राताे कर
मेराे पेट कर कर खाएर पर सरेदेखि म डाेलिमा अन्मिने तिमी जन्मिने बाटाे खुलेकाे हाे छाेरा । हरेक महिना पेट कर कर दुख्दा मलाई चुल्हाेमा दूध दहिमा मठ मन्दिरमा सफा सुग्घरमा कर लगाईन्थ्याे । तिम्रा बाले तिम्रा हजुरअामाले सानातिना कुरामा करकर गरिरहन्थ्ये । तिम्रा बाले छाेडेर गएपछि सिउँदाेकाे राताे सिन्दुर पुछिएकाे छ । म पर सर्न छाेडेकि छु बुढेसकालले याे घुँडा दुखेर पाईलै सार्न सक्दिन । पर त तिमी सरिहालेउनि छाेरा शहर पसेदेखि याे दैलाे टेकेकाे हाेईन । कर गरिगरि शहर पसेउ कर गरेरै बिहे गरेउ अँ साँच्चि तिमि त कर लगाउँछाै रे तिम्राे श्रीमतीकाे पेट कर कर दुख्दा तिम्राे छाेरि रगताम्म हुँदा तिम्राे मन दुख्दैन ? तिम्राे मन भिज्दैन ? तिम्ले लगायाै रे राताे कर । दीपक नेपाल २०७८/०६/०८उहाँको कविता बा शिर्षकमा लेखिएका मध्ये प्रथम स्थान हासिल गर्न सफल भएको थियाे ।
1 Comments
Mr Gambino on Twitter: "It is very much like betting football"
ReplyDeleteIt is very much 온라인 카지노 사이트 벳무브 like 메리트 카지노 주소 betting football. It is very much like betting football. It is very much like choegocasino.com twitter betting football. It is very 우리 카지노 도메인 much dafabet like betting