लैङ्गिक विभेद र महिला अधिकार
-भिमलाल भण्डारी
जुन घरमा नारीको सम्मान हुन्छ त्यहाँ देवता पनि खुशी हुन्छन
। भन्ने मनुको यो वाक्यले के पुष्टि गर्छ भने नारी विनाको घर निरथक, शुन्य,
निस्सार, रित्तो र मसानघाट जस्तै हुन्छ । वास्तवमा नारी सृजनाको प्रतिमूर्ति हुन । सभ्यताकी जननी अनि माया, प्रेम,
सदभाव आदर्शको अवतार पनि । पारिवारीक जीवनमा अहम भूमिका खेल्ने नारी विशाल शक्तिको
मुहान र विश्व सिर्जनाकी स्रोत पनि हुन । जसले आचलमा सिगो संसारलाई ओत दिन सक्ने
पवित्र र निश्चल माया छहारी हुन्छ । ज्ञान सहनशिलता र मातृत्वले भरिएको नारीले नै
परिवार, समाज र सिङ्गो विश्वलाई सुयोग्य सन्तान दिई शिर उच्च बनाउने काम गर्छिन ।
उनी भित्रको आदर्श नैतिकता र प्रेरणादायी चरित्रले नै सन्ततिलाई आत्मवल बढाउदै
सत्मार्गमा हिड्न प्रेरित गर्दछ ।
आफूलाई आमा, छोरी, पत्नी, भाउजु, फूपु, दिदीवहिनी आदी
विभिन्न स्वरुप एवं स्थानमा उभ्याएर संसारलाई हरियाली वनाउने श्रृष्टिका आदिम
शक्ति यी जननी आज एक्काइसौ शताव्दीको यो
अत्याधुनिक समयमा पनि अनेकौ बहानामा लुटिएका छन । मिचिएका थिचिएका र
कुम्स्याइएका छन । आज पनि देउकी, झुमा, छाउपडी, कमलरी आदी प्रथामा कुण्ठित एवम
तिरस्कार हुँदै दाइजो नल्याएको निहुमा, छोरो नपाएको वहानामा शोषण खेप्न बाध्य छन ।
शरीरसँग नाङगो होली खेल्न पल्केका यौनपिपासुहरुकै कारण समाजमा आज पनि नारी आफै
परिवारबाट असुरक्षित बनिरहेका छन । अनेकौ बहनामा जिउँदै जल्न विवश महिलाहरु कहिले
मट्टितेल हालेर त कहिले एसिड खन्याएर कुरुप अनि विक्षिप्त बनाएका छन । उनीहरुको
कारुणिक चित्कार मधुरो दियो जस्तै सारहिन बनेको छ । जुन चारभित्ताको पर्खाल तोडेर
न्यायका निम्ति वाहिर याचना गर्न सक्दैन । सामाजिक कुसंस्कारको संकुचित घेराभित्र
बाँचेर पलपल महिलाहरुले अग्नि परिक्षा दिनु परेको छ ।
खाना पकाउने बच्चा जन्माउने यान्त्रिक साधनका रुपमा
कालान्तर देखि समाजमा उपाधी लिएर बस्ने नारी झुण्डीको साँगुरो जीवन छोडेर वाहिर
निस्कन खोजे पनि अधिकार र न्यायको मार्गमा तगारो लगाईदिँदा लाचार र विवश बन्दै देश
सामु न्यायका निम्ति लम्पसार पर्नुपरेको छ । मान्छेले मान्छेलाई नै दास बनाएर बेचेको
त्यो विगतको कहाली लाग्दो क्षणलाई क्षितिजपारी छोडेर मंगलग्रहमा पुग्ने आशासँगै
अन्तरिक्षमा बस्ती बसाउने चिन्तनमा उद्यत रहँदै गर्दा परिवर्तनशिल आधुनिक समयमा आज
पनि महिलाले अध्यारो कोठीमा कामवासनाको
साधन बनेर बस्न बाध्य हुनु निरिहता एवं लाचारपनको पारकाष्ठ हो । जहाँ
नारीलाई आखाँमा पट्टि बाँधेर गान्धारी बनाउन खोजिएको छ । परिवारमा समझदारी कायमा
गर्न एवं पिछडिएको समाजिक संरचनालाई प्रगतिको
गोरेतोमा लैजान आधा आकाश ढाक्ने महिलाको अहम् भूमिका भए पनि विभेदयुक्त
सामाजिक संरचना एव पितृ संत्तात्मक अहम प्रवृति कारण नारीहरु ठगिएका छन ।
पुरुषमानसिकता हावी भएकै कारण महिलाहरु
उत्पीडनको सिककार बनेका हुन । आफू अनुइलको स्वार्थ पूर्तिको साधन मान्दा
पुरुषहरुकै कारण महिलाहरु हिंसाको चपेटामा परेका हुन र न्यायको उज्यालोबाट टाढिएका
हुन् ।
गरिवि अनपढ समाजमा पछाडी परेका उपेक्षाको सिकार बनेका पछौटेपन र अभावमा आश्रीत नारी आज आफन्तीबाट
ठगिएका र जालझेलमा परेका छन । विपन्नताबाट
माथि उठ्न नसक्दा मीठो खाने राम्रो लगाउने
उमेरको चाहना एवं अरुको देखासिकी र वहकाउमा पर्दा नारीले दुख पाएका छन्। अर्को
तर्फ समाजमा सामाजिक विकृतिले गहिरोसँग जारा गाडेकाले पनि शिक्षा र चेतना विनाको
सामाजिक नारीले अति कष्ठकर एवं पीडादायी जीवन
झेलिरहेका छन ।अवसर र रोजगारी सपना देखाउँदै प्रलोभनमा फसारएर सात समुन्द्र
पारी पुर्याई यिनीहरुको मूल्य तोक्ने नर पिचाशरुकै कारण नारीले बारम्बार दुख
पाइरहुपरेको स्थिति हो । धर्मसंस्कृति रीतिरिवाज पर्परा आदीमा समेत पुरुषहरुकै
हालीमुली रहेकोले सिङ्गगो महिला समुदाय
उपेक्षित तिरस्कार र अपहेलित बनेको हो । अर्थात समाजमा पुरुषको एकछत्र प्रभाव
बढ्दै गएपछि मात्र नारीहरु कमजोर बनेका हुन । महिलाहरो क्रियाशिलताको अभावमा नै
पुरुषहरुको मनोवल बढेको हो । कुनैपनि समाजको विकाशमा पुरुषमात्र शिक्षित भएर हुदैन
त्यहाँ महिला पनि सचेत र शिक्षित हुनुपर्दछ । तसर्थ प्रशासनिक राजनीतिक उद्योग
कलकारखाना राष्ट्रसेवक आदीमा महिलाको पनि वरावरी हिस्सेदारी र अस्तित्व कायम गर्नु
र हेरक गतिविधीमा महिलालाई समान समहयाका रुपमा लिएर अगाडी बढ्नसके समाजमा विद्यमान
लैङ्गगिक असमानता हटने र महिलाको अधिकार सुनिश्चित हुनेछ ।
भेदभावपूर्ण व्यवहारको अन्त्य गर्दै उच्च विचार र
समानतामा आधारित मान्यतालाई आत्मसात गर्न
सके महिलाले पनि न्याय पाउने तथा खुलेर वाहिर आउने वातावरण सुनिश्चित हुन्छ ।
शिक्षित वर्गले जिम्मेवारी लिएर सामुहिक अभियानका रुपमा विभिन्न कार्यक्रम
संञ्चालन गर्न सके मात्र महिलाले समानताको अनुभूति गर्ने छन । उनीहरुलाई शिक्षा
स्रोत र साधनबाट शिक्षित एवं अधिकार सम्पन्न वनाउन सकिएमा मात्र नारी वर्गले
सुरक्षित भएको अनुभूति गर्नेछन । समाजमा
महिला जागरणको भावना विकसित गरी नारीलाई संगठित बनाउन सकेर विद्यमान
कानूनलाई अझ कडाइका साथ कार्यान्वयन गर्न सके समाजमा कालान्तर देखि रहेको महिला
माथिका पर्मपरागत सोचहरु अन्त्य हुने सुनिश्चित छ । महिला र पुरुपविच सहयोग आपसी सहकार्य र समझदारीको भावना
विकाश गरी आत्मनिर्णयको अधिकार सुम्पेर श्रम र सिपको उच्च मुल्याङ्कन गर्ने
वातावरण सिर्जना भएमा महिलाले हिंसामुक्त समान व्यवहारको अनुभुति पाउने छन ।
सत्यवती-5 हसैरा, गुल्मी
Email:bhimblbhandari10@gmail.com
0 Comments