जीवन र जगतलाई हेर्ने आ आफ्नै हेराईहरु हुन्छ , बुझ्ने क्षमता उ आफू जन्मेको ठाँऊ ,उसको परिबार तथा समुदायले प्रदान गरेको बाताबरण, र उसले प्राप्त गरेको ज्ञानले निर्धारण गर्दछ । म आफूले बोल्ने भाषा, बानि व्यबहार पनि मेरो आफ्नै समाज र देशको प्रतिनिधिन्व गरेको हुन्छ । नेपाली समाजको बारेमा बोल्नेहरुले भन्ने गरेको पाईन्छ नेपालमा भाइचार र धार्मिक रुममा पनि सहिस्णुता छ भनेर तर मलाई लाग्दैन, नेपालमा आज सम्म पनि कयौ जात जाती आज सम्म पनि मानवीय जीवन बिताउन असर्मथ छन् । बिभिन्न राजा महाराजाको कानुनि बोलबोलावाका कारण यि कैयो जातिहरु अझै सम्म पनि आफ्नो पहिचानलाई गुमनाम बनाउन बाध्य छन । ति गरिब तथा राज्यको मूलधारमा आउन नसकेका मानिसका बारेमा न कहिल्यै इतिहाँस लेखियो, न सञ्चारका साधनले प्राथमिकताका साथ प्रसारण तथा छाप्ने नै काम गरे । जनआन्दोलनको समयमा घरमै आन्दबसेका मानिस गोलि लाग्दा शहिद बने तर रास्ट्र र राष्ट्रियताका लागि आफ्नो ज्यान आभुति गर्न गोल्छे सार्किको नाम न इतिहाँसमा लेखियो न शहिद नै भनि पुकारियो । जातिको कारणले बाहुन भएको नाताले कैयौ बाहुनका टाउको राणाकालमा जोगिए भने , त्यही जातिका कारणले कैयौ दलितहरु अझै पनि ज्यान गुमाईरहेका छन ।
जातिका कारणले २०६९ सालमा घटेका घतनाहरु लाई एकचोति नियालौ । बागलुङमा अन्तरजातीय बिबाहलाई स्विकार्ने नभए पछि श्रवण श्रेष्ठ र अमृता बि.क. ले एउटै डोरीमा बाँधिएर भिरबाट हामफाली आत्महत्या गर्नुप¥यो । बाजुरा जिल्लामा कार्तिक ७ गते मालिका मन्दिरमा दशै पूजा गर्ने दूई बालक र ३ अबिभाबकलाई स्थानिय गैर दलितले कुटपिट गरि घाइते बनाएका थिए । धाडिङ्ग जिल्ला पिडा गाबिस ५मा असार महिना १९ गते अन्तर जाति बिबाहका कारण स्थानिय गैर दलितबाट कुटपिट तथा आक्रमण गर्ने काम भयो । चैत्र सात गते पनि अन्तरजातिय बिबाहकै कारण बाँकेको चप्परगौडीमा दलितले कुटपिट तथा आक्रमण सहनु प¥यो । साथै बिद्यालय र बजारमा समेत नाकाबन्धि गरि दलित नागरिकलाई अझै दुःख दिने काम गरियो । जसको कारणले केहि दलितहरु बिस्थापित सम्म हुने अवस्था आएको थियो । त्यस्तै कार्तिक तिन गते दैलेख जिल्लाको सल्लेरि गाबिसमा भीमबहादुर बि.क.लाई दैलो नागेको भनि हसिया प्रहार गरि घाइते बनाइयो । काभ्रेको धुलिखेलमा कारागारका बन्दि कुमार बि.क. को रहस्यमय मृत्यू भयो । पर्बत जिल्लामा पूर्वव्यबसाहिक शिक्षाको पाक शिक्षाको प्रयोगात्मक शिक्षणमा दलित बिद्यार्थीलाई सहभागी गराईएन । सल्यान र सिन्धुपाल्चोक जिल्लामा एस.एल.सि. परिक्षा दिन आएका दलित बिद्यार्थीले कसैले डेरा पाएनन र कोहीलाई पानी छोइएको निहुँमा हातपात र गालीबेइजति सहनु प¥यो । इन्सेकको प्रतिबेदन २०१२ अनुसार २०६९ पुस महिना सम्ममा १११ वटा जातिय छुवाछुतका घटना भएको जनाएको छ । त्यस अन्तरगत क्षेत्रगत रुपमा पूर्वाअञ्चलमा २१, मध्यमाञ्चलमा २६, पश्चिमाञ्चलमा १२, मध्यपश्चिमाअञ्चलमा २१ र सुदुर पश्चिमाअञ्चलमा ३१वटा जतिए बिभतका अमानबिय घटनाहरु भएका छन् ।
मिजारको लास अहिले सम्म पनि त्रि.वि शिक्षण अस्पतालमा कुहिएर बसेको छ । रुकुममा ६ जनाको ज्यानै जानेगरी नवराज लगाएत युवाहरुलाइ भेरी नदिमा कुटपिट गरेर बगाइयो । रुपा सुनार लगाए काठमाण्डौमा दर्जनौ युवहरुलाइ भाडामा बस्नो लागी कोठा नपाएको घटनाहरु दिन दिनै घटिरहेका छन ।
नेपालको दुर दराजमा बस्नेहरु, मिडियाको पहुच पुग्न नसक्ने तथा गैर दलितको दवाबमा बसेका सयौ जातीय छुवाछुत सम्बन्धि घटनाहरु बाहिर आउन नसकेको भनेर अनुमान लगाउन सकिन्छ । भएका घटनाहरु राज्यले गम्भिरताका साथ लिएको पनि छैन तथा पिडित दलितहरुलाई न्याए प्रदान गरि क्षतिपूर्ति सम्म पनि प्रदान गर्न सकेको छैन । यस कुराहरुबाट हामी के बुझ्न सकिन्छ भने नेपालमा बस्ने दलित नागरिकलाई न्याए प्रदान गर्न सकेको छैन । जातिय छुवाछुत सम्बन्धि ऐन २०६९ ले जातिय छुवाछुत गर्नलाई २५हजार देखि एक लाख सम्म साजाए गर्न भनि तोकिएको भएता पनि अझै सम्म पनि कारबाहि हुन सकेको छैन । दलित माथि हुने जुनसुकै अपराधको सजाए हुन नसक्दा पिडितहरु नारकिय जीवन बिताउन बाध्य छन भने, गैर दलित समुदायका ति अपराधिहरु खुलेआम दमन गरिहेका छन । यसो हुनुको कारण के हो भने, जिम्मेवारी व्यक्ति तथा निकायले दलित माथि बिभेदकारी व्यबहार गरेको कारण यो परिस्थिती बनेको छ । जातिय बिभेदको बारेमा सहयोग गर्नको लागि नागरिक समाज, राजनैतिक दल, मिडिया कर्मी, सबै जात जातिका मानिसको सक्रियता पूर्वक लाग्नु आवश्यक देखिन्छ । दलितका जुनसुकै घटनहरु राज्यले लडने व्यवस्था गरेको जसको कारण कैयौ केसहरु आएर पनि बिच बाटै मिलो मटोमा हराएर जाने गरेको अर्काे समस्या थपिएको छ । अब भन्नुहोस् दलितको लागि सहयोग गर्ने अख्तियार पाएकाहरु बाटै असहयोग भए पछि कसरि दलितहरुले न्याए पाउलान ? यो जान्नको लागि दलित जातिको इतिहाँको बारेमा जानकारी लिनु आवश्यक देखिन्छ ।
समाजका हरेक वस्तुहरु, श्रोत साधनहरुबाट तत्कालिन शुद्रहरुलाई अलग पार्दै सधैको लागी अन्धकारको दलदलमा फ्याक्ने काम मनुले गरेका थिए । शुद्रहरुलाई शहर भन्दा टाढा वस्नु पर्ने विहान घाम झुल्के पछि शहर भित्र प्रवेश गर्न नपाउने, ब्राहमणले शुद्र महिलासंग यौन सम्पर्क गरे जाती च्यूत मात्र हुने तर शुदहरुले ब्राहमण महिलासंग यौन सम्पर्क गरे लिङ्ग काटेर मुखमा हाली मृत्यूदण्ड दिने, शुदहरुले पठन पाठन गर्न नपाउने , शुदहरुले वेद पढे तातो झिरले जिव्रो काटिदिने , वेदका मन्त्र सुने लाहा पगालेर कानमा हालि दिने , ब्राहमण मारे माहापाप हुने सिधै मृत्यूदण्ड दिने, , ब्राहमणमार्नेलाई मारे धर्म हुने, शुद्रमारे सामान्य प्रायश्चित गरे मात्र पुग्ने, शुद्र जातीले गरगहना लगाउन नपाउने, ठुलो घर बनाउन नपाइने धातुका भांडा कुडा प्रयोग गर्न नपाउने, निजि सम्पती राख्न नपाउने राम्रा बस्त्र र आभुषण लगाउन नपाउने शुद्रको आफ्नो सम्पती नहुने ब्राहमणले चाहेको कुनै पनि बेला खोस्न सक्ने जस्ता विश्वास र परिकल्पनानै गर्न नसक्ने नियम कानुन मनुले समाजमा स्थापित गरेका थिए ।
वर्ण व्यस्थाको विकास र दलित जातिको अवस्थाः
प्रारम्भमा प्राचिन भारतीय आर्यसमाजमा कुनै पनि वर्ण व्यस्था थिएन । समाजलाई व्यस्थीत वनाउनका लागि पछि श्रमको विभाजन गर्ने सिलसिलामा कामका आधारमा वर्ण बिभाजन भएको थियो । त्यही वर्ण विभाजननै सम्रग हिन्दु समाजलाई कलंकित गर्ने जातिय छुवाछुत र भेदभावको कारक तत्व वनेको इतिहास प्राचिन वैदिक ग्रन्थहरुको अध्यनवाट प्रस्ट हुन्छ । प्राचिन वैदिक ग्रन्थहरुको अध्यन गर्दा ऋग्वेदको दशौ अध्याय भन्दा अगाडी कही कतै वर्णश्रम व्यस्थाको व्याख्या नगरेकाले वैदिक युगको अन्ततिर आएर भारतीय आर्यसमाजमा कामका आधारमा वर्णको वर्गिकरण भएको प्रस्ट हुन्छछ । जस्तो ऋग्वेदको दशौ अध्यायमा उल्लेखित ब्रम्हाका मुखवाट व्राहमण, हातवाट श्रत्रिय तिध्रा वाट वैश्य र पैतालावाट शुद्धको जन्म भएको व्याख्या गर्दछ । वास्तवमा तत्कालिन राज्य र समाज संचालनका लागि विकास गरिएको त्यो प्राम्भिक अभ्यासमा कही कतै अश्पृश्यता, छुवाछुत, भेदभावको गन्ध पाइदैन । राज्य, समाज र जिवनलाई सुचारु चलाउन शुरु गरिएको त्यो व्यवस्थामा शिक्षण, अध्यापन, ज्ञान आर्जन र प्रदान गर्ने पेशालाई व्राहम्ण, सेना, प्रहरी, सुरक्षा अंग र युद्ध संग सम्वन्धीत पेशालाई श्रत्रिय, बन्द, व्यापार, कृर्षिको काम गर्ने पेशालाई वैश्य र सेवा मुलक काम गर्नहरुलाई शुद्धका रुपमा प्रारम्भमा विभाजन गरिएको थियो । शुरुका वैदिक प्रमाणहरुलाई नै हेर्ने हो भने पनि व्यतिmले आफ्नो इच्छा अनुसार र क्षमता अनुसार पेशा अपनाउन सक्ने व्याख्या गरिएको पाइन्छ । एउटै व्यतिm काम अनुसार फरक–फरक वर्णमा परेको प्रमाणहरु पनि पाइन्छ । एउटै परिवार भित्रपनि व्यतिmको पेशा अनुसार फरक–फरक वर्ण भएको पनि पाइन्छ । ऋग्वेदमा रहेको एउटा श्लोकले भन्छ – म पठने काम गर्छु त्यसैले म व्राहमण हो । मेरो बुवा आयुरवेद र औषधिको ज्ञान राख्नुहुन्छ त्यसैले वहा“ वैश्य हो । मेरी आमा हातले पिठो कुटनुहुन्छ त्यसैले वहा“ शुद्र हो । जसरी एउटा गाइले आफनो आहाराको लागि टाढा टाढा सम्म जान्छ त्यसै गरी हामि पनि विभिन्न पेशा अपनाएर आफनो र परिवारको जिविको पार्जन गर्दछौ भनिएको छ । त्यसवाट पनि के प्रस्ट हुन्छ भने प्राचिन आर्य समाजमा बर्ण व्यास्था केवल समाजलाई सुचारु गर्न र संचालन गर्नका लागि गरिएको काम (पेशा) को वर्गिकरण मात्र थियो । त्यस वर्गिकरणमा छुवाछुत, अश्प्रश्यता, भेदभाव, वहिस्कार जस्ता कुरिती र कुसंस्कारहरु थिएन । समाजलाई सुचारु चलाउन जव प्राचिन आर्य समाजमा कामका आधारमा वर्णको वर्गिकरण भयो तव मानिसहरुले जिविको पार्जनका लागी विभिन्न पेशाहरु अपनाउन थाले । बिस्तारै उनिहरुले अपनाएको पेशा पनि उनिहरुको सन्तान दरसन्तान हुदै वंशानुगत रुपमा विकसित हुदै आयो । फलत त्यहि विकासनै उनिहरुको जातिय पहिचान वन्न पुग्यो । सयौ वर्षको त्यो सामाजिक निरन्तरता पछाडी समाजमा पेसाका आधारमा जातिय वर्गिकरण हुन थाल्यो । अब आएर एउटा जातिले अपनाएको पेशा अर्कोले नअपनाउने एउटा जातिको मानिससंग अर्को जातिको मानिसले धुलमिल राख्न नमान्ने हुन थाल्यो । एकातिर समाज यसरी गलत बाटो तर्फ हिडिरहेको थियो भने अर्को तर्फ तत्कालिन वर्ण ब्यवस्थाले प्रचुररुपमा फाईदा दिईरहेका वर्ण समुदायहरु वर्ण ब्यवस्थालाई अझ कठोर तरिकाले समाजमा लागु गर्दै वर्णको आधारमा आफुहरुले प्राप्त गदै आएको उच्चता, सामाजिक स्तर, श्रोत साधनमा पहुच जस्ता कुराहरुलाई आफु पछाडी आफ्ना सन्तानहरुमा पनि सुनिश्चित गराउन चाहान्थे । उनिहरु वर्णका कारणले नै आफुहरुले प्राप्त गदै आएको मानसम्मान सेवा सुबिधा अरु वर्गका मानिसहरुले नखोसुन भनेर विस्तारै जात, वर्ण, जन्मका आधारमा हुन्छ , कर्मको आधारमा होइन भन्ने मान्यतालाई समाजमा स्थापित गदै गए । समाजमा आफ्नो श्रेष्ठतालाई कायम राख्न विस्तारै त्यहि अनुरुपनै नियम कानुनहरु बनाउदै तत्कालीन आर्यसमाजमा कडाईका साथ लागु गर्दै गए । एक वर्णले गरेको काम अर्को वर्णले गर्न नपाउने एउटा वर्णको मान्छे संग अर्को वर्णकोले सम्बन्ध राख्न नपाउने राखे देखि कडा भन्दा कडा दण्ड सजायको ब्यवस्था राखियो । त्यति मात्र होईन आफ्ना बिरुद्घमा तल्लो वर्णका मानिसहरु संगठित हुन नसकुन भनेर त्यहाँ भित्र पनि तह–तह, तप्का–तप्कामा विभाजित गरियो र त्यहि अनुसार कानुन बनाएर कठोरताका साथ समाजमा लागु गरियो । जसको सबै भन्दा शसक्तm उदाहरण मनस्मृती र मनुका सामाजिक नियम कानुनहरुलाई हेर्दा प्रष्ट हुन्छ । मनस्मृतीमा उल्लेखित नियम र कानुनहरुले पनि तत्कालिन समाज कति सम्म शामन्ती, वर्वर र कु्रर थियो भन्ने कुरा थाहा पाउन सकिन्छ । मनुका एकल सामन्ती ब्राहमणवादी सामाजिक नियम र कानुनहरु जवरजस्त तरिकाले हाम्रो समाजमा लादिएकै कारण अहिले झण्डै साठे तिन हजार वर्ष वितिसक्दा पनि सम्रग हिन्दु समाज त्यो गन्धकीबाट मुक्त हुन सकेको छैन । मनुले जिवन र जगतका भौतिक पदार्थहरु मात्र होइन जन्मनु भन्दा अगाडी र मृत्यू पछाडीका कपोकल्पीत कुराहरुलाई पनि चार भागमा विभाजित गदै समाजमा एक वर्णसंग अर्कौ वर्णले कहिल्यै अन्तर घुलन गर्न नसक्ने गरि विभेदका पर्खालहरु निर्माण गरेका थिए । समाजका हरेक वस्तुहरु, श्रोत साधनहरुबाट तत्कालिन शुद्रहरुलाई अलग पार्दै सधैको लागी अन्धकारको दलदलमा फ्याक्ने काम मनुले गरेका थिए । शुद्रहरुलाई शहर भन्दा टाढा वस्नु पर्ने विहान घाम झुल्के पछि शहर भित्र प्रवेश गर्न नपाउने, ब्राहमणले शुद्र महिलासंग यौन सम्पर्क गरे जाती च्यूत मात्र हुने तर शुदहरुले ब्राहमण महिलासंग यौन सम्पर्क गरे लिङ्ग काटेर मुखमा हाली मृत्यूदण्ड दिने, शुदहरुले पठन पाठन गर्न नपाउने , शुदहरुले वेद पढे तातो झिरले जिव्रो काटिदिने , वेदका मन्त्र सुने लाहा पगालेर कानमा हालि दिने , ब्राहमण मारे माहापाप हुने सिधै मृत्यूदण्ड दिने, , ब्राहमणमार्नेलाई मारे धर्म हुने, शुद्रमारे सामान्य प्रायश्चित गरे मात्र पुग्ने, शुद्र जातीले गरगहना लगाउन नपाउने, ठुलो घर बनाउन नपाइने धातुका भांडा कुडा प्रयोग गर्न नपाउने, निजि सम्पती राख्न नपाउने राम्रा बस्त्र र आभुषण लगाउन नपाउने शुद्रको आफ्नो सम्पती नहुने ब्राहमणले चाहेको कुनै पनि बेला खोस्न सक्ने जस्ता विश्वास र परिकल्पनानै गर्न नसक्ने नियम कानुन मनुले समाजमा स्थापित गरेका थिए । जसको परिणाम अहिले पनि नेपाल, भारत लगायत हिन्दु समाज रहेका सवै ठाउहरुमा करोडौको संख्यामा दलितहरु नारकिय जिवन जिउन वाध्य छन ।
नेपालमा अछुत जातिको इतिहाँसः
नेपालमा जातीय भेदभावको शुरुवात र्हेने हो भने विशेषत भारतीय उपमहादिपमा मुसलमानहरुको राज्य विस्तार संगै त्यहाँ बाट भागेर आएका खस–आर्य हिन्दुहरुको नेपाल प्रवेश संगसंगै नेपालमा जातीय छुवाछुत र जातीय भेदभाबको शुरुवात भएको पाईन्छ । किरात कालिन समयमा नेपालमा कुनै पनि प्रकारको जातीय छुवाछुत, भेदभाव र उच्च निच्चता नरहेको इतिहासहरुले प्रस्ट पार्छ । किरातहरुको पबित्र धर्म ग्रन्थ मन्धुमलाई हेर्ने हो भने पनि त्यहाँ वर्णाश्रम र जातीय व्यस्था उल्लेख गरेको पईदैन । किरात कालिन समयमा शिप जानके ा जो कोहिले पनि कपडा सिलाउने, फलामको काम गर्ने, छाला जुत्ताको काम गर्ने सुन चादीको काम गर्ने गरेको इतिहासकारहरुले प्रस्ट परेका छन । पछी आर्य हिन्दुहरुको जनसंख्या वृद्धी र विस्तार संगै राज्यहरुको विस्तार र प्रभाब बढ्दै गएपछि बिस्तारै बिस्तारै तिनीहरुले किरात समुदायभित्र ति काम गर्नेहरुलाई हेय्को दृष्टीले र्हेन थाले पछी किराती समुदायभित्र ति पेशा अपनाउनेहरुले बिस्तारै त्याग्दै गएको इतिहासबाट प्रष्ट हुन्छ । किरात पछाडीको लिच्छिबी कालिन समयमा नेपालमा वर्ण व्यबस्थाको एक किसिमको प्रारम्भिक आधार र्निमाण शुरु भैसकेको थियो । नेपालको बिषेशत कर्णाली, माहाकाली र सेती क्षेत्रमा भारतीय उपमाहद्धिपको कश्मिर , कुमाउ, गड्वाल , कंगरा र कुलु र्पवत श्रीङ्गखलाबाट ठुलो संख्यामा आएका खस आर्यहरुको ठुलो राज्य निर्माण भैसकेको थियो । उनीहरु संगै आएको हिन्दु सस्कृतिको प्रभावमा नेपालमा विस्तारै विस्तारै वर्णाश्रम व्यवस्था र जातीय छुवाछुतको विस्तार भएको पाइन्छ । जसको फलस्वरुप लिच्छिबी कालिन नेपालको अन्ततिर आइपुग्दा चार वर्ण अठार जातको विकास भएको र जसलाई तत्कालिन समयमा आष्टादश प्रकृति भन्ने गरिएको थियो ।
यसरी किरात कालमा नेपाल प्रवेश गरेको र लिच्छिबी कालिन समयमा प्रभाव पार्दै मल्लकालीन समयमा आइृपुग्दा वर्णाश्रम व्यवस्थाले समाजलाई नराम्ररी गाँजिसकेको प्रष्ट हुन्छ । जसलाई झन कठोर तरिकाले नेपाली समाजमा लागु गर्ने उदेश्यले बि. स. १३६० को समयमा काठमाडौँ उपत्यकामा राजा जयस्थिति मल्लले भारत र तराईबाट पाँच जाना ब्राह्मणहरु क्रितिनाथ उपाध्याय, रघुनाथ झा, रामनाथ झा, श्रीनाथ भट्ट, र महिनाथ भ्ट्ट बोलाएर तत्कालिन काठमाडौँको नेवार समाजलाई ४ वर्ण चौसठी जातमा विभाजन गर्दैै जात अनुसार काम र पेशाहरु निर्धारण गरी समाजमा कठोर तरिकाले लागु गर्द ै नेपाली समाजलाई अनन्त सम्म अन्धकारमा धकेलेका थिए । प्राचिन मनुका अमानबिय र क्रुर नियमहरुलाई पछ्याउदै जयस्थिति मल्लले नेपाली समाजलाई कहिले एक आपसमा घुलमिल गर्न नसक्ने गरि बिषतm परेका थिए । वस्त्र, आभुषण, घर, सम्पति, पेशा, शिक्षा लगायत सबै क्षेत्रमा तथाकथित मनुलाई पछ्याउदै जयस्थिति मल्लले तत्कालिन नेपाली समाजलाई अपाङ्ग बनाएका थिए । जयस्थिति मल्लका सामाजिक सुधारका नियमभित्र कसाइले बहुला बिनाको कपडा लगाउनु पर्ने, पोडेले टोपी, जुत्ता, लबेदा र सुनका गरगहना लगाउन नपाउने, कुलु जातिकाले जनावरको छाला काडेर बाँध बाँधनका सामग्री बनाउनै पर्ने, अरुको कपाल, द्राही काट्नै पर्ने, नकाटे १२० पना जरिमाना हुने, पोडे जातिकाले दौरा सुरुवाल, गरगहना लगाउन नपाउने, घाम उदाए पछी शहरभित्र प्रवेश गर्न नपाउने, ठुला जातिका मानिसहरुलाई छुन नपाउने, डोम जातिका महिलाहरुले जिविको पार्जनकलागी नाच्नै पर्ने, कुसुले जातिकाले खुला ठाउँमा बढार्नै पर्ने, कपाली जातिकाले जिबिको पार्जनका लागि ढोल बजाउनै पर्ने, कसाईले मानिसहरुको मृत्यु हुदा बाजा बजाउनु पर्ने, बाँच्नका लागी भैसी काट्नु पर्ने तर भैसीको दुध, दहि ठुला जातिकालाई बेच्न नपाउने, जस्ता बिश्वासै गर्न नसकिने क्रुर र अमानविय नियमहरु तत्कालिन समाजमा लागु गराएका थिए ।
न्याय नपाए गोर्खा जानु भन्ने उखानले प्रसिद्ध राजा राम शाहका न्यायमा जातै पिच्छे फरक फरक सजायको ब्यवस्था गरिएको थियो । राम शाहका न्यायमा कुनै चतुरिया भारद्धार, ब्राह्मण, सन्यासी, भट्टहरुलार्इ हत्याको आरोप लागे देशनिकाला हुन्थियो भने कुनै शुद्र जातिकाले त्यही अपराध गरे सिधै मृत्यु दण्ड दिईनथियो ।
काठमाडौँ उपत्यकामा जयस्थिति मल्लले लागु गरेका सामाजिक नियमहरुले समाजलाई विषातm पारिसकेको बेला झन्डै सत्रौ शताब्दीको शुरुमा गोर्खाका राजा राम शाहले तिनै जयस्थिति मल्ललाई पछ्याउदै गोर्खामा चार वर्ण छतीस जातमा समाजलाई बिभाजन गरेका थिए । न्याय नपाए गोर्खा जानु भन्ने उखानले प्रसिद्ध राजा राम शाहका न्यायमा जातै पिच्छे फरक फरक सजायको ब्यवस्था गरिएको थियो । राम शाहका न्यायमा कुनै चतुरिया भारद्धार, ब्राह्मण, सन्यासी, भट्टहरुलार्इ हत्याको आरोप लागे देशनिकाला हुन्थियो भने कुनै शुद्र जातिकाले त्यही अपराध गरे सिधै मृत्यु दण्ड दिईनथियो । यसरी मध्ययुगिन समयमा नेपाली समाजमा वर्ण व्यस्था र जातीय भेदभावलाई बिजारोपण गरि राज्यको स्तरबाट संस्थागत गर्ने काम १४औ शताब्दीमा काठमाडौँबाट राजा जयस्थिति मल्लले अनि सत्रौ शताब्दीमा र्गार्खाबाट राजा राम शाहले शुरुवात गरेका थिए । तिनै राम शाहका सन्तान पृथ्वी नारायण शाह गोर्खाको राजा भएपछी नेपाल एकिकरणको अभियान शुरुभएको थियो । नेपाल एकीकरणको अभियान संगै हिन्दु धर्म, आर्य सस्कृति र जातीय भेदभाब जस्ता कुराहरु पनि नेपालभरि विस्तार भएको थियो । त्यसलै े कतिपय इतिहासकारहरुले पृथ्वी नारायण शाहको समयलार्इ राज्य बिस्तारको समय मात्रै नभनेर विभेदकारी संस्कार र सस्कृतिको विस्तारको समय पनि भनेका छन । पृथ्वी नारायण शाहले राज्य बिस्तारको क्रममा विभिन्न गैर आर्य समुदाय तथा गैर हिन्दु समुदायहरुलाई पनि गाभ्दै गएका थिए । जसमा कर्णालीबाट खसहरु, गण्डकीबाट मगरहरु, बागमतीबाट नेवारहरु, कोशीबाट किरातहरुलाई सिंगो नेपाल एकीकरणको अभियानमा गाभ्दै आर्य सस्कृति, हिन्दु धर्म, जातीय विभेद र छुवाछुतलाई समाजमा लागु गर्दै लागेका थिए । आफुले जितेका राज्यहरुमा पृथ्वी नारायण शाहले मनपरेका लाई जात बढाउने र मन नपरेका लाई जात घटाउने सम्मका कु–कृत्यहरु गरेका थिए । १७७२ को युद्धमा मकवानपुरका राजा दिग्बन्धन सेन र उनको राज्यलाई विजय प्राप्त गरेपछी राजा र तिनका भाई भाईदारहरु लाई जेल, नेल र मृत्युदण्ड दिएका थिए भने तिनका स–साना बाल बच्चाहरुलाई तत्कालिक सार्की समुदायको जिम्मा लगाइदिएका थिए । तिनै राजा दिघ्बन्धन सेनका सन्तानहरु अहिले दलित समुदाय भित्रको मगराती सार्कीको थरले नेपाली समाजमा रहेका छन । त्यस्तै किर्तिपुरको आक्रमणको बेलामा तात्कालिक नेवार समुदायमा अछुत भनेर चिनिएको दुवान जतिहरुले रातिको समयमा किर्तिपुरबाट भागेर नुवाकोट जान सहयोग गरेका कारण उनीहरुलाई एक जात माथि बढाएर पुतवार जाति बनाएका थिए । पृथ्वी नारायण शाहको राज्य एकिकरणको अभियानमा उनको सेनामा ठुलो संख्यामा कामि, दमाई, सार्की र गाइने जस्ता दलित समुदायका मानिसहरुले सहयोग गरेका थिए । तथापी उनको पुरै जिबनकाल भर नेपाललाई असली हिन्दुस्थान भन्दै, चार वर्ण छत्तिस जातको फुलबारी भन्दै र समाजमा वर्ण बिभाजन गर्दै तथाकथित मनुवादी शामन्ती क–ुसस्कार र कुप्रथाहरुलाई जर्बजस्त तरिकाले नेपालभरि फैलाएका थिए । उनि पछिका उनका सन्तानहरुले पनि त्यही व्यवस्था लाई कडाईका साथ समाजमा लागु गर्दै गएका थिए । वि. स. १९०३ को कोतपर्व पछाडी राना प्रधानमन्त्री जंगबहादुर राना नेपाली राजनीतिमा शक्तिको रुपमा उदाएका थिए ।
नेपाली राजनीतिमा जंगबहादुर रानाको आगमन संगै नेपाल १०४ बर्षे निरंङ्गकुश राना शासनको अन्धकारमा डुबेको थियो । जंगबहादुर राना प्रधानमन्त्री भएको केहि समय पछी बि. स. १९१० मा नेपालको इतिहासमा पहिलो पल्ट लिखित संबिधान जारी भएको थियो । तर नेपालको इतिहासमा पहिलो पल्ट जारी भएको उतm मुलुकी ऐन १९१० ले हजारौ वर्ष देखि पिल्सिएका दलित समुदायहरुलाई राहत दिनुको सट्टा उल्टो मनु, जयस्थिति मल्ल र राम शाहका बिगतका पाईलाहरुलाई पछ्याउदै फेरी सयौ वर्ष नेपालका उत्पीडित समुदायहरुलाई माथि उठ्नै नसक्ने गरी अन्धकारको दलदलमा धकेलेका थिए । मुलुकी ऐन १९१० ले नेपाली समाजलाई तागाधारी, खस, मतवाली, पनि चल्ने (शुद्र , पनि नचल्ने (शुद्र )गरी पाँच भागमा विभाजित गरेको थियो । राई, लिम्बु, गुरुङ, मगर, लेप्चा, भोटे, शेर्पा, थकाली, राउटे, थारु, धिमाल र मेचे जातिहरुलाई मतवाली शुद्रको दर्जामा, मुस्लिम, तेली, कसाई, कुसुले, कुलु, मलेक्ष र चुनाराजति लाई अछुत तर छोइछिटो हाल्नु नर्पने, त्यस्तै दमाई, कामि, सार्की, पोडे, च्यामे, गाइने, बादी, मुसहरजस्ता जातजातिहरुलाई छोइछिटो हाल्नु पर्ने जात भन्दै बि. स. १९१०को मुलुकी ऐनले विभेद गरेको थियो । दलितहरुभित्र पनि फुटाउ र शासन गर भन्ने नीति अख्तियार गर्दै १९१० को मुलुकी ऐनले सबै भन्दा तल्लो जाति च्यामे, च्यामे भन्दा ठुलो पोडे, पोडे भन्दा ठुलो बादी त्यस्तै बादीले छोएको गाइनेले खान नहुने, गाइनेले छोएको दमाईहरुले खान नहुने, दमाई भन्दा माथि करारा जाति हुने, करारा भन्दा माथि कामी जाति हुने, कामी भन्दा माथि सार्की जाती हुने र ति सबै भन्दा माथि कुलु जातिहुने भनेर दलित दलितहरु बिचमा पनि तह तह तप्का तप्कामा विभाजित गर्दै आफ्ना बिरुद्धमा कहिले एकजुट हुन नसक्ने गरी बिभाजन गरेका थिए । मुलकी ऐन १९१० ले छोइछिटो हाल्नु पर्ने जातिकाले कथमकदाचित उच्चजातिकाहरुलाई छोएमा उच्च जातिकाहरुले अनिर्वाय रुपमा चोखिनु पर्ने हुन्थियो । यदी कसैले नचोखिए दण्ड जरिवानाको ब्यवस्था मुलुकी ऐनमा गरिएका कारण प्रगतिशील विचार राख्ने उच्च जातिका मानिसहरुलाई पनि हतोत्साहित गरिएको थियो । एकातिर मुलुकभित्र यस्तो कठोर र जंगली कानुन बनाएर जंगबहादुरले लागु गरेका थिए भने अर्काे तर्फ आफु झापा सवारी भएको बेलामा आफैले बनाएको कानुन मिच्दै मेचे जातीकी एक सुन्दर युवतीलाई चौधरी जातमा बढुवा गर्दै र उनको परिवार लाई ३२ बिघा जमिन दिएर बिबाह गरेका थिए । यसरी आफ्नो मनमौजी तरिकाले गरिब र निमुखा उत्पीडित समुदायहरुलाई सबै राना शासकहरुले समाजको सबै भन्दा पिंधमा खसाल्दै शोसन गरेका थिए ।
बि.स.२००७ मा जहाँनिया राना शासनको अन्त गर्दै मुलुकमा प्रजातन्त्र प्राप्ति भएको थियो । तर त्यो उपलब्धी पनि नेपाली दलित समुदायहरुका लागि काग लाई वेल पाक्यो हर्ष न बिस्मत भने जस्तै भयो । त्यत्रो जनआन्दोलनबाट स्थापित भएको प्रजातान्त्रिक ब्यवस्था मुलुकले पाउदा पनि दलितहरु माथि भएको विभेद, छुवाछुत, आर्थिक विपन्नता र भेदभावको सम्बोधन हुन सकेन बरु त्यसको ठिक उल्टो बि पी कोइराला जस्ता नेता प्रधानमन्त्री र कृष्ण प्रसाद भट्टराई जस्ता नेता सभामुख हुदा तत्कालिन संसदीय व्यवस्था मन्त्री धर्मरत्न यमीले संसदमा पेस गर्नु भएको जातीय विभेद र छुवाछुत सम्बन्धी कानुनी उपचार सहितको बिध्येकलाई तत्कालिन सभामुख कृष्ण प्रसाद भट्टराईले बिषयगत र तथ्यगत नभएको भन्दै फिर्ता पठाईदिएका थिए । बि. स. २०१७ सालमा राजा महेन्द्रले सम्पूर्ण शतिm आफ्नो हातमा लिदै जनताको राजनैतिक स्वतन्त्रता लाई बन्देज गरेका थिए । त्यसपछी नेपाल झन्डै ३० बर्षे निरङ्गकुश पंचायती शासनमा चलेको थियो । यो ३० बर्षको अबधिमा राजनैतिक स्वतन्त्रतालाई गुमाउदै र निरङ्गकुश शासनको सिमित परिधि भित्रै आफुलाई सिमित बनाउदै भएपनि नेपाली दलित समुदायहरुले राजनैतिक रुपमा र संबैधानिक रुपमा केहि सुधारको महसुस गर्न पाएका थिए ।
बि. स. २०२० को संबिधानले जातीय छुवाछुतलाई र भेदभावलाई सम्बोधन पनि गर्याे तर त्यसको लगत्तै जारी भएको नयाँ मुलुकी ऐनले परम्परा देखि चली आएको चालचलन, सस्कृति र परम्परामा त्यो कुरा लागु नहुने भन्दै बर्षाै देखि त्यहि संस्कार, परम्परा, सस्कृति र धर्मको आडमा दमित भएर बसेका लाखौ लाख उत्पीडित समुदायहरु लाई खिल्ली उडाउने काम गर्यो । पंचायतीकालमै धनमान सिंह परियार, हर कुमार सिंह परियार, हिरालाल बि. क., टि. आर. विश्वकर्मा, टेक बहादुर विश्वकर्मा राष्ट्रिय पंचायत सदस्यमा मनोनित पनि भएका थिए । पंचायतीकालमै हिरालाल विश्वकर्मा राज्य मन्त्री सम्म हुने मौका पनि पाएका थिए । तर ति सब उपलब्धीहरु दलितहरुको उत्पीडनबाट दिशानिर्देश हुदै परिर्बतनका पक्षमा शासकहरुले देखाएको सुझवुझ नभई भारतमा महान दलित नेता डा. भिम राबजी अम्बेडकरको नेतृत्वमा सारा भारत भरि बिसालिदै गएको दलित आन्दोलनको प्रभाव नेपाली दलितहरुमा नपरोस भन्नका लागि तत्कालिक शासकहरुको चलाखी मात्रै भएको प्रस्ट हुन्छ ।
२०४६सालको जनआन्दोलन पछि मुलुकले पुनप्रजातन्त्र प्राप्त गरेको थियो । प्रजातन्त्रको स्थापना पछि बनेको संविधानले पहिलो चोटि जातिय भेदभाव र छुवाछुतलाई कानुनिरुपमा दण्डनिय वनाउदै जातका आधारमा कुनैपनि व्यातिmलाई भेदभाव गर्न नपाईने भनियो । त्यसको लगतै जारि भएको मुलकी ऐनले सार्वजानिक स्थानमा र सार्वजानिक सम्पति प्रयोग गर्न जातका आधारमा कसैमाथि भेदभाव गर्न नपाईने र यदि कसैले यस्तो कार्य गरेमा एक वर्ष सम्म जेल वा ३००० हजार जरिमाना वा दुवै सजाय हुनसक्ने भनियो तर त्यसको व्याख्यामा मन्दिर, धार्मिक कृयाकलाप र सस्कृतीको रुपमा परम्परादेखि चलिआएको रिति रिवाजका सवालमा भेदभाव गरेको नठहरीने भन्दै सदियै देखि पिल्सिएका चालिसै लाख दलितहरुको भावना माथि पुन एक चोटि खिल्ली उडाउने काम गरियो । २०४६ सालपछि आमदलितहरुले राजनैतिक र संगठनिक स्वतनत्रता प्राप्त गरे पनि सामाजिक रुपान्तरण, राजनैतिक प्रतिनिधित्व, समावेशीकरणका क्षेत्रमा खासै प्रगती प्राप्त गर्न सकेनन । कुल जनसंख्याको झण्डै विस प्रतिसत जनसंख्या बोकेको दलित समुदाय २०५ सदस्य प्रतिनिधि सभामा जनसंख्याको आधारमा ४१ जना प्रतिनिधि हुनपर्न ै ठाउमा २०४८ सालमा नेपाली कागे्रसका कृष्णसिह परियार एकजाना प्रतिनिधिसभामा पुगेका थिए भने त्यस पछिका दुई वटा निर्वाचनमा दलितहरुको संख्या शुन्य रहेको थियो । प्रजातन्त्र प्राप्तपछिको पहिलो दशवर्षसम्म पनि नेपालका प्राय सवै राजनितिक दलहको केन्द्रिय कमिटीमा एक जाना पनि दलित पुग्न नसक्नलु े पनि दलितहरुका सवालमा त्यो परिवर्तनले खासै अर्थ नराखेको प्रष्ट हन्छ । जसको प्रत्यक्ष लाभ २०५२ साल देखिशुरु भएको माओवादि शसस्त्रयुद्धले उठाउदै हजारैको संख्यामा ग्रामिन दलित युवा युवतीहरुलाई जनसेनामा भर्ना गरेर राज्यसताका विरुद्ध उतार्न सफल भएको थियो ।
२०६१÷६२ को दोस्रो जनआन्दोलन पछि प्राप्त लोकतन्त्रले दलितहरु माथि भएको उत्पीडनको सम्वोधन गदै नेपाललाई छुवाछुत मुतm र धर्म निरपेक्ष राष्ट्र घोषणा गर्दै संविधान सभाको माध्यमवाट समावेशी, समतामुलक, र विभेदरहित संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको खाका कोरिरहेको छ । समयले यति धेरै कोल्टे फेरि सकेर पनि, अढाई सय वर्ष पुरानो राजसंस्था जरै देखि उखेलेर फ्याकिसकिएको भए पनि, परम्परागत हिन्दु अधिराज्य नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल र धर्म निरपेक्ष राष्ट्र नेपालले विस्थापित गरिसकेको भए पनि यि सवै परिवर्तनहरुले नेपालका चालिसौ लाख उत्पीडित दलित समुदायहरुलाई अहिले सम्म पनि वास्तविक राहत दिन सकेको छैन । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ अनुसार यदि कुने दलितमाथि अन्याए गर्ने माथि एक हजार देखि एक लाख सम्म साजाए गर्ने व्यवस्था गरेको छ तर कुनै पनि कानुन लागूहुन सकेको छैन । सामाजिक रुपमा हजारै वर्ष सम्म राज्यले र समाजले पाखा लगाएकै कारण अहिले पनि नेपालका दलितहरु सामाजिक, आर्थिक, धार्मिक, सास्कृतिक र राजनैतिक गरी सवै प्रकारका शोषण र उत्पीडन्बाट थिचिएका छन । मुलुकले यति ठूलो परिवर्तन हासिल गरिसक्दा पनि दिनहु पानी, धारा छोइएको निहूुमा कुटिनु , दलित भएकै कारण समाजबाट बहिस्कृत हुनु, अपमानित हुनु ,शिक्षा बाट वन्चित हुनु , चरम गरिबीमा जिवन विताउनु , मरेका सिनो फ्याकन लगाउनु , कठोर शारीरिक श्रम गर्न लगाईनु , वोक्सीको आरोप लगाएर दलित महिला तथा वृद्धहरुलाई मलमुत्र ख्वाईनु गाउ निकाला गरिनु , मन्दिर तथा धार्मिक कृयाकलापमा दलितहरुलाई बन्देज लगाईनु , दलितहरु संगको प्रेम तथा विवाह लाई अस्वीकार गर्नु , अन्तरजातीय विवाह गर्ने जोडिलाई शारिरीक र मानसिक यातना दिनु र हत्या सम्म गराइनु दलितका लागि नियतिनै बनिसकेको छ । यि र यस्तै दलितहरुमाथि हुने दानविय व्यावहारहरुका कारण अहिले सम्म हामिले प्राप्त गरेका सबै उपल्वधीहरु अर्थहिन र महत्वहीन भैसकेका छन । हामिले प्राप्त गरेको लोकतन्त्र र स्वतन्त्रताले त्यती वेला सम्म सार्थकता पाउन सक्दैन जति वेला सम्म हाम्रो समाजमा रहेको यस्ता कुरितीहरुलाई जरै बाट उखेलेर फ्याँक्न सकिदैन ।
कुन समूह बिचमा छुवाछुट कायम छ ?
हामीले समाजमा भएका बिभिन्न जातिय असमानतालाई बिभेदको आँखाले केलाउनु हुदैन । हामीले दलित र गैर दलित बिचको छुवाछुटलाई मात्र छुवाछुत भनेर केलाउने गदछौ यो त्यति उपयुक्त हुदैन । जसमाजमा बिभिन्न किसिमका जातिय बिभेदलाई नियाल्न सकिन्छ त्यसलाई यसरी बर्गीकरण गर्न सकिन्छ ।
क. दलित दलित बिचको छुवाछुत – दलितका बिभिन्न जाति बिच हुने छुवाछुट ।)
ख. दलित र गैर दलित बिचको छुवाछुत,( दलित तथा माथील्लो जात बिच हुने छुवाछुट ।)
ग. गैर दलित गैरदलित बिचमा छुवाछुत – बाहुन का बिभिन्न समूह तथा बाहुन क्षेत्री तथा बिभिन्न जनजाति समूह बिचमा हुने छुवाछुत ।)
हामीलाई दलित जातिको विकाश र अधिकार प्रदान गर्न बाटोमा लाग्नको लागि आवश्यक ज्ञानको जरुरी छ, जसले गर्दा अब हुने दलित आन्दोलन हरुमा हामी जस्ता युवाहरुलाई पनि हुमिनको लागि जिम्मेवारीको महशुस होस । हामी जस्ता युवाहरुले यो जिम्मेवारी पुरा गर्नको लागि हातमा हात मिलाएर अगाडी बढनु पर्ने आवश्यक छ । ,जातिय छुवाछुत सम्बन्धि समस्या दलितको मात्र नभएर सम्पूर्ण नेपालीहरुको हो । छुवाछुत आन्दोलन दलित र भनिने माथिल्लो जातिको मात्र होइन यो, माथिल्लो जाति भित्र हुने , महिला पुरुष बिचम हुने, तथा जातको आधारमा,कर्मको आधारमा गरिने गलत व्यबहार मात्र हो । जुन कुरा हामी बुझ्न नसक्दा आज पनि अबिकशित तथा असफल रास्ट्रको विल्ला भिरेर बाच्नु परेको छ । नेपालमा अझै पनि मानब भएर पनि नारकिय व्यबहार सहेर बाच्नु परेको छ । ति नारकिय जिवन बिताउने सबै नेपाली एउटै नेपालीआमाका सन्तान हुन, कसैलाई काखा कसैलाई पाखा गरेर हामी नेपाली बिचको भाइचार र आत्मियतालाई खलबलाउने प्रयास कसैबाट पनि नहोस् । हामिले प्राप्त गरेको लोकतन्त्र र स्वतन्त्रताले त्यती वेला स
म्म सार्थकता पाउन सक्दैन जति वेला सम्म हाम्रो समाजमा रहेको यस्ता कुरितीहरुलाई जरै बाट उखेलेर फ्याँक्न सकिदैन ।
म्म सार्थकता पाउन सक्दैन जति वेला सम्म हाम्रो समाजमा रहेको यस्ता कुरितीहरुलाई जरै बाट उखेलेर फ्याँक्न सकिदैन ।
धन्यबाद ।
धन बहादुर बि.क.
भकिम्ली १, मुसुङ्ग, म्याग्दी नेपाल
2068/
0 Comments