Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

Dhanulekali.com: प्रिय मेरो एक ढुकढुकिमा तिमी............ by Dhanu ...


आज अन्यासै मेरो आँखा भित्तामा झुन्डिएको भित्तेपात्रोमा गएर अडियो । आज त ३१ गते रहेछ । यो बर्षमा धेरै ३१ गतेहरु थिए तर यो ३१ गतेको को भिन्न महत्व छ । हुनत मानिसका लागि हरेक क्षण महत्वपूर्ण हुन्छ, मानौकि अगाडि बाट आइरहेको गोलीलाई छल्नको लागि मात्र एक सेकेण्ड नै काफि हुन्छ । यो भित्ते पात्रोमा देखिएको फूलहरु हेर्छु, आज सम्म प्रत्येक दिन, बार महिना चाडपर्ब देखाउने अबदेखि फोहोरको ठूप्रोमा फ्याकिन्छ । मानिसको जीवननै यहि भित्ते पात्रो जस्तै हो काम हुन सम्म मात्रको । गत बर्ष पनि नयाँ बर्षमा हौसिदा म नयन भरि आँसु लिएर एकान्तमा बसिरहेको थिए । मलाइ आत्मानुभुति भएको थियो कि अब म अझै सम्म पनि म आफ्नो लागी केहि गर्न सकेको छैन, म कसरि कल्पना गरु घरपरिवारलाई सुखिराखु खुसी राखु भनेर । मेरो उच्च शिक्षाको सपनालाई साकार पार्न एक निजी बिद्यालयमा दिनानु दिन भासिएको । परिश्रम अनुसारको पारिश्रमिक नभए पनि दुई छाकको गर्जो तार्न दिन रात धसिएरै दिन बितेको थिए । आँखा भरी आँसु लिएर प्रण गरेको थिए म केहि गर्नु पर्छ भनेर तर के गर्ने ? बि. एड तेस्रो बर्षको रिजल्त कुरिरहेको थिए , हृदयमा अनगिन्ती सपना सगालेको थिए उच्च शिक्षाको अग्लो शिखरमा पुग्नको लागि ।
जसोतसो दुईछाकको गर्जाे तार्दै बितेका थिए मेरा दिनहरु । साउनको महिना बागलुङको वजारमा पनि बिहानी पख गुम्म बादलले छौपेको थियो । आज बिहानै देखि किन मलाई जीउमा जाँगर लागेको थियो । हतार हतार भात तरकारीले गोजा भर्दै, आफ्नो कर्मको लागि गए बिद्यालय तिर । पहिलो कलासमा पस्दा नपस्दै बिद्यार्थीहरु आफ्ना साथीलाई जन्म दिनको शुभकामना दिदै थिए । म पनि बिद्याथीहरुकै स्वरमा स्वर मिलाएर ति प्रिय बिद्यार्थीको जन्म दिनको गित गाएर धेरै शुभकामना दिए । आज २३ गते ? म आफूले आफ्नो जन्म दिन पनि बिर्सिएर बसिरहेको रहेछु । अन्य मानिसहरु हरेकले जन्मदिनलाई हाँसी खुसिका साथ मनाईरहेका हुन्छन तर म त्यो दिन आँखाभरी आँसु लिएर बिताइरहेको हुन्छु । किनकी म अभmै पनि आमाको हातमा रहेको हसिया, कोदाली खोस्न सकेको छैन । बुबाले जोत्ने हलो र दाउरा कात्ने बन्चरो ढुङगा फोर्ने घन खोस्न सकेको छैन । ८४ पार गरेका हजुरबा हजुरआमाको हातको इलम खोसेर आरम सँग जीवनको उत्तरार्धमा पनि खुसी बनाउन सकेको छैन । हुनत तपाईहरुले भन्नुहोला नयाँ सोच र परिबर्तनलाई स्विकार्न नसक्ने मान्छे भनेर, गाउले ,पहाडीया के के भन्न मन लाग्छ भन्नु तर मेरो एउटामात्र उत्तर हुन्छ । हरेक जन्मदिनमा हामी मृत्यूको नजिक पुगेका हुन्छौ, हामी खुसी हुन्छौ तर हामी हाम्रो जन्म र यो ठाँउमा पु¥याउने हाम्रा बुबाआमाको भुमिकालाई बिर्सन्छौ । के हामी हाम्रो आफ्नो जीवनलाई मात्र खुसी राख्नु ठूलोकुरो हो ? कहिले हामी आफ्नो जन्मदिनमा विगतलाई पुनरावलोन गरेर नयाँ जीवनको लागि थप योजना वनाउछौ ?के यो बर्षमा यो कामको पुरा हुन्छ भनेर प्रतिबद्धता गछौ ? के हाम्रो जीवनलाई सुखमय बनाउन आफ्नो सपनालाई जलाउने ममतामयीहरुको दल्कदै गरेको आकाक्षा प्रति हामी सचेत छौ ? यी प्रश्नहरुलाई हामीहरु गम्भिरता पूर्वक  सोच्न जरुरत पनि छ । फूल पछि लागेका भमराका पछि लागेर जीवन वरबाद गर्नु पनि राम्रो त पक्कै होइन ।
यो वर्षको तिजमा मलाई नरमाइलो लागेको छ । पहिलो बर्ष नै मेरो बहिनीलाई कलिलो उमेरमै कर्म घरमा खेदिसकेको थिए । मलाई लाज थिएन आफू चाहि बिहे नगरी बस्ने ति सानी बहिनी लाई पराईको घरमा सुम्पन । दुई दिन घरबाट ताढा बस्दा छतपतिने मेरि बहिनी एक बुहारीको जीम्मेवारी बोकेर कसरि बसेकी होलीन । सानै उमेर घरमा पनि एक छोरी भएकी खेलखेलमै हुर्केकी, दिन दिनै घर भित्र र बाहिरको काममा डौदिएकी होलिन । परम्पराले गाँजिएको हाम्रो समाज यी र यस्तै आवला नारिको बालकपन नसकिदै पराइ घरमा सुम्पेर आनन्दको स्वास फेरिरहेका छौ हामीहरु । कहिले आउला यि चेलिहरु पनि आफ्नै घरमा आफ्नो चाहना र उद्देश्यहरु पुरा गरेर बस्ने दिन ? कहिले आउला यो मेरो घर हो भनेर दाजुभाई सँग छाती फुल्लाएर भन्ने दिन ?कहिले स्विर्काला नारिहरुलाई पनि पुरुष सरह ?
 
                       साँझको समयमा सबैजना परिवार सँगै लामो लामो स्वास फेर्दै आएकी मेरि बहिनी सँगै थियौ । आज घरका सबै जना सँगै हुदा साच्चैनै मन खुसिभएको थियो । घरमा सन्चो बिसन्चोका कुरा निकै गरेर बस्यौ । बिहानको न्यानो घाममा सवैजना बसेका थियौ म बहिनीको रुपलाई गहिरिएर नियाल्ने अवसर पाए । बिहिनी साच्चै फरक देखिरहेकी थिइन । हातमा काम गर्दाका चोटहरु, अनुहार बेरुप भैसकेकी , शरीर गलेर अनुहारको रुप रंगनै उडे जस्तो, कलिलो काधमा अनेकौ जीम्मेवारी र बाध्यता.... मनमा खिन्नता लिएर धिक्कारे म आफूलाई र यो हाम्रो सोचलाई । जसले नाबालिकालाई पराइघर पु¥याएर जीवन मरणको अग्नी परिक्षामा हुम्याउन बाध्य बनाएको छ । उच्च शिक्षा लिने देश समाजको बिकाश गर्न स्वणर््िाम सपना माथि कुठारघात गर्न हामीहरु .....।
               
बादलले खुलेको आकाश, वारिपारिका हरिया डाँडाहरु रंगरोगनले चम्किएका घर, चादि झै तल्किएका हिमालहरु साच्चै अनन्त सौन्दर्य ले मग्न थियो मेरो बन पाखा । दशै नजिकिदै छ, आगनको डिलमा बसेर पारिलो घाममा बसेर एक उपन्यास हेर्दै थिए । १५, १६ बर्षका केटाहरु पिङ्गबनाउने लिङगो काट्नका लागी हातमा हसिया लिएर जंगलतिर लाग्दै थिए । मलाई पनि मेरो त्यो उमेरका कुराले ध्यान खिच्यो । सम्झे हामी पनि यसरीनै जंगलमा लिङ्गगो काट्न गएन चौपारीको नजिक पिङ बनाउथ्यौ तर ति सबै सँगीहरु बाध्यताले आज चाडपर्वको बेलामा यी डाँडा पाखा सम्झेर आँखामा आँसु लिएर चौपट गर्मीमा आफ्नो काम गरिरहेका छन होला । म सँगका दिदी बहिनीहरु पराइ घरमा घर पोत्दै छन होला , कति दाजु भाई आफ्नो सिरानीमा भएको घर परिवारको फाटो हेरेर फोटोमै आउदैन भन्दै निर्जिव फोटो सँग कुरा गर्दै छन होला । जो जहाँ छन नेपाली आत्माहरु चाड पर्ब मेला उत्सबमा मानिस समुन्द्र पारिको जलिरहेको टावामा भए पनि नेपाल र नेपालीलाई सझिरहनु । दुई दिनको रमाइलोमा भुलेर घर परिवारलाई नबिर्सनु । घरमा रहेका बुढिआमा बुढा बा तिम्रो बाटो हेरेर बसिरहेका होलान........... तर के गर्ने साहुको कर्जा चुक्त्ता गर्न ज्यानको बाजि राखेर दुई कौदीको लागि पसिना आँसु पियर बाच्नु परेको छ । साथी दौतरीको अभावमा घरमै भित्रिएको चाड पर्व पनि मेरो लागि त्यति महत्व लागेन । रंगरोगन ले चम्किएका घरहरु पनि मेरो लागि मधुरो भयो । आँखामा बालक पनका रमाईला क्षणहरु सम्झेर विताए ।
म बि.एड पास गरेकोले स्नातकोत्तर (डिग्री) पढनको लागी काठमाण्डौमा कोठा व्यवस्थापनको लागि आएको थिए । गोगबु बास बसेको म उज्यालो हुने बित्तिकै कीर्तिपुरमा आए । कोठा खोज्नको लागि घर घर सोधे , बिहान देखी बेलुका सम्म पाएन । कोठा पाउनको लागि बिभिन्न योग्यता आवश्यकता पर्दथ्यो । पहिलो कुरा कोठा पाउनु चुनौति थियो भने । कोठा पाए पछि पनि, बिभिन्न योग्यता हुन्थे , कुनैमा महिला हुनु पथ्र्यो, कतिमा जात नमिल्ने कतै, श्रीमान श्रीमतीमात्र राख्ने रे, यस्तै झमेला मा पर्दै पहिलो दिन गयो । हैरान परेपछि बास बस्नको लागि गोगबु नै फर्के, भोली पल्टपनि सबेरै कीर्तिपुर पुरा नभएको काम पुरा गर्न लागे तर निके गारो भयो । ३ ,४ बजे तिर बागभैरब भन्ने अलि चिसो कोठा पाए त्यसैमा खुसि भएर ।आवश्यक सामग्री किने आनि त्यो रात बल्ल तल्ल बास बस्ने काम भयो । यहाँको मुल्य मानिस प्रति गरिने व्यबहार देखेर म छक्क परे । कसैलाई कसैको वास्ता थिएन । सबै आ आफ्नै काममा दौडिएका देखिन्थे । गाँउ घरमा देखिने जातिए छुवाछुत काठमाण्डौमा पनि उस्तै  देख्दा आफूलाई आत्म गलानि भएर आयो । पुर्खौ देखि जरा गाडेको यो जातिय छुवाछुत कहिले अन्त्य हुन्छ होला ? देशको राजधानीमा त यो हालत भने अनकन्तार मा बस्ने दलित हरुको स्थिति कस्तो  छ होला ? राज्य निरिह भएर दलित माथि भएका व्याबहार  हेरेर बसिरहेको छ । दलित माथि हुने अत्यचार माथी उन्मुत्ति दिएर राज्यले अपराधिलाई प्रोत्साहन दिदै  छ । कहिले होला यी जाति पनि शिर ठाडो बनाएर नेपाली भएर बाच्ने ? के यिनीहरुको रगत सेतो छ ? के यिनीहरु मनव होइनन ? के यिनीहरुको पक्षमा कानुन बोल्न सक्दैन ? के यिनीहरु आन्दोलन र जनयुद्धका भ¥याङ मात्र हुन ? राज्यले यी प्रश्नको उत्तर दिन आवश्यक छ ।
                        
तिहारमा भाइटिका ठाप्नकालागी बहिनीको घरमा जानु पर्न भयो । किनकी म मामा भैसकेको थिए । खै किन हो मनमा मानसिक बिक्षिप्तता छाएको थियो । जागर मरेर अर्को संसारमा गंैसकेको थियो , झोला बोकेर लागे बहिनीको घरमा । बहिनी दाई कहिले आउनु हुन्छ भनेर मेरै बाटो हेरेर बसेकी थिइन । म जाने बित्तिकै आँखाबाट खुशीको आँसु झार्दै स्वागत गरिन । सानो मान्छे काखभरि बच्चा लिएर पिढिमा बसेकी थिइन । सबै आफन्त सँग साइनो अनुसार नमन(नमस्ते) गरे अनि बहिनी सँगै पिढिमा बसे । सुख दुखका भलाकुसारीमा मग्न भए । साचिकै हामीले मान्ने हो भने जन्मदिने मात्र नभएर कमै दिने पनि आमाको माया दिने आमाहरु को जन्म यो धर्तीमा भएका रहेकाछन । म आज बहिनीको घरमा पुग्दा थाहा पाए । साच्चै पनि ति सबै सासुआमाहरु यस्तै आफ्नो बुहारीलाई छोरी मान्ने हो भने पक्का पनि प्रत्येक परिवारमा हाँसो खुसी स्थापित हुने थियो । हामी सबै महिला तथा पुरुषहरु बुझ्न जरुर छ कि हाम्रा बुहारीहरु प्नि छोरी शरह हुन । मान्नेहो भने जन्म दिने तथा कर्म दिने सबै हाम्रा बुबा आमा हुन । सबै धन पैसा अनि व्यभिचारमा अगाडी परको यो समाज कहिले ममताले भरिपूर्ण परिवारको स्थापना हुने होला ? के त्यसको लागी प्रत्येक व्याक्तिले आफ्नो ठाँउबाट सक्दो प्रयास गर्न सक्दैनौ ? हामी शिक्षित भनाउदाहरु संघर्षमै केश फुलेका बुबा आमा प्रति श्रदा शुमन व्यक्त गर्न सकिदैन ? सकिन्छ भने किन प्रयास गर्न सक्दैनौ ?के एक आपसमा बुझ्ने प्रयास गरेका छौ ? पक्का पनि हामी यी सबै लाई सुधार गर्नु छ भने आजै देखि आफै शुरुवात गरौ सफलता  तपाईको हातमा छ । सभ्य समाज, खुसि परिवार बनाउने जिम्मा अब हाम्रो हातमा छ ।
 
                         बिहानीको लालीसँगै मलाई मामा बनाउने मान्छेलाई हातमा लिएर आँगनको छेउमा बसे । तर के गर्ने म ति अबोध बच्चाको भावना बुझ्न सकेन पुन बहिनीको हातमा ठम्याई दिए । बहिनीलाई बच्चको स्याहार बिहान देखि रात सम्म गर्नु पर्दा आफूलाई पनि अलिक भाबुक बनाएर आयो । सच्चै नारीहरु कति शुसिल हुन्छन् । हरेक समस्या पनि धैर्य भएर समस्यालाई पार गरेका हुन्छन् । यी शुसिल पन,सहनसिलता, निस्वार्थता अनि धैर्यता हरेक पुरुषमा पनि हुन्थ्यो भने यो समाज अनि रास्ट्रले नयाँ परिबर्तनमा पाइला चुम्थ्यो होला । निधारमा सप्तरंगी गलामा पुष्प गुच्छा लिएपछि स्वदिस्त परिकारमा सबै भाई सँगै रमायौ । देउसी भैलो खेल्नको लागी सबैजना बिदाई भएर लाग्यौ घरतिर । त्यहाँ सबै उपस्थित भाइबहिनी हामीहरुकै पर्खाई मा बसेका थिए । मेरा दौतरीहरु नभए पनि एक छिन मनोरञ्जनको लागि गए तिनै भाईबहिनीहरु सँग । आज मलाई मेरो गोरे दाईलाई सम्झन्छु । उहाँ यो संसारमा नभएपनि उहाँको सम्झना मेरो हृदयमा आईरहेको छ । मिजासिला उनि, देउसी भैलो मा निकै उत्साहको सथमा सहभागीता गर्नु हुन्थ्यो । आत्मालाई चिर शान्तिको कामना गर्दछु । केहि बर्ष पहिले साउडीमा मोटर दुर्घटनामा उहाँको ज्यान गएको थियो । साच्चै हो । हाम्रा सयौ दाजुभाई दिदीबहिनीहरु साहुको कर्जा तिर्न र दुई छाक मिठो खाने सपना देखेर प्रदेशियका नेपालीहरु आज प्रत्येक दिन काठको बाकसमा सडेर नेपालमा फिर्ता हुनु परेको छ । कैयौ नारीहरु बिदेशीको काम बासनाको साधान भएर नारकिय जिवन बिताउनु परेको छ । यातना, पिडा,घाम, तथा काम गर्दा पनि पैसा नपाएर रित्ता हात फर्किन बाध्य भएका छन । कुनै बेला दलालको मारमा कतै बेला कोठीमा रोई रहेका चेलिहरुको चित्कार साच्चै भन्नु पर्दा बिभत्स भएर बाच्नु परेको छ, नेपाली छोराछोरीहरुलाई त्यो बिदेश भन्ने ठाँउमा । सयौ घरपरिवार उदाङगीएका छन । कैयौ बुढा बुबा आमाको सहारा रित्तिएको छ । सयौका  आसाका त्यान्द्राहरु उखेलिएका छन । सयौ नाबालक टुहुरा बनेका छन् , सयौ नारिका सिन्दुर पुछिएका छन् । अब हामिलाई बिकल्प खोज्ने बेला आएको छ । हामी बिदेश गएर पैसाका लागि जस्तो सुकै निज काम गर्ने हामीहरु बाजो बसेको खेतहरुमा हरीयाली बनाउनु पर्छ । बिरामी रोगी भएका बुबाआमालाई हाम्रै हातबाट औषधि र अमृत पिलाउनु पर्छ । आफनो प्रियतमको अनुपस्थितीमा बिरत्तिएका सँगिनीहरुलाई अनुहारमा उज्यालो छर्नु पर्छ । भर्खर टोते बोल्ने नाबालकलाई क ख ग घ र बाह्रखरी आफ्नै काखमा राखेर सिकाउनु पर्छ । तन्नेरि बनेका भाई बहिनीहरुलाई हाम्रो सभ्यता र राम्रा कुरा सिकाउनु पर्छ । कुलतमा फसेकालाई अव पुनरजीवन दिनु पर्छ । कति दिन बिदेशका गल्लीहरुमा दुई कौदिका लागि तावा जस्तो बलिरहेको ठाँउमा प्याक प्याक गर्दै बाँचिरहने ? आउ फर्क बिदेश बिभिन्न ठाँउमा नारकिय जिवन बिताउन बाध्य भएका नेपालीहरु हो आउ आफ्नै ठाँउमा केहि गर्नु छ । अब हामीले नेपालीहरु जेलको सिडिमा बिताएका कहालि लाग्दा कथा सुन्न नपरोस् , श्रीमति ले घरछोडेर कुनै भुसतिघ्रे सँग भागेका सुन्न नपरोस् । कुनै नेपालीले बिदेशमै बिबाह गरेर घर परिवारलाई अलपत्र बनाएना नमिठा समाचार सुन्न नपरोस् । घरमा गाइडेन्सको अभाबमा कलिला बालबालीका कुलतमा फसेर जीवन मरणमा पुगिसकेको सुन्न नपरोस । प्रत्येक दिन सरदरमा ३ काठको बाकस लास आउने यो देशमा कहिल्यै सुन्न नपरोस ।
 
                     मंसिरका महिना काँधमा एक झोला बोकेर उच्च शिक्षाको सपना बोकेर नेपालको राजधानी काठमाण्डौ तिर बाटो सोझाए । यो हो काठमाण्डौ शहर, सयौ ढुकढुकिको रहरै रहरको शहर । जहाँ गए पनि मान्छेनै मान्छेको भिड छ । प्रत्येक मान्छे आ आफ्नो हतारमा दौडिएका जस्ता देखिन्थे । घर छोडेर एक्लै मन नराज भैरहेको थियो तर म एक्लो काम नभएको कुकुर भैm यता उता दौडिएको  हुन्थे । एउटा जहाज आकाशमा देख्दा घरबाट बाहिर दौडिएर हेर्ने म दिन दिनको आवाजले वाक्क दिक्क भएको थिए । यहाँको चाल चलन र नयाँ परिबेश बुझ्नको लागि । यहाँ त नेताहरु बस्ने शहर पनि त हो । देश बिदेशका बिबिध अनुहारका मान्छेहरु देख्न पाइन्थ्यो । विबिध भाषा बोल्ने, फरक फरक भेष भुसामा सजिएका मानिसहरु पनि यहि छन् । उच्च शिक्षाको लागि आएको मन त्रिभुवन बिश्वबिद्यालय मा पनि पुगे गाउ बाट शहर झरेको म आफ्नो डिपार्टमन्त  खोज्न र कक्षामा कलास लिनको लागी ३ दिन लाग्यो । जसो तसो निरन्तर कक्षामा सहभागी हुन थाले । प्रत्येक शनिबार नयाँ ठाँउ घुम्ने योजना अनुुसार पशुपति, स्वयम्भु, भक्तपुर , ललितपुर , चोभार तथा रत्नपार्क सम्मका ठाँउहरुमा घुमियो पनि । असाहायलाई सहयोग गर्नु पर्छ भन्ने म आज देखि ममा कथोरता आयो । जहाँ गए पनि माग्नेका भिड  देखे, रत्नमार्कको वरिपरी धेरै माग्नेहरु देखे । कोहिलाई खल्तिमा भएको केहि सिक्का दिए तर सबैलाई दिन नसक्ने महशुस गरे । रत्न पार्कमा बिभिन्न किसिमका मानिसहरुलाई देख्ने अवसर पाए । बिदेश जान हिडेका तर पैसा डलालले खाएर यता न उता भएर, चिन्ताले रक्सि पिई एक जोड कपडा राखेकोझोला काँधमा झुन्दाएर पारिलो घाममा बसेका थिए । कोहि आफ्ना जीवनका संगिनीहरुलाई हात लिएर बिच बाटोमै मायलु चुम्बन बर्साउदै थिए । प्रयेक बिदा तथा चाडपर्बमा आफ्ना प्रेमी तथा प्रमिकालाई लिएर पार्क मन्दिर होतल तथा सार्बजनिक ठाँउमै बैसको उन्मादमा रमाउने,हराउने यहाँको सँस्कृति रहेछ । यो देख्दा मलाई अनौठो लाग्यो । रत्नपार्कमा आफ्नो जीउको मोल मोलाई गरेका दृश्य पनि देख्न पाइयो । बिबिध पेसा ब्यबसाय गरेर दुई छाक तारिरहेका मान्छेहरु साच्चै भन्ने हो भने यो ठाँउले नेपालको यर्थाथ पहिचान दिएको जस्तो लाग्थ्यो ।  नारिअधिकार कर्मिहरु रन्तपार्कको पल्लो भाग (शान्ति बाटिका)मा नारिअधिकार का भाषण घन्काई रहेका थिए । तर त्यही ५० मिटर वारि एक भिड झुम्मिरहेको थियो म पनि जान्नको लागी गए । त्यहाँ एक महिला आफ्नो पेट समाएर रोइरहेकी थिइन । उनको पेटमा बच्चा भएको कारण उनको पेट निकै ठूलो देखिन्थ्यो । अनि मलाई बचाए भनेर रोइरहेकी थिइन । बुझ्दा उनको पेटमा रहेको बच्चा ब्यारिसे रहेछ उनि सडककी महिला रहिछन । मुखमा भातको माड पार्नको लागी आफ्नो नारी सस्तित्व तथा अस्मितालाई बेच्दा उनि त्यो परिस्थितिमा पुगेकी थिइन । शान्ति बाटिकामा नारी आधिकारका भाषण गरी नथाक्ने तिनै निरीहरु, ५० मिटर नजिक मुखमा माड पार्नको लागी आफ्नो जीवन मोलमोलाइ गरिरहेका नारिका पिडाहरु बुझेका छन या छैनन ? नारि अधिकारका कुरा गरेरे नथाक्ने महिला नेत्रिहरु कहिल्यै तिनै भुडिभरि बच्चा लिएर सडकको पेटिमा बस्ने अर्काे नारिको पिडा प्रति सचेत छन या छैनन ? सरकारको भुमिका के रहन्छ ? नारी अधिकार कर्मीको भुमिका के रहन्छ ? मानबअधिकार कर्मीको भुमिका के रहन्छ ? अनि हामी सच्चा नागरिकको भुमिका के रहन्छ ? के अब ति नारीहरु सडकको पेटिमा सयौ  नावालकको जन्म दिएर सडक बाल बालिकाको सङख्या बढाइरहनु पर्ने हो ? के  होतल, लज दान्स बार , मसाज केन्द्र सबै ठाउमा आफ्नो जिउलाई दुई कौडीमा बेच्ने नारीहरुलाई के गर्न सकिन्छ ? कुनै आयआर्जनको बैकल्पिक समाधन त छ होलानि ? अब एक पटक सोच्ने बेला आएको छ ।
                            बिभिन्न ठाँउमा खुलेका दलित छात्रवृत्ति पाउने आशाले पदम, राजिव अनि म धाएका थियौ बिभिन्न ठाँउहरुमा । यो शहर गिद्धहरुको शरह रहेछ । हामी जस्ता सोझा गरिबहरुको लागी कुनै संग संगठनले छात्रवृत्ति दिनेवाला पनि थिएन र सहयोग गर्न वाला पनि थिएन । जहाँ गए पनि राजनैतिक रुपमा चलखेल हुदोरहेछ । जातिय उत्थानको लागी खुलेका सरकारी तथा गैरसरकारी सस्थाहरु आफ्नै आफन्तहरुलाई उकास्ने देखि अरु केहि गरे जस्तो देखिएनन । राज्यले दलित तथा पिछडिएका बर्गको लागि बिभिन्न क्षेत्रमा प्रोत्साहन भनेको छ । राजधानिमै रहेको त्रिभुवन बिश्विद्यालयले अझैपनि दलितहरुको लागि कुनै राहातको कार्यक्रम लिन सकेको छैन रहेछ । दलितको लागि भनेर कुनै छात्रवृत्ति,  नि शुल्क भर्ना तथा कमशुल्कको व्यवस्था गरेको छैन रहेछ । राजधानिको मुटुमा रहेको बिश्वबिद्यालयको दलित बिद्याथीप्रति गर्ने व्यबहार यस्तो छ भने दुर दराजमा रहेका विद्याथीहरुको हालत कस्तो होला ? बिभिन्न बहान बाजमा कार तथा मोटर साइकलमा आउने सम्पन्न तथा पहुज भएका बिद्यार्थीहरु निशुल्क तथा छात्रवुत्तिमा अध्ययन गरिरहेका छन भने हामी दुरदराजका ,गरिब, दलितहरु चप्पल पिटिक पिटिक बनाउनदै साहुबाट लिएका पैसा (ऋण) सबै बिश्व बिद्यालयलाई बुझाएर भोको पेट गल्ली गल्लीमा कामको खोजीमा भौतारिएका छन । के भोको पेट गल्ली गल्ली भौतारीएर परिक्षामा के लेखेर पास हुन्छ ? यो चुनौतिमा सघर्ष गरिरहेकाहरु कसरि सरकार आयोगहरुमा प्रतिस्प्रधा गर्न सक्छ ? दलित, गरिब, पिछडिएका बर्गको लागि सरकारले पहुचमा पु¥याउन सक्दैन ? के यिनीहरु नेपाली नागरिक होइनन ? के यिनहरु लाई सहयोग गर्न खुलेका संग सँस्थाहरु प्रतिबेदनमा मात्र सुधारिएको बनाएर पैसा पचाउने अधिकार छ ? यी जाति तथा समूहको लागी सरकार,नागरिकसमाज , पत्रकार, तथा सरोकार बालाहरुले  यी पछि परेका समूहहरुलाई राज्यको मुलधारमा (प्रबाहमा) लिनको लागि अवश्य पनि महत्व पूर्ण भुमिका रहन्छ ।
 
                         यो बाइबाइ गर्र्दै गरेको यो सालले मलाई बिभिन्न अवसर र चुनौति दुबै दिएर गयो यो मेरो जीवनको लागि अबिस्मरणीय छ र रहिरहनेछ । बिदाइ भएको यो सालमा पुरा गर्न नसेका इच्छा, चाहना, तथा जिम्मेवारीहरु नयाँ साल सँगै पुरा गर्नु छ । हरेक समय खुसिले गदगदमात्र हुने होइन बुद्धि बिवेक तथा ज्ञानले पछिल्ला दिनका गल्तिहरुका लात्मालोचना गर्दौ भाबिदिनको लागि नयाँ जोस जागर लिएर हाम्रा भाबि योजनाहरुलाई पुरा गर्न लाग्नु पर्दछ । सफताको सुत्र भनेकै योजना ,तयारी, प्रतिबद्धता, र निरन्तरता हो । निद्रा, भोग, मनोरञ्जन लाई जित्नुहोस् । स्वार्थी, पापी, गलत सँगत बाट बच्नहोस् । सधै मनमा सकरात्मक सोचको बिकाश गर्नुहोस् ।आफूलाई कहिल्यै कमजोर नसम्झनुहोस् । यसैको सबैले फलो गरौ सफलता अबश्य प्राप्त हुनेछ । नयाँ बर्षको आगमन भएको छ हामीमा प्रतिबद्धता छ भबिश्यको लागि केहि गर्ने, हामीमा उत्साह छ, हाम्रा लक्ष्य चुम्ने , हामीमा आशा छ जीवन र जगत प्रति । तिमीले मलाई धेरै परिबर्तन गरेर सकरात्क सोचको बिजारोपन गर्दै आज म बाट ताढा भएकी छौ तिमी (२०६९) मेरो पलमा तिम्रो अदितिय चित्रहरु बाचुन्जेल कोरेर बसिरहेको हुनेछु । मेरो जीवन एक ढुकढुकी भएर तिमीलाई म हृदयमा सजाएर राखेको छु । यहि भन्दै यहाँहरुको जीवनमा आएका सकरात्मक परिबर्तन सुन्न र सुनाउन पाइयोस् यही मेरो यहाँहरुलाई लाख लाख शुभकामना ।
धन्यबाद ।
                                              धन ब.बि.क.
                                        भकिम्ली १, म्याग्दी
                                    (हाल कीर्तिपुर, काठममण्डौ )
(मलाई हजुरहरुको अमुल्य सुझब र सल्लाहको आवश्यक छ जसको लागी ९८४३४४५०९९ मा सम्पर्क गर्न सक्नु हुनेछ )


Post a Comment

0 Comments