Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

लिभिङ टुगेदर... BY Dhanu BIshowkarma

.
बेनीको बजार , जता माया उतै छ नजार किरे मिरे जाले रुमाल....  यो नेपाली ओठमा झुमिएको गीत हो । यूवा यूबती, बाल बच्चा देखि बुढा बुढी सम्मका ओठमा अझै पनि सुन्न पाइन्छ । म त्यही ठाँउमा छु । कसैले यस ठाँउको परीचय यसरी पनि दिने गर्दछन् , धौवलागिरीको आँखि झ्याल पौलस्य ऋषिको तपो भूमि, म्याग्दी र कालिगण्डकीको सँगम मा अवस्थित यो ठाँउ अनेकौ मानिससँग भेटघात गर्न पाइन्छ । हिमाल पारिका मानिस देखि लिएर, देश बिदेशका पर्यटक पनि देख्न पाइन्छ । धेरै मानिसको चहलपहल भएता पनि आज मलाई निकै निजसिलो लागेको छ । यस ठाँउमा म बस्न लागेका पनि छ बर्ष भैसकेको थियो । एस.एल.सी. पछिको बाँकि शिक्षा मेरो यहिको क्याम्पसमा भएको थियो ।  बि. ए को पढाई सिध्याए पछि अब मेरो टि.यूमा पढने रहरलाई पुरा गर्न मनमा योजना बनाई रहेकी छु । घर बाट बुबा ममिले पोखरा पढनको लागि अनुरोध गरे पनि म कीर्तिपुर नै जाने निधो गरेकी थिए । हुनत म  एक पिछडिएको ठाउँबाट त्यो बिकशित ठाउँमा जान बाट रोक्न अनेकन थरीका कुरा सुनाइथ्यो । कति बिगे्रका केटीहरुका उदाहरण पनि सुनाइन्थे तर म सुने पनि न सुनेझै गरेर बसेकी हुन्थे । हुनत म कीर्तिपुर एक पटक पनि गएको छैन । जे होस योजना मुताबिक बुबालाई लिएर आफ्नो उद्देश्यको लागि हिडे । घरबाट मलिन अनुहार लिएर, गाउघरका कान्लामा झुमिएका फूलहरु, दन्तलहर झै देखिने हिमाल, ममतामयि साथीहरु घर परिवारलाई बिदाई गर्दै यात्रा तय गरे । म सँग बुबा पनि हुनु हुन्थ्यो । बुबा इन्डिया आर्मीको रिटायर सुव्वेदार हुनुहुन्थ्यो । बुबाले मलाई सम्झउदै भन्नु भयो ,“हेर छोरी अब यो पहलमान सुव्वेदारको इज्जत जोगाउने या फाल्ने भनेको तिम्रो हातमा छ । यो गा.बि.स. बाट तिमी मात्र यतिका धेरै कलास पढनको लागि हिडेकी छौ । म पनि इन्डिायामा ठूलो युद्धमा लडेर आए कति दुस्नलाई मारियो, मेरो जीवन भनेको यो त खुशीयालीको जीवन हो । तिमीले हाम्रो इज्जत सम्झेर राम्ररी पढनु पर्दछ ।” म पनि बुबाको कुरामा सहमति जनाएर टाउको हल्लाए । मलाई पनि आफूमा गौरवको महशुस भयो किनकी डिग्री हाँसिल गर्न मेरो गा.बि.स. बाट म मात्र थिए । मलाई हर्ष मात्र होइन् मलाई जिम्मेवारी र चुनौति त्यतिनै थियो । मैले प्रण पनि गरे यो जिम्मेवारीलाई पुरा गर्नु पर्छ भनेर । मैले आफ्नो अध्ययन पुरा गरे पछि यो परम्पराबाट गजेदिएको समाजको मुहार फेर्नुपर्छ ।
                  आज मलाई अनौठो लागेको छ, म घरबाट आउने बेला घरको मायाले आँसु झार्ने म यो काठमाण्डौको रमझममा हराई सकेकी थिए । जहाँ गए पनि मान्छे नै मान्छेको भिडले भरिएको यो ठाउमा बिबिधता सिक्ने अवसर पनि पाएकि थिए । स्वार्थी मानिसहरुनै बढि बस्दा रहेछन कि भनेर कुनै बेला महशुस गरेकि थिए । यहाँको लागि पानीको समस्या पनि महत्वपूर्ण थियो । हप्तामा एक वा दूई दिन आएको पानीले हप्ताभरिनै पु¥याउनु पर्ने बाध्यता थियो ।  घरबाट लिएका पैसाहरु छिन भरमै स्वाहा हुन्थ्यो । कुनैबेला मलाई पनि बिहान बेलुका काम खोज्न मन लागेको थियो तर आफ्नो अध्ययनको समय पु¥याउन नै गाह्रो भाएको थियो । सके सम्म आफूलाई मितव्ययी बन्ने प्रयास गरिरहे । यहाँ बोलिने बिभिन्न थरीको भाषाले कुनै बेला बोलचालमा कथिनाई भएको महशुस हुन्थ्यो,तर त्यहाँ पढन आएका अधिक बिद्याथीहरु उपत्यका बाहिरको भएका कारणले त्यति समस्या भने परेको थिएन । देशैभरिको साथीहरु भेत्न पाउदा गर्भले छाती फुलेको महशुस हुन्थ्यो । यहाँको अर्को नयाँ कुराका चुरोट नखाने, गल फ्रेण्ड बोई फ्रेन्ड नहुने मान्छे कमै भेत्न सकिन्थ्यो । कुनै बेला म पनि केटी साथीहरुको समुह मिलेर बिभिन्न ठाँउमा घुम्न जान्थ्यौ तर त्यहाँको बाताबरण देख्दा आफैलाई अलि अस्वभाबिक जस्तो देखिन्थ्यो । चोभार, स्वयम्भू, पशुपति, वा जुनसुकै पार्कहरुमा जाँदा पनि एकले अर्काको ज्यानलाई मायाले चुम्बन गर्दै, मुसार्दै सुमसमाउदै यौवनका उन्मादका दियोहरु जलाइरहेका हुन्थे । कुनै केटा वा केटी सँग सँगै बस्नु हिडनु यहाँको लागि सामान्य जस्तै देखिन्थ्यो । जहाँ गए पनि यौन शिकारीहरु प्रशस्त देख्न पाइन्थ्यो ।
    यौवनले बासना छरिरहेको म मा भमरा घुम्नु स्वभाबिकै थियो । म कलेज बाट फकर्दै थिए बाटामा एक यूवक लाई देखे । उ हाम्रै कलेजमा पढने साथी भनेर सजिलै अनुमान लगाउन सक्थे । हामी बस्ने देरा पनि नजिक नजिक थियो तर हाम्रो बोलचाल अहिले सम्म पनि भएको थिएन । छोटो गरी काटेका कपाल, पोटिलो जीउदाल, ठिक्कको उचाई,रिठ्ठा झै काला गोला आँखा, झिमझिम परेका परेली एकै नजरमा कुनै पनि नारीको कोमल आत्मालााई सजिलै आर्कषण गर्न सक्थ्यो । आउदै गरेको म अन्यासै उसको नजिक आए पछि अनकनाए, बोलु या नबोलु जस्तै भयो । उसको कर्के नजर बदली बदली मलाई हेर्दै थियो उसको हेराईले मेरो शरिरमा करेन्त लागेको जस्तै भयो । उ पनि रातो हुदै, मुहारमा उज्यालो ल्याउने प्रयासमा मसँग बोल्ने प्रयास ग¥यो, “ आरमै ?” एक महिला अर्काे पुरुषको पहिलो बोलाई मै बोल्नको लागि मलाई अस्वभाबिक देखे । म सुने पनि नसुनेको जस्तै गरेर बाटो काट्न लागेकी थिए तर उ मेरो पछिपछि आउदै उसले परिचय दियो र मेरो परिचय माग्यो पनि । मैले मेरो नाम राधा भन्दा हौसिएर उ बोलेको थियो “ कति मिठो नाम म यति मिठो नाम अहिले सम्म पनि सुनेकै थिएन । नाम जस्तै मान्छे पनि उति राम्री भनेर म तिर हेर्दै हाँस्यो ।” अझै बधाई चढाई गरेर भन्दै थियो । “ तपाई श्रीकृष्ण को राधा त होइन नि ?” म अलि गम्भिर भएको बहना गर्दै भने ।“ होइन, किन ? के म ब्रिन्दा बनमा रमाउने राधा जस्तो देखिएकिन्छु ?” उ मलाई अझै नजिक बन्नको लागि भन्दै थियो “ श्रीकृष्णको राधा भन्दा कुनै कमि छैन तपाईमा ” म नारी सवलता लजाउदै भने  “ मलाई अरुलाई धेरै गिज्याएको मन पर्दैन” उसले म माथी प्रभाब जमाउन गल्ती गरेको बहाना गर्दै मेरो अगाडी नै कान समात्यो । “ सरी ल, म धेरै बोलेछु, बरु, भोली कलेज जादा पनि सँगै जानु पर्छ मलाई बोलाउनुहोला ।” म पनि हुन्छ भन्दै उसको नजरमा हेर्न प्रयास गरे । म पनि उसको सौन्दर्यताबाट  आकर्षित भएकी थिए । म पनि एक्लै बसेकी थिए । आउदा जाँदा सँगै गर्दा गर्दै मेरो परीवारको बारेमा उसलाई राम्ररी थाहा भएको थियो भने म पनि उसको बारेमा निकै जानकार थिए । तर उसले भनेका कुरा सही थियो या गलत थियो त्यो भने मलाई थाहा थिएन । हामी एक दिन एक अनुपस्थीतिमा अर्काे निराश जस्तो बन्थ्यौ । यसरी नै बितिरहेका थिए हाम्रा दिनहरु ।
    आज नयाँ बर्ष बिहानीको सूर्यको किरणमा निकै कान्ति देखिए जस्तो भान हुन्थ्यो । पहिलो दिन पानी परेको ले आज काठमाण्डौ उपत्यकाको आकाश निकै सुन्दर देखिन्थ्यो । म पनि नयाँ बर्ष मनाउन योजनामा जुतिरहेकी थिए । नुहाई धुवाई, खानपिन गरी तयारी गरिरहेकी थिए । आँखाका गाजलमा लेप लगाउदै ऐना हेरिहेको थिए । घरबेटी आन्टिले गिज्याउने पारामा मलाई भन्नु भयो । “राधा के आज डेटिङ छ कि कसो खुबै नियालेर अनुहार हेर्दै छौ त ।” म होइन, आज सबै केटीसाथीहरु गोदावरी घुम्न जाने भन्ने कुरा सुनाए । तर यर्थाथता त्यहि थियो । आज निशानसँग नगरकोट जानको लागि तयार भएकी थिए । निशानले मिसकल दिने बित्तिकै रुमबाट निक्लिए । अनि त्यो दिन नगरकोट जानको लागि धेरै गाडीहरु थिए गाडिको कुनै समस्या नै थिएन । दुबैजना एउटै सितमा बस्यौ । पहिले अलिक अप्थ्यारो भए पनि बिस्तारै सहज हुदै गयो । त्यस गाडी चढेका प्राय युगल जोडी र श्रीमान श्रीमती थिए । सँग बस्नु र एकले अर्काे को शरिरमा छुनु कुनै पनि नौलो र अपाच्य थिएन् । मेरो हातमा उसले समाउदा शरीरमा करेन्ट प्रबाह भएको महशुस गरेकी थिए, र पहिले त निशानको हातलाई मेरो हात बाट हताए तर, बिस्तारै यि कुराहरु सहज हुदै गयो । उसले मेरो अङग प्रत्यङगलाई नियाली रहेको हुन्छ । मलाई लाग्छ मेरा अङग प्रत्यङ धित नमरुन्जेल हेरीरहोस् , नियाली रहोस मेरा अङग प्रत्यङगहरु । उसलाई मेरा आँखाका हेराई बाट धित नमरुन्जेल हेर्नको लागि अनुमति दिईरहेको छ । म पनि कैयौ पटक उसका अंग प्रत्यङग हेरेर मेरा मनका कुन्ठाहरु बिसर्जन गरेकी थिए । मैले उसको शरिरमा हेरेर कैयौ पटक माटेकी थिए । मेरो माटमा उसले कुनै किसिमको उचाई प्राप्त गर्न सकेकि थिएन । मलाई बेला बेलामा गाउँघरको कुनै व्याक्तिले देखे पछि के होला भनेर मुटुमा झोक्का हान्थ्यो  तर बैसले उन्मात बनेका हामीहरु आपसि कुराकानि र एकले अर्काे माथि गरेका स्पर्शहरुले सबै कुरा भुलिरहेका हुन्थ्यौ । गाडिमा राखेको टि.भि.मा आएका अग्रेजी प्रेमात्माक दृश्य पनि कम थिएन । त्यहाँ पनि चुम्बन, स्पर्शाले हामीहरुलाई सहजता बनाएजस्तो देखिन्थ्यो । बिस्तारै बिस्तारै कसिएका हाम्रा हातहरु शरिर दुई भए पनि धडकन एक भएको हो कि जस्तो भान हुन्थ्यो । म उनको मायाले पानी पानी भएकी थिए । म मा अब कुनै यूवकको चाहनालाई कम गर्न कुनै कसुर बाँकि रहदैन थियो , यदी  निशानले चाहना ग¥यो भने । बाटोमा देखिने सुन्दर जंगलहरु साच्चै मलाई आफ्नै गाउघर फर्कदै छु जस्तो भान हुन्थ्यो । हाम्रो गाडी निश्चित बिन्दुमा पुगे पछि हामी बसबाट ओर्लियौ । त्यहाँको दृश्य देख्दा मलाई अचम्म लाग्यो हजारौ मान्छेका भिड जम्मा भैराखेको थियो । त्यो पहाडको टुप्पो मा पनि ट्राफिक जाम भएका कारण ट्राफिक व्यबस्था मिलाउन ट्राफिक प्रहरिहरुलाई हम्य हम्य परेको थिए । त्यहाँ युगल यूवा यूवती र श्रीमान श्रीमती नै बढि थिए । त्यहाँ एकल हिडनु निकै हास्यस्पद हुन्थ्यो । सबै अपरिचित देखिने ठाँउमा निशानको हात पक्रेर हिडनु कुनै नौलौ लागेन मलाई । त्यहाँको दृश्य साच्चै बनावति जस्तै देखिन्थ्यो । यतिबिधि जोडीहरु म आफूले कहिले पनि देखेको थिइन् । थुम्का थुम्का, झाडी, खोल्सो कुनै ठाँउ बाँकि थिएनन् । हामी पनि एक झाडीमा गएर बस्यो झोलामा लिएर गएका खाजा निकालेर खान थाल्यौ । एकले अर्काेलाई खानको लागि सघाउथ्यौ । खाजा खाँदा खाँदै निशानले बेला बेलामा कसिलो हातले मलाई समाउथ्यो त्यति बेला म पूर्ण उत्तेजनामा पुगीसकेकी हुन्थे, उनको नजरमा हेरेर उत्तेजनालाई कम गर्न प्रयास गरिरहेकि थिए । हामीले लगेका खाजा त्यतिनै रसिला थिए तर त्यो भन्दा उत्तेजनामा गरिएका चुम्बन तथा स्पर्शहरु हाम्रालागि निकै रसिला तथा मिठा थिए । हामीले हाम्रा मोवाइल भुइमा छोडेर आफ्नै दुनियामा रमाएका थियौ ।  मोबाइलमा घन्टि बज्यो म हत्तनपत्त समाए, निशानले मेरो हात कसिलो हातले समाएको थियो । मलाई अभै बलियो गरेर समाओस भन्ने चाहान्थे, बिभिन्न बहानामा लुकाउन प्रयास गरे तर मेरो मोबाइल लुकाउने भन्दा पनि निशानको कसिलो शरिर सँग खेल्ने मेरो रहर केहि हदसम्म पुरा भई रहेका हुन्थे । । यसरीनै रमाइलो गर्दै  बितिरहे पलहरु, हाम्रो दिन हामीलाई एकक्षणमै सकिएको महशुस भयो ।
    कुनै नयाँ ठाँउमा जानु हाम्रो लागि कुनै छेक बार थिएन् । दुबै एक अर्का लाई बिश्वासको पात्र मानेकै कारण हुनु पर्छ । सार्बजनिक ठाँउमा सँगै हिडनु, कुनै ठाँउमा बसेर रात काट्नु हाम्रो लागी निसँकोच थियो । कहिले रत्नपार्क, कहिले बानेश्वर, कहिले पाटन, कहिले बालाजुका होटलहरुमा हाम्रा बास हुन्थे त्यहि धेरै पटक हामी हाम्रा उत्तेजनालाई सार्थकता प्रदान गरेका हुन्थ्यौ । आफुलाई कन्या सम्झने म, अब यो दाबि गर्र्न नसक्ने भैसकेकि थिए । कलेजका खाजाघरहरुमा अबेर सम्म बसेर कुराकानि गर्नु , कलास छोडेर झाडीमा बसेर स्पर्ष गर्दै एक आपसमा चुम्नु हाम्रा लागि सामान्य भैसकेको थियो । एक मिनेटमा पुगिने हाम्रा कोठा हामीलाई ताढा भएको थियो । निसानले मलाई सँगै बस्नको लागी अनुरोध ग¥यो म पनि सहर्ष स्वीकार गरे । हामी दुबै सहमति बमोजिम अर्को ठाँउमा दुबै एक कोठामा दुबै बस्न थाल्यौ । घरबेटीलाई हामी बनावति नातामा ढाँतिरहेका थियौ । सँगै थियो तर हामी बिबाह गरेका थिएनौ । हामी आफूलाई निकै आधुनिक भनेर पनि दावि गरिरहेका हुन्थ्यौ । यूरोप र अमेरिकामा बिबाह पहिले कुनै यूवा यूवति सँगै बस्न जति सहज थियो यहाँ त्यति नै सँकट थियो । यो कुरा घरमा थाहा हुने बित्तिकै घरबाट पैसा आउन बन्द हुन्थ्यो भने हाम्रो समाजको लागि यो अपाच्य नै हुन्थ्यो । त्यसैले हामी यो कुरा गोप्य राखेका थियौ । बिबाह पूर्व यौन आनन्दमा रमाइरहेका थियौ । कति समय हामी कलेज नगएर दिनभरि एकले अर्काेको शरिर सुसमाएर दिन हरु व्यत्तित हुन्थ्यो ।
    जागिरमा लागे पछि बल्ल बिबाहलाई औपचारिकता दिने वा अध्ययन सिद्धाएपछि छुत्तिएर आ आफ्नो घरमा जाने भन्ने बिषयमा निका समय दोधार भएकी थिए । उ पूर्वको तामाङ म पश्चिमकी क्षेत्रीनि । मेरो परिवारले तामाङ परिवारको बहर स्वीकार्नेवाला थिएन । उसको परिवारले पनि स्वीकार्न नसक्ने कुरा जनायो । हामी पहिले सँगै बस्ने कुरा गर्दा पनि यि कुराको बारेमा राम्ररी कुरा गरेका थिएनौ । यौवन र एक आपसमा परेको प्रभाबले सहर्ष स्वीका¥र्याै । मेरा हरेक भुमिका एक श्रीमतिले गर्ने काम भन्दा पनि कम थिएन । हामीमा अव लुकाउनु पर्र्ने छिपाउनु पर्ने कुरा पनि केहि बाँकि थिएनन् । हाम्रा लागि सबै कुरा सहज बनेको थियो । हामी दुबैले गरेका कामहरुको प्रतिफल कोपिला मेरो कोखमा हुर्कदै थियो यो कुरा मेरो मैनाबारी रोकिए पछि चाल पाए । म निशानलाई जानकारी दिएन् । आफै एक्लै गएर हुर्कदै गरेका यो कोमल फूल सडकमा फाल्ने प्रयास गरे तर म सकेन । बेलाबेलामा मेरो पेटमा छामेर मलाई गिज्याउदा पनि म उसलाई होइन भनेर ढातिरहेको थिए । यसरीनै मेरो चार महिना बित्तेको थियो । निशानलाई यो काखमा फूलीरहको कमलका बारेमा सुनाए तर उसल पहिले नै नभनेकोमा म सँग रिसायो । म उसलाई बिबाह गरेर लैजानको लागी अनुरोध गरे तर उसमा मौनता मात्र प्रस्तुत ग¥यो । कोठा भाडा भर्खर बुझाएकोले मेरो र उसको पकेतमा चार पाँच सय भन्दा धेरै थिएन । साथीहरुलाई मागौ भने पहिले घुमफिर गर्दा लिएको पैसा बाँकिनै थियो । हामीमा त्यो बच्चालाई जन्म दिनुको बिकल्प आएन ।
    आज निशान बेलुकिको दश बज्दा सम्म पनि आएन । मलाई बाहिर कुनै काम भएको भनेर पनि जानकारी दिएको थिएन । घरबेटीले नौ बजेनै गेटमा टाल्चा मारेर जानुभएको थियो । म मागेर राख्न पनि सकेन, दिनानु दिन ठूलाहुर्कदै गएको बच्चा, गाउँ परिबर्तन गर्नको लागि शहर पसेकी म, आज सोच्दा यो सुधार गर्न नसकिन भुल प्रति म निराश भएकी थिए । एउटा केटा सँग बोल्न नसक्ने म आज बिबाह पूर्वनै यसरि घैता बोकेर हिडदा देख्ने सुन्नेले पनि के भन्लान ? मनमा अनेकन कुरा यसरीनै खेलि रहेका हुन्छन । बाहिर गेटमा केहि आवाज आएको सुने धोका खोलेर हेरे, निशान धोकामा उभिएको थियो । उसको स्वर लरबरिएको जस्तो थियो । माथिल्लो तलामा घरबेटिआमालाई उठाएर चाबि लिई धाको खोले उसको मुखबाट निकै गन्ध आइरहेको थियो । उभिन नसक्ने भएर आएको थियो । रक्सिको मातमा मलाई भन्नु नभन्नु भनेर गाली ग¥यो तर सहेर आँखाबाट आँसुका दाना बर्साउदै साउने भरिझै बर्सिए, निरिह पन्क्षीझै बनेर । उसको माट अझै बढिरहेको थियो, मलाई पिरो धुवाँ झै लाग्ने उसको मुखमा चुम्वन गर्न बाध्य बनायो । यौन उत्तेजनमा सहर्षलाग्ने चुम्बन मलाई बाघको मुखमा मुख थोसे जस्तै लाग्यो । म निरिह भएर जे जे भन्यो त्यही मान्न बाध्य भए । मलाई अंग प्रत्यङग मेरो मुखमा कोच्न पछि परेन । हरेक क्रियाकलाप बाघअगाडी परेको मृग झै कायल भएर गरिरहे ।
    म युद्धमाझै जोसिएर जागर लिएर त्यसको बिरुद्धमा लाग्ने मन थियो तर के गर्ने बाध्यता थियो कि उसँग नरम भएर यो बच्चाको बुबा बनाउनु थियो । यो बच्चाको के नै गन्ती थियो र यस सुन्दर धर्तिमा जन्मने अधिकार पाएको बच्चलाई जन्मन नपाउदै बुबा आमाको शिकार बन्नु पर्ने । म आफूले गरेको गल्ति प्रति आफैलाई धिक्कारे, अनि निशानको मन जित्न जे जुनसुकै काम गर्न पनि तयार भए । कुनैबेला मलाई दुःख दिए पनि अन्यबेला भने मलाई माया नै गथ्र्याे । मेरो भारि जीउसँग पनि बिहान बेलुका उसँगै घुम्नको लागि लाने गथ्र्यो । मलाई चुच्चेकी आमा भनेर गिज्याउथ्यो र म पनि उसलाई चुच्चेको बुबा भनेर गिज्याउथे । मेरो पेटमा सुनेर बेलाबेलाम भन्ने गथ्यो, सुनन बच्चाले पेटमानै उसले बाबा ममी भन्न सिक्दैछ । म हाँसेर भन्ने गर्थे । तिमी र म जस्तै घुम्नका लागि दिनहरु पनि गन्दै होला नि । हा हा....
    निशानको कोरीयाको प्रोसेस सफल भएको खवर सुनायो , एक हप्तामानै उ कोरिया उड्ने भयो । एक्लै बन्दा हुने समस्या छँदै थियो तर पैसा कमाउने बाटो खुलेकोमा हौसिए । एक दिन गन्दा गन्दै सात दिन पनि आयो । उसले घरबाट लिएको केहि पैसा सुत्केरी खर्च भनेर मलाई छोडिदियो । बिहानै मनमा अनिक्षा, असन्तोस् बेदनाको पोकालाई आँखाबाट छचल्किएका आँसुले सिन्चित गर्दै, उनको हात समाएर लाग्यौ बिमानस्थल तिर, बाटोमा दुबैको पिडाका कारण निकै शान्त भयौ । “ मैले भने, मलाई त बिर्सन्नौ नि हैन ?” मेरो जवाफमा उसले भनेको थियो,“के प्रश्न गरेकी, आफ्नो प्राण भन्दा ठूलो मान्छेलाई पनि मैले बिर्सन्छु जस्तो लाग्छ तिमीलाई ? म घर परिवार बिर्सन सक्छु तर तिमीलाई बिर्सन सक्दिन ।” उनको ओठ बाट निक्लिएका यो आवाज सुन्दा आफैलाई बिश्वास नलागे जस्तो लागेर उसको अनुहारमा हेरे । उसको आखाँबाट आसुहरु  खसिरहेका थिए । त्यही अँगालोमा बाँधेर आइ लभ यू भने निशान पनि भकानिदै सेम टु यू भन्यो । आँसु पुच्दै हल्लाई रहेको हात हेरे । एक क्षण पछि पखेटाहाली नेपाल छोडेर गयो । म दिनदिनै फेसबुकको स्टाटसमा हेरे , दुई दिन पछि कोरिया पुगेको फेसबुकमा लेख्यो । म पनि आफू सन्चै रहेको कुरा जानकारी गराए साथमा  आइ लभ यू र आइ मिस यू का म्यासेज हरु आदान प्रदान भैरहयो । मानिसलाई सधै एउटै हुन्छ भन्ने हुदैन रहेछ । उसले बिस्तारै फेसबुक बाट अलगियो । मैले दिन दिन लेखेका म्यासेज अनि मायाका सम्झनाहरु त्यहि च्याट बक्समा महिनौ सम्म पनि बासि भएर बस्यो । मनमा चिसो पस्यो अव निशान म बाट अलगिएको भन्ने कुरा महशुस गरे । डक्टरले दिएको समय आउन धेरै दिन थिएन । घरमा बुबा आमालाई आझैसम्म पनि थाहा थिएन । अमेरिका जाने छात्रवृत्तिको सपना देखाएर बुबाबाट पैसा पठाउन लगाए ।
            
                   एउटा अबिबाहित केटीले काखमा घोर्ले छोरो लिएर हिडदा यो हिन्दुदर्शनले प्रभाब जमाएको समाजले के भन्छ होला ? मलाई बच्चाको आमा बन्न सौभाग्य दिने निशान आज कुन शहरमा छ होला ? मलाई यो हातलमा छाडेर कसरि बसिरहेको छ होला । म लाई त बिर्सियो तर उसको संन्तानको एकरति माया पनि छैन उसलाई ? म यो आत्म  हराएको शहरमा कसरी बसिरहेकी छु भन्ने कुनै फिक्री छैन होला त ? मेरो गाउँको मुहार बदल्ने सपना लिएर आएको म किन यसरी बच्चाखेलाएर बसिरहेकी छु , यसमा के मेरो गल्ती छैन ? किन म जस्ता जान्ने बुझ्ने मध्येकै किन यातिका बिधि समस्याका जेलिएर बसिरहेकी छु ? गाउँ घरमा बुढा पाकाले उखान गर्दथे । सोझो एक भत्ल्याङ्ग पल्टन्छ भने बाथो चार भत्ल्याङ्ग पल्टन्छ भनेको यसैलाई होला । म के नजान्ने थिए र ? बैशको तालमा होस गुमाउदा आज शुगन्ध बिनाको फूल भएर फक्रनु परेको छ, देउता बिनाका मन्दिर भएर रहनु परेको छ । यदि बुबा आमाले मेरो बारेमा थाहा पाउनु भयो भने के भन्नु हुन्छहोला ? मेरो गाउँ समाज जसले म बाट बिकाश र सफलता को कल्पना गरेको यही हो ? बुबा आमा बाट पनि सदाका लागि सम्पर्क बिच्छेन गरे । बुबा आमा म पहिले बस्न ठाँउमा मलाई खोज्न आएनु भएको थियो रे मलाई नभेत्दा बेहोस भएर हिडनु भएको थियो रे । म अहिले पुतलीसडकका गल्लिहरुमा इट्टा बालुवामा पौथेजोरी खेलिरहेकी छु । त्यही प्रदेशिएको पापीमायाँलुको पखाईमा दशकौ पर्खाइमा बस्दा पनि पर्केन, सायद अब कहिल्यै पनि फर्कदैन । म लिभिङ्ग टुगेदर गरेकोमा पछुत्ताउदै आशु आँसु  सँग बाँचिरहेकी छु । आँसु मेरो साथी बनिसकेको छ । बाच्नेछु बाँचिरहनेछु बिक्षिप्त मासिक्ता लिएर टुक्रिएको मुटु लिएर , मनभरि पछुत्तोको आधिबेरी लिएर................।



  धन ब. बिश्वकर्मा
           भकिम्ली एक, म्याग्दी
(हालः कीर्तिपुर, काठमाण्डौ, नेपाल)
(मलाई यहाँहरुको साथ र सहयोग को खाँचो छ, यहाँको साथ, सहयोग,तथा अमुल्य सुझाब सल्लाहको लागी मेरो ठेगाना र नम्बरमा सम्पर्क गर्नुहोला । कुनै पत्र पत्रीका मा प्रकासन गर्न अनुमति छ तर मेरो परिचय बिना प्रकाशन गर्न मनाहि छ)
        




Post a Comment

0 Comments