Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

साहित्यकार राहुलको एक उत्कृष्ट गजल " साबुन"

 


जल ::: मेरो साबुन

                           शब्द :: राहुल


कति  भाग्यमानी  रैछ  तिम्रो  अंगमा  गढेर आयो

ती  अंग  अंगको भाषा आज आफैले पढेर आयो ।।।१।।


मलाई  हेर्न   सम्म  पनि   मनाही  छ  ती अंगहरु

तिनै   अंगसँग  मेरो   साबुन  आज  लडेर  आयो ।।।२।।


कान्छी  कति  तातो रहेछन् है तिम्रा अंगहरु पनि

जाँदा  राम्रै  थियो  उ आउँदा  कसरी  डढेर आयो ।।।३।।


आँखाले नियाल्दा मात्रै पनि गाली गर्छौ मलाई त

स्वतन्त्र  रुपमा  ती बिशाल पहाडहरु चढेर आयो ।।।४।।


तिमिसंग  बाथरुम  छिर्दा  सामान्य थियो इज्जत

तिमिसँगै  निस्किदा  उसको  इज्जत  बढेर आयो ।।।।५।।

 

                           

Post a Comment

0 Comments