जीवन र मृत्यु जीवनको सङ्घरमा उभिएर कोर्र हानि बस्छ जिन्दगीले जिन्दगीलाई एउटा जीवन मरुभूमिमा फुल्न खोज्छ एउटा जीवन खहरेमा बग्न खोज्छ विश्व बजारमा मनहरू जीवनको भाउ मोल तौल गरिबस्छ सनसनी छ जीवनको बजारमा मृत्यु जिजीविषामा जीवन चक्र हलिरहन्छ ।
हावा हलाउँदै जान्छ पानी बगाउँदै जान्छ पत्कार जस्तो जीवन हावामा हलिन्छ पानीमा बहान्छ यत्र तत्र छर्पस्टिएको मृत्युहरू उच्च जोखिममा त्रसित जीवन नयनहरू काकाकुल भइरहेछ ।
समय त्यही नै हो आफ्नो गतिमा बहिरहन्छ निरन्तर जीवन चक्रपथमा लम्किरहेछ निरन्तर फरक यति हो ...........फरक यति मात्र हो शभ्यताको होडमा जीवन शैली अस्त ब्यस्त छ मानव त्रसित जीवन जिरहेछ ।
विश्व साझेदारीमा कर्पोरेट समाज आकाश छुने प्रतियोगिताको दौडमा लागिरहेछ मृत्यु विजयको शङ्ख फुकिरहेछ परजित जीवन लम्पसर सडकमा लडिरहेछ ।
0 Comments