कबिता म र म ✍️नवराज भट्ट
मसँग ममात्र छ।
मलाई म नै मन पर्छ।।
म र म को एकलाप चलिरहन्छ
कहिले म जित्छु म हार्छ ।
कहिले म जित्छ म हार्छु ।
कहिलेकाहीँ म मा म को हाबी हुन्छ
कहिले मको हाबी म मा हुन्छ ।
म र म को युद्ध चलिरहन्छ।
कहिले म ले म लाई पराजित गराइ
आफ्नो राजकाज चलाउँछ भने म सेवक बनी जी हजुरी गरी रहन्छु
कहिले म को विपरीत म र म को स्थापनमा म बन्छु ।
म र म हामी नभएर म नै हो ।
म म भइरहन्छ
म :म खाने होइन
म र मको स्वामित्वको खोजी चलिरहन्छ
३० औँ वर्ष सम्म म र मको अस्तित्वको
युद्ध चलिरहेछ ।
कुरुक्षेत्र भन्दा पनि महा युद्ध चलिरहेछ ।
युद्ध विराम गर्न छिमेकी त ,ऊ तपाईं आइरहन्छन्
युद्ध विरामको नाममा कहिले म र मलाई आगोमा घ्यू थप्दै ज
म सुति रहन्छु ।
म र म कहिले गुमनाम भएर हराउछौं।
कहिले खुलियाम रमाइ रहन्छौँ।
म हार्दा म ले म लाई म छु भनेर मले म लाई
उत्साह दिन्छ।
कहिले
म हार्दा म छु भनेर मैले मलाई
म लाई उत्साह मै ले दिइ म लाई मैं ले मेरो म हुनुको आभास दिलाए म लाई म पर जान्छु
म पनि म लाई म हुनुको आभार दिलाइ मन मनै गराउदैं
म को म प्रतिको म मा माया देखेंर म दङ्ग पर्दै
म लाई म मा नै देख्न चाहन्छु।।।
म हुनुको म लाई आभास
म लाई म छु नि है
म बिनाको म र म बिनाको म
म कहाँबाट आएँ मैले कहाँ जानु छ
एक सडक म, त्यो सडकको यात्री म
म मेरो सडक यात्राको आशा पनि म र निराशा पनि म
मैंले नेपाली सडकमा लेख्दा नमिलेको म र नलेख्दा मिलेको म
म अँध्यारो हुँ . म उज्यालो हुँ.. मैंले अफसोस किन गर्ने
मलाई घमण्ड छ ..म उज्यालोको म अँध्यारोको
अस्तित्व म बाटै त छ ...।।
के उज्यालो के अँध्यारो
म लाई त्यो भुतकालको अन्धकारमा म ले
धकेल्न न खोज्छ ।।
कहिले
म वर्तमानको उज्यालो हाँस्न र
मै ले भूतकालको पाठ पढ्न खोज्छ
म अनुभूतिको त्यो रसको सागरमा डुबेर बसेको
म का मनोभाव जब जीर्ण हुन पुग्छ
तब म त्यो भवसागरमा, म विचारहरूको वेगवान् डुङ्गा चलाउँछु
अनन्त लहरहरू ले पनि छेक्न सक्दैन , म र म मिल्नबाट ..
म लाई म सँग, आत्मालाई परमात्मा सँग
म बिम्बलाई म प्रतिबिम्ब सँग, म र मका_भावनाँग
म नै जित्छु म नै हार्छु
म कन लेख्छु म कन मेटाउँछु
मै रुन्छु अनि मै हसाउँछु
मै झगडा गर्छु, म अङ्गालो हाल्छु
म मलाई मात्र सोच्छु अनि म सबैलाई सोच्छ
अब म को र म को
अब तपाईं हरु नै भन्नुहोस्????????
0 Comments