पिरलाे
हिजाे नभरिएर पिरलाे थियाे , आज भरिएर पिरलाे छ , खेतका गह्राहरु । हिजाे उम्रिदैनन् कि भन्ने पिरलाे थियाे , आज उम्रिन्छन कि भन्ने पिरलाे छ , धान । पिरलै पिरलाेमा बितेकाे जिन्दगि आज फेरि थपिएकाे छ पिरलाे । धान देखाएर दशैँमा लगाएकाे नयाँ लुगा दशैँ नसकिँदै लगाउनु कि फुकाल्नु ? अब के देखाएर ऋण चुकाउनु ! भाेकले हाब्राे च्यातेर बसिरहेकाे भकारिलाई के हालेर अघाउनु ! पिरलै पिरलाेमा बितेकाे जिन्दगि अाज फेरि थपिएकाे छ पिरलाे । कपिभरि काेरेका सुन्दर भविष्य बगायाे । आलिभरि झुलेका सुनाैला बालाहरु डुवायाे । बगाउने र डुबाउनेले लुकामारि खेलेर जिन्दगि बगायाे । म किसान ज्युँदाे लास बनेर डुबिरहेछु । पिरलै पिरलाेमा बितेकाे जिन्दगि अाज फेरि थपिएकाे छ पिरलाे । हे झरि याे शरिरलाई बगाएर समुन्द्रमा पुर्याईदे । गहिराईमा डुवाईदे गह्रामा धान डुवाएझैँ ऋणमा जिन्दगि डुवाएझैँ गह्राका सुनाैला बाला टिप्न नसकेपनि समुन्द्रकाे पिँधबाट हिरा र माेति टिपेर छाेरिलाई एउटा कपि र सिसाकलम , जहानलाई फरिया , आफैँलाई एउटा टाेपि किन्ने ठुलाे रहर छ । पिरलै पिरलाेमा बितेकाे जिन्दगि आज फेरि थपिएकाे छ पिरलाे । दीपक नेपाल २०७८/०७/०३- सम्पादकीय
- Home-icon
- साहित्यीक समाचार
- आख्यान
- _लघु कथा
- _कथा
- _उपन्यास
- _नाटक
- गैर-आख्यान
- _विचार
- _निबन्ध
- _समिक्षा
- _समालोचना
- _सस्मरण
- _हास्य व्यङ्ग्य
- _नियात्रा
- _कार्यपत्र
- _व्यात्तित्व
- _अध्यात्म
- _चिन्तन
- काव्य
- _कविता
- _गीत
- _गजल
- _मुक्त्तक
- _हाइकु
- _छन्द
- कला
- _सिनेकला
- _चित्रकला
- _मुर्तिकला
- _काष्ठकला
- _जीवनकला
- प्रवास
- अन्य
- _विश्व
- _दृश्य सामग्री
- _श्रब्य सामाग्री
- अध्ययन कक्ष
- प्रतियोगिताको नतिजा
- विज्ञापनको लागी
- English
- पुरस्कार
0 Comments