आदरणीय मेरो बुबा प्रति हृदयदेखि म आभारी छु ।
कविता
मेरो बुबा प्रति अगाध श्रद्धा
मेरो बुबा प्रति अगाध श्रद्धा
भित्री हृदयदेखि आभारी छुु ।
बच्चाको हृदय भित्र
सहजै छिर्नु हुने
बच्चाहरुको ईच्छा आकांक्षा
पलपलको अँध्यारोको खिन्नतामा पनि
दिनदिनै उज्यालो छरी
लक्ष्यमा पुर्याउने
कहिँ कतै बच्चाहरु अलि ताढा गएतापनि
घर नपुगेसम्म चिन्ता लिनु हुने
खाने, लाउने, पिउने र पढ्नका लागि
पुग–नपुगको अग्रीम शिक्षा दिने
सबैलाई मिल्ने मिलाउन सक्ने
खुबीका धनी मेरो बुबा
उहाँ प्रति मेरो अगाध श्रद्धा
हृदय देखि स–सम्मान प्रकत गर्दछु ।। १ ।।
बच्चाहरु बिरामी भएमा
उघ्रिमै उपाय सोची
तुरुन्तै डाक्टर बैद्यलाई देखिइ
केहि हैन यो बिमारी
औषधी सेवनले
तुरुन्तै निवारण हुने
नश्वर शरीरमा आउने
परिवर्तनको प्रतीक
सिघ्र नै निको हुने
सहानुभुति दिलाई सन्तुष्टि पार्ने
मेरो बुबा प्रति आगाध श्रद्धा
आजसम्म पनि मेरो हृदयमा सँधै
पूजनीय रहिरहनु भएकैछ । ।। २ ।।
आज हामी बच्चाहरु हुर्किए
आफ्नो खुट्टामा आफै उभिने भएँ
आफ्नो बच्चाहरुको भविष्यको निम्ति
जीवनमा उर्लिने हिनताबोधलाई
थकान महसुसलाई
भवचक्रको उकालो ओरालोको
आफ्नो हन्दर र ठक्करबाट
जन्मीएको अनगिन्ति अनुभवका
अमरवाणीको सुझाव र सल्लाह दिने
छोटकरीमा नै बाक्य पूर्णता दिइ
बच्चाहरुको उदेश्य लक्ष्य
चुट्की मै समाधान गर्ने
कालो बादलले धाकेको
आकासरुपि मनमष्टिष्कलाई
सिघ्रातिसिघ्र चम्किलो प्रकाश दिलाई
शुभप्रभात शुभविहानी सल्बलाई दिने
मेरो बुबा प्रति आगाध श्रद्धा
मेरो सहृदयमा सँधै सम्झना
दिन प्रतिदिनै रहेकैछ ।। ३ ।।
एक गृहणी जीवनको भरोसा
आफ्नो अर्धाङ्गिनीलाई
प्रत्येक पाइला पाइलाको
गोरेटोमा सुरक्षा कवच भइ
कहिल्यै नि एक्लो महसुस नगरी
सँधै भरी साथ छु भन्ने
यह साहास दिलाउने
समाजमा गर्नु पर्ने विधि ब्यवहार
सँधै फत्ते गरी
मेरो श्रद्धय आमाको अनुहारमा
सँधै मुस्कान छरिदिने
मेरो बुबा
उहाँ प्रति मेरो आगाध श्रद्धा
हृदय देखि कृतज्ञ भएकैछु ।। ४ ।।
आफ्नो घर परिवारका निम्ति
आफ्नो जिम्मेवारी कर्तब्य थानी
घरको खर्चवर्च सबै माग पुरा गर्न
कठोर कर्म परिश्रम गर्नु हुने
हुरी बतास सरी
आफु सन्चो नहुँदानहुँदै पनि
आफ्नो जुत्ता खियाइ खियाइकन
आफ्नो मान, मर्यादा, इमान र जमान
स्थापना गरी जाने हुने
सदा सर्वदा
मन्द मुस्कान दिलाउने
मेरो हृदयस्पर्शी
मेरो बुबा
उहाँ प्रति मेरो आगाध श्रद्धा
मेरो अन्तरस्करणमा सँधै रहेकैछ ।। ५ ।।
जीन्दगी भरी आफ्नो सन्तान
छ÷छ जना छोराहरुलाई
पालनपोषण हुर्काउनलाई
घर परिवारको सुख शान्तिका लागि
यश आराम मोज मस्ति हैन
जीन्दगीभर आफूलाई
समर्पित गरेर जानु हुने
आफ्नो बैभवशाली विरासतको
सपना सबै त्याग गर्नु हुने
यस प्रकारको दुःख कष्ट
त्याग तपस्या
त्यो रगत पसिनाको
उत्कृष्ट संघर्ष गरी
परिवारकै हामा, अभिभावक
संरक्षक भइ जानु हुने
मेरो बुबा त्यति नै जाज्वल्यमान हुनुहुन्छ ।
महान मेरो बुबा प्रति आगाध श्रद्धा
पाइला पाइलाको प्रत्येक हिँडाइमा
मनमष्टिष्कमा सँधै रहेकैछ ।। ६ ।।
खाँदा, पिउँदा र सुत्दा समेत
कहिँकतै म ताढा जाँदा हरक्षणमा
दियो प्रकाश बनी आउनु हुने
दि.पं. रत्नकाजी वज्राचार्यज्यू
मेरो बुबा प्रति आगाध श्रद्धा
उहाँ प्रति असिम सम्झना
अनुकम्पा सहित उहाँ प्रति
मेरो शिर झुकाउँदै
सँधै सँधै मेरो लाखलाख
बन्दना र प्रणाम अर्पण गर्दछु ।। ७ ।।
।। सुभाय् ।।
–ज्ञानेन्द्ररत्न वज्राचार्य
१५ वडा, च्वय्बुँ धिमेल्वहँ येँ ।
0 Comments