१
सिन्दुर पोते अनि चुरामा हेर्न मन छ
जिन्दगीभर यो अंगालोमा बेर्न मन छ
उ आँखामा मात्रै होइन दिलमा पनि छे
उसको थर मेरै थरमा फेर्न मन छ ।।


                        २
बिर्सिदिनु पर्ने थियो मन मनै याद आयो
सुकुटी र रक्सी पियपछी जनै याद आयो
खै बिर्सन कि बिर्सेजस्तो गर्न पिउँछ साथी
भुल्नुपर्ने उस्का बानी झनै याद आयो ।।।


                        ३
जानेले बाटो मोडेर गएको थियो फर्किन जानेन
आफ्नो हो तर्किने त शत्रुले कहिले तर्किन जानेन
मजस्ता लाखौंको हात समाउन हतार थियो होला
त्यसैले त जिन्दगीको यात्रामा उस्ले पर्खिन जानेन ।।।।


             राहुल
            गुल्मी