विधा ::: कविता शीर्षक ::: मतदान नगरी मर्न मनाही छ डाक्टर साब भनिदिनुहोस् तपाइको अस्पतालमा भेन्टिलेटरमा सुतिरहेको बिरामीलाई भोली निर्वाचन छ र मतदान नगरी मर्न मनाही छ डाक्टर साब हजुरको अस्पतालमा अक्सिजन अभावमा तड्पिरहेको बिरामीको आफन्तलाई भनिदिनुहोस् सरकार मतपत्र छापेर मतपेटिका किनेर निर्वाचनको लागि तयार छ अक्सिजन खोज्नुहोस् र बचाउनुहोस् बिरामीलाई भनिदिनुहोस् बिरामीका आफन्तलाई भोली निर्वाचन छ र मतदान नगरी मर्न मनाही छ डाक्टर साब गर्नुहोस् याचना र जुटाउनु होस् भेन्टिलेटर र अक्सिजन सरकार त सरकारी पैसाले निर्वाचनको तयारी गरिरहेछ र भनिदिनुहोस हरेक बिरामी र तिनका आफन्तलाई भोली निर्वाचन छ र मतदान नगरी मर्न मनाही छ ।।।।

शब्द ::: राहुल

गुल्मी ।