![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjHaYL2-kW9J-sIoIYGzIc-ynIPfF4OpN9pAc0Yw2lpy0C46Gmfs8CduUOBEOSNfypOOty1nbhq0zYGXIt1rk3z7drRnfZCBGs5SiCfsrVuN7CjRWDSGvcmlqbNZG5V10dyoKaVcTeEfTA/s1600/gjgjg.jpg)
म बागलुङमा दुई तिन दिनको काम भएको कारणले भुल्नु पर्ने भयो । बि.एड अध्ययन गर्दाको रुममा रहेको कम्प्यूटरमा क्यामेराको फोटो हालेर सबै परिवारको जुम गर्दै सबै फोटाहारु हेरे निरन्तर आँखा बाट आसु बगिनै रहयो । शेरे दाईलाई भेन्न जानको लागी दाई रुम तिर हिडे तर मेरा आँखा बाट बर्सिएका नुनिला आशुका दानाले मेरो बाटो छेकी रहयो । बल्ल बल्ल दाइको रुममा पुगे तर झनै साउने झरि झै आँखा बाट भेल बगिनै रहे । चार बर्ष सँगै बसेको दाईसँग निकताको सम्बन्ध तोडनु थियो । बागलुङमा रहदाको बखतमा भएका सम्पूर्ण तिता मिठा सवैमेरा नयनमा घुमिरहेका थिए । केहि समयको छोटो भलाकुसारी पछि म आफ्नो परम अबिभाबक बाट पनि आँसु पुच्दै निक्लिए । मलाई लिनको लागी गाडी मेरो रुम अगाडी आएको थियो मलाइ चाहिने लत्ता कपडा गाडीमा हालि चार बर्ष सम्म आश्रय दिएको त्यो घर बाट बाहिर निक्ले र घरबेटि बुबा घोका नजिकै बसेर बिदाइका हात हल्लाइ राख्नु भएको थियो । मेरा आँखाका आसुले बर्षेर बिदाइको हात हल्लाए । पूब योजना अनुसार मनोज दाई र मिना दिदीलाई भेत्नको लागी गाडी उतै लगेर गए यतिबेला त झनै मेरा आँखाबाट आधिनै उर्लेर आयो र भेत्दै नभेति नुनिला आँसु पिउदै हरेक शितलता र न्यानो छहारी लाई हृदय देखि वाई वाई गरेर छोडे बागलुङलाई पनि । त्यहाँ रहेका सम्पूर्ण मेरा गुरुहरु आफन्तहरु साथीहरु बिद्यार्थीहरु सबैलाई कुनै समय यो मान्छेलाई चिनेको थिए भन्ने छाप राखेर सामिप्यता बाट ताढिए । बसले आफ्नो गति लियो । जति गाडिलेगति लिन्थ्यो मेरा मन टुक्रदै गयो पोखराको उपत्यका आएपछि बल्ल मन बिस्तारै परिबर्तन हुन थाल्यो । गाडीमा म रुदाको बखत केटा भएर केटी जस्तै रुने भन्ने दिदीलाई हेरे अहिले लाज लागेर आयो ।
थानकोट आउन एघार किलोमिटर हुदै गाडी जाम शुरु भयो । छ बजे काठमाण्डौ आउने गाडी जामको कारणले दश पच्चिसमा थानकोटको डाँडामा आइ पुगीयो । मलाई कीर्तिपुर आउनको लागी ति सामान सँग गाहे भयो र उतै तिर बसी बिहान रुम सम्म आए । दुई चार दिन आवश्यक सामान किन्दैमा गयो । जहाँ गए पनि मान्छेनै मान्छे तर म मान्छे भिडमा नितान्त एक्लै थिए । यो कोलाहाल पुर्ण शहर मेरो लागी शुन्य जँगल जस्तै भयो । आँखामा आँसु तिलविल बनाउदै घरपरिवार तथा बागलुङमा रहेका सबै आफन्तहरुलाई सम्झे , मेरा नयनका दिल बाट आसुका दाना सेतोकमिज हुदै भुइ सम्म झ–यो । मनलाई सानत्वना दिदै एउता आफैलाई व्यङग्य गदै त नामर्द भन्दै आसु पुछेर विश्व विद्यालयको परिसरमा गएर चिसो हावामा बसे । त्यहाँ बहिरहदा धेरै मानिसको ओहोर दोहोर भयो तर मैले देखे जस्ता र चिने जस्ता कोहि थिएनन । कसैलाई कसैको वास्ता थिएन सबै आफ्नै कामले डौदिरहेका थिए । म मनमा नयाँ ठाउँको अनेक कल्पना गरेर कल्पनामा हराएको थिए त्यतिनै बेला बदाम बेच्ने दाईको आवाजले म भस्किए । बदाम खानको लागी मेरो खल्तिमा पैसा थिएन । रुममा चाहिने सामान किन्दा किन्दै मेरो पैसा सकिसकेको थियो । दुई चार सय त बिरामी हुदा उपचार गर्न चाहिन्छ भनेर मानिने दरले रुममै राखेर आएको थिए । केहि बेर पछि रुममा आए अनि कपिमा मनलाई शान्त पार्नको लागी दुईचार वटा मुक्तक लेखे त्यतिबेला साझ पर्न आटेको थियो खाना पकाएर खानको लागी तयार भए तर पटक पटक समाग्री किन्नको लागी पसलमा गए, सायद त्यो देख्दा पसलेको नजरमा म मूर्ख बनेको थिए होला ।
यस ठाउँको फोहोर, कोलाहाल, तारन्तार उडिरहने हावइजहाज केहि दिन निद्रा पनि लागेन सारै बोर भयो । जहाँ गएपनि बिभिन्न भाषा बोल्ने मानिसहरु नेपाली भाषा बोल्ने मानिस हरु कमै देखिन्थे । पानि लिनको लागी लाइमा बसे तर घन्टौ सम्म बस्दा पनि पालो आएन । बाहिरबाट आएकाहरु लाई पालो दिए पनि पछी थोरै दिइदो रैछ । यहाँ २००ग्रामको एक पाउ हुदो रैछ । धेरै सामानहरु मिसावत पाए, फोहोर भनि फाल्न आँटेका सामानको पनि मुल्य पर्दाे रहेछ । बिश्वबिद्यालयको मिठो सपनामा आएको म हातमा एउता दाएरी लिएर कलास लिनको लागी हिडे । पहिलो दिन एम.एड को कलास खोज्ने क्रममै एक दिन गयो । म मानविकी सँकायमै एक कलास देखि अर्काे कलासमा सोधे तर पत्ता लगाउन सकेन । दोस्रो दिन चाँडै खान पिन गरेर कलेज हिडे, बल्ल बल्ल अँग्रेजी विभागमा पुगि कक्षा कोठा पत्ता लगाए । म आज निकै खुसि थिए किन भन्दा म आज कक्षा कोठा भेटाउन सफल भएको थिए । यसरी नै मेरा उच्च शिक्षा प्राप्त गर्ने समय निरन्तर भएको छ ।
धेरैले सोच्दन शहरमा गएर आनन्दले बसेर पढने भन्छन तर यो काठमाण्डौ शहरमा आनन्दले बसेर पढने भाग्यमा लेखेको छैन । यो शहर रहरको शहर हो । धेरै कुराका रहर मात्र गर्ने ठाउ हो । हप्तामा एक पटक धारोमा आउने पानी, एक बाल्टिनले एकहप्तालाई खान पिउन सरसफाई गर्न पनि कम्ता चुनौति छैन । त्यसैमा आर्थीक कमिले गर्दा कैयौ भोका रात भोका बिहानका कथाहरु यहाँ बस्ने प्राय सबै विद्यार्थीका साझा समस्या हुन । उमेर दल्कदै गर्दा जीवनको अन्तिम शिक्षाको लागी रातभरि बत्तिको उज्यालोले प्रत्येक कोठाहरु भोका पेट सँघर्षमा जुतिरहेका छन । बिहान आलु र भात,खाएका बेलुकि खुसि भएरै भात र आलुमै रमाएर चौरसि व्यञ्जनका सपना देख्नु परेको छ । सस्तो खाना, दुसित बाताबरण, पश्चिमी सँस्कृतिले भिजेको यहाँको सँस्कार, अनि बिद्यार्थी जीवन साचिकै यहाँ एक दिन बस्न पनि युद्ध जित्नु जतिकै छ ।
दिन दिन जतिल बन्दै गरेको यो ठाँउमा नयाँ सुनौला सपना देखेर युद्धमा होमिएका यी लडाकुहरु नसामा एक थोपा रगत र फोक्सामा एक मुठि स्वास हुन सम्म विजयको अपेक्षामा लदिरहनेछन । सम्मपूर्ण आमा बुबाहरु, तपाईका छोराछोरीहरु पक्का पनि सानो ठूलो सफलता लिएर त्यही पहाडको थुम्कामा रहेको झुपडीमा फर्कने छन । घर परिवारको माया ममता मनभरी राखेर दुस्मनहरु सँग पौठेजोडी खेल्दै अभाव,सँघर्ष, अवसर सँग हातेमालो गरि रहेको छ । तपाइहरुको सन्तानले एक गाँस भात र एक सरो कपडा लगाउन नदिए पनि दुख नमान्नु । हाँसो खुसी लालीगुरासले राताम्मे बनेका थुम्काहरुमा गाइ बस्तु चढाउदै गर्नु मेरो युद्धको अन्त्य हुन बित्तिकै म तिम्रो हातको हसिया र बुबाको हातको हलो खोज्न आउनेछु । गिद्धहरुको माझ बाट उहि तपाईको सन्तान.....................
धन्यबाद ।
धन ब. बि.क..
म्याग्दी, भकिम्ली १, मुसुङ (हालः कीर्तिपुर, काठमाण्डौ )
0 Comments