक्षमा खुलेर बोल्न नसक्ने हुनले नै दलित समुदाले विभिद विकृती जन्य क्रियकलापमा लाग्न बाध्य देखिन्छन । नेपालमा लामो समय देखि विभिन्न खाले विकृतीको विरुद्धमा लागेता पनि जातीगत विभेदको विरुद्धमा बोल्नको लागि कसैले शाहस गर्न सकेको छैन । दलितको विभिन्न समयमा आन्दोलन गर्ने प्रयास गरिएता पनि सबै आन्दोलने गुणात्मक भिन्नता लिन सकेको छैन । यहाँ दलितको पक्षमा बोलेका जस्ता गरेर कैयौ व्यक्तिहर कमाउ धण्डामा लागेको पाइन्छ । राज्यको गैर जिम्मेवारी उपस्थिती तथा नागरिक समाजको वेवास्तका कारण विभिन्न किसिमका अपराधिक काममा लाग्न पर्ने अवस्था देखिन्छ । दलित भित्र देखिएका आन्तरिक समस्यालाई निम्नानुसार अध्ययन गर्न सकिन्छ ।

 १.दलित भित्र आन्तरिक समानताको अभाव

दलित समुदाय वर्ण व्यवस्थाका आधारमा समाजमा विभिन्न खाले आदम्बरी मच्चाइरहदा पनि दलित विचको आन्तरिक समानता तथा एकता हुन नसक्दा विभिद खाले समस्या भोग्न बाध्य भएको देखिन्छ । कामीले, सार्की, सार्कीले दमाई हुदै तल सम्म एकले अर्काे समुदाय विरुद्धमा विभेदकारी वाताबरण सृजना गरेको पाइन्छ । दलित विचमा जात कारण होस या, आर्थिक कारणले नै किन नहोस एउटै समस्या जुन जातीय छुवाछूतको विरुद्धमा लडन सक्ने अवस्था छैन जसले गर्दा दलितमा माथी हुन बिभिन्न खाले उत्पीडन बढ्दै गरेको पाइन्छ । यस बेला दलितहरु एक स्थानमा उभिएर लडन पर्र्ने बेला आएको छ । आर्थिक कारण तथा भौगोलिक कारणले कामी–कामी विचमा, सार्की–सार्की आदि विचमा खाडल स्थापना भएको छ भने, सामाजि संरचनको आधारमा कामी–सार्की, कामी– दमाई यस्तै गरी एक पछि अर्काे समुह विचमा एक स्थानमा रहने अवस्था छैन । 

२.शिक्षामा पहुचको कमी

शूदले बेद सुनेमा सीसा र लाहा पगालेर उसको कानमा हालिदिनू, वेदको मन्त्र उच्चारण गरेमा जिब्रो काटिदिनू, वेदमन्त्र कण्ठस्थ गरेमा ज्यानै खत्तम गरिदिनू । उसले आसन विस्तरा बाटो आदिमा उच्च जातीसँग टाँसिन खोजे १०० पण दण्ड गर्नू । (गौतम शुत्र १२) वर्ण व्यवस्थाले दलित जातिलाई पढन लेख्नलाई वर्जित गरेको देखिन्छ । जसको कारणले लामो समय सम्म पनि दलित समुदायले ज्ञान आर्जन गर्नबाट बञ्चित हुनुको साथै सधै दासको रुपमा जीवन जिउन पनि बाध्य भएका थिए । वर्तमान समयमा पनि हर्ने हो भने दलित समूदाय विद्यार्थीलाई विद्यालय पु¥याउन सकेको छैन साथै पढाउनु पर्छ भन्ने चेतना सम्म नरहेको अवस्था पनि कतीपय दुर दराजमा देखिन्छ । कती परिवारमा धेरै सन्तान जन्माउने हुनाले पनि भाई तथा बहिनीलाई स्याहार गर्ने हुनाले पनि शिक्षबाट वञ्चित भएको पाइन्छ । कैयौ परिवारमा जाड रक्सी सेवनका कारण घरमा भएको पारिवारिक अवचलनका कारण विद्यालयमा विद्यार्थी पु¥याउन सकिएको छैन । परम्परागत पेशामा रुपलिनु साथै बाहुको विरतामा रमाउनु तथा नयाँ ज्ञान र विज्ञानको परिवर्तनलाई स्वीकार्न नसक्नु पनि दलित समुदायको लागि जतील समस्यको रुपमा लिन सकिन्छ । 

३.अन्धविश्वास

दलित समुदाय शिक्षको कमी तथा आर्थिक अभावको कारणले पनि अन्धविश्वसमा विश्वास गर्न गरेको पाइन्छ । विरामी हुँदा पनि धामी झाँक्रीको प्रयोग गरिने जसको कारणले एक ले अर्काेलाई बोक्सीको आरोप लगाँउदै एक आपसमा फूटको खेती गरिरहेको पाइन्छ । शिक्षा तथा सोचको कारणले उनिहरु अन्धविस्वासमा भर परि जीवन गुमाउने सम्मको अवस्था हुने गरेको देखिन्छ । त्यसैले यस समुदायले आफूलाई परिबर्तन गरीविज्ञान र प्रविधिको उपलब्धिलाई स्वीकार गर्ने बातावरण तयार गर्नु पर्ने देखिन्छ । 

४.पेशाको व्यवसायिकरणको अभाव 

वर्ण व्यवस्थले परम्परा दखिनै दलित समुदायलाई विभिन्न पेशामा लाग्न बाध्य बनायो र लामो समय सम्म लागि रहे र आफ्नो पेशालाई धान्ने काम गरे तर जव पेशालाई व्यवसायिकता आयो त्यसपछि दलितहरु त्यसको फाइदा उथाउन सकेनन् । दलित परम्परागत पेशालाई धान्न मात्र सफल भए तर व्यसायिकता विकास गरी आर्थिक उपार्जन गर्नको लागि भने असफल भएको देखिन्छ । जसमा आधुनिका मेसिनरी समान किन्न नसक्नु, पेशागत जिम्मेवारी पुरा नर्गनु तथा व्यवसायलाई आधुनिकिरण गर्नको लागि लगानि गर्न नसक्नु पनि विदम्बना हो । अवको समयमा राज्यले दलितको परम्परागत पेशालाई व्यवसायिकता बनाउनको लागि सिपमा विकास, मेशिनको प्रयोग, तथा बजारलाई फराकिलो पार्दै लागानीलाई बृद्धि गर्नुपर्ने देखिन्छ । 

५.आन्तरिक एकताको अभाव 

सामाजिक चेतनको अभाव तथा लामो समय सम्म गरेको अभ्यासको कारण दलित विचमा एकता हुन सकेको छैन । उनिहरुले दलितको नाममा विभिन्न संघ संस्थाको स्थापना गरीराज्यबाट तथा अन्तराष्ट्रिय सहयोग कुम्लाउने काम भएको छ । यही दलित विचमा एकता हुन्थ्यो भने सवै संघ संस्था विचमा एकता कायमा गरीआम दलितको समस्या समाधान गरीदलितको चेतनको स्तर माथि उठाउने काम हुने थियो । आपूm आफू विचमा भएको असमानतालाई न्यूनिकारण गर्न नसक्नु पनि जतील समस्याको रुपमा रहेको देखिन्छ ।

 ६.कुलत र विकृती 

कुनै पनि स्थानमा भोत भतेरमा रक्सीले माटिएको को भन्यो भने सवैले अनुमान गर्न सक्छन कि त्यो दलित हो । बाटोमा कोही रक्सि पिएर बाटोमा ढलेको छ भने त्यो दलित नै हो भनेर अनुमान गर्न सकिने अवस्था छ । जाँड, रक्सि, चुरोत, खैनी खादि को अत्याधिक रुपमा प्रयोग दलित समूदाय भित्र देखिने गरेको देखिन्छ । हाड नाताकरणी, सम्बन्ध विच्छेद, चोरी, बलात्कार आदि जस्ता अपराधका कार्यमा दलित समुदायको उल्यख्य सहभागिता देखिन्छ यो निकै जतील कुरा हो । दलितको यो कार्यले सिंगो दलित समुदायलाई नै कलंकित बनाएको छ । 

७.सामाजिक चेतनाको अभाव 

चेतनाले मासिलाई सु–संस्कृत बनाउने गर्दछ । यदि मानिस सभ्य बन्ने हो भने उसले आफूलाई परिवर्तन गर्न आवश्यक देखिन्छ । शरिरमा आमिलो हुने गरीफोहोर भएको छ भने आफैले पखाल्नु पर्दछ । जसको लागि कसैले आएर सफ गर्न सक्दैन, त्यस्तै आफूमा भएको कमी कमजोरीलाई परिवर्तन गर्ने चेस्ता गरिहनु पर्दछ । मनमा भएको हिनता बोधलाई त्याग्ने तथा समाजमा आफूलाई अरुले स्वीकार्न सक्ने पनि आफू बनाउन सक्नु पर्दछ । बानि व्यवहार, राम्रा संस्कार, चालचलनमा नविनता तथा बोलिचालि शिक्षा दिक्षामा समेत परिवर्तन गर्नुपर्ने देखिन्छ । यही आफूलाई पनि अरु सरह परिवर्तन तथा समाज सुहाँउदो बनाउन सकेन भने समाजमा अन्तरघुलन हुन सक्दैन । 

८.भदकिलो जीवन शैली

समुदायका मानिसहरु वढि शारीरिक श्रमको काम गर्ने गरेको पाइन्छ । विहान देखि बेलुका सम्म कडा मेहनत गरी पैसा कमाउने तर वेलुका खान पिनमै सबै पैसा सिध्याउने काम हुने गरेको यथार्थ हाम्रो समाजमा देखिन्छ । जसले गर्दा जीवनमा खासै परिवर्तन भएको देखिदैन साथै जीवन भर कडा मेहनत गरिहनु पर्ने बाध्यकारी अवस्था सृजना हुने गरेको पाइन्छ । दलितहरुमा आर्थिक रुपमा कमजोर भएता पनि दशै, तीहार, तीज जस्ता चाड पर्बमा देखा सिकी गरी ऋण लाग्न सम्म खाने रमाउने गरेको पाइन्छ । हरेकको विवाहमा भोज भतेर गरेर विबाह, तथा अन्य धार्मिक कार्य गर्ने गरेको पाइन्छ साथै पैसा बचाउनको लागि त्यती पहल कदमि गरेको देखिदैन । 

९.विद्रोही भावनाको अभाव 

दलितहरु विभिन्न समयमा भए गरेका कार्यको आधारमा हेर्ने हो भने नपाली इतिहासमा शान्त रहेको पाइन्छ । दलितहरु कर्मबादमा विश्वास गर्ने भएको हुनाले उनिहरु आफूलाई दमित गर्ने समुदाय विरुद्ध पनि लाग्न सकेको देखिदैन । हिन्दू धर्मको वर्ण ब्यवस्था तथा मुनका कानुले समाजमा दबाएर राखेका कारणले पनि बर्तमान समय सम्म पनि उनिहरु शिर थाडो बनाएर प्रश्न गर्न सकेका छैन्न । शिक्षा र ज्ञानबाट अगल रहेका दलित समुदाय तर्क र बुद्धिका अगाडि टिक्न सकेनन् जसको कारण विद्रोह गर्न सकेनन् । सम्पति तथा खानको लागि अरुको भर पर्नु पर्ने भएको हुनालेनै दलित समुदाय आफूमाथी भएको विभेमाथी पनि प्रश्न उठाउन सकेको देखिदैन ।

१०.जिउ हजुरीको जीवनचर्या 

विगतको समयमा विभिन्न श्रमिक रुपमा काम गरिरहँदा साहु वा मालिक दासीको व्यवहार भोगेका समुदायले विस्तारै अहिले सम्म पनि त्यही खालको व्यवहार सिक्ने गरेको देखिन्छ । अन्य जातीका मानिसलाई जय हजुरी गरीसहयोग लिने गरेको ले वर्तमान समयमा अन्य समुदायले हेला तथा र्दुव्यबहार गर्ने बातावरण सृजना भएको छ । केही दलित समुदाय गैर दलितको पिडि कुरेर आफ्नो ज्यान पालेको देखिन्छ । त्यसरी घरघरमा गएर माग्ने मानिसलाई कहिल्यै पनि सम्मान बोधक भाषाको प्रयोग भएको पाइदैन । त्यसलो हामीहरुलाई झनै विभेद गर्ने वाताबरणको सृजना हुन्छ भन्ने कुरा जानकारी लिन जरुरि देखिन्छ । त्यसरी अरुको घरको पिडीमा बसेर जिउ हजुरी गर्दै ज्यान पाल्ने बानि परिवर्तन गरीआत्मनिर्भर भएर काम गर्ने बानीको विकास गर्न आवश्यक देखिन्छ ।

 ११. यूगिन परिवर्तनको अभाव मानिस सामय अनुसार आफूलाई परिवर्तन गर्न आवश्यक देखिन्छ । दिन दिनै भएका विकास लाई अध्ययन गर्न नसक्दा राज्यले प्रदान गरेको अधिकार सम्म पनि उपभोग गर्न सकेको देखिदैन । त्यसैले विभिन्न राजनेतीक परिवर्तन, कानूनमा आएको परिवर्तनलाई पनि अध्ययन गर्न आवश्यक देखिन्छ । समय सापेक्ष पोषाक, खानपिन, बसाई सराई, रोजगार तथा अन्य विविध पक्षमा आफूलाई परिवर्तन गर्न आवश्यक देखिन्छ । युगले धेरै फद्को मारी सक्दा पनि हामीमा त्यही ढुङ्गे युगको संस्कार र व्यवाहार देखाउन पुग्यो भने समाजमा गलत खालको छाप पर्न जान्छ जसले गर्दा समानमा स्वकार्य बाताबरण रहन सक्दैनन् । 

१२. घुमन्ते प्रबृत्ति तथा मगन्ते प्रवृत्ति कैयौ व्यक्ति विहानीको लालि किरण सँगै घरघरमा पुगेर खाना तथा चियाको माग गर्दै बसिरहेको मानिस के त्यही घरको मानिसले गरेको र्दुव्यबहारको विरुद्ध बोल्न तयार हुन्छ ? पक्का पनि सक्दैन । त्यसैले पेशागत होस या श्रमको शिलशिलाम अन्य मानिसको घरघरमा ढुकेर वसिरहनु पक्का पनि राम्रो होइन । त्यस्तै एक स्थान देखि अर्काे स्थानमा निरन्तर बसाई सर्नु पनि राम्रो देखिदैन । राम्रको कामको खोजीमा होस या, समाजमा भएको भेदभावको कारणले दलित समुदाय निरन्तर बसाई सरेको देखिन्छ । यसरी बसाई सर्दा आफूसम्म भएको पैसा सक्किनुको साथै जीवनकाल सम्म निरन्तर समस्या भागिरहनु पर्ने देखिन्छ । 

१३. देहव्यापार 

दलित मध्येकै बादी समुदायका महिलाले आर्थीक अभावका कारणले हुने देहव्यापारले बादी महिलालाई विभिन्न समस्या हुनुको साथै समग्र बादी तथा दलित समुदायलाई समेत कंलकित बनाएको देखिन्छ । यो कामले दलितमाथीको दृष्टिकोषमा हेय भाव पैदा गरेको देखिन्छ । वर्तमान समयमा दलित भित्रका अन्य विभिन्न समूहका महिलाहरु जगिरको प्रलोभनमा परि केही व्यक्तिहरुबाट नारित्व लुटने काम भएको देखिन्छ । यस्ता कार्यले पनि समाजमा दलितमाथीको दृष्टिकोणमा आधात पु¥याको पाइन्छ । 

१४. उपकारी प्रवृत्ति 

एक गिलास चियाको लागी भारी बोक्ने, एक गिलास रक्सीको लागि रुख चढेर घाँस काट्नु पर्ने हाम्रा समाजमा विद्यमान छन । ठूला भनाउँदाको धान कुनै शुल्क विना रोप्नुपर्ने, एक छाक खानाको लागि दिनभरी खेत जोत्नुपर्ने अवस्था देखिन्छ । दलित समुदायले कसैको उपकारको लागि समेत विभिन्न श्रम खर्चेको देखिन्छ । उपकारी प्रबृत्तिले समाजमा आफूलाई हल्का रुपमा लिन थाल्छन भने निरन्तर श्रम शोषणको निरन्तरता चलिरहन्छ । त्यसैले आफूलाई व्यवसायिकतामा सहभागिता हुन जरुरि देखिन्छ । 

१५. क्षणिक लाभमा सहभागिता 

 दलित समुदाय आथिक अभावको कारणले जस्तोसुकै कथिन कार्य पनि गर्नेुपर्ने अवस्था देखिन्छ । तर दलित समुदायका मानिसले रक्सि तथा अन्य लाभको आशामा विश्वास तोड्ने सम्मको कार्य गरेको पाइन्छ । कसैले कुनै लोभ देखाँउदा पनि आफ्नो समुदायको विरुद्धमा समेत लाग्ने देखिन्छ । आफ्ना समुदायले बारेमा अध्ययन गर्ने तथा आशाबादी नरही कसैले भनेको आधारमै लाभ धारणको लागि तयार हुने जस्तो कार्य गरेको देखिन्छ । जसले गर्दा कुलतमा फस्ने, समाजिक विकृत्तिमा समावेश हुने साथै जघन्य अपराधमा सहभागि हुने देखिन्छ । 

१६. समाजिक सु–संस्कारको अभाव 

संस्कार मानिसको गहना हो । जसले आफूमा भएको राम्रा तथा नराम्रा जे छ , त्यसको बारेमा प्रतीविम्बन गर्ने गर्दछ । जसले राम्रो तथा समय सुहाँउदो व्यवहार अवलम्बन गर्न सक्यो भने मात्र समाजमा मानक तयार हुन सक्छ । समाजनमा चल्ने व्यवहार सिक्ने सिकाउनु पर्ने देखिन्छ । बोलाई, खानपिन, कपडा लागाई, सरसफाई भाषाको आधारमा पनि उसलाई व्यवहार गर्ने अवस्था देखिन्छ । यो मामलामा दलित समुदायमा ठूलो चुनौती देखिने गरेको छ । दलित समूदायले प्रयोग गरिन भाषा, खाना तथा सरसफाईको विषयमा विभिन्न समयमा दलित माथी कमजोर भएको कुरा बाहिर आएको देखिन्छ । 

शिक्षित भएर पनि आफूमाथि भएको जातीय छुवाछूतको विरुद्धमा लडन सकेको देखिदैन । आफूमाथी भएको विभेदकारी व्यबाहारको विरुद्धमा कानूनी उपचार खोज्न नसक्नु दलित समुदायको कमजोरी देखिन्छ । समाजिक संरचनको आधारमा आफ्नो पक्षमा बोल्ने नहँुदा पनि दलितको आत्मबल बलियो हुन सकेको छैन । हिन्दू धर्मको प्रयोगमा सुधारबादी हुन नसक्नुले पनि दलितलाई कमजोर बनाउन मदत गरेको पाइन्छ । राजनैतिक परिवर्तनले समाजमा गुणात्मक परिबर्तन हुन नसक्दा दलित समुदायमा निराशाबादत्ीा फैलिएको देखिन्छ । आफ्नो थर लुकाउने प्रवृतीले पनि समाजमा बेला बखनमा सामाजिक अपहेलना सहनुपर्ने देखिन्छ । माथी उल्लेखित समस्यलाई समाधान गर्न सक्यो भने मात्र दलित समुदाय समाजमा स्वीकार्य बनाउन सक्छ ।

आन्दोलन भन्ने बित्तिकै हामी सडकमै उत्रेर राज्यलाई तथानाम गालि गर्दै जिन्दाबाद र मुर्दाबाद गर्नेलाई बुझिदै आएको छ । २०६२ तथा ०६३ ताका आन्दोलन भन्ने बित्तिकै राजा र राजतन्त्र बिरुद्ध नाराबाजी गर्नेलाई बुझिन्थ्यो । समय र परिस्थिती अनुरुप आन्दोलनका आ–आफ्नै आयम हुन्छन । तीनै समय र परिस्थिती अनुकुल आन्दोलनको परिभाषा भएन भने त्यो कसैको लागि गाली बेइजत गर्न निस्किएको हु्ल मात्र हुन्छ त्यसको कुनै टुक हुदैैन । हरेक आन्दोलनको आआफ्नै माग र उद्देश्य हुन्छन । कुनै राज्य तथा संगठनको काम प्रतीको आफ्नो असन्तुस्ति तथा मागको लागि पनि आन्दोलन हुन गर्दछ । युद्ध, प्रेम र आन्दोलनको कुनै पनि स्वरुप र कानून हुदैँन भनीछ तापनि हामीले जनता तथा आफ्नो समूहको मनोभावनालाई प्रभाव पार्न सकिएन भने त्यो आन्दोलनको कुनै टुक हुदैन । दलित आन्दोलन नेपालको सामुदायिक हिसावमा जेठो आन्दोलन हो तर पनि आफूले जती सफलता प्राप्त गर्नु पर्ने हो त्यो सफलता प्राप्त गर्न सकेको छैन । यो आन्दोलनले पिडत्ी नै यसको आन्दोलन कर्ता भएको कारण राज्यले यो सुनेको छैन र सुन्न पनि चाहान्न । नेपालमा हिन्दूधर्म र यसको बिकृत स्वरुपले दलित माथि अनेकौ दमन गरिरहेको छ । जान्नेबुझ्ने देखि नबुझ्ने सम्मका सबै मानिसले प्रत्यक्ष तथा आसयगत रुपमा दलितमाथी छुवाछूत को र्दुव्यबहार गरिरहेका छन । शिक्षित बर्ग पनि आफ्नो अगाडिको पुस्तालाई दोष दिन्छ तर आफू त्यो कुस्कारलाई त्याग्न तथा हताउनको लागि कुनै प्रयास गदैन । सिपको क्षेत्रमा सक्षम रहेका दलितहरु जीवन गुजारा भन्दा माथी उठ्न सकेका छैनन । राज्यको नीति मै प्रष्ट रुपमा यि समुदायको लागि माथि उठाउनको लागि त्यती प्रयास गरिएको छैन । राज्यका सबै राजनैतिक दल, मिडिया, शिक्षित बर्ग तथा समाजका धार्मिक छडि बोकेका पण्डितहरु बाटै दलित माथी हुने गलत व्यबाहार प्रती खुलेरै बोल्ने बेला आएको छ । यो उत्पीडनमा परेका समुदायका मात्र नभएर यो राज्यमा बस्ने सबै तहका मानिसहरुको उत्तरदायित्व पनि हो । एक समुहले आफूलाई दलित थान्दैन यो ठिक हो किन कि उ आर्थिक रुपम सक्षम छ, शिक्षित छ, उसलाई राज्यबाट बिशेष अधिकारको आवश्यक्त्ताको महशुस गर्दैन भने सहि छ, तर आफूलाई अनेक नामले चिनाउने दलित शब्द कै बिरोध गर्छ भने त्यो मानसिक असन्तुलन भएको डलरबादी भन्दा अरु केही होइन । उनीहरुको तर्कमा दलित भनेको भनेको दलिएको टुक्रा टुक्रा परेको भन्ने अर्थमा सहमत भई यो दलित शब्द पछि पनि नजिरको रुपमा रहन्छ भन्ने वाइहात तर्क गर्छन । यसमा मेरो बिचार यो उदाहरणबाट ब्यवस्था बनाउन चाहन्छु, गर्वमा बच्चाले आफ्नो आमाबाट पोषण लिनको लागि बच्चा र आमा बिचको सम्बन्ध स्थापना गर्नको लागि नाइटोबाट आमा सम्म जोडिन्छ ।बच्चा नौ महिना सम्म त्यही नलीको सहयोगमा खाना पाएर हुर्कन्छ अनि जन्मन्छ जव उ बाहिरी संसार आउछ उ आमाबाट स्वतन्त्र रहन्छ । त्यो आमाबाट छुटिदाँ पनि नाइटोमा जीवन भर दाग रहन्छ तर उसलाई जीवनमा कुनै अवरोध गर्दैन त्यो त एउटा शरिरको अङगको रुपमा परिचित भई अस्तित्वमा रहन्छ । दलित शब्द राज्यबाट आफूलाई बलियो बानाउन र राज्यको मुलधारमा पुग्ने हाम्रो नलि हो । यो शब्द को प्रस्थिानको शब्द मा लाग्नु भन्दा आफ्नो स्थानबाट जातीय छुवाछुटको प्रतीकार लाग्न मेरो अनुरोध नत्र यसले दलितलाई फुट र विखण्डन भन्दा अरु केहि गर्दैन ।

 यहाँ आन्दोलनलाई बहुमुखी बनाउनुको मक्षत यो हो की प्रत्येक व्याक्तिले आन्दोलन सडकमा ढुङगा हान्ने, संरचना भत्काउने काम मात्र नभएर आ आफ्नो ठाउबाट रचनात्मक आन्दोलनको आवश्यत्ताको महशुस गरीपुरातन सोचको सागुरो घेरालाई ध्वम्स बनाउने भन्न खोजिएको हो । यो कसरी गर्ने भन्ने कुरामा गणितीय शुत्र नभएता पनि यसका केही परिधीहरुबाट यसलाई अगाडि बढाउनु पर्दछ । बहुमुखी आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने बारेमा यसका पक्षहरु बारे अध्ययन गरौ ।

 १. एउटा सामान्य नागरिकको के गर्न सक्छ ? 

सामान्य नागरिक आफ्नो घरमा रहि विभिन्न पेशा अंगाली जीवनयावन गरेको हुन्छ । आफू बस्ने समाजमा हुने मन्दिर, मेलापात, दाउरा घाँस,भोज भतेर, पानीको धारो, इनार, जहाँ नागरिको जमघत हुन्छ त्यहा हुने प्रत्यक्ष छुवाछूत को व्यबाहार साथै सांकेतीक छुवाछूत बिरुद्धमा प्रतीकार गर्नु पर्ने आवश्यक्त्ता देखिन्छ । आफूले तुरुन्त प्रतीकार गर्न नसकेमा मिडिया कर्मी पत्रकाहरु, प्रहरी तथा दलितका संघ संस्था सम्म समाचार पु¥याउनु आवश्यक छ । उदाहरणको लागि कुनै महिला धारोमा पानि लिन गएको बेला तपाई छुवाछूत को व्यबहार गर्छ भने तपाई डर नमानी प्रतीकार गर्नुहोस, कराउनुहोस्, चिच्याउनुहोस् तपाईलाई सहयोग गर्न मान्छे पक्का पनी आउने छन । 

२. समाजसेवी, प्रतीनिधी तथा स्थानीय सचेतकले के गर्ने ? 

दलित समुदायका हाम्रा व्यतीत्व सबै ठाँउमा अशिक्षित र केही गर्न नसक्ने मात्र छैन । धेरै ठाँउमा समाजसेवी, विभिन्न पार्टीका प्रतीनीधि तथा संघ संस्थाका प्रमुखको रुपमा रहेका छन । ती व्याक्तिहरुले आफ्नो समुदायको लागि पहल कदमि गर्न आवश्यक देखिन्छ । समाजिक हितका साथै बिकाश निमार्ण कार्य, तालिम, तथा सेवामुलक काममा दलितका समुदायलाई उचित प्रतीनिधित्वको सुनिश्चिता गर्न आवश्यक देखिन्छ । धेरै ठाँउमा सडक बनाउने बेला दलित जमिन सखाव बनाउने तथा पानी बिद्यालय, सार्वजननिक सेवाबाट ताढा दुरीमा स्थापना गर्ने तथा पहुच भन्दा बाहिर बनाईएको हुन्छ यसमा सामाजिक व्यक्तित्वहरुले आफ्नो समुदायको पक्षमा हुने गर्नु पर्दछ । बिद्यार्थीलाई पढन पर्छ भन्ने सचेतना बनाउने, कुलतमा फस्नबाट बचाउने, विभिन्न समुह र संगठन बनाई जातीय छुवाछूत सँग लडने मोर्चा बनाई जागरुप बनाउनु पर्छ । स्थानीय स्तरमा भएका दलित तथा गैर दलित बिचमा भएका अन्तरजातीय बिबाहमा सहयोग गर्दै दलित भित्रै भएको असमानता हताउन पहल गर्नु आवश्यक देखिन्छ । समाजमा देखिने भोज भतेर तथा विभिन्न समाजिक क्रियाकलापमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । 

३. शिक्षक तथा बिद्यार्थीले के गर्न सक्छन ? 

शिक्षक भनेका समाजका मियो हुन । शिक्षकले चाहयो भने समाजमा आमुल परिबर्तन गर्न सक्छ । शिक्षकले बिद्यालयबाट साना बाल बालिकालाई जातीय छुवाछूतको बारेमा प्रष्ट बनाउदै यो सामाजिक कुसंस्कार हताउनको लागि बालबालिकालाई सजक बनाउन सक्छन । बिद्यालमा आएका विभिन्न छात्रबृती तथा सेवाका बारेमा उत्पीडित समुहमा पु¥याउनुको साथै यसको बारेमा उचित जानकारी बनाउन सकिन्छ । बिद्यार्थीको प्रयोग गरेर स्थानीय स्तरमा जातीय छुवाछूत सम्बन्धि कार्यशाला, गोष्ठी, तथा नाटकबाट सचेत बनाउन सकिन्छ । बिद्यार्थी भबिस्यका देश निमार्णका खम्बा हुन त्यसैले बिद्यार्थी पहिलो कुरा अध्ययन गर्नु पदर्छ । अरुको लयलयमा नलागी आफ्नो अध्ययनलाई निरन्तर अगाडि पु¥याउनु पर्छ, साथै आफू भन्दा साना भाईबहिनीलाई राम्रा व्यबहार सिकाउनुको साथै उसलाई सकरात्मक रुपमा सिकाउनु पर्दछ । आफ्ना साथीहरुलाई नजिक भई साथीको परिवार सँग सम्बन्ध कायम गरी उचित बाताबरण निमार्ण गर्नु पर्दछ । अर्काे तर्फ स्कुलको शिक्षा प्राप्त गरिसके पछि शिक्षक तथा माथिल्लो कक्षामा पढने बिद्यार्थीले नया बिद्याथीलाई उच्च शिक्षाको बारेमा जानकारी दिनुको साथै गरिव बालबालिकालाई पढनको लागि स्रोत खोज्न सक्ने बातावरण निमार्ण गर्नु पर्छ । 

 ४. कर्मचारी, संघ संस्था, उद्योग तथा पेशा कर्मीले के गर्न सक्छन ? 

दलित जाती बिगत देखिनै सिपले भरिपूर्ण भएको मानिएता पनि बिगतका पेशा आधुनिकरण संग बिस्थापनको संघारमा पुगेका छन । हाम्रा पुराणा पेशालाई अधुनिकीकरण गर्दै नयाँ सिप र क्षमतामा प्रतीस्थापित हुन आवश्यक हुन पर्दछ । हामी पुराणा पेशालाई बिकाश पनि गर्न नसक्ने तथा नयाँ पेशाका लागि सिप पनि सिक्न नसक्दा आज बिदेशका गर्मीमा कम ज्यालामा जोखिमपूणर््ा काम गर्नु पर्ने बाध्यता रहेको छ । हाम्रा सिपका काममा जीवन गुजरा भन्दा पनि व्यबसायिकता तथा अर्थ उपार्जनलाई जोडेर हेर्नु आवश्यक देखिन्छ । साथै बिश्व बजारले खोजेका सिपमा पनि आफूलाई पूर्ण बनाउनु पर्छ । जस्तै कम्प्यूटर, मोबाइल, लगाएतका बिद्युतीय सामाग्रीको मर्मत तथा बनाउने काममा आफूलाई दक्ष बनाउन सक्यो भने पनि प्रशस्त आम्दानीको स्रोत जुताउन सक्छ । कर्मचारी तथा संघ संस्थामा लागेका व्यक्तित्वले राजनैतिक दल भन्दा पनि आफ्नो समुदायलाई जोड दिन आवश्यक देखिन्छ । दलितका लागि आएका अवसर प्राप्त हुदा पनि आफ्नो पात्ीको बफादार बन्दा आफ्नो समुदाय माथी उठ्रन सकेको छैन यसमा बहुत चलाखी हुन आवश्यक छ । आफ्ना समुदायका मानिसलाई जसरी पनि प्रवेश गराउने नीति लिएर लाग्यो भने प्रत्येक महिना देशभर हजारौ दलित युवाले रोजगार पाउन सक्थे तर पार्टीको मोह भन्दा बाहिर निस्कन नसक्नु दलित समुदायको लागि अर्काे ठूलो घाट हो र त्यो दलित हुनुको नाताले नैतीकता पनि होइन । विभिन्न दलित संग नाम जोडिएका संस्थाले राम्रो सिपको नाममा गैर दलितलाई प्रोत्साहन गरेको देखिन्छ यसमा त्यो क्षेत्रमा दक्ष आफ्नो समुदायकै मान्छेबाट दलित तथा गैर दलितलाई तालिम तथा सिपमा दक्षता हासिल बनाउन सकिन्छ । साथै आफ्ना दिदी बहिनी लाई सिप मूलक काममा लगाई आत्मनिर्भर बनाउने बाटोमा दोहो¥याउनु आवश्यक देखिन्छ । 

५. लेखक, पत्रकार, तथा संचारकर्मीको भूमिका के रहन सक्छ ? 

समाजका बास्तबिक्त्ता सबै सम्म पु¥याउने पत्रकार तथा संचार कर्मीको महत्वपूर्ण स्थान रहन्छ । स्थानीय स्तरमा घटेका दलित सँग सम्बन्धित घटनालाई कुनै दवावमा नपरी प्रकाशन र प्रसारण गर्नु आवश्यक देखिन्छ । आफ्नो कार्यस्थलमा रहदा तथा आफ्नो क्षेत्र भित्रका मानिस सँग निरन्तर सम्पर्कमा रहि त्यहाको गतीबिधि नियाल्नु र सत्य तथ्य समाचार प्रकाशन गर्नु पर्दछ । प्रत्येक रेडियो,टेलिभिजनबाट अनिबार्य दलित सचेतता तथा घटना सम्बन्धित कार्यक्रम गर्नूको साथै प्रत्येक पत्रपत्रिकाले हप्ताको कुनै एक दिन सम्म दलित बिशेष रचना तथा लेख प्रस्तुत गर्नू पर्दछ । साथै दलित सचेतता र जागरणको लागि माथिल्लो तहका लेखक, तथा बिद्धानले महत्वपूर्ण लेख रचनाबाट सामाजिक जागरण बनाउदै, राज्यलाई घचघचाउनु आवश्यक देखिन्छ । 

६. राजनैनीतिमा लागेकाले के गर्ने ? 

राज्यको सवै बिकाशको बागदोर भनेको राजनीति हो । जो राजनीतिमा सहभागि छ उसले व्यक्तिगत स्वार्थ र पार्टीगत पुच्छर हुनबाट बच्न आवश्यक देखिन्छ । राजनीतिज्ञहरु आफ्नो कर्तव्य र उत्तरदायित्वको बोध हुन आवश्यक छ । जो जुन पार्टीमा लागेको छ, उसले आफ्नो समुदायको पक्षको लागि आफ्ना विचार र अधिकारको कुरा प्रष्ट रुपमा राख्न सक्ने हुनुपर्दछ । पार्टीमा आफ्नो प्रभावलाई जमाउन सक्षम हुन आवश्यक छ । यदी तपाईले सहयोग तथा आफ्नो पार्टीको माथिल्लो तहले तपाईको समुदायको अधिकार सम्बोदन गर्न सक्दैन भने तपाईको जिम्मेवारी यो हो तपाई सोही समय देखि विद्रोह गर्न थाल्नु पर्दछ । यही कुनै कारणबाट सम्बोधन भएन भने तपाई त्यहाँ मेरो पार्टी भनेर बस्नुको कुनै टुक छैन त्यसैले तपाई त्यो पार्टी छोडनुनै उचित देखिन्छ । 

७. पत्र पत्रिका तथा टि.भि., रेडिको भूमिका कस्तो रहन्छ ? 

वर्तमान विश्वमा सञ्चारको साधन भनेको समाज परिवर्तनको प्रमुख अवयवको रुपमा लिन सकिन्छ । जसको सक्रियता समाज परिवर्तन गर्न त्यती दुख दिनु पर्दैन । दलित समूदायको जातीय भेदभावको अन्त्य गर्ने काम गरिरेको छ त्यो प्रशंसनि छ । वर्तमान समयमा हरेक मिडियाले दिनको आदि घण्टाको दरले कार्यक्रम प्रकाशन र प्रसारण गर्नुपर्ने देखिन्छ । समचार पत्रहरुले हरेक दिन समाचार विस्लेषण छापाइ गर्न सक्यो भने पनि दलित सँग देखिएको समस्या कम गर्न मदत गर्ने थियो । 

बर्तमान समयमा संबिधान सभामा भएका दलित नेताले आफ्नो अन्तिम मतदानहुन सम्म आफ्नो प्रयास गर्नु आवश्यक देखिन्छ । यो कुरा आहुतीले बेला बेलामा सवै दलको समाहित दलित आन्दोलन तथा अन्तरक्रियामा भन्दै आउनु भएको छ । त्यसैले सवै दलित भित्रका नेताहरु भिन्न पार्टीमा संलग्न भएता पनि बेला बखतमा एकत्रित भएर आफ्नो समुदायको मुक्तिको लागि कार्यगत एकता भई लामबद्ध हुन आवश्यक देखिन्छ । साच्चिकै भन्नु पर्दा जातीय छुवाछूत दलितको मात्र समस्या नभएर सम्पूर्ण राष्ट्रकै गम्भिर समस्या हो दलित एक्लै आफूले मात्र जती लागे पनि यो समाधन हुन सक्दैन त्यसैले सम्पूर्ण जाती समुदायका मानिसहरु यसमा सकरात्मक हुनु आवश्यक देखिन्छ । जातीय असमानता जस्तो सामाजिक असमान जस्तो कुकार्य हताउनको लागि राज्य र सबै दलले प्रतीबद्धता जनाई लाग्नु पर्दछ । अर्काे कुरा दलित आन्दोलन अव अरु जातिलाई आरेप लगाई आफू दोषबाट मुक्त भएर बस्न निरथक रहन्छ । आफूभित्र बिद्रोह गर्दै सामाजिक न्यायको लागि एकता हुन जरुरी छ । दलित भित्रका असमानतालाई हताई हाम्रा संस्कार, बोली भाषा, व्यबहारलाई व्यापका रुपमा परिबर्तन गरीआफूलाई सभ्य बनाउन आवश्य देखिन्छ । हाम्रा दलितका नाम जोडेर खोलिएका संस्थाहरुले काठमाण्डौ केन्द्रित नभएर गरिवीमा परेका समुदायले महसुस गर्ने हुनु आवश्यक देखिन्छ । त्यसैले प्रत्येक नागरिकले आफ्नो स्थानबाट बिद्रोह गर्दै छुवाछूत सँग सम्बिधित समाचार सार्वजनिक गरी कारबाहीको स्थानमा पु¥याउन सकियो भने आन्दोलनको उद्देश्य प्राप्त हुने सुनिश्चित छ तर कुनै पार्टी, कुर्नै क्षेत्र, कुनै बन्धनमा नपरी एकता बद्ध हुन भने आवश्यक छ । आन्दोलनलाई सडकमा मात्र नभएर दैनिक जीवन देखि राजनैतिक माथिल्लो तहसम्मको बिद्रोहनै आन्दोलनमा बहुमुखी हो जसले तल्लो तहदेखि माथील्लो तह सम्म बिद्रोह गरीआफ्नो अधिकार सुनिश्चिितता गर्न सहज बनाउन सफल रहन्छ ।


 सार्वजनिक स्थान” भन्नाले सरकारी वा गैर सरकारी कार्यालय, शैक्षिक वा औद्योगिक प्रतीष्ठान, प्राचीन स्मारक, पाटी–पौवा, धारा, इनार, कुवा, पोखरी, चौतारी, सडक वा बाटोे, सार्वजनिक यातायातका साधन, मसानघाट, उद्यान– बगैंचा, कुनै पनि किसिमको धार्मिक स्थल जस्ता सार्वजनिक प्रयोजनमा रहेका स्थान सम्झनु पर्छ र सो शब्द ले सार्वजनिक रुपमा वस्तु वा सेवा बिक्री वितरण गर्ने अन्य कुनै पनि स्थान समेतलाई जनाउनेछ । “सार्वजनिक सेवा” भन्नाले सरकारी वा गैर सरकारी कार्यालय, सार्वजनिक संस्था, यातायात, औद्योगिक वा शैक्षिक प्रतीष्ठान, कम्पनी, फर्म, पसल, होटल, रिसोर्ट, लज, रेष्टुरेण्ट, क्याफे, सिनेमा हल वा नाचघर सम्झनु पर्छ र सो शब्द ले कुनै पनि सरकारी वा गैर सरकारी निकायबाट प्रदान गरिने सार्वजनिक प्रयोग वा उपयोगका कुनै पनि सेवा र सुविधा समेतलाई जनाउनेछ । “सार्वजनिक पद धारण गरेको व्यक्ति” भन्नाले संविधान, अन्य प्रचलित कानून वा सम्बन्धित निकाय वा अधिकारीको निर्णय वा आदेश बमोजिम कुनै सार्वजनिक अख्तियारी प्रयोग गर्न पाउने वा कुनै कर्तव्य पालन गर्नु पर्ने वा दायित्व निर्वाह गर्नु पर्ने पदमा बहाल रहेको व्यक्ति सम्झनु पर्छ र सो शब्द ले सार्वजनिक संस्थाको कुनै पदमा बहाल रहेको पदाधिकारी वा कर्मचारी समेतलाई जनाउनेछ । जातीय छूवाछूत नीजि तथा सार्वजनिक स्थानमा दुबै स्थानमा गर्न मनाही छ ।

जातीय भेदभाव तथा छुवाछूत कसुर ऐन २०६८ अनुसार निम्नानसार कार्यलाई जातीय छुवाछूत भएको मानिने छ । 

१. कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृती, रीतीरिवाज, जात जाती, बंश, समुदाय वा पेशाका आधारमा यस दफा बमोजिमको कुनै पनि काम गरे वा गराएमा जातीय छुवाछूत भएको मानिने छ । 

२. कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृती, रीतीरिवाज, जात, जाती, वंश, समुदाय वा पेशाका आधारमा जातीय भेदभाव वा छुवाछूत गरी सार्वजनिक वा निजी स्थानमा देहायको कुनै पनि कार्य गर्न वा गराउन हुँदैन ः– 

(क) प्रवेश गर्न, उपस्थित हुन वा भाग लिन निषेध गर्ने वा कुनै किसिमले रोक, नियन्त्रण वा प्रतीबन्ध लगाउने, वा (ख) व्यक्तिगत वा सामूहिक रुपमा सार्वजनिक स्थान वा समारोहबाट निष्काशन, सामाजिक बहिष्कार वा कुनै प्रकारको भेदभाव गर्ने वा त्यस्तो कार्यमा प्रतीबन्ध लगाउने वा अन्य कुनै किसिमको असहिष्णु व्यवहार प्रदर्शन गर्ने । 

 ३. कसैले कुनै पनि व्यक्तिलाई जात, जाती, वंश, समुदाय वा पेशाका आधारमा सार्वजनिक सेवाको प्रयोग गर्न वा उपभोग गर्नबाट वञ्चित गर्न हुँदैन ।

 ४. कसैले कुनै पनि व्यक्तिलाई जात, जाती, वंश, समुदाय वा पेशाका आधारमा सार्वजनिक समारोह आयोजना गर्न वा सार्वजनिक रुपमा आयोजना हुने कुनै कार्य गर्नबाट वञ्चित गर्न हुँदैन ।

 ५.कसैले पनि जातीय छुवाछूत वा भेदभाव हुने कार्य गर्न कसैलाई भड्काउने, उक्साउने वा त्यस्तो कार्य गर्न दुरुत्साहन हुने कुनै कार्य गर्न वा त्यस्तो कुनै क्रियाकलापमा जानी–जानी सहभागी हुनु हुँदैन ।

 ६.कसैले कुनै पनि व्यक्तिलाई जात, जाती, वंश, समुदाय वा पेशाका आधारमा कुनै पनि पेशा वा व्यवसाय गर्न प्रतीबन्ध वा रोक लगाउने वा कुनै पनि व्यक्तिलाई कुनै पेशा वा व्यवसाय गर्न बाध्य पार्न हुँदैन ।

 ७.कसैले कुनै पनि व्यक्तिलाई जात, जाती, वंश, समुदाय वा पेशाका आधारमा कुनै धार्मिक कार्य गर्नबाट वञ्चित गर्न वा गराउन हुँदैन । 

 ८.कसैले कुनै पनि व्यक्तिलाई जात, जाती, वंश, समुदाय वा पेशाका आधारमा कुनै वस्तु, सेवा वा सुविधा उत्पादन, बिक्री वा वितरण गर्नबाट रोक्न वा रोक लगाउन हुँदैन ।

 ९.कसैले कुनै वस्तु, सेवा वा सुविधा उत्पादन, बिक्री वा वितरण गर्दा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई मात्र बिक्री वितरण गर्ने गरी उत्पादन, बिक्री वा वितरण गर्न वा गराउन हुँदैन ।

 १०.कसैले जात वा जातीका आधारमा परिवारका कुनै सदस्यलाई बहिष्कार गर्ने, घरभित्र प्रवेश गर्न नदिने वा घर वा गाउ“बाट निकाल्ने वा निस्कन बाध्य तुल्याउने कार्य गर्न वा गराउन हुँदैन । 

 ११.कसैले प्रचलित कानून बमोजिम उमेर पुगेका वर–वधुवाट मञ्जूर भएको अन्तरजातीय विवाह गर्नबाट कुनै पनि व्यक्तिलाई जात, जाती, वंश वा समुदायका आधारमा रोक लगाउन, त्यस्तो विवाहबाट जन्मिएका सन्तानको न्वारान नगराउन वा भइसकेको विवाह विच्छेद गराउन कुनै किसिमले कर गर्न वा गर्न लगाउन हुँदैन । 

 १२.कसैले श्रव्य–दृश्य सामग्री, लेख रचना, चित्र, आकार, कार्टुन, पोष्टर, पुस्तक वा साहित्यको प्रशारण, प्रकाशन वा प्रदर्शन गरेर वा अन्य कुनै तरिकाले कुनै जात, जाती वा उत्पत्तिका व्यक्तिको उचनीच दर्शाउने, जात, जातीका आधारमा हुने सामाजिक विभेदलाई न्यायोचित ठह¥याउने वा जातीय सर्वोच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्ने, अपमानजनक शब्द को प्रयोग गर्ने वा आचरण, हाउभाउ वा व्यवहारबाट त्यस्तो सड्ढेत गर्ने वा जातीय विभेदलाई कुनै पनि किसिमले अभिवृद्धि गर्ने किसिमबाट उक्साउन वा दुरुत्साहन गर्न वा गराउन हुँदैन । 

 १३.कसैले जात, जाती, वंश वा समुदायका आधारमा कुनै पनि व्यक्तिलाई कुनै प्रकारको श्रममा लगाउन इन्कार गर्ने वा श्रमबाट निष्काशन गर्ने वा पारिश्रमिकमा भेदभाव गर्न वा गराउन हुँदैन ।


जातीय छुवाछूत जो कोही व्यक्ति माथि भएको खण्डमा स्वयम व्यक्तिले वा थाहा पाउने व्यक्तिले नजिकको प्रहरी कार्यालयमा तोकिए बमोजिम उजुर गर्न सक्नेछ । यदि कुनै व्यक्ति माथि जातीय छुवाछूत नेपाल बाहिर गरेमा निज बसोबास गरेको वा प्रतीवादी रहेको जिल्लाको नजिकको प्रहरी कार्यालयमा उजुर गर्नु पर्नेछ । प्राप्त भएको उजुरी सम्बन्धित प्रहरी कार्यालयले दर्ता नगरेमा वा प्रचलित कानून बमोजिम आवश्यक कारबाही नगरेमा सम्बन्धित व्यक्तिले सो कुराको उजुरी तोकिए बमोजिम राष्ट्रिय दलित आयोग वा स्थानीय तहमा समेत गर्न सक्नेछ । प्राप्त उजुरी राष्ट्रिय दलित आयोग वा स्थानीय तहले सम्बन्धित प्रहरी कार्यालयमा तोकिए बमोजिम लेखी पठाउनेछ ।

 कुनै पनि व्यक्तिले जात तथा वशंको आधारमा नीजि तथा सार्वजनिक स्थानमा तथा सेवामा    जातीय छुवाछूत गरेको खण्डमा निम्नानुसार कारबाही हुनेछ । 

क) कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृती, रीतीरिवाज, जात, जाती, वंश, समुदाय वा पेशाका आधारमा जातीय भेदभाव वा छुवाछूत गरी सार्वजनिक वा निजी स्थानमा देहायको कुनै पनि कार्य गर्न वा गराएमा ः– 

(क) प्रवेश गर्न, उपस्थित हुन वा भाग लिन निषेध गर्ने वा कुनै किसिमले रोक, नियन्त्रण वा प्रतीबन्ध लगाएमा, वा 

 (ख) व्यक्तिगत वा सामूहिक रुपमा सार्वजनिक स्थान वा समारोहबाट निष्काशन, सामाजिक बहिष्कार वा कुनै प्रकारको भेदभाव गर्ने वा त्यस्तो कार्यमा प्रतीबन्ध लगाउने वा अन्य कुनै किसिमको असहिष्णु व्यवहार प्रदर्शन गरेमा, 

ख) कसैले कुनै पनि व्यक्तिलाई जात, जाती, वंश, समुदाय वा पेशाका आधारमा सार्वजनिक सेवाको प्रयोग गर्न वा उपभोग गर्नबाट वञ्चित गर्न गराएमा, 

ग) कसैले कुनै पनि व्यक्तिलाई जात, जाती, वंश, समुदाय वा पेशाका आधारमा सार्वजनिक समारोह आयोजना गर्न वा सार्वजनिक रुपमा आयोजना हुने कुनै कार्य गर्नबाट वञ्चित गरेमा, 

घ) कसैले पनि जातीय छुवाछूत वा भेदभाव हुने कार्य गर्न कसैलाई भड्काउने, उक्साउने वा त्यस्तो कार्य गर्न दुरुत्साहन हुने कुनै कार्य गर्न वा त्यस्तो कुनै क्रियाकलापमा जानी–जानी सहभागी भएमा, 

ङ) कसैले कुनै पनि व्यक्तिलाई जात, जाती, वंश, समुदाय वा पेशाका आधारमा कुनै पनि पेशा वा व्यवसाय गर्न प्रतीबन्ध वा रोक लगाउने वा कुनै पनि व्यक्तिलाई कुनै पेशा वा व्यवसाय गर्न बाध्य पारेमा, 

च) कसैले कुनै पनि व्यक्तिलाई जात, जाती, वंश, समुदाय वा पेशाका आधारमा कुनै धार्मिक कार्य गर्नबाट वञ्चित गराएमा, 

तीन महिना देखि तीनवर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि दुइ लाख रुपैयाँ सम्म जरिबाना सजाय हुनेछ । 

यदि, क) कसैले कुनै पनि व्यक्तिलाई जात, जाती, वंश, समुदाय वा पेशाका आधारमा कुनै वस्तु, सेवा वा सुविधा उत्पादन, बिक्री वा वितरण गर्नबाट रोक्न वा रोक लगाएमा, 

ख) कसैले कुनै वस्तु, सेवा वा सुविधा उत्पादन, बिक्री वा वितरण गर्दा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई मात्र बिक्री वितरण गर्ने गरी उत्पादन, बिक्री वा वितरण गरे वा गराएमा, 

 ग) कसैले जात वा जातीका आधारमा परिवारका कुनै सदस्यलाई बहिष्कार गर्ने, घरभित्र प्रवेश गर्न नदिने वा घर वा गाऊँबाट निकाल्ने वा निस्कन बाध्य तुल्याउने कार्य गरे वा गराएमा, 

 घ) कसैले प्रचलित कानून बमोजिम उमेर पुगेका वर–वधुवाट मञ्जूर भएको अन्तर जातीय विवाह गर्नबाट कुनै पनि व्यक्तिलाई जात, जाती, वंश वा समुदायका आधारमा रोक लगाउन, त्यस्तो विवाहबाट जन्मिएका सन्तानको न्वारान नगराउन वा भइसकेको विवाह विच्छेद गराउन कुनै किसिमले कर गरे वा गर्न लगाएमा, 

 ङ) कसैले श्रव्य–दृश्य सामग्री, लेख रचना, चित्र, आकार, कार्टुन, पोष्टर, पुस्तक वा साहित्यको प्रशारण, प्रकाशन वा प्रदर्शन गरेर वा अन्य कुनै तरिकाले कुनै जात, जाती वा उत्पत्तिका व्यक्तिको उचनीच दर्शाउने, जात, जातीका आधारमा हुने सामाजिक विभेदलाई न्यायोचित ठह¥याउने वा जातीय सर्वोच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्ने, अपमानजनक शब्द को प्रयोग गर्ने वा आचरण, हाउभाउ वा व्यवहारबाट त्यस्तो सड्ढेत गर्ने वा जातीय विभेदलाई कुनै पनि किसिमले अभिवृद्धि गर्ने किसिमबाट उक्साउन वा दुरुत्साहन गरे वा गराएमा, च) कसैले जात, जाती, वंश वा समुदायका आधारमा कुनै पनि व्यक्तिलाई कुनै प्रकारको श्रममा लगाउन इन्कार गर्ने वा श्रमबाट निष्काशन गर्ने वा पारिश्रमिकमा भेदभाव गरे वा गराएमा, 

दुइ महिना देखि दुइ वर्षसम्म कैद र विस हजार देखि एक लाखा सम्म जरिवाना सजाय हुन्छ । 

जातीय भेदभाव वा छुवाछूत गर्न मद्दत गर्ने, दुरुत्साहन गर्ने, उक्साउने वा त्यस्तो कार्य गर्न उद्योग गर्ने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुन्छ । साथै सार्वजनिक पद धारण गरेको व्यक्तिले कसूर गरेमा निजलाई माथि उल्लिखित सजायमा पचास प्रतीशत थप सजाय हुन्छ । कसुर गर्नेको अनुसन्धान वा तहकिकातको काममा कसैले बाधा विरोध गरेमा निजलाई अनुसन्धान तथा तहकिकात गर्ने अधिकारीको प्रतीवेदनको आधारमा अदालतले कसूरदारलाई हुने सजायको आधा सजाय गर्न सक्नेछ । कुनै व्यक्तिले कसूर गरेको ठहरिएमा त्यसरी ठहर गर्दा अदालतले कसूरदारबाट पीडितलाई  दुइ लाख रुपैयाँ सम्म क्षतीपूर्ती भराइदिन सक्नेछ । क्षतीपूर्ती बाहेक कसूरदारले पीडितलाई कुनै हानि नोक्सानी पु¥याएको रहेछ भने अदालतले सोको प्रकृतीको आधारमा उपचार खर्च वा थप हानि नोक्सानीको मनासिव रकम कसूरदारबाट पीडितलाई भराउने ब्यवस्था छ । जातीय छुवाछूत सम्बन्धि कसूर भए गरेको मितीले तीन महिनाभित्र मुद्दा दायर गर्नु पर्दछ, अन्यथा उजुर लाग्ने छैन ।

नेपालको संविधान, ऐन तथा कानूनले जातीय छुवाछूत अपराध मानेका भएता पनि हाम्रो समाज वर्ण व्यवस्थामा आधारित भएको हुनाले वर्तमान समय सम्म पनि जातीय छुवाछूत गर्ने अपराधिलाई कानूनको दायरामा सहज रुपमा लिने अवस्था छैन । सरकारी कानून लागि हुने स्थानमा दलितको उपस्थीती न्युन हुनुको साथै जातीय छुवाछूत सम्वन्धि घटनालाई सहज सम्झनाले जातीय छुवाछूत सम्बन्धि क्रियाकलाप नियन्त्रण गर्न सकिएको छैन । जातीय छुवाछूत कसुर ऐन तथा अन्य ऐक कानून लागू हुन नसक्नुको कारण निम्नानुसार छन ।

 क)जातीय भेदभावजन्य कार्यलाई संरक्षण गर्ने व्यवस्था 

मुलुकी ऐनमा पहिले यस्तो थियो

भएको व्यवस्था “कसैले अर्काको सामाजिक रीतीस्थितीमा खलल पर्ने वा हुने गरी झुक्याई वा जबर्जस्ती गरी कुनै काम कुरा गर्न गराउँनु हुँदैन, कसैले गरे वा गराएमा निजलाई बढीमा एक बर्षसम्म कैद वा एक हजार रुपैयाँसम्म जरिवाना हुन्छ” भनीएको छ ।  (मुलुकी ऐन, अदलको १०) यस प्रावधानले सोझो रुपमा कुनै एक धार्मिक वा जातीय समुदायले अर्को कुनै धार्मिक वा जातीय समुदायको सामाजिक रीतीस्थितीमा अबरोध पार्न नहुने अर्थ राखे पनि घुमाउरो रुपमा गलत किसिमका सामाजिक रीतीस्थितीलाई संरक्षण गर्ने मनसाय राखेको पाइन्छ । दलित समुदायसंग सम्बन्धित कानून ी व्यवस्था नागरिक अधिकार ऐनमा भएको व्यवस्था “धार्मिक र गुठी सदावर्त संस्थाहरू कायम गर्ने, चलाउने धार्मिक सम्प्रदायको हकमा कसैले हस्तक्षेप गर्न नहुने” (नागरिक अधिकार ऐन, २०१२ को दफा ७

 (क) कुनै पनि धार्मिक सम्प्रदायको उपरोक्त हक अधिकारको संरक्षण हुनुपर्छ तर त्यो अधिकारले आम नेपाली नागरिकको समानता, न्याय र प्रतीष्ठामा आघात पु¥याएको छ छैन, विभेद गरेको छ छैन ध्यान दिनुपर्छ । प्राचीन स्मारक संरक्षण ऐनमा भएको व्यवस्था “नेपाल सरकारको वा निजी स्वामित्वमा रहेको जुनसुकै प्राचीन ऐतीहासिक, धार्मिक महत्वको स्थानमा प्रवेश गर्न चाहेमा सम्बन्धित व्यक्तिको धार्मिक भावना वा चलिआएको रीतीस्थितीमा आघात नपु¥याई प्रवेश गर्न पाउँछ” (प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा १०) यस प्रावधानले विभेदकारी रितीस्थितीलाई समेत संरक्षण गर्ने काम गरेको छ ।

 ख) हिन्दूवर्णव्यवस्थाका पक्षपातिहरु अत्यधिक बहुमतमा रहनु र धर्मनिरपेक्षताको उचित कार्यान्वयन नहुनु

 ग) शिक्षित, सम्पन्न र पहुँचवाला वर्ग तथा जातजाति नै छुवाछूत कार्यमा संलग्न रहनु 

ङ) राजनीतिक दलका नेता कार्यकर्ताहरु नै छुवाछूत कार्यमा संलग्न रहनु र त्यसलाई नियन्त्रण गर्न दल तथा नेतृत्व असफल रहनु 

च) कानून कार्यान्वयन गर्ने निकाय (प्रहरी, सरकारी वकील र न्यायालय) मा दलितको प्रतिनिधित्व र पहुँच नरहनु 

छ) कानून कार्यान्वयन गर्ने निकायका सार्वजनिक अधिकारीहरु पुर्वाग्रह र दवावबाट मुक्त रही आफ्नो पदीय कर्तव्य पालना गर्न नसक्नु

 ज) जातीय भेदभाव तथा छुवाछूतको उन्मूलन गर्नमा राज्यको प्रबल इच्छाशक्ति नहुनु र राज्य बढी देखावटी र डेकोरेटिभ हुनु 

भm) गैर दलित आम नागरिकले जातीय भेदभाव तथा छुवाछूतको उन्मूलन गर्ने कार्यलाई आफ्नो दायित्व नठान्नु 

ञ) दलित आफैभित्र र गैर दलित आफैभित्र समेत छुवाछूतको अभ्यास र तहगत संरचना रहन


 नेपाल सरकारले दलित समूदायलाई मुृलधारमा ल्याउनको लागि विभिन्न सकरात्मय उपाय व्यवस्था गरेको छ । त्यसलाई निम्नानुसार अध्ययन गर्न सकिन्छ ।

 १.निजामती सेवा दलित समुदायको लागि सकारात्मक उपाय निजामती सेवा ऐन, २०४९ को दफा ७(७) अनुसार खुल्ला प्रतीयोगिताद्वारा पूर्ती हुने पदमध्ये पैतालीस प्र्र्रतीशत पद छुट्ट्याई सो प्रतीशतलाई शतप्रतीशत मानी दलितका लागि नौ प्रतीशत कोटा छुट्टाइएको छ । 

 नेपाल प्रहरीमा दलित समुदायको लागि सकारात्मक उपाय प्रहरी ऐन, २०१२ दफा ९ क. अनुसार प्रहरी (बाह्रौं संशोधन) नियमावली, २०६४ को नियम ११ ले खुल्ला प्रतीयोगिताद्वारा पूर्ती हुने पदमध्ये पैतालीस प्र्र्रतीशत पद छुट्ट्याई सो प्रतीशतलाई शतप्रतीशत मानी दलितका लागि पन्ध्र प्रतीशत पद छुट्टाइएकोे छ ।

 २.सशस्त्र प्रहरी बलमा दलित समुदायको लागि सकारात्मक उपाय सशस्त्र प्रहरी ऐन, २०५८ को दफा “१०क. अनुसार सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली, २०६४ नियम २ ले खुल्ला प्रतीयोगिताद्वारा पूर्ती हुने पदमध्ये पैतालीस प्र्र्रतीशत पद छुट्ट्याई सो प्रतीशतलाई शतप्रतीशत मानी दलितका लागि पन्ध्र प्रतीशत पद छुट्टाइएकोे छ । 

 ३.नेपाली सेनामा दलित समुदायको लागि सकारात्मक उपाय सैनिक ऐन, २०६३ को दफा १२क. (१) बमोजिम नेपाली सेनाको पदमा नियुक्ति गर्दा खुल्ला प्रतीयोगिताद्वारा पूर्ती हुने पदमध्ये पैंतालीस प्रतीशत पद छुट्याई सो प्रतीशतलाई शतप्रतीशत त्यसमा दलितका लागि पन्ध्र प्रतीशत सीट छुट्टाइएकोे छ । 

 ४. व्यवस्थापिका–संसद सचिवालयमा दलित समुदायको लागि सकारात्मक उपाय व्यवस्थापिका–संसद सचिवालय सेवा ऐन २०६४ को दफा १७ (६) ले व्यवस्थापिका संसद सेवालाई समावेशी बनाउन खुल्ला प्रतीयोगिताद्वारा पूर्ती हुने पदमध्ये पैंतालीस प्रतीशत पद छुट्याई सो प्रतीशतलाई शतप्रतीशत मानी त्यसमा दलितका लागि नौ प्रतीशत सीट छुट्टाइएकोे छ । । 

५. स्वास्थ्य सेवामा दलित समुदायको लागि सकारात्मक उपाय स्वास्थ्य सेवा ऐन, २०५३ को दफा “८ग. (१) ले स्वास्थ्य सेवाका कर्मचारी पदपूर्ती गर्दा खुल्ला प्रतीयोगिताद्वारा पूर्ती हुने पदमध्ये पैंतालीस प्रतीशत पद छुट्याई सो प्रतीशतलाई शतप्रतीशत मानी त्यसमा दलितका लागि नौ प्रतीशत सीट छुट्टाइएकोे छ । 

 ६.विकास समितिहरुमा दलित समुदायको लागि सकारात्मक उपाय विकास समिती ऐन, २०१३ को दफा ६क (१) बमोजिम समितीका कर्मचारी नियुक्ति गर्दा खुल्ला प्रतीयोगिताद्वारा पूर्ती हुने पदमध्ये पैंतालीस प्रतीशत पद छुट्याई सो प्रतीशतलाई शतप्रतीशत मानी त्यसमा दलितका लागि नौ प्रतीशत सीट छुट्टाइएकोे छ । ।

 ६. शिक्षक कर्मचारीमा दलित समुदायको लागि सकारात्मक उपाय शिक्षा ऐन २०२८ को दफा १६ङ (१) ले यस ऐन अनुसार सामु्दायिक विद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति गर्दा खुल्ला प्रतीयोगिताद्वारा पूर्ती हुने पदमध्ये पैंतालीस प्रतीशत पद छुट्याई सो प्रतीशतलाई शतप्रतीशत मानी त्यसमा दलितका लागि नौ प्रतीशत सीट छुट्टाइएकोे छ । 

 ७.विशेष सेवामा दलित समुदायको लागि सकारात्मक उपाय नेपाल विशेष सेवा ऐन २०४२ को दफा ६क. (१) ले विशेष सेवाको कर्मचारी नियुक्ति गर्दा खुल्ला प्रतीयोगिताद्वारा पूर्ती हुने पदमध्ये पैंतालीस प्रतीशत पद छुट्याई सो प्रतीशतलाई शतप्रतिशत मानि त्यसमा दलितका लागि नौ प्रतीशत सीट छुट्टाइएकोे छ । 

 ८.वैदेशिक रोजगारीमा दलित समुदायको लागि सकारात्मक उपाय वैदेशिक रोजगार ऐन, २०६४ को दफा ९ वैदेशिक रोजगार नियमावली २०६४ को नियम १४ को खण्ड (त) ले बैदेशिक रोजगारका लागि विज्ञापन प्रकाशन गर्दा ऐनको दफा ९ बमोजिम दलित लगायत पिछिडएको क्षेत्र, दुर्गम क्षेत्रलाई तोके बमोजिम आरक्षण प्रदान गरिने संख्याको विवरण खुलाउनुपर्ने ब्यवस्था गरेको छ भने दफा १६ ले कामदार छान्दा महिला, दलित, आदिवासी, जनजाती, पिछिडएको क्षेत्र, दुर्गम क्षेत्रका आधारमा समेत छान्नुपर्ने ब्यवस्था गरेको छ । 

९. छात्रवृत्तिमा दलित समुदायको लागि सकारात्मक उपाय शिक्षा ऐन २०२८ को दफा ३(क) अनुसार छात्रवृत्ति सम्बन्धी नियमावली (तेस्रो संशोधन) २०६५ को नियम १०(क) ले छात्रवृत्तिमा आरक्षण गरिने ब्यवस्था गरेको छ । यस नियमले नेपाल सरकारलाई प्राप्त भएको छात्रवृती मध्ये पैंतालीस प्रतीशत स्थान सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा उर्तीण गरेका विपन्न र नियमावलीले तोकिएका समावेशीकरण गरिनुपर्ने समुदाय तथा व्यक्तिलाई आरक्षण गरिने सो प्रतीशतलाई शतप्रतीशत कायम गरी दलित समुदायका लागि नौ प्रतीशत सीट छुट्टाएको छ । त्यसमा महिलालाई छुट्टाएका सीट, अपाङ्गलाई छुट्टाएका सीट, मधेशीलाई छुट्टाएका सीट र दुर्गम क्षेत्रलाई छुट्टाएका सीटहरु मध्येबाट पनि निश्चित प्रतीशत दलितलाई थप गरी जम्मा पन्ध्र प्रतीशत कोटा छुट्टयाएकोे भए पनि अनेत्रबाट थपिएको सीटमा दलितले लाभ लिनसक्ने सम्भावना अत्यन्तै कम छ । 

 १०. राष्ट्रिय महिला आयोग राष्ट्रिय महिला आयोग ऐन, २०६३ को दफा ५ का उपदफा (२) ले नेपाल सरकारले राष्ट्रिय महिला आयोगमा चार जना सदस्यका नियुक्ति गर्दा एक जना आदिवासी÷जनजाती, एकजना दलित र एकजना मधेशीमध्येबाट नियुक्त हुनुपर्ने ब्यवस्था गरेकोछ । अन्य व्यवास्थाहरु थप गर्दै जानेछौ ।

स्रोतलेखन/संकलन धनु लेकाली पुस्तक , उज्यालोतिर प्रकाशन ; दलित संजाल भकिम्ली२०७४

Post a Comment

0 Comments