Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

कविता _भाे श्रद्धाञ्जली चाहिएन _दीपक नेपाल

                                                     

Deepak  Nepal
भाे श्रद्धाञ्जली  चाहिएन
जिउ दुखेर थ्याच्च बसेपछि घाँटी क्याक्क पारेर पानी नपसेपछि अस्पतालकाे पङ्तिहरुमा खडा गरियाे अस्पताल भित्र नअटाएपछि समाचारका पङ्तिहरुमा अटाइयाे "फलानाे अस्पतालमा बेड नपाएर बिरामिकाे विजाेग" एकमुठ्ठि श्वास जानै लाग्दा अस्पताल देखि अस्पताल भाग्दा अस्पतालका पेटि सम्म पाउन सकिन भने भाे श्रद्धाञ्जली  चाहिएन घर नजिकैकाे रुखकाे अक्सिजन नपुगेपछि अस्पतालमा बल्लतल्ल बेड त पाइयाे चाहिएकाे पाइएन ए सरकार अक्सिजन देउ न भन्दा अध्यादेश दियाे अस्पतालमा अक्सिजन नपुगेर हरिविजाेग छ सरकारलाइ सांसद नपुगेर महाविजाेग छ आर्यघाटमा दाउरा त्यहि रुख काटेर चिता बनाउने त हाेला भाे श्रद्धाञ्जली  चाहिएन सडकमा जिन्दावाद मूर्दावाद भनिदिएकै हाे साथिभाइकाे खेदाे खनिदिएकै हाे उठ भन्दा उठ बस भन्दा बस सैनिक भन्दा बफादार भएर सबै मानिदिएकै हाे आज म उठ्न र बस्न नसक्दा एउटा बेड किन पाँउदिन सरकार ? जिउँदाे छँदा त पाइन पाइन, मूर्दा भइसक्दापनि २ घडिलाई आर्यघाट पाइन भने भाे श्रद्धाञ्जली  चाहिएन आस मरेपछि जिन्दगिकाे वरिपरि खाेजिरहे , खाेजिरहे त साथिभाई र तिमिलाई थियाे त केबल रित्ताे भित्ताे र तिम्राे मृगतृष्णा तिमिले छाेडेपछि प्रिय बनेकाे याे कर्णफुसफुस ग्यालरिभरिका तिम्रा तस्बिर सुम्सुमाउँदै अतितका सुन्दर क्षणहरुमा हराउँदै गर्दा शरिरका पिडाहरु कति खेर हराए पत्तै भएन तिमी साथमै भइदिएकाे भए म अहिल्यै संसारबाटै हराउनु पर्ने थिएन कि? भाे श्रद्धाञ्जली  चाहिएन शब्दहरुमा शब्द मिसाउन अन्तिम पटक तिमिलाई सम्बाेधन गरे तिमी त मुहार पुस्तिकामा टाँसिएका नियतिका भागिदार बनेका तस्विरहरुलाई श्रद्धाञ्जली दिन व्यस्त रहिछाै अन्तिम श्वास सँगै मरेकाे आश नटाँस्नु है मेराे लास कारुणिक र भावुक पङ्तिहरु लेखेर फेसबुककाे भित्तामा भाे श्रद्धाञ्जली  चाहिएन दीपक नेपाल
नुवाकोट २०७८/०१/२२

Post a Comment

0 Comments