Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

कवि नवराज भट्टको कविता विद्यार्थी उ ।

 


 

कविता: विद्यार्थी उ ।  -कवि नवराज भट्ट

सानो हुँदाको त्यो केटो र अहिलेको
त्यो आकाश र जमिनको अन्तर छ ।
पहिले उ चन्द्र मा जस्तै देखिन्थ्यो
अहिले उसले पद घटाएर
उ चन्द्रमाको दाग बनेको छ
मानिसको बारेमा जान्ने उसको इच्छा
तर व्यावहार उसको फूलतिर होइन
उ हिलोतिर जाने कोशिस गदै छ
किनकि उसलाई फोहोर मन परेर हो कि ?

देख्दा गोरो , चिटिक्क परेको छ ज्यान
तर मन कालो पोको पारेको छ
मनमा चन्चलताले डेरा जमाएको छ
उसलाई कसैले अर्ती र उपदेश दिनु
उसलाई विषको पुडिया दिए जस्तै हो
उ आत्तिएर उसको अनुहारमा कालो निलो
बादल मडारिएर गडगडाउन पो थाल्छ ।

उ विद्यालय जाने नाम मात्रको विधार्थी हो
सायद पढ्नु र लेख्नुसँग सायद उसको
जन्मौजन्मदेखि झगडा परेको पो थियो कि
किताब कापी शिक्षक , विधालय उसका जल्ने मैदान हुन्
उसले ढाँटनु छल्नु र झुट बोल्नमा उ पिएच डी
गर्दै पो छ कि पो भान हुन्छ
कि मेरो नजरमा नै दोषी हो कि वा वास्तविकता
नै त्यही पो हो कि
उसलाई बुझ्न म त सक्दिन
सायद ब्रह्म जीले पनि बुझ्न गार्हो पो छ कि?

"
उ"
हिडिरहेको छ,
भट्की रहेको ,
र पुग्नु छ उसले कता को पो दूर हो त्यो ठाँऊ
जहाँ आरामले निदाउन चाहिएको पो छैन कि
उसलाई विरक्तका ती घत लाग्दा रातहरु
र अभाव नै अभाव ती तिखो तरवारको धार
सरीको चिरकाल पो खोजिमा भौतारिरहेको
म प्रत्यक्ष देखि रहेकै भान भैरहेको छ
उरुको शब्दले चल्ने रिमोट बन्न
लालायित देखिन्छन उसका ती कर्महरु

जो मार्गमा हिजो
म हिनेर फुर्सदमा पछुट्याइ रहेको छु
आज उ पनि त्यही मार्ग रोज्दै
गरेको देख्दा मेरो मन कता कता
ती चिसा रात, क्रुद्ध वाणी , बुटको लाट
घर न घाट बसाई ,एक्लो साइनो
अन्धकार भविष्य ,समाजको नराम्रो
हेराइ ,परिवारको शाब्दिक हिंसाको
भारी बोकेर उ आफ्ना डेगहरु चाल्दै छ
किन र केका लागि होला म त
अन्योलमा परेको छु
बुझेर हो कि नबुझेर नबुझेको भनौ
भने त्यो पनि छैन हजारौ दृष्टान्त
उसको कानपुरमा बसोबास गरेका नै हुन।

मेरा चिन्ताहरु,
जहाँ रोजेर भेटाउन सकिन्छ गुमसुम परेको भविष्य
जहाँ प्यास मेटाउन सक्छन कलिला जोसिला यादहरुले

जहाँ समाज र देशलको लागि जवाफ फर्काउन सक्ने हुन सक्छ
चर्केको उसको भविष्यका ऐनाहरुले!!

 


Post a Comment

0 Comments