Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

क्यालेन्डरको आँखाबाट by धनु लेकाली

      हिजो मानव तिमीले नयाँ क्यालेन्डर लिएको दिन देखि मेरो ( पुरानो क्यालेन्डर ) मनको अन्तस्करणमा छताछुल्ल हुनेगरी मनमा अनेकन ज्वारभाता उठिरहेकाछन । गत बर्ष मलाई यहि समयमा भित्राउँदा म निकै खुसी भएको थिए मानव । तिम्रो बर्ष भरिका सबै कुरा मौन नियालेर आज बिदाई हुने बेला भएको छ । सायद यहि नै छ प्रकृती सुन्दर पक्ष जुन भेट पछि बिदाई त हुनै पर्छ । तिम्रो बर्षभरिको योजना तथा कार्यलाई चुस्त दुरुस्त बनाउन मेरा कस्ता भूमिका रहयो भन्ने त्यो तिम्रो मुल्याङकनको पक्ष रहयो तर मेरो नयन ले तिम्रा हरेक क्रियाकलाप नियाल्दा तिमीले कैयौ राम्रा काम गरेका छौ र कैयो भुल पनि ।


गत बर्षको शुरुमै मेरो आगमनले तिम्रो कोठामा सौन्दर्यता थपेको थियो । मलाई यो पनि थाहा छ, मेरा छातीमा चित्रित भिन्न भिन्न बिम्बले तिम्रो हृदयमा पल्लबित भनाएको थियो । मेरो नयनका कोरिएका भबिष्यबाणीले तिम्रा हरेक दिनलाई अनुमानको डोरीमा अल्झाएर सुन्दर भबिष्यको कल्पनामा दुवाएको थियो । त्यहि भबिष्यको सुन्दर पक्षलाई नियाल्दा कति काम गर्न जागर पलाए कति निहत्था हृदयमा संकोच पलाएर बिरक्क्तिएर पुरै दिन ढलेको थियो मानव । मनै जलेको थियो कुनै बेला ज्वाला भैदिदा तिमीले कल्पना गरेको कैयो स्वर्णिम सपनाहरु जलेर खरानी बने, यो भन्नुको अर्थ तिमी पूर्ण असफल भएका छौ भन्ने होइन । तिम्रो उचित समयको व्यवस्थापन तथा मनोबलको समुचित व्यवस्थापन गर्न नसक्दा कैयौ नियति दोहोरिय जसले दिर्घ रुपमा धैरै बिषय बस्तुमा घाटक असर पु¥यायो जुन भाबि दिनमा त्यसको असर भोग्ने छौ । अर्काे तर्फ तिमीले गरेको कलमको खेति भने सम्झन लाएक नै पाए । नेपाली साहित्यमा आफूलाई चिनाउने राम्रो प्रयास हो । सायद यो बर्ष सयौ मित्रहरुबाट एक्लाएर एक्लै जीवनमा आफ्नो गन्तव्यमा पुग्न आफै गोरेताहरु खन्न ज्यावल लिएर उभ्याएको छ । अव कुन लक्ष्य तिर गोरेताका रेखा कोर्न, कुन लक्ष्यलाई अगालेर स्वर्गिय अनुभुती लिने त्यो नया क्यालेन्डरले अनुभुती गर्ला मानव ।

म (क्यालेन्डर) भित्रिएको पहिलो दिनमै तिम्रो आँखाभरी आँसुका थोपाहरु छचल्किएका थिए । बिगतका भुलभुलैयालाई सोचेर दौडने तिम्रो प्रण पुन दोहोरिने छ सायद । राज्यको सिन्दुर पहिरिएर देश र जनताको पहरेदार बन्ने तिम्रो रहर समयको उचित व्यवस्थापन र मनमा उठेको मृगतृष्णाले पुरा गर्न असमर्थ भयो । तिमीले सोचेको आफ्नो उद्देश्यमा दृढ हुनुपर्छ मानव । तिमीमा लगनशिलता , मेहनतलाई तिखार्दै तिरन्तर प्रयास गर्नुपर्छ भन्ने कुरालाई बिर्सेर हावाहुरी संग यो मृत शहरमा सयर गरिरहयौ । यो भिडमा तिमीलाई अनेकन कुरा सुनाउदै पछिलागेर आफ्नो प्रतिबद्धतालाई बिर्सियौ हैन ? तिम्रो हरेक दिनलाई संकेत गर्दै राम्रो कामको थालनी गर भनेर तिमीलाई सुझाएको थिए । तर तिमी त्यो किन हो तिमीलाई नै थाहा छ । नया जोडि भएर जीवनको सयर गर्ने तिम्रो मानसिक्त्ताले बिर्सिएको भने हैन तर पनि तिमीले सोचेका बिदुषीहरु तिम्रो पर्खाइमा साथ दिन चाहेनन् । घरको बाताबरणमा आएको असहजता र सामाजिक समयलाई मापन गर्दै फाइदा र बेफाईदाको भुमरीमा रुमल्ली रहदा अधिकत्तम बहुमुल्य समय बितेका थाहा पाएनौ । मेरो अनुहारमा रहेका हरेक दिनका इकित आँखाहरु हेरेको भए सायद तिमी समयलाई यसरी व्यर्थ खर्च गर्नु पर्ने थिएन । सामजिक बिचलन र उमेरलाई तिमीले उचित व्यवस्थापन गर्दै समयको सहि सन्तुलन गर्न जान्नु पर्छ । आदर्शको जहाज चढेर गन्तव्यमा पुग्न सकिदैन भन्ने कुरालाई राम्ररी बुझ्न आवश्यक छ । बरु रित्तो खुट्टाकै पटचालमा व्यबहारिक बनी सामाजिक परिबर्तनलाई समायोजन गर्दै स्वर्णिम गन्तव्यमा लाग्नु उपयुक्तनै होला मानव ।

भर्खर केहि महिना अघि बेचैनी बनाएरको घटनाले झनै तिम्रो जीवनमा ठूलो खाडल खडा गरेको छ । तिमीले कुनै संगिनीहरुलाई मन पराउनु कुनै गल्ती थिएन होला सायद । अर्थ फरक थियो त यो हाम्रै समाजमा बस्ने शिक्षित भनिने मनुवा को । हरेक रात कुनै माध्यमबाट मनका अनुभुती सातासात गर्ने तिम्रो व्यबहारलाई एकाएक सेन्सर लगाउदा कति दिन खान सुत्न पनि दिगदार भएको थियो । आँखाभरी तिलबिल आँशु बनाउँदै हृदयमा रहेको प्रतिबिम्ब कोट्याउनु बाहेर अरु केहि रहेन । तिमीमा भएको बेरोजगारी र आर्थिक असक्षमता नै तिम्रो लागि मनोदशा बनेको थियो । हरेक क्षेत्रमा सेन्सर बनेको प्रेमको माधुर्यतालाई एका एक पहिचान गरि सार्थक आत्मियताको अनुभुती बनाउन सबै मानिसहरुमा इमान्दारिता र सक्षमताको पुजारि बन्न आवश्यक देखिन्छ । जति सेन्सरले छोपे पनि तिम्रो उ प्रतिको प्रेमको आहुती त्यतिनै हृदयमा सजिब बनेर बसेको देख्छु । त्यसैले त्यो प्रेम हृदयमा अमर बनेको छ सायद । सबै कुरा प्राप्त गर्ने सकिदैन भन्ने कुरालाई महशुस गर्दै तिमी तिम्रो मुटुको कुनामा बास बसेकी सुन्दर चरीलाई तिम्रो साहित्यको इतिहाँसमा अमर बनाउँन सक्नु पर्दछ मानव । तिमीले अव नैतिक दृष्तान्तलाई अध्ययन गरी राम्रा र सुधार गर्ने पक्षलाई औल्याएर अगाडि बढनुको बिकल्प देखिदैन ।

मानव तिमी घरपरिवारबाट ताढा बस्दा परिवारमा तयार बनेका उत्कन्थाले बुदेशकालमा प्रबेश गरेका हजुरबुबा र हजुरआमाको हृदयलाई खुसी त पक्का पार्न सकेका छैनौ तर पनि तिमीले गरेका कामले भने उहाँहरुको जीवनको उत्तरार्धमा मनन योग्य नै मान्न सकिन्छ । सामाजिक सञ्जालले तिमीलाई यो बर्ष फलदायी नै बनाएको छ । जुन हरेक दिन तिम्रो लागि गायत्री मन्त्र झै बनेका छन । यो कलियुगको हावाले तिमीलाई निस्वास बनाएको केही पक्षहरु हुन । तिमीलाई मिल्ने एउटा विषय बस्तु कोट्याउन चाहे , गाँउमा एक गरिव परिवारमा शहरिया पुगे भने भगवानै प्रकट भए झै मान सम्मान गर्छन । घरमा भएको कुखुरो त्यो नभएर किनेर भए पनि पाहुनाको स्वागतको लागि बलबुटाले भ्याए सम्म गर्छन । भोलि त्यही गरिव त्यही शहरियाको घरमा पुग्यो भने शिर देखि पाउ सम्म हेर्दै बोली भाषा तथा हाउभाउले निज व्यबहार गरि दिन्छन । तिनीहरुले आफन्तहरुलाई समेत मेरो मान्छे भन्न हिचकिचाउँछन साथै परिचय सम्म गराउन चाहदैनन् । यी कुराबाट पनि बुझ्न के जरुरी छ भने पहाडिया र गाउलेलाई हेर्ने हाम्रो सामाजिक सृङगार हेपाहा छ । तिमी जतिनै प्रयास गरे पनि उनिहरुको लागि योग्य बन्न सक्दैनौ । त्यसैले तिमी आफ्नो परिबेश तथा हैसियतलाई राम्ररी नियाल्न जरुरि ठान्दछु । तिमीलाई यो मृत शहरमा मान्छे त भन्दैनन तर दिल जोडन तयार बनेका संगिनीहरु पनि उनिहरुको नजरमा तल्लो छौ जुन तिमी उसको पाउको धुलो बन्न पनि लाएक छैनौ । कारण, तिम्रो खुवाई उनीहरुको भाषामा सभ्य छैन । तिम्रो पहिरन कपाल र अनुहारको सुन्दरता उनिहरुको भाषामा खाते जस्तो छ । तिमीलाई गाँजा चुरोत खान आँउदैन , रक्सी र लागू पदार्थ पचाउने शरिरको क्षमता छैन । मुर्ख बनेर होटेल तथा लज सम्म पु¥याउने तिमी सँग गाँठ छैन । शहरका गल्ली गल्लीमा हात समाउँदै हिड्ने आँट छैन त्यसैले तिमी योग्य छैनौ यो शहरको मनुवाको लागि ।

मैले तिम्रो कोठाको भित्तालाई आकर्षक बनाउँदा मेरा छातीभरी कोरिएका अनगिन्ती जानकारी भन्दा गौण बनेका सफलताका बिभिन्न जानकारी थिए तर तिमी त्यसलाई पत्ता लगाउन सकेनौ त्यो तिम्रो ठूलो कमजोरि हो । तिमी मेरो जीवनको सहरा हौ र म तिम्रो जीवनको कुनै एक पल हु । त्यसैले त्यही गौण मेरा भाषालाई तिमी सामु छोडेर जान चाहन्छु मानव ।

समय तिम्रो लागि बहुमुल्य सिक्का हो । यो सदै तिम्रो साथमा रहेको एक मात्र सिक्का हो त्यसैले तिमीले यसको सहि सदुपयोग गर्न जान्नु पर्दछ तथा सहि खर्च गर्न सक्नु पर्दछ, नत्र अरु कसैले तपाईको सो सिक्का खर्च गरिदिन सक्छ । सधै तिमी सचेत बन्नु । समय दुनियामा सबै भन्दा मुल्यवान तथा बलवान छ । त्यसैले यस समयको प्रयोग आर्थिक, सामाजिक, नैतिक, तथा बौद्धिक लगायतका क्षमताको बृद्धि तथा बिकाश गर्न सधै तयार रहनु । मानिसका जीवनका अनेकन काम धन्दा गर्नु पर्ने हुन सक्छ । सबै कामलाई एकै पटक गर्छु भन्ने सोचको अन्त्य गर्न आवश्यक देखेको छु तिमीमा मानव । हरेक कामलाई तिमीले प्राथमिकताको आधारमा काम अन्त्य गर्न सक्नु पर्दछ । किनकी मुर्ख मानिसले आफ्नो महत्वपूर्ण काम पछि र कम महत्वको जहिले पनि पहिले गरेको हुन्छ । कुनै काम गरिरहदा समय बचेको छ भने अर्काे काम गरि समयको सही सदुपायोग गर्नु । काम आपूmले गर्दा मात्र राम्रा भन्ने तिम्रो बानिको त्याग गर्न सक्नु पर्दछ । तिमी आफूलाई सक्षम मनुवा बनाउने हो भने सहज कामको प्रत्यायोजन गर्न सक्ने क्षमताको बिकाश गर्नु । जसले साथी बिचको सम्बन्धलाई गाढा बनाउनुको साथै आफूमा नयाँ काम गर्ने बातावरणको तयार हुन्छ । आफूलाई व्यस्त राख्दैमा तिमी आफूलाई महान नमान्नु, सवाल यो हो तिमीले कुन काममा ध्यान पूर्वक सम्पन्न गरेको छौ र त्यसले के फाइदा गरेको छ । दुखद खवर यो हो कि हरेक पल समय दौडिरहेको हुन्छ तिमीलाई यो जानकारी हुन पर्छ कि तिमी त्यही दौडिएको बसको प्यासेन्जर होइन, त्यही बसको ड्राइभर भएर जीवन यात्रालाई गन्तव्यतिर सहि यात्रा गर्न सक्नु पर्दछ । तिमीले समयको प्रधानतालाई बिर्सनु हुदैन । अर्थात, कुन समयमा के गर्ने भन्ने सहि पहिचान गरि त्यसको भरपुर आनन्द लिन जान्न सक्नु पर्दछ । नत्र जीवनभर आँसु आँखामा लिएर अमिलो मुख बनाउनु बाहेक अरु केहि हुन सक्दैन । जीवनमा हरेकले अनेकन घुम्तीहरु पार गरेको हुन्छ । त्यही आधि तुफानबाट शान्तिको स्वास लिन सक्नु पर्दछ । आफूलाई समयको चाल अनुसार व्यवस्थित गर्नु । हरेक दिन आफूलाई व्यवस्थीत गर्न सक्यो भने तिम्रो जीवन व्यवस्थीत हुन सक्दछ । हरेक समय के गर्ने भन्ने योजना बनाएर मात्र काम गर्नुु । हरेक जीवनको पलपललाई प्रतिफलमा जोडेर काममा लाग्नु, मेहनत गर्नु, निरन्तरता दिन तिम्रो भबिष्य उज्जल देखेको छु । जीवन बदल्ने असिम सम्भावनालाई सानो अपहेलनाले जीवन अस्तव्यस्त बन्न सक्छ, समयको उचित उपयोग गरि चुनौति सामना गर्न तयार हुनु ।

म आजैदेखि तिम्रो भित्तामा रहेर तिम्रो हरेक पललाई नियाल्ने जिम्मेबारीबाट बन्चित हुँदै छु । भोली देखि मेरा पत्रपत्र च्यातिने छन । कितावको गातादेखी फोहोरको दङगुर सम्म मलाई हुत्याइने छ । मेरा छातीमा रहेका हरेक जानकारी व्यर्थ बन्नेछन । हरेक बिहानीका शुभ अशुभ देखि बेलुकाको योजना सम्म जुझ्ने मेरा आँखा सदाको लागि बिदाहुनेछन । तिमी जीवनपर्यन्त यो बितेको बर्षलाई सम्झने छौ तर मेरो हरेक दिन नियाल्ने आँखालाई बिर्सने छौ । जेहोस एक बर्ष तिमी र म ( क्यालेडर) बिचको प्रेमले धेरै तिता मिठा अनुभुती र अनुभव सिकाएको छ म त सायद माटोमा मिलेर तिम्रो प्रगति चिहाउने छु । तिमी यो बर्षको हरेक राम्रा पक्षलाई मजबुद बनाउँदै लानु साथै सुधार गर्ने कुरामा पूर्ण सुधार गर्दै यो समाजको जिम्मेवारी मान्छे भएर यो समाज परिर्वतको पक्षमा लाग्नु यहि मेरो शुभकामना ।।



धनु लेकाली
भकिम्ली एक म्याग्दी
हालः त्रि.वि. कीर्तिपुर नेपाल ।।

Post a Comment

0 Comments