कविता : कविता : डिजिटल याद
याद, यो मनको रयाम रोम, मेमोरी जस्ता
यादको भण्डारमा,
तिम्रा यादहरु सदाको लागि जम्मा छन्,
ति facebook बाट चोरियका
तिम्रा सुन्दर तस्बिरहरु, ट्विटर बाट निकालियका
तिम्रा गहकिला विचारहरु र क्रोमबाट
खोजियका तिम्रा खोजहरु, सिदै यो मनको हार्ड डिस्क मा जम्मा छन्
Facebook मा पस्वोर्ड लगिन भए झै
तिम्रो मनमा मेरो माया पनि लगीन
गर्नु छ, तिमी सँग कुरा गर्न भए पनि अन्लाईन
आउनु छ, घरि घरि तिम्रो विचार सुन्न भए पनि ट्विटर
चलाउनु छ,
केहि तिता यादहरु पनि
यो मनको हार्ड डिस्कमा
जम्मा छन्
तिम्रो याद यो मनमा बैंकको पस्वोर्ड जसरि
कहिलै नबिर्सिने गरि save छन्
यादलाई बढाउन शेहेर बजारमा
यादको किस्ता किनेको छु,
ipo भरेको छु
डर पनि लाग्छ कहिले कहिँ यो मन. Counputer जसरि hack tw हुने होइन
यो यादहरु सदाको लागि मेटिने त होइन
तेसैले यो याद facebook को पस्वोर्ड सरि गोप्य छन्
कहिले कहिँ नेट नचल्दा facebook पनि चल्दैन
त्यो बेला यो मनमा सुनामी झै सबै याद बगाउन खोज्छ
तर इन्स्टा बाट downlod गरेको तिम्रो तस्बिरले मनको चहलपहल सदाको लागि मेटाईदिन्छ
तिम्रा निम्ति केहि नराम्रा यादहरु पनि यो मनमा भाईरस सरि सल्बलाई रहेका छन् जसलाई तिम्रो
मायाको antivairus ले मेटाईदिन्छ
यो मन र तिम्रो मन मिलाइदिन्छ
हामी दुइ बिचको दुरी घटाई दिन्छ
सदाको लागि हटाई दिन्छ
सुजन पन्थ
0 Comments