माैनतामा ठुलै रहस्य छ याे साप छ

त्यसैले हाेला मुर्ति पनि चुपचाप छ।


अपाङ्ग छाेराे म भन्दा चाँडै मरे हुन्थ्यो

आमा संग यस्ताे पीडा युक्त जवाफ छ।


छानि-छानि दिँदाे रैछ पीडा दैबले पनि

याे नदीकाे पनि बस्ती तीरै बहाब छ।


सिद्दान्त फेर्न पर्छ चुनाब मार्फत ठीक हाे

तर गाउँमा त अझै बाेतलकै प्रभाब छ।


उसले कार्पेट पुरानाे भाे फेर्न पर्याे भन्छ
मेराे काेठामा चामल छैन नुनकाे अभाब छ।
राज विष्ट
काठमाण्डौ नेपाल ।