लयमा नफर्केकाे जिन्दगी
माेबाईलमा
एकाबिहानै बजेकाे अर्लाम
केहिबेर सुताएर
म पनि सुत्छु ।
सात बजेकाे पत्ताे पाउँदिन
म कहिल्यै बेलामा उठ्न सकिन
मेराे देशजस्तै
सँधै ढिला सुस्ति
म, म, म, म, म,
हामिनै सुतिरहेपछि
देशकहाँ उठ्छ ?
मलाई
एका बिहानै उठाईदिने
मान्छे चाहियाे ।
मलाईजस्तै
याे देशलाई उठाउने
मान्छे चाहियाे ।
याे देशलाई एक कुशल भान्छे चाहियाे ।
वरपर
किताब असरल्ल छन ।
कुन पढाैँ , पढाैँ ?
कहाँबाट पढाैँ, कतिसम्म पढाैँ ?
देशकाे बिकाश निर्माण जस्तै
जताततै असरल्ल
याे गरे त्याे हुन्न
त्याे गरे याे हुन्न
याे हुन्छकि भन्याे
त्याे हुन्छकि भन्याे
यसाे गर्छु भन्याे
तेसाे गर्छु भन्याे
अन्तिममा
यहि माेबाईल
ओल्टाउँछु ।
पल्टाउँछु ।
गिजल्छु ।
र यसैमा हराउँछु ।
मेराे देशका नेता जस्तै
जे जे सपना बाँडेपनि
कहिले ठुल्दाईले भनेकाे मान्छन ।
कहिले माइला दाईले
जहाँ बाेलायाे त्यहिँ जान्छन ।
खै के खान्छन , खान्छन ।
दाईहरुकै मान्छन ।
साँझ परेपछि
बिहानिकाे अपेक्षा गरेर
नयाँ आशाकाे किरण बाेकेर
लुपुक्क सुत्छु ।
तर मेराे देशलाई
सुत्नदिँईदैन
जे गरिन्छ
अन्धकारमा गरिन्छ ।
हाेहल्ला गरेर गरिन्छ ।
भाेलि सकुशल उठ्छु, उठ्दिन ?
यस्तै संशयमा सुत्छु ।
भाेलि देश रहन्छ , रँहदैन ?
स्वाधिनता रहन्छ , रँहदैन ?
राष्ट्रियता रहन्छ , रहँदैन ?
शक्ति र सत्ताकाे लागि
भ्रम छरेर
जे गरिन्छ
अन्धकारमा गरिन्छ ।
मेराे जिन्दगी जस्तै
मेराे देश
मेराे देश जस्तै
मेराे जिन्दगी
कहिल्यै
लयमा फर्कन सकेन !
२०७८/११/१६
दिपक नेपाल
0 Comments