कराईरहेछन् चिच्याईरहेछन् पानाभरिकाे विज्ञप्ति निकालेर संघ संगठनकाे नाममा हस्ताक्षर गरेर यसाे भएन, त्यसाे भएन मागिरहेछन यसाे गरिदेउ , उसाे गरिदेउ कक्षाकाेठामा जम्मा चारदिन बिताएकाहरुले कक्षाकाेठा पढाईरहेछन सरकारलाई के यिनिहरु गुरु हुन् ?
झाेलाभरि संघ संगठनकाे रसिद बाेकेर तेराे अनि मेराे भनेर हिड्दै गरेकाे सामाजिक शिक्षकले "हामी" पढाउँदै थियाे छेवैमा राखेकाे मार्कर चलायाे विध्यार्थिले मेराे भनेर फुत्त तान्याे विध्यार्थि हलल्ल हाँसे उ पड्कियाे शिक्षकले भनेकाे गर्नु , गरेकाे नगर्नु के उ गुरु हाे ?
गणितमा जाेड घटाउ गुणन भाग भएपनि जिन्दगिमा सम्बन्धहरु जाेड्दै जानुपर्छ अघिल्लाे दिन यस्तै पढाएकाे गणित शिक्षक शिक्षक प्रतिनिधि छनाेट गर्न जाेड घटाउ गर्दा गर्दै संघ संगठनकाे नाममा अर्काे दिन अाधा पिरियडमा कक्षा गयाे के उ गुरु हाे ?
प्रत्येक विषयमा नैतिकता पढाईरहेका शिक्षकहरु आफै नैतिकवान छैनन व्यवहार सिकाईरहेकाहरु व्यवहारिक छैनन बस यहाँ सिकाउनु भन्दा पढाउनु छ किताब भरिका काला अक्षर पढेर सकाउनु छ दिन कटाउनु छ , तलव पकाउनु छ सरकारले यसाे गरेन हेडसरलेे त्यसाे गरेन के यिनिहरु गुरु हुन ?
द्राेण पढाईरहेछन वाल्मीकि पढाईरहेछन पढाईरहेछन वशिष्ट तुलना गरिरहेछन ती महान गुरुहरुसँग न शिष्टता छ न छन निष्ठावान पेशाप्रति न खाेज गर्छन , न ध्यान गर्छन आफ्नै विध्यार्थि बलात्कार गरेर चरित्र र नैतिकता पढाईरहेछन अपमान गरेर सम्मान खाेजिरहेछन के यिनिहरु गुरु हुन ?
गर्नेहरुले गरिरहेछन यिनलाई न सरकार चाहियाे न हेडसर चाहियाे जुम , माइक्राेसफ्ट माेवाइल , घरदैलाे जे सम्भव छ , त्यहि गरिरहेछन विध्यार्थिमा ज्ञान भरिरहेछन महामारिमा भड्किएकाहरुलाई बिच बाटैमा अड्किएकाहरुलाई गन्तव्यमा पुग्न के यिनिहरु गुरु हाेईनन ?
केही झाेलेहरुले केही झण्डेहरुले गुरु बनेर गुरुकै अपमान गरिरहेछन महामारि राेकिनेवाला छैन महामारि जस्तै ज्ञान फैलिन किन सकेन ? झाेला भित्रका रसिद फालेर गिता बाेकाैँ, वेद र रामायण प्रविधि बाेकाैँ, विकल्प साेचाैँ हामिले नगरे कस्ले गर्छ ? अहिले नभए कहिले हुन्छ ? के हामिहरु गुरु हाेईनाैँ ?
0 Comments