मनमा उत्साह भएर पनि
तिम्रो अगाडि भारी बनेको मन
एक थुङगा हातमा लिई
तिमी तिर तेर्साउदा भन्थ्यौ
बाली यो कस्लाई हो ?
मेरो इसारा र हाऊ भाऊमा
मेरो ओठमा चुुम्बिदै
मुटुभरीका गहिरो रङग भित्र
पल्लवित बनेका तिम्रो माया
धर्तीमा कम्पन्न गरिरहन्थ्यो
आज त्यही हाँगोका फूलहरु
लच्किरहेका छन तर तर
यो मन खिन्न छ ।

राज्यको धरोहर कम्पित हुँदा
तिमी आफ्नै गुँड भित्र
च्यापिएर गन्धित बन्दा
के यो फूल मगमगाउला ?
आखाँको मोती तलबलाउँदै
यिनै फूलका सुवास्नाहरुमा
तिम्रो चाँदनीमा विम्बहरु
मेरो नयनले खोजिरहन्छ
प्रत्येक बसन्तका नागबेलीमा
इतिहाँसमा हराएको तिम्रो तस्विर
अनन्त अनन्त काल सम्म पनि
मेरा मन मथिङगलमा
लुकेर बस्नेछ तिम्रो तस्विरले
मेरो हृदयको कुना देखि
फेरी हरेक बसन्तमा
सुन्दर बन्ने यो बाताबरण
फूल फुल्ने छ तर मन खिन्न बन्ने छ ।

धनु लेकाली
भकिम्ली एक म्याग्दी