Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

बेहोसी.. By Dhanu BIshowkarma

               
                      यहाँ मानिसहरु बिहान हुन नपाउदै सबै जना हतार हतार आफ्नो कामको लागि तयार हुन्छन् । खान पिउनको लागि कसैलाई पनि फुर्सद नभएको जस्तो देखिन्छ । सम्म परको भागमा पहिराले ढुङगा थुपारिएको हो कि जस्तो देखिने यो शहर, कंक्रित नै कंक्रित भरिभराउ छ । यस शहरमा देशभरका मानिसहरुलाई देख्न पाइन्छ । बिभिन्न जात जाति भाषा भाषिका मानिसहरु । शुरु शुरुमा आउदा यो ठाउँमा बोलिने भाषाले मानिसलाई दिक्क बनाउछ । टेम्पो, बस, बाटो या जहाँसुकै होस मानिसहरुको भिड तथा बिभिन्न भाषामा बोलीने मानिसहरु देख्न पाइन्छ । मानिसले अनेकौ सपना देखेर यस शहरमा प्रबेश गर्दछन् । कोहि उच्च शिक्षा हासिल गर्न कोहि पेशा व्यबसाय, कोहि बिदेशमा आफ्ना श्रम र पसिना बेच्न जानको लागि यसै ठाँउको प्रयोग गर्दछन् । महिनामा अरबौ आम्दानि गरेर देश बिदेशमा आफ्नो सम्पतिको आदम्बर देखाउने पनि यही छन्, गरिब बिहान बेलुका हात मुख जोर्नको लागि आफ्ना पाखुरा बजार्दै रगत पसिना बेच्ने पनि यहि छन् । रास्ट्रका बागदोर समालेका नेताहरु पनि यहि छन, बेरोजगारिका कारण बिभिन्न पेशा अगालेका मानिसहरु पनि यहि छन् । यो इतिहाँसमा आफ्नो नाम लेखाउन सफल भएको, मन्दिरै मन्दिरको शहर हो । नेवारी समुदायका मानिसको बर्चस्व भए पनि अहिले अन्य जातिका मानिसहरुका पनि कम छैनन् । यस ठाँउ पर्यटकिय हिसावले पनि उतिनै उर्वर छ । पुराना वास्तुकला, मठ मन्दिर, दरबार, लगाएका देशको इतिहाँस बोकेका ठाँउले जुन सुकै मानिसको पनि मन तान्न सजिलै छ । मानिस बिभिन्न सपना देखेर यो ठाँउमा प्रबेश गर्दछन् । कोहि सफल भएर हाई हाई का जीवन बिताएका छन, भने कोहिका दुर्गति भएका पनि त्यतिकै छन ।
                  बाबुराम एउटा गाउले केटा हो उ आज आफ्ना एस.एल.सि पछाडि पढने औकात नभए पछि कामको खोजिमा यहि शहरमा प्रबेश गरेको छ । बुबा आमाका उमेर पुगे पछि, उहाँहरुको पालन पोषणको जिम्मेवारी उसैको काँधमा आएको छ । बिदेश गएर साहूको कर्जा तिर्न उसमा इच्छा नभएको होइन, उसलाई सघाउने कोहि थिएनन् । उसले बिदेश जानको लागि कर्जा माग्न साहूका घर घरमा गएर खुट्टा नधोगेको पनि होनइ् । बलेको आगो मात्र ताप्छन भनेझै उसलाई सहयोग गर्र्न कोहि मानिस नभए पछि उ अवसरको खोजिमा यो शहरमा आएको हो । उसको लागि यो शहर पहिलो हो यो भन्दा पहिले उ यस ठाँउमा आएको थिएन । सबै कुरा उसलाई नयाँ छ । उ सँग मात्र  दुई चार सय मात्र खल्तिमा छन । सयौ प्रतिस्प्रधि भएको यो शहरमा बाबुराम जस्ता यूवकको के नै खोजि हुन्थ्यो र । तरपनि उ  कामको खोजिमा दुई दिन देखि दौडिरहेको छ । उसको योग्यता सँग मिल्ने कुनै काम पनि पाउन सकेको थिएन । हुनत उसले त्यस्तो कुनै खालको सिप पनि सिकेको थिएन । पुरानो कपडा, स्याहार नपाएर हावामा उडिरहेका कपाल, काला फोहोरले भरिएका नङ्ग, श्याम बर्ण , गरिबी र  सघर्षले आत्तिरका नयन साच्चिकै उसको जीवनको कारुणिक्ता देख्न पाइन्थ्यो । यस्ता देखिने मान्छेलाई सजिलै पत्याइहाल्ने पनि कोहि थिएन  यो शहरमा ।
                होटलमा काम गर्न लागेको एक महिना भैसकेको थियो । ग्राहकका जुथो भाँडो बटुल्ने र सफा गर्दैमा दिन जान्थ्यो । बिहान तिन बजे देखि शुरु भएको उसको काम बेलुका अबेर सम्म भाँडा सफा गर्दैैमा बित्दथ्यो । साबुन र धेरै समय पानी सँग बिताउने हुदा उसका औलाका काप्पाहरु बाट छालाहरु गएका थिए । हातभउिका फोका हरु थिए तर पनि आफूले काम पाएकोमा सन्तुस्त नै देखिन्थ्यो । काम धेरै भए पनि खानपिन समयमै हुदा उ पुस्ताउदै गरको थियो । पहिले पहिले भाँडा मात्र माझ्ने उ बिस्तार बिस्तार  खाना तथा बिभिन्न परिकार बनाउन सक्ने भै सकेको थियो । उसको मेहनत देख्दा उसको मालिक प्रशन्न नै देखिन्थ्यो । तर पनि उसले अझै काममा कस्साउने गरेको थियो । त्यहाँ आउने अनेकन प्रकारका ग्राहकको सेवामा दिन बिताउनु उसको दिनचर्य भित्र पर्दथ्यो । पहिला भाँडा माझ्ने पर्दथ्यो भने अहिले ग्राहकको सेवा र उहाँहरुको सन्तुस्ती नै उसको लागि दिनचर्या नै बनेका थिए । कति पुरुषहरुका शरिर माडनु पर्दथ्यो । बुढा बुबा आमाको शरिर कसले माडिरहेको होला, दुनियाको शरिर माडेर बसिरहेको छ । कुनै बेला अधबैसे महिलाहरुको शरिर माडनको लागि मालिकले काम लगाउथे उसलाई मन नलाग्दा नलाग्दै पनि आफ्नो काम पुरा गर्नु पर्ने थियो । हुनत यसको उमेर र बैसले धपक्क बलेको बाबुराममा शरिरको मिचाईमा एक छनक देख्न पाइन्थ्यो । उत्तेजनामा परेका ति महिलाहरु उसलाई आफैतिर तान्दा उ लाजले भाग्ने गर्दथ्यो । तर दिन दिनैको सोहि गतिबिधिले उसलाई कुनै पनि कामको लागि लाज नमान्ने निडर बनाइ सकेको थियो । एउटा पुरुषमा हुनुपर्ने कुनै पनि किसिमका क्षमताको कम थिएन । रमाइला , नरमाइला कामको अनुभव सँगै उसले एक बर्षनै त्यहाँ बिताएको थियो । उसको कामले आफ्नो ज्यान बचाउन र घरमा बुबाआमाका प्राण धान्नको लागि ठिक्क भएको थियो ।
                    बिहान पाँच बज्दा नबज्दै बिमलीको कोठामा चिया लानु उसको पहिलो काम थियो । बिमली कलेज जानु पर्न भएको हुनाले पाँच तिस तिर सम्म खाजा पनि तयार गर्नु पर्ने थियो ।  साहु बुबाअमाहरु सात बजे उठ्ने हुनाले त्यति हतार हुदैनथ्यो । तर नौ बजे सम्म खाना तयार गरी कपडामा आइरन गरेर कारलाई सफा गर्नु पर्दथ्यो । घर मालिक मालिक्नीहरु को ठूला व्यबसाय भएको हुनाले प्राय घरमा कम समय बिताउथे । उहाँहरुलाई खान खुवाएर पथाएपछि केहि बेर उ आरम गरेर, बिभिन्न कुराहरु सम्झेर बस्दथ्यो । बेला बेलामा आफ्ना आमा बुबालाई सम्झेर निरस हुन्थ्यो । केही बेर घाममा गएर कपडा सुकाउनु र घाममा उत्तै निदाउने पनि गर्दथ्यो । कहिले बिमली आएर धेरै बेर खोजिरहन्थिन । तर उ घाँममा आनन्दले बसेको हुन्थ्यो । बिमला कलेज बाट आए पछि सँगै खाना खान्थे । दिन भरि टेलिभिजनमा झुमिएर दिन जान्थे । पहिलेको होटेलमा भन्दा उसले सहजताको महशुस पनि गरेको थियो । कुनै बेला परिवारका साथ बिभिन्न ठाँउमा घुम्न पाउने अवसर पनि आउदथ्यो त्यति बेलो उ खुशीले फुरुङग हुन्थ्यो  । प्राय मिजासिला देखिने साहू साहूनि बेला बेला बमझै पडकन्थे । त्यहि समयमा बाबुराम निकै अध्यारो मुख बनाएर किचनमा आँसु पिएर बस्ने गर्देथ्यो । रोहिरहेको बेला बिमलीले आएर सम्भाउने गदर्थिन । बिमली साहूको एउटा मात्र छोरी हुन अहिले पलसटुमा पढदै छिन । साहूको छोरी भएर पनि उनिमा निस्वार्थता  तथा मानबियता पनि छ । उनको स्नेहले बाबुरामको बैसले भरिएको मन मुटुमा फूल बनेर  फक्रिएकि छन, जस्तो महशुस गर्दथ्यो । हुनत आकाशको फल आँखा तारी मर भने झै थियो बाबुरामका लागि । कहाँको शहरको शाहू कहाँ दुई कौडी उ । उ आफू गरिब परिवारमा जन्म दिएकोमा भगवान प्रति असन्तुस्त पोख्ने गर्दथ्यो ।

                         आज उसलाई बिहानै देखि अलि हतार देखिन्छ । घरको सरसफाई र बिभिन्न परिकार बनाउनमा उ निकै व्यस्त देखिन्छ । उ पनि आज बिहानै देखि निकै सफा कपडामा सजिएको छ । घरका प्रत्येक कुना कुनमा सफा तथा सजावतले निकै आकर्षक देखिन्छ । माथिको त्यो ठूलो बैठकलाई पनि चारै कुनाबाट साजाइएको छ । बिचमा टेवलमा फूलअनि पानिका बोटल पनि छन  कोठको ओल्लो छेउ देखि पल्लो छेउ सम्म झन्दै पचास वटा कुर्चिहरु क्रमस मिलाएर राखिएको छ । ति कुर्चि सिधै अगाडि पत्ति सोफाहरुलाई मिलाएर राखिएको छन् । पर्खालमा बेलुनहरु फूल्लाएर ताँसिएको छन् । कोठाको चारै तिर साउण्ड सिस्तम जोडिएको छ । यो सबै तयार गर्नको लागि बिमलीका साथीहरु काम गरिरहेका थिए । माथि सिलिङ्गमा बिभिन्न रङगी चङगी ध्वजा पटका तथा बिभिन्न सजावतका सामाग्रिहरु देख्न पाइन्थ्यो । एक टेवलमा बिभिन्न आकारमा मैन बत्ति तयारी अवस्थामा राखिएको थियो । साचिकै यो कोठा बिबाहमा सजिएकी दुलहि जस्तै सजाइएको थियो । दिन भरिको काम पछि किचनमा बिभिन्न परिकारहरु तयार भए । बैठक हल पनि दुलहि झै सिगाँरियो । बिमलीका साथीहरु पनि बिस्तारै जम्मा भए । साहुका सुबेच्छुक हरुको ठूलै भिडको जम्मा भयो । सदै किचनमै व्यस्त हुनु पर्ने बाबुराम आज अन्य कुकुहरुको सहयोगले  घरको अन्य काममा व्यस्त देखिन्छ । स्टोर रुममा रहेको वाइनका प्याकेटहरु पनि उसले नै बैठक कोठामा लान्छ । बाहिरबाट साहूले बाबुरामलाई बोलउछन । उ बाहिर साहू भएको ठाँउमा पुग्छ, त्यहाँ जन्मदिनको लागि ठूलो निकै आकर्षक प्लास्तिकमा बेरिएको सामान थियो । बाबुरामले यो पनि माथिकै बैठक कोठामा लिएर गयो । बाबुराम अन्य कोठामा व्यस्त रहेका पाहुनालाई बैठक कक्षमा लगेर गयो । त्यत्ति बेला पहिले आकर्षक देखिने केक रहेछ अहिले केक अनि मैनबत्तिका लाइन  मिलाएर राखिएको छ । बैठक कोठा रङगी चङगी बिभिन्न बत्तिहरुले रगिंन बनाएको छ । आज बिमलीको जन्म दिन हो । उनि आजको कार्यक्रमको प्रमूख पात्रहुन । बिशेष सजावतमा सजिएकी बिमली बैठक कोठाको मध्यतिर रहेको टेवल निजिक उभिएकि छिन् सबैजना उत्साहित भएर एकतमासले उतैतिर हेरीरहेका छन । रङगी चङगी बलेका उन्नाइस बत्तिलाई निभाएपछि तालिको गडगदावत सँगै सवै मिलेर जन्मदिनको गित गाउन थाले । सबैले बिभिन्न किसिमका उपहार र शुबेच्छा आदान प्रदान भयो । बाबुराम पनि पहिलो दिन बिमलाले नै छानेको उपहार सँगै जन्मदिनको शुभकामना दियो । निकै रोमाञ्चक साथ खानपिन र नाच गान सुरु भयो । साना देखि ठूला सम्मका हातमा वाइनका ग्लास थिए । कसैलाई पनि कसैको डरको त्यहाँ महशुस थिएन । वाइन एकले अर्काेलाई पिउन सहयोग गर्दै नसाका तालमा आफ्ना नजिकका आफन्तहरु सँग झुमिरहेका थिए । बाजातालमा उफ्रि उफ्रि नाचेका बाबुराम अंग्रजी गितमा , गितको तङगमा जीउ हल्लाउन शुरुमा अप्थ्यारो भए पनि पछि बिस्तारै उ पनि तरंगित भयो । बिमली तथा उसका साथीहरु सँग हातमा हात मिलाएर बजिरहेको म्यूजिकमा नारि पुरुषको प्रबाह नगरि सबै जना दुनिया भुलेर नाचिरहे, होसले काम गर्न सम्म वाइनको चुस्किमा सबै नतमस्तक भैरहेछन ।
                     बाबुराम त्यो घरको एक कारिन्दा थियो । बाबुरामले पनि त्यो भन्दा केहि सोचेको थिएन । बिमलीको उक्लदै गरेको बैस, बुबा आमाको बाहिर हिडन गरेको बन्देज, साच्चैनै बाबुराम सँग नजिक हुने एउटा नजिक हुने राम्रो अवसर भएको थियो । बिहान बेलुकाका काम बाबुराम एक्लैले गरेपनि दिउसोको समयमा बिमलीले सघाउने गदर्थिन् । पहिले घरका सबै सदस्यको कपडा धुनु पर्दथ्यो भने अहिले त्यो बिस्तारै कम भएको छ । बिमलीले आफ्नो कपडा आफै धुन ठालेकि छिन ।त्यो मात्र होइन घरमा भएका अन्य सबै काममा एक आपसमा मिलेर काम गर्न लागेका छन । दिन भरि टेलिभिजन र्हेन सँग हुन्थे । घरमा चाहिने तरकारी तथा अन्य सबै सामाग्री लिन बजारमा सपिङ्गकालागि सँगै जान्थे । बेला बेलामा बुबाआमालाई छक्काएर बिमलीको बहानामा फिलिम हेर्न र पार्क घुम्न सम्म सँग सँगै पुग्थे । बिस्तारै मालिक र कारिन्दाको सम्बन्धमा परिर्बतन भएको थियो । बाबुराम बाथरुममा नुहाउन जाँदा बिमलाले अन्डर वयर र टावेल लुकाएर घण्टौ सम्म पनि नदिएर उसलाई बाथरुममै चिच्चाएर बस्न बाध्य भएको थियो । पालो पूरा गर्न, बिमली नुहाउन जाँदा, शरिरमा साबुन लगाएको बेला पानी टयाङकीमै बन्द गरेरे बिमली आँखा पिरो भयो भनेर रुदा पनि बाबुरामले पानी नखोल्दा सम्बन्ध नचिसिएको पनि होइन । एक आपसमा हाँस खेल गर्नु बस्नु , घुम्नु, भोग लागेको बेलमा सँगै किचनमा रमाउनु, बिमलीलाई बिभिन्न परिकार बनाउन सिकाउनु , कुनै बेला साना बच्चा झै लडनु , सामान लुकाएर एक ले अर्कालाई दुःख दिएर रमाउनु उनिहरुको दिनचर्य जस्तै बनेको थियो । बिमलाले काउकुटी लाउदा, हात समातेर काउकुटी लाउदै स्तन सम्म हात पुराउदा पनि कुनै संकोच थिएन । बैसले नतमस्त भएका उनिहरु एकआपसलाई सुमसमाउदै बसिरहेका हुन्थे । कुनै बेलामा मालिक आउदा पनि उनीहरुको बसाई अस्वभाविब जस्तो हुन्थ्यो । त्यो देख्दा धेरै पटक सम्म बुबा आमाले बिमलालाई गालि सम्म गर्नु भएको थियो ।
                  चार बजेको थियो । बाहिरी आकाशमा एक मलिन जस्तो देखिन्थ्यो । प्रहरीको गाडीले बजारमा हुइकिएको आवाज सुनियो ।  दलबल सँग आएको प्रहरीको गाडी त्यही शहरको प्रख्यात मालिकको घरको अगाडी आयो अनी रोकोयो । हतार हतार आफ्नो हतियार तयार बनाउदै सबै जना अगाडी लागे । एक समुहले घरलाई घेरा लगायो । केहिले माथितिर हेर्दै निके चलाख भएर  बस्यो । केहि बिशेष ठूला पदका जस्ता देखिने मानिसहरु हातमा बिबिध सामग्री र हतियार तयार बनाएर भित्र पसे । कुनै कोठाबाट बिलौनाको आवाज आएको जस्तो सुनिन्थ्यो । बिस्तारै सबै कोठामा सर्च गर्दै उनिहरु टि. भि. कोठामा पुगे । त्यहाँ पुग्ने बित्तिकै प्रहरीले अझै सतर्कता बढायो । भुइमा रगतको खोलो थियो । साहु सोफामा बसेर मन अमिलो बनाउदै आँखामा आँसु लिएर बसिरहेका थिए । आमा आफ्नी छोरीको नजिक गएर आँखा बाट आँसु झारेर बिलौना गर्दै रोइरहेकि थिइन । स्थीति भयाबह थियो । हिजो अस्ति खुसिले रमेका ति युवा युवति आज बेसहरा भएर भुइमा अचेतन भएर लडेका थिए । प्रहरीले हरेक क्रियाकलापको क्यामराको सहायतामा दृश्यहरु कैद गरेको थियो । ति लडिरहेका शरिरहरु प्राणबाट अलग्गी सकेका थिए । उनिहरुको कपालमा ठूला चोट थिए त्यहि बाट बगिरहेको रगतले कोठानै रग्ताम्य भएको थियो । हेर्दा पनि सपना जस्तो देखिन्थ्यो । बुबा आमा दुबैलाई प्रहरिले नियन्त्रणमा लियो । प्रहरीले आफ्नो अनुसन्धान लाई आगाडि बढायो ।
                मानिसको जीवन अनौठो छ, एकछिन अगाडि रमाइरहेको मानिस एकछिन पछि अचेत भएर पल्टिरहेको हुन्छन् । आफ्नो सन्तान आफ्नै आँखा अगाडी पल्टिरहेका बेला आमाको मुटु कस्तो होला ? आफ्नो एक मात्र छोरीको के के न सपनामा रमाएका थिएन होला तर सब आज समाप्त भएका छन । पहाडको झुप्रो आफ्नो छोराको पैसा चिठी पत्र पर्खेर बसेको बेला छोराको हत्या भएको खरब सुन्दा ति डाँडामाथीका जुन तारालाई के भयो होला ?  हामीहरुलाई पनि नरमाइलो लाग्छ, प्राणलाई बल्ल थामिरहेको बेलामा आफ्नो सहरा गुमे पछि जुन तार सँगै अस्ताई सके भनेर भनेको सुन्दा कस्लाई रमाइलो लाग्ला र ? बिना कारण खाँउखाँउ लाउँ लाउँ भन्ने बेलामा हरेक इच्छाचाहना अर्काे जुनीको लागि बाँकि छोडेर जानु पर्दा कुन मानब खुशी हुन सक्छर ? स्वर्गमा गएर पनि खुशी हुने सपना बाडने हामीहरु जीउदो हुदा पनि कस्ता जीवन भोगिरहेका छौ ।
                    यो देशको केन्द्रिय कारागार हो त्यस कारागार बिभिन्न अपराध गरेका तथा अपराधका कालो अनुहारमा पोतिएका मानिसहरु बिछट्टैको संसार बिताएका छन् । त्यही हुलमा बिमलीको बुबा आमा पनि पाँच बर्षदेखि त्यही कारागारको बास भैरहेको छ । हरेक बालबच्चाहरु आफ्ना बुबा आमाको लागि प्यारो हुन्छ । प्यारो चिज सधै मायामा राख्दा पनि त्यही प्यारो चिजले धोका पनि दिदो रहेछ । अफिसबाट बुबा आमा त्यो दिन चाँडै फर्किएका थिए । जोसले होस गुमाएका उनीहरु जीवनलिलामै नतमस्तक थिए । बैसले उन्मात भएका उनीहरु बुबा आमा आउदा पनि कुनै चाल पाएनन् । रिसले चुर भएका बुबा नजिक रहेको फलामको रड लिएर टि.भि. कोठामा प्रबेश गरि बाबुरामलाई निशान बनाउन खोज्दो बाबुरामले टाउको जोगाएपछि बिमलाको टाउको मा बज्रन पुगेको थियो । एक चोटमै छोरी बिमली ठहरै भएकि थिइन,  बाबुरामलाई हानेको चोट आफ्नै छोरीमाथी परेपछि उनको होस गुम्यो । एकछिन् आफ्नो छोरीको छतपतावट हेरे पछि बिमलीलीले अन्तिम स्वास लिदै बिदा भइन । यतिबेला सम्म आफ्नै अगाडी बिमलीको हत्या देख्दा उ(बाबुराम) आदि होस गुमाई सकेको थियो । डर तथा रिसले पागल बनेको  साहू बाबुरामलाई निसाना बनाएका थिए । आफूले नमारेको हो बनाएन उनले प्रहरीलाई खबर गरि पन्छिन खोजेका थिए अनुसन्धानले उनिहरुलाई दोषी बनाएको थियो । तर उनिहरु अझै पनि दोषी नभएको वा निर्दाेष भएको दाबी गर्दैछन् र पश्चाताम गर्दै बाँकि समयलाई पर्खिरहेका छन ।
                        धन्यबाद्
धन ब. बि.क. भकिम्ली,एक, म्याग्दी
(हालः एम.एड पहिलो बर्ष , कीर्तिपुर, काठमाण्डौ, नेपाल ।)



Post a Comment

0 Comments