कविता घर नवराज भट्ट गुरु उ भत्कि रहेको घर हो के छ पालै पालो भल्काऊ के जान्छ तिमीहरुको सके आफू नै भत्काऊ नसके छरछिमेकी र आफ्न्त लगाएर भए पनि भत्काउन लगाऊ उ भत्कि रहेको घरलाई मज्जाले भत्काऊ कोहीले उ पागलको घर उ माडसापको घर हो भनी होच्याऊ र कर्के नजरले भत्काऊ सकिन्छ पालैपालो लातबुटले नै मुसुक्काउदै भत्काऊ तोते बोली ,किताबका अक्षरसँगैसिक्दै गरेका ती अवोध बालकहरुलाई पनि समयसमयमा टिउसन पढाउदै सिकाऊ, अनि बिस्तारै भत्काउन र थुक्न लगाऊ अबाट अनार किन सिकाउने अबाट अलङ्कार सिकाऊ किनकि उ घरका ती कम्जोर भएका ती धुरी ,भित्ता छानो र जग भत्काऊ र गिराऊ होस्टेमा हैसे थपेर मज्जाले भोज भतेर गर्दै भत्काऊ उ भत्कि रहेको घर हो के छ पालै पालो भत्काऊ के जान्छ तिम्रो सके आफू नै भत्काऊ नसके आफ्न्त र छिमेकी लगाएर भए पनि भत्काऊ पैसाले ,पावरले आफू र आफ्ना मिलेर नै भत्काऊ किन उ डुकुको घर , साइकोको घर उ फाइदा नदिने घर उ एक्लो घर नअघि र नपछि कोही आहा !कति सजिलो छ भत्काउन सहर बसाइ ,जागिर पैसा गोजिमा सधैँ भएका उ त्यो पुरानो घर हाम्रो हो भन्न लाज मान्ने उ भत्कि रहेको पूरानो घर तातो दुध जस्तो निल्नु उकरल्नु भाको शब्द बाणले नै भत्काऊ हैन डोजर चलाएर नै भत्काऊ उ घत्कि रहेको घर के छ पालै पालो भल्काऊ के जान्छ तिम्रो सके आफू नै भत्काऊ नसके आफ्न्त र छिमेकी लगाएर भए पनि भत्काऊ तिमीहरु पनि भत्किने नै म पनि भत्किंदै छु ढिलो र चाँडो नै पो भत्किने तिमीहरु भत्किँदा हजारौं रुने होलान् उ घर भत्किदाँ कोही रुने नहोलान तिमीहरु पनी पाएर भत्कलाऊ उ घर पनी नदिने नै पाइ भत्कला आँखिर बस फरक यति त हो जाने तिमीहरु पनि जाने उ पनि उ भत्कि रहेको घरलाई होच्याएर भत्काएर तिमीहरुको उचाई बढ्छ भने.. अरु होच्याऊ..र भत्काऊ "अझै उठ्ने छ ! तिमीहरुका तीता निकृष्ट सोच मार्फत उ घरलाई होच्याऊ,र भत्काऊ धूलोमा किच तर पनि उ घर धुलोबाट नै उठ्ने छ कबाडी वा लाजको छाप्राबाट उठ्ने छ
पीडामा उभिएको बिगतबाट पुन निमार्ण भइ उठ्ने छ ।।।
उ भत्कि रहेको घरलाई होच्याएर भत्काएर तिमीहरुको उचाई बढ्छ भने.. अरु होच्याऊ..र भत्काऊ कृष्णपुर न,पा गुलरिया हाल भक्तपुर, नेपाल
0 Comments