बा
पुुसको ठण्डीमा
सूर्यको न्यानो ताप बनेर
चैतको उखरमाउलो गर्मीमा
चन्द्रमाको शितलता बनेर
आँैसिको अन्धकारमा
पुुर्णिमाको जुुन बनेर
आँधि हुुरीमा
चट्टान बनेर
घाम पानीमा
छाता बनेर
आकाशजस्तै
छानो बनेर
परिवारलाई ओतिरहेछन
बा
नाम्लोले तालुुको रौँ
झारीरहँदा
छोराछोरीको भविष्य
उमारीरहेका हुुन्छन
सिरेटोले कुर्कुच्चा
चिरिरहँदा
सन्तानका
वाटोका खाडलहरु
पुरिरहेका हुन्छन
भोको पेटमा
पटुकी कसेर
परिवारलाई
पेटभरी खुवाईरहेछन
बा
सन्तानले
पछाडी फर्कन नपरोस भनेर
पछाडी नियालीरहेका
पिठ्यूँ
चिहाइरहेका
घुँडाहरु
जुत्ताभन्दा पहिले
गन्तव्यमा पुग्न हतारीएका
गोडाका बुढी औँलाहरु
टाल्नै नमिल्नेगरी
टालिएको कमिजले
लाज छोपेर
परिवारको
इज्जत बचाइरहेछन
बा
हत्केलाभरी ठेला उठाएर
आफ्नै भाग्यरेखा मेटी मेटी
भाग्य कोरीरहेछन
सन्ततीको
बाले संस्कार र संस्कृति
जानेका छन्
जिन्दगी भोगेका बा
नलेखिएका एउटा
ज्यूँदो इतिहास हुन
मानवजातिको
अस्तित्वका लागि
मानवता सिकाइरहेछन
बा
बुढेसकालमा
बाको सहारा
लौरो बनेको छ
छानो टाल्न उडेको छोरो
फर्कदै फर्किएन
फर्किएका पनी
वाकसमा फर्किए
कट्टुमा पिसाब गर्दा
फेरिदिएका बा
पिसाब चुहिएको कट्टु
फेर्न नसकेर
मकै चपाएर
खुवाइदिएका बा
मकै चपाउन नसकेर
छोरो हिडेको बाटो
छोरोकै बाटो हेरेर
बसिरहेछन
बा
दीपक नेपाल
वेलकोटगढी नगरपालीका वडा नं ७, रातमाटे ,नुवाकोट
0 Comments