लेकलिघर (www.dhanulekali.com) ले कुशे औसीको पावन अवसरमा
आफ्ना बुबाहरुको समर्पणमा कविता आह्वान गरिएकोमा निर्णायक मण्डलले प्राप्त
कविताहरूमध्ये सर्वोत्कृष्ट एक कविता छनोट गरेको छ । साथै टप ५ कविता पनि छनौट
भएका छन । सहभागी सम्पूर्ण कविहरुमा हार्दिक बधार्इ तथा कलम अझै माझिदै जाउन धेरै
धेरै शुभकामना ।
बा शिर्षमा लेखिएका कविताहरु सबै उत्कृष्ट थिए तर पनि छनौटको
केही मापदण्ड अनुसार उत्कृष्ट मध्येबाट सर्वोत्कृष्टमा दीपक नेपालको "बा" चयन गरिएको छनोट समितिले
जनाएको छ । यस्तै उत्कृष्ट पाँचमा भलादमी भोलाको "मेरो बा" ज्ञानेन्द्ररत्न
बज्राचार्यको "आदरणीय मेरो बुबा" दिपेन्द्र
बराइलीको "मेरो बा" गोपाल खनालको "बा" मनकुमार जुग्जाली मगरको "याद" पर्न सफल भएको छ ।
तीन सदस्यीय छनोट समितिले कविता मुल्याङ्कन गर्ने मापदण्ड
अनुसार नै कविताहरूमध्येबाट सर्वोत्कृष्ट एक र उत्कृष्ट ५ कविता चयन गरेको हो ।
सर्वोत्कृष्ट एक जनालाइ पुरस्कार इ-सेवाबाट रकम रु १५०० र
इ-प्रशंसा पत्र प्राप्त गर्नुहुनेछ । उत्कृष्ट ५ कविता भित्र पर्न सफल कविहरुले रु
५० रिचार्ज कार्ड र इ-प्रशंसा पत्र साथै सहभागी सबैले इ-प्रशंसा पत्र प्राप्त
गर्नुहुनेछ । इ-प्रसंसा पत्र इमेलमै पठाइने छ । प्रशंसा पत्रको लागि पुरा नाम
ठेगाना पठाउनको लागी हार्दिक अनुरोध गरिन्छ ।
यस वेव साइट www.dhanulekali.com मा प्रकाशन भएका साहित्यीक
रचना साथै प्राप्त भिडियोको भियुजको आधारमा बार्षिक धेरै हेरिएको रचनालाइ Youtube Trading लाइ रु २००० हजार र वेवसाइट Trending लाइ रु
२००० प्रदान गरिने छ । त्यसैले आफूले यस साइटको लागि प्रेशन गरेका साहित्यीक रचनाको बाचन गरि अडियो वा भिडियो
अनिवार्य पठाउनको लागि हार्दिक अनुरोध गर्दछौ ।
साथै तीजको अवसरमा महिला र महिला सशत्तिकरण सँग जोडिएर
लेखिएका कुनै पनि साहित्यीक रचना यस ठेगाना dhanulekali@gmail.com मा पठाउनको लागि हार्दिक अनुरोध
गर्दछौ ।
यहाँहरुको सक्रिय सहभागिताको लागी धन्यवाद । साथै यस प्रतियोगितामा
निर्णाक ३ जना मध्ये नेतृत्व गरिदिने साहित्यकार तथा नेपालीभाषा साहित्यका बौद्धिक
व्यत्तित्व दुर्गा राइ चाम्लिङ् प्रति कृतज्ञता ज्ञापन गर्दछौ ।
प्रतियोगितामा सहभागीहरु मध्येका उत्कृषंट रचना पढनका लागी www.dhanulekali.com मा जानुहोला । धन्यवाद ।
0 Comments