मोतीको सम्झना
छ्न्द=शार्दूलविक्रीडित
*******************
पूर्खाको रचना दृष्टान्त नभए,हुन्थ्यो र हाम्रो घर?
बत्ती छैन जहाँ भने घरमहा,कालो हुनेथ्यो सब
मोती थ्यौ त तिमी छ आज नभमा,बल्दोसरी ब्योममा
रच्दा छौँ कविता यहाँ हरघडी,सम्झेर मोती जहाँ ।
१
रच्यौ ज्ञान अनेक गान मनले,दृष्टान्त नौलोछरी
जन्मायौ नवपालुवा जतनले,आशा अनेकौ गरि
बढ्दै गो नवपालुवा रहरले,फुल्दो भयो वासमा
छौनौ आज तिमी धरा मुलुकमा,प्रज्ञा बन्यौ खासमा।
२
छर्यौ चन्द्रसरी पुग्यौ गगनमा,चम्केर तारा भयौ
बल्यो दीप्त बनेर काव्य भवमा,आभा छरेरै गयौ
फुल्दो वागभरी छ पुस्पहार,नगरी मोती तिमी माझमा
बत्ती बल्छ सदा धरा गगनमा,तिम्रो सदा साँझमा।
३
तिम्रो आज छ जन्म जन्म दिनको,आदित्य हास्दो सदा
गर्छौँ धेर पुकार हर्ष मनले,सम्झेर तिम्रो कला
पक्षी रुन्छ जहाँ चकोर वनमा,खोजेर आफ्नो मन
स्रष्टा रुन्छ यहाँ तिमी गगनमा,सम्झेर आफ्नो धन।
४
द्र्ष्टा हौ भवका निखार मनका,स्रष्टा तिमी वैभव
ऊर्जस्वी तनका थियौ जनकझै,आस्था थियौ निर्भय
लेखौँ खै कविता कनिष्ठ मनले,खोजेर शब्दावली
रोज्छौं एक नयाँ छ शब्द गतिलो,हाम्रो छ श्रद्धाञ्जली ।
उदयपुर बाट(प्रगतिशील लेखक संघ)
0 Comments