मेरा बा 

 

नाङ्गा पैताला  खाली खुट्टा त्यो यात्रा गर्दैछौ बा तिमी 

जहाँ मेरो गन्तव्य खोजी रहेका छौ

मनको हर्ष पायौ मेरो आगमनले ,

आफ्ना सपनाहरु अनि भबिस्य तुइदा पनि खुसी भयौ

 तिम्रो त्यागको  सिमा छैन मेरा बा

 

दुख र कष्ट ,आँसु को भेल अनि परिश्रमको खेलबाट मलाई पर राख्यौ 

तिमी त्यसैमा पल पल रोमलियौ 

नराम्रो खायौ 

एक छाक नखाइ 

एक छाक बचाएर 

नराम्रो लगायौ 

एउटा कपडा १० ठाउँ सिलाएर 

सधै मेरो खुसीमा रमाएर तिमिले त आफू लाई ममा सुम्पियौ मेरा बा 

 

रहर थिए होला तिम्रो पनि ठूलो महलमा बस्ने महङ्गा गाडी चड्ने 

मेरो निम्ति तिमी गरिब भयौ 

झुपडीमा बसेर 

महलको कल्पनामा रमाएर 

साइकल चढेर 

सुनायौ हवाई जहाजको कथा

 लुकायौ मनको ब्यथा 

त्यो तिम्रो जिम्मेवारी थियो या मैले थपिदिएको बोज म लाचार छु मेरा बा 

 

जटिल समयका आग्रान्तमा दबेको हाम्रो परिस्थितिलाई यहाँ सम्म लिएर आयौ

 चिन्ताको जन्जिर मा आफुलाई गुमायौ 

म बिबस छु तिम्रो लागि एउटा मीठो मुस्कान दिन सकिन मेरा बा 

 

आमा स्वर्गकि परि हुन भने बा तिमी त्यो स्वर्गको सृष्टिकर्ता हौ 

एक पटक तिम्रो पाउ पर्नु छ छिटै नेपाल फर्केर आउ 

उपहार चाहिएन मलाई 

बस मेरा बा तिमी आईदेउ

 

अब मरेका हरेक तिम्रा 

आस्था र म प्रतिको बिश्वासलाई सधै कदर गरेर 

म मलाई चिनाउने छु म भएर 

 

 

बाबा लाई भन्न नसकेको कुरा 😥

नाम : दिपेन्द्र बराइली 

ठेगाना:  उर्लाबारी मोरङ नेपाल