Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

कविता: संविधानको धारा_राहुल


 शीर्षक : संविधानको धारा

मेलम्चीको पानी काठमाडौको धारामा ल्याएको छु त्यसैले मैले संविधानका हरेक धारा कुल्चिन पाउनु पर्छ मैले जे र जस्तो सिफारिस गर्छु राष्ट्रपतिले आँखा चिम्लेर छाप लाउनुपर्छ ए सौताका छोराहरु हो मलाइ बिरोध मन पर्दैन मेरो अगाडि अब आलोचना कसैले गर्दैन म अब श्री पाँच भन्दा शक्तिशाली हुनुपर्ने छ बिरोध र आलोचना गर्यौ भने पछुताउँदै रुनुपर्ने छ अब देश मेरै हातमा दौडाउनुपर्ने छ बिरोधिलाई खोजी खोजी जेलमा पौडाउनुपर्ने छ मेरो बिकास देख्न सकेनौ धरहरा बनाएँ किन बनायो भनेर लेख्न सकेनौ रेल आयो चढेकै छु नक्सा ल्याएँ आफैले पढेकै छु अस्ति त आफैले धरहरा चढेर हेरें खाली बिरोधै गरेका रैछौ ज्ञापनपत्र पढेर हेरें हेर तिम्रा यस्ता कुराले मलाइ फरक पर्दै पर्दैन राष्ट्रपति मेरो आफ्नै मान्छे हो जस्तो सिफारिस पनि अस्विकार गर्दै गर्दैन मेलम्चिको पानी धारामा ल्याएपछि मैले संबिधानको हरेक धारा भत्काउन पाउनुपर्छ अब देशको शासन मेरो हातमा आउनुपर्छ छोड यस्ता संबिधानका धाराका कुरा बरु गरौं न अब आउने चुनाबका नाराका कुरा म ठुलाठुला सपना देखाएर आउँछु घोषणापत्रमा राम्रा राम्रा कुरा लेखाएर आउँछु तिमिहरु पत्याउनु पर्छ जे जसरी पनि चुनाबको नतिजा आफ्नै पक्षमा हत्याउनु पर्छ र फेरि कुल्चिनुपर्छ संबिधानको धारा यहि हुनेछ अबको मेरो एकमात्र नारा ।।।।।


रचना : राहुल ।

गुल्मी ।

Post a Comment

0 Comments