Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

मनकुमार जुग्जालीको कविता नौनी जस्तो मन (फुटकर कविता)

 



नौनी जस्तो मन (फुटकर कविता)

मन त ढुङ्गा कै भए बेस फरक पर्दैन लागे पनि थेस ठोक्किनेहरु पनि आफै ढल्ने न त चुरोट झैँ जल्ने तर नौनी जस्तो मन पग्लनेको डर आफ्नैले पगाल्न खोज्नेको डर कसको छ र यहाँ भर? यो नौनी जस्तो मन चोट पाउँदा छिया छिया हुने गनी गनी आफ्नैले पिडा दिने पराइभन्दा आफ्नैले चिरा पार्ने कहिलेसम्म जीउँदै जीउँदै मार्ने? त्यसैले, मन त ढुङ्गा कै भए बेस । ढुङ्गाको मन चिरा परोस या टुक्रा फरक पर्दैन अजम्बरी हुन्छ कहिल्यै मर्दैन । न त जसले पायो उस्ले छुन्छ? न त दु:खको रापले जल्छ? न शोकमा बल्छ न भोकमा ढल्छ ? नदीको वेग पनि सहन्छ बाढीले बगाओस् तर ढुङ्गा ढुङ्गै रहन्छ त्यसैले मन त ढुङ्गा कै भए बेस । मनकुमार जुग्जाली मंगला-१, भर्जुला, म्याग्दी शिक्षक श्री थाइबाङ्ग आधारभूत विद्यालय मंगला-१, थाइबाङ्ग, म्याग्दी

Post a Comment

0 Comments