Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

New story आँसुमा दुबेको जीवन BY Dhan Bishowkarma

Dhan Bishowkarma

काठमाण्डौमा बस्दाको समय बिभिन्न नयाँ अनुभव गर्र्न पाइयो जीवनमा । मानिसका भिड भित्रका अनेकौ नयाँ बिचार तथा नयाँ सँस्कार पनि । कुनै बेला बैसको हुरीेले भक्तपुर पु¥याउछ, कुनैबेला नगरकोट । मनमा पाप नभएको म बेला बखतमा यहाँ बस्ने मानिसहरु बाट सजिलै फाइदाको सिकार बनेको हुन्थे । गाउँबाट झरको म गाउँले देख्ने बित्तिकै मन पलाएर आउथ्यो । मानवताको नाताले पशुपति, रत्नपार्कको वरिपरि बस्ने दूई हात थापेर जीवन चलाउनेको लागि खल्तिमा भएको दूई कौदि पनि नदिएका होइनन ।  यसरी युद्धमा हुमिय झै बिभिन्न समस्याका बावजुत बाँचिरहको थिए म ।  आज म दाई सँग हामफाल्दै राहदानि बनाउनको लागि परराष्ट्र मन्त्रालय पुगे । मानिसहरु लाइन का लाइन राहदानि बनाउन आएका रहेछन । त्यहाँका मानिसहरुलाई देख्दा आफूलाई निराशा लाग्यो । दाई फर्म भर्नको लागि लाइनमा बस्नु भयो म अलिक घुम्ने मौका पाए । तराई हिमाल पहाड सबैतिरबाट आएका मानिसहरु देख्न पाइन्थ्यो ।  साना कलिला केटाहरु देखि टाउकाका रौ सेताम्य भएका मानिसहरु देख्न पाइन्थ्यो । बिचरा पढ्ने लेख्ने, खाम लाम भएको उमेरमा बिदेशको सुनौलो सपना देखेर आइरहेका छन । बिचाराका जीवन कसरी बाँचिरहेका छन होला, बिदेशका ति कठोज अनुशासन र काममा । कैयो चेलीहरु प्नि एक लर्काे लाइन देख्न पाइन्थ्यो । उनिहरु आफ्ना बच्चालाई लिएर त्यहाँ आएका देखिन्थे ।
    मैले सेतो कमिजको खल्तिमा एक कालो पेन राखेको थिए, यै पेन बोल्ने बहाना बन्यो । करिब बाइस्, चौबिस जस्ता देखिने युवती मेरो अगाडि  आइन् ।  सुस्मा बताउने उनि बिदेश जानको लागि राहदानि बनाउन आएकि रहिछिन् । बोल्नको बहान बनेपछि म पनि जीवनका बिबिध पक्षका बारेका भलाकुरारी गर्ने अवसर पाए । मोटो अनुहारमा मोति झै चम्केका नयान, आखाँमा छोटा परेली निहत्था छितो छितो भिम्किन्थे । म केहि बेर उनको आँखा भिम्काइमा भुलेर बसेछु । झन्दै एक घण्टा पूर्वको गाउँ घरको बारेमा जानकारी लिने प्रयास गरे । म पश्चिमको भएकोले पूर्वको बारेमा जान्न पाउदा निकै रमाइलो भयो । त्यहाँको रहन सहन चाल चलनको बारेका जान्न पाउदा । त्यहाँको समुदायका सबै युवा युविती सबै बिदेशिदा त्यहाँको बालबालिका र बुढा बुढीहरु सहरा बिहिन जीवन बिताई रहेका रहेछन । ति बालबालीका खुशिले न्यानो आमा बुबाको काखमा रमाउने बेला बुदेशकाल लागेको हजुरबा ,हजुरआमा स्याहारमा बाच्नु पर्ने, बिचरी नारिहरु बिदेशको ठाउँमा नारकिय जीवन बिताएका सुन्नु पर्ने । जे होस् मोबाइल नम्वर साता सात गरेर बिदा भयौ ।
     बेला बखत फोनमा कुराकानी भैराखेको हुन्थ्यो । म पश्चिमका रहन सहनको बारेका कुरा गर्दथे सुस्माले पूर्वका बारेमा जानकारी दिइराखेकी हुन्थिन । हुनत मेरो उनि सँग कुनै रगतको नाता थिएन, तर भावनाहरु एक आपसमा मेल खान्थे । म बेला बेला मा बेचैन हुन्थे । बिचरी पढने लेख्ने बेलामा बिदेश जानको लागि तम्सिएकी छिन, रहरले त पक्का पनि होइन होला, परिवारमा  आर्थिक जोखो राम्रो हुन नसकेको कारणले होला, म मात्र म अनुमान लगाउन सक्थे । म आफूलाई पनि निरासा हुन्थ्यो किनकि यतिका पैसा मेहनत खर्च गरेर पढे फेरि म पनि बिदेशको ठाउँमा तातो घाममा पसिना बगाएर दूई कौदिको लागि ज्यान फाल्ने त होइन । म जस्ता हजारौ लाखौ युवाहरु दुई कोैदिको लागि बिदेशी भूमिमा रगत पसिना बगाइ रहेका छन । कैयौ बुबा आमा छोराहरु बिदेशबाट घरमा फर्कलान र खुशि सँग बस्ने सपना देखेका, काठको बाकसमा आफ्ना छोरा छोरीको लास आउदा कहिल्यै नबिउझने गरेर मुर्छा पर्छन । यो बिदेशले कसैको परिवारमा शुख  सम्पनता लिएको छ भने कतिका परिवारमा बुबा आमाका काख रित्तिएकाछन, सिन्धुर पुछिएका छन, सहरा गुमेका छन, नाबालकमै टुहुरो हुनुपरेको छ, सुखि परिवार पनि  अध्यारो नियति व्यहोर्नु परेको छ ।
    आज म बिहानै देखि अलिक व्यस्त थिए । आज म सुस्मालाई भेत्नको लागि तयार गर्दै थिए । मलाई सुन्धाराको पार्कमा बोलाएकी थिइन । उनि भोलीनै कुबेत कामको लागि उडदै थिइन । म ठिक एक बजे सुन्धारा ओर्र्लिए सुस्मा पनि आएर आकाशे पुलमा पखेर बसेकी थिइन । उमेरले बाँइस चौबिस बर्षको, गालामा यौवनको लाली रंगिएको थियो । हातमा मनिव्याक र एक रुमाल थियो, सिउदो कारेर कोरेको कपाल, बेलाबेलामा टाउको हल्लाएर मिलाउने गदर्थिन । मैले “सन्चै”भनेको प्रश्नमा उनको उत्तर थियो, “ अझै सम्म जसो तसो बाँचिएको छ” भन्ने उत्तर पाए । अन्यासै हाम्रा हातहरु एक आपसमा जोडिए कूनै संकोच बिना नै । हामी दूबै धरहराको बगैचामा गएर बस्यौ । खाजा खाने कुरा गर्दा मैले सुस्मालाई खाजा छनौट जिम्मा दिए । सुस्मा पनि मैलै जे अर्डर गरे पनि खाने भनि तारिन । म दुबैको लागि हातमा मःमः र एक बोटल पानि लिएर आए । दुवै कुराकानि गर्दै खाजा खान तर्फ लाग्यौ, आफ्नो भागका मःमः मेरो भागमा राख्दै म भर्खर खान खाएर खाएको भनिन, म  पनि भो भो भन्दै खाईरहे ।
    “तिम्रो कपदा सबै मिलेको छ तर एउता कुराको कमि देखे ”, मेरो यो प्रश्नको उत्तरमा उनले भनिन, “मलाई रातो टिका मन पर्दैन ।”“किन?”
“मन पर्दैन ,भने पछि मन पर्दैन” ,
“तिजमा कहिल्यै सारी लाउदैनौ ?”
“अह !”
“किन ? अँ मलाई थाहा भयो, म अलिक घुमाउरो पारामा बोल्ने प्रयास गरे । ”
“के भन्नु,”
“हरियो मन पर्छ होला नि,”
“किन ? ”
“किनकी  हरियो लाए त हरियो घाँसमा पल्टेको भैसि जस्ति देखिन्छौ होला नि ।”
“तपाई ले भने पनि मेलाई रातो मन नपर्नुको कारण फरक छ ।”
 लामो स्वास फेर्दै पारि भित्ता तिर हेरेर बसिन । अनुहारमा देखिएको खुशि पन एक्कासि एका एक अनुहारको बेचैनिमा आएर टुगियो । भन्न नसकेका पिदाहरु आँखाबाट झरेका  आँसुले बर्णन गरेका थिए । आँखाले कारण भनेका थिएन तर मन भित्रको पिदा लाई आँसुका बाध्ययम भएर  बाहिर ल्यायो । मेरा मनको बाड पनि खडिएर रहन सकेनन । बादी भएर पोखिए निका बेर । मनलाई अलिक बलियो बनाएर भने “मलाई क्षमा  दिनुहोला मैले हजुरको चित्त दुखाए ।”
“मेरो यी कुरा तपाईले पनि जान्नु पर्ने थियो । ”
“तपाईले सुनाउन मिल्छ भने मलाई पनि सुनाउनु,”
“मलाई पनि तपाइहरु जस्तै धेरै पढन पन थिए, तर के गर्ने कर्मले मलाई ठग्यो । म उन्नइस बर्ष पुग्दा नपुग्दै बुबाआमाले झापामा बिहे गरेर पठाउनु भयो । दुई बर्ष त निकै रमाइलो सँगै बित्यो ।त्यति बेला हाम्रो परिवारमा एउटा छोराको जम्म भैसकेको थियो । हाम्रो परिवार निकै खुशि थियो ।  तर एक दिन मेरो हजुर बिरामी भएर घरमै थला पर्नु भयो । हतार हतार अस्पताल लग्यौ उहाँको मृगौला फेल भैसकेको रहेछ । औषधि उपचार गर्न थालियो, घरमा भएको सबै पैसा सकियो, मैले माइतिबाट लिएको गहना पनि बेचेर उपचार गरियो । मृगौला फेर्नको लागि लाखौ लाग्ने भयो । हामी सँग अब पैसा लिने स्रोत कहि  कतै थिएन । महिनमा दशौ बिसौ हजार कहाँ बाट जम्मा गरेर उपचार गर्ने । अव मेरो अगाडी मेरो हजुरलाई मरिरहेको हेर्न बाहेक अरु कुनै बिकल्प थिएन । दिन दिनै परिवारमा रुवाबासि मात्र सुन्नु बाहेक अरु केही गर्ने क्षमता थिएन । घरको कमाउने मान्छेनै थला परे पछि गाउँका कसैले पनि कर्जा दिएन, त्यसैले मानिसहरु भन्दा रहेछन् , मान्छेहरु बलेका आगो मात्र ताप्छन् भनेर । बिचैमा बोल्दा बोल्दै हुक्का छोडेर रुदै थप्दै गइन । म बिदेश गएर श्रिमानको उपचार गरेर ज्यान बचाउने निधो गरे । माइतमा दाईलाई कर्जा मागेर म साउडी उडे । घरमा आज हो कि भोली हो दिन गन्दै गरेको श्रिमान, एक बर्षको बच्चालाई छोडेर हिडदा आफै मरे जस्तै बनेकी थिए । तर पनि मनको कुनै कुनामा आशाको दियो भने निभेको थिएन । त्यो ठाउमा श्रिमानलाई बचाउनको लागि जस्तो सुकै काम पनि गरे, सुरुमा म यि निज काम गर्दैन भनेकी थिए यस्तै गरेर झन्दै दश दिन बित्यो  तर मालिकले गालै गालामा थप्पड हान्थ्यो । हुनत म शरिरको सबै कपडा खोलेर अपरिचत मान्छेलाई सुम्पनु जस्तो नारकिय के काम हुन सक्छ र , हामी घर छोडेर हिडेका नेपाली जसले जे भन्यो त्यही नगर्न सक्क कसरी पैसा जम्मा गर्न सक्छौ र । त्यहाँ जस्ता सुकै मान्छे पनि उनिहरुलाई आफ्नो ज्यान सुम्पनु पर्दथ्यो, कोही दयालु हुन्थे कोहि रक्सिले माटेर आउथे, रण्डी यसो गर उसो गर भन्दथे । भनेको मानेन भने राति मालीकले बेस्सरी कुत्थ्यो । ”
    यस्तै भन्दै  उनले आफ्नो शरिरमा भएका दातका छापहरु देखाइन । उनको शरिरमा बाघले झै चिठोरेका कैयौ घाउका खाता थिए । यस्तो देख्दा मेरो मन छिया छिया पारेर झै भयो । सुस्माको आखाँमा आसु सुकेको थियो तर मन भने पिदाले बगिरहेको थियो । “एक दिन त म यस्ता पनि भोगे, ग्यास प्लानमा काम गर्ने केटाहरु आए, उनिहरु मसँगै स्कुल पढेका साथीहरु थिए । त्यति बेला कस्तो स्थिति भयो होला ? तपाई सोच्न सक्नुहुन्छ ? त्यति बेला मैले उनिहरुका आँखामा हेर्न पनि सकिन । उफ.........”
    “सात दिनको मिन्स पिरियड बाहेक हरेक दिन केयौ पटक मरेर बाँचे । न पेट भरि समयमा खान पाए, न न्याने बिस्तरमै आनन्दले सुत्न पाए । चियाको तल तल भएको बेला मलाई कसैले ल एक कप चिया पिउ भनेर भनेन कसैले । मेरो लागि आत्म मरेको त्यो काल कोठरी ठाउका कसले माया गरोस्। मया गर्ने मान्छे जीवन र मरणको लडाइमा हुमिएको छ, हार त आवश्य हुन्न कहिले हार हुन्थ भन्ने थाहा छैन । नारीका रसमा रमाउन आएका ति व्वासाहरु मात्र मेरा भावना र शरिरमा खेलेर जान्थे । कहिल्यै किन यहाँ आएको ? घर कहाँ हो ? भन्ने कुनैले पनि सोधेनन । जे भए पनि अरु भन्दा नेपालीहरु नै तुलनात्मक रुपमा माया लागे जस्तो हुन्थ्यो । मलाई दलाल ले भिजित भिजामा पठाएको कुरा थाहा पाए त्यति बेला चार महिन पुगेको थियो । मेरो भिजाको म्याद सकिएको थियो । ”
    “यता घरमा मेरो हजुरको स्थिति उस्तैं थियो । बिस को उन्नइस होला भन्दा दिन दिनै रोगले चापिरहेको थियो । बल्ल बल्ल उपचारको लागि ठिक्क पुग्ने रकम मात्र । रोगले खाईसके पछि औषधिले कति दिन धान्दो रहेछर । म बिदेश गएको सातौ महिनाम मरो हजरले मलाई सदाको लागि मलाई छोडेर जानुभयो ।” फेरि सुस्माको आँखामा बलिन आँसुले भरिए, मेरा आखा पनि रसाए । केहि बेरको सुनसान पछि । मैले सोधे , “अनि तपाई कसरी नेपाल आउनुभयो त ?”
    “मैले काम गर्ने ठाउमा आउने एक जना नेपालीलाई सहयोग मागि नेपाली राजदुताबासलाई एक चिठ्ठी लेख उहाँहरुको सहयोगमा म नेपाल फर्कन सफल भए । म फर्कने बेला सम्म मेरो हजुरले यस धर्ति छोडेको एकचालिसौ दिन भै सकेको थियो । घरमा आई हिन्दु धर्म अनुसार कर्मकाण्ड गरे ।”
“ अनि अहिले कति समय भयो नि ?”
“ झन्दै नौ महिना भै सक्यो । अझै लाखौ साहुका कर्जा छन । बच्चा बोर्डिङमा भर्ना गरेको छु बच्चाको लागि फि र कर्जा कसरी चुक्ता गर्ने ? अव म पाँच छ बर्ष जति बसेर घर व्यवहार मिलाए पछि मात्र यतै घरमा केहि गरेर बस्नु पर्ला । उफ.............. जे जे भए पनि जीवनम भोग्नु पर्दाे रहेछ । ईश्वरले आफ्नो भागमा पारेको सुख दुख जे भए पनि भोग्नु पर्दाे रहेछ । मेरो जीवनम जे भए पनि तपाईको जीवनमा खुशि र सफताहरु ओइरियोस् म जस्ता दुखिको तर्फ देखि शुवेच्छा छ ।” म धन्याबाद दिए उनको सुवच्छाको लागि ।
“ तपाई पनि आफूसँग भएको कुरामा सन्तुस्त रहनु । बिदेशमा गएर राम्रो काममा लाग्नु, पैसा कमाउनु , त्यो तपाईको बच्चालाई धेरै पढाउनु । ”यस्तै बोले ।
एक छिन पुन बाताबरण शान्त भयो ।“ बच्चाको फोटो छ ?” मैले सोधे । छ भन्दै हातमा समातेका मनिव्यकको कुनामा रहेको खल्तिबाट निकालिन, म हातमा फोटो लिएर हेरे । चौडा  निधार, पतिला आँखा, मोटो शरिर, हातमा फूल लिएर हाँसेको थियो । मान्छेहरु भन्छन चौडा निधार भएको भाग्यमानि हुन्छन भनेर । बिचरा चौडा निधार भएर पनि बालक पनमै बाबु गुमाउनु परेको छ । सानै देखि आमाको न्यानो ममताबाट अलग्गिन परेको छ । भबिस्यामा यि बच्चाले कस्ता सघर्षमा जीवन विताउनु पर्ने हो । सुस्माले भन्दै थिइन, “ममि कहिले आउनु हुन्छ ? छित्तै आउनु है । आउने बेलामा मलाई सानो बस ल्याइदिनुु ,भन्दै थियो । बिचरा ति बालकलाई के थाहा बर्षौ बर्षाै सम्मको लागि आमा”ले घर छोडदै छिन भनेर ।
हामी त्यस बगैचामा बसेर भलाकुसारी गर्न लागेको लामो भै सकेको थियो । हामी त्यहाँ बाट निक्लियौ । मन भावुकताले बोझिलो भएको थियो । म कहाँ पश्चिमको मान्छे सँग धेरै ताढाको मान्छे सँग मनको व्यथालाई कसरी बगाइन । जे होस उनी जस्ता सयौ नारी जो आसु पिएर बाँचेका छन उनिहरुमा ईश्वरले शक्ति प्रदान गरुन ।सदा सदाको लागि बिदाईको हात हल्लाउदै । सुस्मा आकाशे पुलमा साउनको झरी झै बर्साउदै मलिन भएर हात हल्लाउदै थिइन । म पनि शहिदनेर गाडीमा चढे धोकाबाट सुस्मालाई अन्तिम पटक हेरे हात हल्लाउदै गहभरी आँसु लिएर म मेरो थाँति तिर लागे । 
धन्यबाद ।

धन ब. बि.क.
भकिम्ली एक म्याग्दी
(हाल किर्तीपुर काठमाण्डौ, नेपाल)

यहाँ उल्लेख गरेका नाम ,ठाउ पेशाले कुनै पनि मानब हृदयमा चोट पुगेमा क्षमा चाहन्छु । कुनै व्यक्तिको कल्पना कसैको जीवनको बास्तबिक्त्ता हुन सक्छ । तपाइहरुको सुझबको लागि जुनसुकै बेला तयार छ । जो जहाँ हुनु हुन्छ हाँसी खुसी रहनु कथामा भएका घटना कसैको जीवनमा नघटोस् । हामी नेपाली ठाडो शिर गरेर आफ्नो भूमिमा रमाउने दिन कहिले आउला ??????

Post a Comment

0 Comments