बाल कथा-गरिवको सपना
एउटा गाउँमा बुबा आमा र छोराबस्दथ्यो। उनीहरु एकदमै गरिब थिए । तर पनि उनीहरु धेरै मेहेनत गर्दथे। उनीहरु अरुको घरमा र खेत वारीमा काम गरेर आफ्नो परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने गर्दथे । उनीहरु गरिब भएको हुनाले गाउँलेहरुले उनीहरूलाई हेप्ने र गिज्याउने गर्दथे । त्यही भएका कारण पनि उनीहरु धनी बन्ने सपना बोकेर बाचेका थिए । छोराको नाम विनोद थियो । उ निकै मेहेनती इमान्दार थियो । उसले जहिले पनि साउको घरमा काम गर्न जाँदा साउको छोराले पढेको देख्ने र सुन्ने गर्दथ्यो । उसले पनि पढेर ठूलोमान्छे बन्ने सपना देखेको हुन्छ। उनीहरूको दिनचर्या यसरि नै वित्दै थियो ।उसले बिस्तारै पढन सुनेकै भरमा सिक्दै जान्छ र उ विनोद हुन्छ।
एक दिनको कुरा हो विनोदको एक सुन्दर युवती सँग भेट हुन्छ तर उक्त युवतिलाई बाघले आक्रमण गरिरहेको हुन्छ । सोही वेला विनोदले त्यो बाघलाई मारेर त्यो युवतीलाई बचाउँछ। त्यतिबेला त्यो युवतीको मनमा विनोदप्रति माया पलाउँछ।ऊ विनोदलाई पछ्याउन थाल्छे ।उ निकै राम्री हुनछे ।तर विनोदले उसलाई भाउ दिदैन किनकी उँ गरिब हुन्छ र त्यो युवतीले उसको जिन्दगीमा आयो भने दुख पाउछे भनेर उसले सोचेको छ । अब त्यो युवतीले उसलाई धेरै कर गर्छे र भन्छे म तिमीलाई सधैँ भरी माया गरेरै राख्नेछु।म तिमी संगमेरो जिन्दगी बिताउन चाहन्छु।
अब विनोद दोधारमा पर्छ ।उसले त्यो युवतीलाई सारा उसको कथा सुनाउँछ ।युवती एउटा धनी बाउँको छोरी हुन्छे । तर उसलाई थाहा हुन्छ धन सम्पत्तिले मानिसलाई स्वार्थी र घमन्डी बनाउँछ।खालि हात आएको हामी खालि हात जाने हो । उसले यो सारा कुरा विनोदलाई भन्छे। विनोदले पनि उसलाई सारा उसका गरिबको कथा बताउँछ। त्यसपछि विनोदले उसलाई भन्छे तर यी समाजका मानिसहरू किन यो कुरा बुझ्दैनन् ।उनीहरूलाई धनपैसा सम्पत्ति जहिले पनि चाइरहेको हुन्छ।मर्दा पनि उनीहरु त्यो धन सम्पत्ति भिरेर लैजाने गर्छन जस्तो व्यवाहार देखाउँछन।
विनोदले यो कुरालाई राम्रो मान्दैन, लाग्दैन ।उसले भन्छ केवल दुईछाक खान पाए भईहाल्छनी । मैंले धैरै मेहनत गरेर पढी आज यो कुरालाई गाउँलेहरुले चेतना वृद्धिगर्नु नै मेरो र तिम्रो सपना हो । आज त्यो दिन आएको छ। त्यसैले हामी दुईजना यो कुरा गाउँमा भएका सबैजनालाई गएर बताउँ ।उनीहरूले त्यो कुराहरु गाउँमा भएको सबै जनालाई भन्छन तर मानिसहरूले उनीहरूको कुरा स्वीकार गदैनन् तर पछि विनोदले भन्छ हामी माटो खरानीबाट बनेका हौँ र त्यस मै मिल्छौँ। सिद्धार्थ गौतमबुद्धले राजाको पद छोडेर भिक्षु बनेर विद्या प्राप्त गरे ।शिवले पनि मसानघाटमा गएर बसे । त्यति शक्तिशालि भएपनी उनले नत् धन सम्पत्ति थुपारे नत् कसैको सहायता उनलाई आवश्यक नै पर्यो । गाऊँका सबैजनाले विस्तारै यी कुराहरु बुझ्दै गए र उनीहरुले कहिले पनि धन सम्पत्तिको घमण्ड कहिले नगर्ने प्रतिज्ञा गरे ।
र सबैजनाले अब मिलेर सँगै बस्ने बाँचा गरे । विनोद र त्यो युवतीले विवाह गरे र उनीहरुले आफ्नो जिन्दगी मिलेर खुसी भएर आफ्नो जिन्दगी विताउन थाले।उनीहरु हाँसी खुशी आफ्नो जीवनलाई अगाडि बढाउन थाले ।
विनोद दवाडी
0 Comments