Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

नाम्लो हातमा .. BY Dhan BIshowkarma


                      आज बिद्यालयमा सबै मलाई हेर्दै हाँसिरहेको थिए । रमेश , गोपाल दिनेश तथा महेश सबै, तर ति मनु, गोमा फेरी किन तिनै केटाहरु सँग मिलेर हाँस्दै किन  गिज्याउनु पथ्र्याे होला ? हुनत मलाई मेरा शरीरका बिभिन्न भाग अस्वभाबिक बढिरहेका छन् । भाइले कुर्नै किसिमको फरकपन महशुस गर्दैन तर मेरा शरीरमा यतिका बिधि किन परिर्बतन आएको होला ? मेरा मनमा अनेकन किसिमका कुराहरु खेलीरहन्छ । आज भोली मानिसका माझँमा बस्न मन पनि लाग्दैन, कुनै मानिसका अगाडी जाने बित्तिकै मलाई मनको कुनै कुनाबाट त्रास बर्सेर आउछ । हिजो सानदाईको पसलमा सामान किन्न जाँदा त्यहाँ बसेका ति केटाहरुले मेरा अँगप्रत्यङग कति डरलाग्दो गरेका हेरेका थिए । म सामान के माग्न खोजेको थिए ति केटाहरु हो हो गर्दै सबै कुर्लेर मलाई गिज्याए, सायद मेरा छाती अन्यासै बढेका देखेर होला । कि मेरो छाती तिनीहरुले देख्न त देखेनन ? देखेको भए, आबुई के हुन्छ होला ? यो अङगहरु केटा मान्छेलाई देखाउनु हुदैन रे यदि देखे भने त, पाप लाग्छ अरे । छि , म के सम्झेर बसिरहेकी छु होला नानाथरी, घरको अगेना छेउमा गुन्द्रीमा किताबहरु छरपस्त बनाएर पढन बसेको म , मनमा अनेकन कुरा खेलाएर समय बिताएको थिए । अब पढनु पर्छ भन्दै किताबलाई मिलाउदै नेपाली किताब अगाडी लिए , सँगै छेउमा रहेको कचौरा बाट मकैका दाना मुखमा हाल्दै पौष मागको जाडोमा न्यानो कपडा सँग पढन शुरु गरे । कथामा रमाइलो बिषय बस्तुलाई समेतिएको थियो । बेला बेलामा मलाई हाँसो पनि लाग्यो । आमाले अँगालो भरि दाउरा लिएर अँगेनाको पल्लो छेउनेर राख्नु भयो, र लामो स्वास फेर्दै बलिरहेको दाउरालाई ठोस्दै अगेनामा बस्नु भयो । अगेनाको भाँडोमा चिया उम्लिरहेको थियो । आमाले गिलासमा चिया राखि निकै मिठो सँग पिउन थाल्नु भयो । त्यत्तिकैमा बाहिर कोही आएको जस्तो सुनियो, आमाले मलाई बाहिर हेर्न लगाउनु भयो म पनि  पढदै गरेका किताबलाई त्यहि छोडि बाहिर गए । त्यहाँ जाँदा डिलघरको अँकल आउनु भएको रहेछ । म हसिँलो मुख लिएर अँकल लाई नमस्कार तक्राए, नमस्कार अँकल ,
नमस्कार नानी, के छ? सक्चै छ नानीलाई ? अनि आमा कहाँ हुनु हुन्छ नी ?
म सन्चै छु अँकल, आमा भित्र हुनुहुन्छ । आउनुहोस् न भित्र नै ।
अँकल जुत्ता खोले पछि, सँग सँगै भित्र आउनु भयो । अँकलले पनि मेरा छाती तिर बढिनै ध्यान दिए जस्तो लाग्यो । म मन मनै गाली गरे पापी बुढा, आफ्ना छोरी चेली माथि पनि गलत दृष्टिले हेर्ने । म अझै ठूलो हुन्थे भने तिनको मुखैमा थुकि दिन्थे ।
............. हा म पनि कति नाना थरि सोचिरहेको छु ।  म आफ्नो किताबलाई काखिमा च्यापेर बाहिर आए । बाँकि रहेको कथा सिध्याउन लागे । कथा पढन लागेको भए पनि अँकलले मकै चपाउदा आएको झरमभरम आवाज बाहिर सम्म आएको थियो । आमा र अँकलले गरेको कुराकानिहरु प्रस्तसँग बाहिर सुनिन्थ्यो । बाहिर झमक्क साँझ पर्न लागेका थियो तर घर पारीको धौवलागिरीको सेता हिँउले गर्दा उज्यालोनै भएको जस्तो भान हुन्थ्यो । कथा पढि सिध्याए अनि त्यहि ठाँउमा सिरकमा आफूलाई लुकाएर बसे । भित्र जाउ भने पापी बुढाले मेरै छातितिर हेर्छन् त्यसैले म अँकल र आमाले गरेका कुराकानी सुन्न लागे । अँकलले कुरा कोत्याउदै हुनुहुन्थ्यो । “अँ भाउजु हाम्री कोमल पनि हर्लक्क बढिछे, पहिले आउदा सानी नै थिई, आज त हर्लक्क बढेर म त चिन्नै सकेन ।”
“अँ अलि तानिएकी छे । हुनत बल्ल १३ बर्ष पुगी । ठूली भएर के गर्नु बुद्धि भनेको पट्टक्कै छैन । अब दशा सोझो भए अर्को बर्ष घर मा ज्वाई भित्रउने हो खै..............”
 “भाउजु पनि के कुरा गर्नु भएको ? बल्ल १३ बर्ष पुगेकी छे, स्कुल जाँदै छे, उसले धेरै पढ्छे अनि सबै मिलेर, राम्रो मान्छे खोजेर बिहे गरौला । कि कसो भाउजु ?” “कुरा त ठिकै तर के गर्ने, १४ के पुग्छन, उसको छोरी उ सँग स्कुल सँगै हिड्योरे भनेर गाउँ भरि हल्ला हुन्छ त्यो भन्दा त बेलैमा उम्काइदिए पछि त आनन्द हुन्छ, अरुका हल्ला सुन्नु पनि परेन । पढाइमा खर्च गर्नु पनि परेन् । ”
“भाउजु आज भोलीको जमानामा पनि यस्तो कुरा सोचेर हुन्छ ? हामीले यिनीहरुको जीवनको बारेमा राम्रो सोचेनौ भने अरु कसले सोच्छ, त्यसैले भाउजु पहिले पढाएर मात्र बिहेको कुरा गर्नु पर्छ।”
 “ बाबु कोमलको बाबु बिदेश गएको पनि ३ बर्ष भयो । आउने कुरा गर्नु हुन्न, घरतिर आउनु भन्दा छोरा छारी बढेव, बिहाबारी को लागि खर्च जम्मा गर्ने, भनेर आउन मान्नु हुन्न । यिनीहरुको काम सके पछि त यस्तो दुख हुदैन कि भनेर ।”
 “ जसले जे भनोस, हेर्नु यी नानिहरुका सानैमा बिहे गरेर दःुख भोगेको हेर्न नपरोस् । ल भाउजू  म अहिले जान्छु, पछि पनि आउदै गरौला नी । बरु कोमल कहाँ गई ?”
“ बाहिर छे होला । हुन्छ बाबु , पछि पछि पनि आउदै गर्नुहोला ।”
म सिरेक भित्र निदाएको बहाना गरेर बसे । अँकललाई म पहिला पापी भनेर नराम्रो सोँचेकी पो रहेछु । कसैले मलाई हे¥यो भने म बिना अर्थमा मेरै छातिमा हे¥यो कि भनेर सँका गरिहेको पो रहेछु । अँ हाम्री आमालाई मेरो बिहे गर्न हतार भै सकेको पो रहेछ । के म यो घरमा सधै भरि बस्न पाउदैन ? भाई जस्तै मलाई पनि यहाँ बस्नै कुनै अधिकार छैन ? किन हामी चेलिहरु अरुको घरमा आफ्ना इच्छा चाहना कुन्थित बनाएर बस्नु पर्दछ ? प्रत्येक मानबले पाउने अधिकार हामीमा किन प्राप्त हुदैन ? हुन त मेरिआमाको के दोष नै छर?, कुनै केटासँग सगँै उभिदा पनि गलत थान्ने हाम्रो सँस्कार छि सोच्दा पनि........... आमाले भित्रबाट बोलाउदै हुनु हुन्थ्यो । म आउछु भन्दै किताब र सँगैको सिरक बोकेर भित्र गए । अहिले आमाको अगाडी उभिन पनि मलाई लाज लागिरहेको थियो । म आमा को नजरमा बयस्क भै सकेकी थिए । लाजले मुख लुकाउदै अगेनामा बलिरहेका दाउरा हातमा लिएर खरानीमा पिरोल्दै बसे ।
                  
                  स्कुलमा बिहिबार सदै सरले शारीरिकको कक्षामा बिबिध खेल खेलाउनु हुन्थ्यो । सरले कक्षाका सबै बिद्यार्थीलाई बाहिर निक्लन भने पछि कक्षाका सबै साथीहरु ग्रउण्डमा निक्लीयौ । सरले मेरो ढाडमा हातलिएर मलाई छुनु भयो । यसो गर्दा मेरा सम्पूण शरिरनै  जिरिङ्ग ग¥यो । यो सर पनि कति लाज नभएका केटिहरुको ढाडमा छुन हुन्न भन्ने थाहा छैन रहेछ कि कसो ? हुन त आमाले केटामान्छे पापी हुन्छन् भन्नु भएको थियो, पल्ला घरका दिदीले याद गर्नु केटाहरुले माया गरेको बहानमा अर्कै सोचेका हुन्छन भनेर, सायद यो सर पनि पापी हुनु हुन्छहोला । हुनत मलाई के भएको छ , कसैले मलाई हेर्न पनि हुदैन ,छुन पनि हुदैन म तिनीहरुलाई पापी नै भनिरहेको हुन्छु । एक समूहको नेता मलाई बनाउनु भयो । अर्को तर्फ मुनालाई बनाउनु भयो । हात बाहिर (रजस्वाला) हुने बेला केटा मान्छे देखि ताढा बस्नु  भन्नु भएको छ, झन आज आमाले नजा भन्दा भन्दै स्कुल आएकी छु । सरले मलाई छुनु भयो मलाई पाप त लाग्दैन होलानी ।  म कसरी केटाहरु सँग कपडी खेल्ने ? भनौ भने पनि कसरी सबै साथीहरुलाई म हातबाहिर भएको छु भनेर भन्ने ? केहि समय नखेल्ने भनेर बसे तर सरले धेरै नै खेल्न जोड दिए पछि खेल्न को लागि तम्सिए । खेल निकै रोमान्चक भैरहेको थियो । मेरो समूहका साथीहरु सबै बाहिरिए पछि मेरो पालो , आयो । म साथीहरुको कोर्टमा गए त्यसै क्रममा  दिनेशले मलाई बेस्सरि समात्यो म फुस्कने प्रयास गरे तर दिनेशले केटीको कुनै प्रबाह नगरि मेरो छातीमा हात पर्न गरेर बेस्सरि समातेको थियो । मलाई खेल भन्दा पनि उसको हात छातीबाट कसरी हताउने भनेर प्रयास गरे तर सकेन । सरले अर्को टिमले जितेको घोषणा गर्नु भयो । तर म आँखा बाट आसु चुहाउदै भुइमा बेसहरा भएर लडे । मलाई डरलागेको थियो,किनकी म पाप गरिरहेकी थिए । हात बाहिर भएको बेलामा केटाहरु सँग छोइन तथा नजीक हुनु हुदैनथ्यो  तर दिनेशले झन मेरो छातीमा बेस्सरी पक्रेर दुखाइदियो । सर मेरो नजिक आएर मलाई उठाउनु भयो , के भयो भनेर सोध्नुभयो म पेट दुख्यो भनेर सरलाई छले । सबै साथीहरु मलाई हेरेर अचम्म परेका थिए । मनुलाई मेरो हातबाहिरको कुरा थाहा थियो । उ मेरा नजिक आएर सम्झाउदै कक्षाकोठामा लिएर गयो । कक्षाकोठामा पनि लामो समय रोएर बिताए । दिनेशले मेरो छातीमा हात लगेको कुरा सबै साथीहरुलाई भन्दै हिडेको रहेछ । चार बज्न नपाउदै स्कुलका सबै बिद्यर्थीहरु मेरो वरिपरी झुमिए । मलाई लाज र डर दुबै लाग्यो । घरमा आमाले थाहा पाए के होला भनेर मनमा कुरा खेलाउदै घर तिर लागे ।
                  घरमा पुगेपछि बिद्यालयको पोषाक फुकाले, अनि भर्खर च्याउझै बढिरहेको मेरो छातिमा आफै हेरे कुनै घाउ थिएन, अझै बिश्वास नलागि ऐनामा फर्कि फर्कि नियाले, कुनै त्यस्तो घाउ देखेन तर भित्र भित्र कतै दुखेको जस्तो लाग्यो । आमा घरमा नभएकोले खाजानै नखाई बिस्तरा बनाएर सुत्नको लागि पल्तिए । मनमा अनेकन कुरा खेल्न थाल्यो । आमाले थाहापाउनु भयो भने के होला ? केटा मान्छे सँग यस्तो बेला छोइन हुन्न भन्नु भएको थियो । बिद्यालय नजा भन्दा पनि म आफ्नै जिद्धिले गरेर गए । सरले पनि छुनु भयो , दिनेसले पनि छोयो । सायड मैले पाप गरेकी छु । म पाप बाट मुक्त्त हुन के गर्नु पर्छ होला ? यदि म पापमा परे भने जीवन भरिनै नर्गमा बस्नु पर्छ होला । नर्ग बस्दा कस्ता दुख हुन्छ भन्ने कुरा त अस्ति पण्डित बाले पुजाको कथामा सुनाउनु भएको थियो । अब बाबा आमाको इज्जत जाने भयो । म के गरु मनमा उकुस मुकुुस भयो । निद्रा आउछकि भनेर यता उता कोल्टो फेरिरहे । तर निधारबाट पसिना आयो तर निद्रा आएन निद्रा आवस पनि कसरि बल्ल पाँच बज्न लागेको छ । भित्र पसेर केहि खाजा खाउँ भने पनि, हात बाहिर भएका मान्छे पस्न मिल्दैन । नजाउ भोगले पेट निमोथी रहेको छ । पधेरामा गएर चिसो पानी पिएर पुन सिरक भित्र पसे । केहि बेर पछि बाहिर आगनमा कोहि बोलेको आवाज सुनियो । म आमा आउनु भयो खाजा खान पाइने भयो भनि खुशी भए । आमा खोप्पिको धोकामा आाएर मलाई बोलाउनु भयो म, डरले निदाएको जस्तो बहाना गरे । आमा नजिक आएर मेरो शरिरमा बेरिएको सिरक निकालेर फाल्दै मलाई गाली गर्न शुरु गर्नु भयो ।
“ तँलाई स्कुल नजा भन्या होइन ? जानेबेलामा गइस् अहिले नक्कल पार्छेस् । केटामान्छे सँग नछोइनु, भनको थिए झनै तलको दिनेशसँग हुनु नहुनु दुनियाको माझमा ग¥योरे ? दुनियाको माझमा त्यस्तो के गरेकी तँलाइ के भयो र, भोली देखि पधेरो, चौपारीमा तेरै कुरा गरेर हामीलाई हेला गर्छन् । के भनेर सुनिरहने , बाबाले बिदेशमा यो कुरा सुन्नु भयो भने के भन्नु होला ? मलाई छोरीलाई बिगारिस भनेर कति गाली गर्ने हुन ? तैले हाम्रो कुल घरानका इज्जत नै फालिदिइस् । अझै बहना गरेर सुत्छेस् जा तल चौपारीमा दाउरा राखेकी छु लिएर आइजा ।”
म केहि नबोलि आँखाभरी आँसु लिएर हातमा पछेउरा लिएर चौपारी तिर लागे । पेटमा भोगले आन्द्र बतारिन लागेको छ तर भोगको बेलामा खान पाइएको छैन । हातबाहिर भएको बेलामा पोसिला खाना खानु पर्छ भनेको थिए तर भोको पेट म यसरी हिडिरहेको छु । पोसिलो खाना न्यानो कोठा, परिबारको माया, सफा कपडा, खै मेरो लागि ? अरु देशमा महिलाहरुले के के काम गरिसके तर हाम्रो गाउँ घरमा एउटा केटी हात बाहिर भयो भनेर यसरी हेरिन्छ । म आँखाको आँसु पुच्छदै मानबिर बा को खुत्किलो झर्दै थिए । मलाई मानबिर बुबाले बोलाउनु भयो । “ए नानी तिमी हात बाहिर भएकी हैन ? हात बाहिर भएकी ले फल तथा फूलको बोट छोयो भने बिग्रन्छ । यो बाटो होइन त्यो पल्लोबाट जाउ ।” उफ के  के बिग्रने हो भत्कने हो ? मलाई लाग्यो यो हात बाहिर हुनु पूर्व जन्मको पाप त होइन ? म आफूले जति होइन भने पनि यस गाउँमा बस्ने सबैले मान्दै आएका छन् । म एक्लैले नस्वीकारेर के गर्ने ?
                             बल्ल बल्ल दाउरा दाउराकतेरीमा लिएर खन्याए । आँगनमा वल्ल पल्ला घरमा दिदी आन्तिहरु जम्मा भएर मेरै कुरा गरेर बसिराख्नु भएको थियो । आमाले मेरा कुरा फलाक्दै हुनु हुन्थ्यो, छिमेकीहरु आमाको कुरा अचम्म मानेर सुनिरहेका थिए । अझै मेरो लागि खाजा नबनाएको देख्दा म घरको आडमा बसेर रुन थाले । आफैले आफैलाई ढिक्कारे छोरी बनाइदिएकोमा भगवानलाई सरापे , जन्म दिएकोमा आमा बाबालाई दोषी देखे । हुन म छोरी हुनुमा के नै गल्ति थियो र, म आफूले के नै गल्ति गरेकी थिए र । भगवानलाई पुकारे अब एक छिन पनि यस नर्गमा बस्ने रहर नभएको कुरा बाताए, तर म जस्ता कलिलो बालिकाको पिडा बुझ्ने कोहि थिएन । सबैको नजरमा म दोषि थिए, पापी थिए । छरछिमेकि पनि मेरै कुरा कात्नु बाहेक के गर्न सक्थे र ? मलाई एक छिन बस्न पनि मन लागेन । त्यो पारिको सेतो भिरमा गएर फगाल्न मन लाग्यो । तल बेसिमा बग्ने कालिमा हाम फालेर दुब्न मन लाग्यो । यो भोको पेट भरि बिष पिउन मन । खुकुरीले शरिरलाई टुक्रा टुक्रा बनाएर फाल्न मन लाग्यो । शरिर भरि  मट्टितेल छर्केर जल्न मन लाग्यो मेरो के नै  गल्ती थियो । म यो समाजको नजरमा दोषी छु । मलाई मेरो पिडाको बारेमा कसैले पनि सोध्दैन । मात्र मलाई पिडा दिन मात्र खोजीरहेका छन । आफ्नो भाग्यलाई दोषी मानेर आँखा बाट साउने झरि बर्साएर बसिरहे ।
मलाई भित्र बोलाएर भोको पेटभर्नको खान दिने कोहि भएन् । सधै ममतामयि बन्ने आमा आज खै के भुत चढेका थियो कुन्नी मलाई गालि गर्नु भन्दा अरु  आएन उहाँलाई पनि । यो बेलामा सरसफाईमा ध्यान दिनु पर्छ । पोसिला खाना खानु पर्छ, न्यानो कपडा लगाएनु पर्छ जाडोमा यताउता हिडनु हुदैन । कडा काम गर्न हुदैन, गह्रौ सामान उचाल्न हुदैन । खै कता गए यी सबै कुरा आज आफैले जन्माएकी छोरीलाई ज्यानमार कैदीलाई झै मलाई पनि सजाए दिई राख्नु भएको छ । मैले पूर्व जन्ममा के पाप गरेकी छिए र आज जसको सजाय पाइरहेकी छु । ममा आमा प्रति कुनै ममता आएन । म आमालाई गालि गर्न पछि परेन मनमनै गालि गर्दै चिसिएको बिस्तारामा गएर पसे । आमाले अब त खाना लिएर आउनु हुन्छ कि भन्ने तारन्तार धोकातिर हेरे तर आफू खानपिन गरेर पनि धोका बन्द गरेर सुत्नु भयो । एकातिर मैनाबारिको दुखाई अर्कोतिर भोको पेट,अर्काेतिर मानसिक बिक्षिप्तता, के गर्र्ने ?  भोक मेटाउन कतैबाट केहि लिएर खाने बिचार गरे । हुनत यति बेला बाहिर तिर कुनै फलफूल थिएनन् । बारिमा भर्खर मकैका साना बोटहरु थिए । कसैका घरका अगाडी रहेको पलम र आरुले फूल खेल्दै थियो । अब के खाएर भोक मेटाउने ? कसैको घरमा जाँउ आफ्नो घरमा त माया छैन भने अरुको आसा के गर्ने भन्ने लाग्यो । खातमुनी थैलामा रहेको काँचो मकै एक मुठी निकालेर मुखमा हाले । मेलमा पिध्नको लागि तयार गरेको हुनाले मलाई चपाउन निकै गाह्रो भयो । एक एक गरेर बिस्तारै चपाएर भोक मेटाउने चेस्टा गरे तर मेरो लागि रहर मात्र बन्यो । मेरा ओठमुख सुकेर जिब्रो चलाउन पनि आफैलाई गाह्रो भयो । मेरो पनि गल्ति हो म आमाले स्कुल नजा भन्दा पनि किन जानु परेको हो ? ति सरले पनि मलाइनै किन टिम क्याप्टेन बानाइदिनु परेको हो । झनै त्यो दिनेशले पनि सबैले देख्ने गरेर किन मेरै छातीमा समाउनु परेको हो । केटीको छाती तिर हुन्न भन्ने पनि थाहा थिएन कि कसो ? आमाले जति गाली गरे पनि मलाई खाना खान त दिनु पर्ने हो ? तर कसैले मेरो भावना बुझ्नु भएन । यो सँसारमा आफ्नो भनेको घर परिवार हुन्छ तर खै आज ? एउटा मेरा भाइ थियो उ  शहरमा बोडिङमा बसेर बढछ, बुबा बिदेशमा पसिना सँग पैसा सात्दै हुनुहुन्छ , म आज भोको पेट भगवानलाई सम्झेर बसिरहेकी छु । भाई भएको भए त आमालाई छक्काएर भए पनि खाना लिएर  दिन्थ्यो होला । साच्चै भन्दा यो संसारमा मेरा आफ्नो मान्छे कोहि छैन । म बाचेर  के अर्थ ? यदि बाचिहाले भने पनि आउने मंसिरमा आमाले केटा खोजेर बिहे गरिदिन्छिन् । यति सानो उमेरमा यस्तो झेल्नु भन्दा त मलाई मर्न नै ठिक लाग्यो । के म साच्चै मर्दा ठिक होला त ? हुन त म बाच्नु को के अर्थ छ ? आमाले त मलाई सानो निहुमा यसरी भोकै राख्छिन भने अरुले के गर्छन मेरा लागि ? यदि म भाई समान ब्यबहार पाउदिन भने म बाच्नुको के अर्थ ? भाई शहरमा राम्रो स्कुलमा पढ्दै म भने यो दुनिया सहेर बस्ने ...? बाहिर झुन्दाईएको नाम्लो लिएर मर्नको लागि तयार भए । केहि बेर सम्झे तर मलाइ मर्न को लागि कुनै डर लागेन । मर्नु भन्दा अगाडी सबै साथीहरुलाई सम्झे र आफ्नो मर्नुको बाध्यता मनमनै सुनाए । उफ...........मलाई साथीहरुको मायाको चिनो एउटा चिठी लेख्न मन लाग्यो । मेरा हृदयका सँगिनीहरुलाई बिदाई चिठी यसरी लेखे् ।
    प्रिय सँगिनीहरु,
           हृदय देखिनै मिठा माँयाहरुका सौगात,
म तिमीहरुकै साथी कोमल आज देखि सदाको लागि ताढा हुदैछु । राम्ररी पढनु, ठूलो मान्छे बन्नु, देशका् शिर उच्चो राख्ने काम गर्नु । मलाई पनि तिमीहरु सँगै स्कुलमा बसेर लेखपढ गर्ने मन थियो । बनमा राताम्य भएको गुरासमा तिमीहरु सँगै, रमाई रमाई स्याउला बतुल्ने मन थियो, तिमीहरु सँग रुखको टोदकामा लुकाएको काक्रो नुनमा दोपेर खाने मन थियो, बन पाखा, बिद्यालय जाने बाटाहरु, जाड पर्वमा साथीहरु सँगै पिङ खेलेका यादहरु मेरो आँखाभरि घुमिरहेको छन् । गत माग महिनमा बनभोजमा सबै साथीहरु नाजगान गर्दा गरेको रमाइलो त मेरो जीवनका अन्तिम रमाइलो रहेछ , मामा घर जाने बेला बिसाई मेट्ने चौपारीहरु, ठूलो मान्छे बनाइदिनु भनेर फूलपाति चढाएका ती देउरालीहरुले मलाई गिज्याइरहेको छन् । पोर सालको दशैमा खिचेको फोटो तिमीहरु सँग पनि छ त्यहि हेरेर चित्त बुझाउनु । म धेरै ताढाको क्षितिजबाट तिमीहरुले गरेका क्रियाकलप हेरेर बिरानो संसारमा बसिरहेको हुनेछु । तिमीहरु समक्ष मेरो भौतिक शरिर त हुने छैन तर मेरो आत्म तिमीहरु सँगै रमाइरहेको हुनेछ ।
    साथीहरु यसले किन हामीलाई  यसरी छोडेर बिरानो संसारमा गयो भनेर पक्का पनि प्रश्न गर्छाै होला । मलाई उत्तर भन्न मन लागिहेको छैन तर पनि तिमीहरु मेरो सगिँनी भएको नताले  मात्र भन्न मन लागेको छ । म बिद्यालयमा भएको सानो घटनाले सबै साथीहरु, छरछिमेक, र आमा बाटै सहन नसक्ने पिडा पाए । रजस्वालाको समयमा के के गर्नु पर्छ भन्ने त मैले  तिमीहरुलाई सिकाउनु पर्दैन् तर म यो चिठी लेख्दाको बखत सम्म भोको पेट बाहिरको चिसो कोठीमा आखाँ भरि आँसु लिएर बसेकी छु । मलाई घर परिवार बाटै कसैको साथ पाएन । त्यसैले म यो संसार छोडेर, जसलाई मैले दुःख दिएको थिए त्यस बाट उहाँहरुलाई मुक्त गर्न चाहान्छु ।  यो संसारमा म नरहे पनि तिमीहरुले  समाजमा बस्ने सबैलाई रजस्वाल र यसको बारेमा राम्ररी सिकाउनु  किनकी समाजमा भएका गलत चिन्तनले म जस्ता किशोरीहरु पिडा खप्न नसकेर अकाल्मै ज्यान हाल्न नपरोस् । साथीहरु हरेक चाड पर्ब मेरो अनुपस्थीतिमा पनि हाँसो खुसिको साथ मनाउनु । बिद्यालयको जन्महोत्सब पनि नजिकिदै छ सबै साथीहरु मिलेर रमाइलो गर्दै मनाउनु । मैले कति साथीहरुलाई नराम्रो भने हुम्ला, कुनै सँग झगडा गरे हुम्ला त्यसको लागि मलाई क्षमा दिनुहोला । तिमीहरु हाँसोखुसी बाँचिरनु म क्षितिज पारिको बादलबाट तिमीहरुलाई हेरिरहने छु  बिदा ........................
     
चिठि लेख्दा लेख्दै मेरा आँखा सागर बनेर उर्लिएको थियो । भाईलाई पनि हृदयबाट मायाले चुम्बन गर्न लाग्यो तर आखाबाट झरेका आसुनै मेरा लागि समपूर्ण थियो । बिद्यालयबाट लिएर राखेको किताब कपिलाई झोला बाट बाहिर निकाले र सबैलाई आँखाबाट मोतिका दाना छचल्काउदै चुम्बन गरे । पुन यस धर्ति मातलाई बाई बाई गरे र  पहिले गाठो पारी तयार गरेको नाम्लो हातमा लिएर घर अगाडिको पलमको बोटमा फूलिरेको फूलहरु सँग माया सात्न रमाउनको लागि लागे .....?.
             धन्यबाद् ।
            धन ब. बिश्वकर्मा
           भकिम्ली एक, म्याग्दी
(हालः कीर्तिपुर, काठमाण्डौ, नेपाल)
(मलाई यहाँहरुको साथ र सहयोग को खाँचो छ, यहाँको साथ, सहयोग,तथा अमुल्य सुझाब सल्लाहको लागी मेरो ठेगाना र नम्बरमा सम्पर्क गर्नुहोला । कुनै पत्र पत्रीका मा प्रकासन गर्न अनुमति छ तर मेरो परिचय बिना प्रकाशन गर्न मनाहि छ)


Post a Comment

0 Comments