यहाँ यस्तै छ!(फुटकर कविता)
मेरी आमा ! यहाँ यस्तै छ अस्त व्यस्तै छ नर हैन राक्षसको बास छ मानवताको सर्वनाश छ । बुद्धको देशमा बुद्दुहरुलाई मस्ती छ वीरको देशमा विद्वानलाई सास्ती छ । आमा यहाँ, कर्मचारीहरु कमाउँदै छन् भ्रष्टाचारीहरु रमाउँदै छन्। अत्याचारीहरु खुलेआम हिँड्दैछन् चेलीनारीहरु खुलेआम लुटिदैछन् । आमा यहाँ, कलाकार जुटाउँदै छन् सरकार फुटाउँदै छन् अधिकार लुटाउँदै छन । तिमीलाई आमा गोराहरु किन्न रोजेका छन् मोराहरु बेच्न खोजेका छन् । (MCC) । यहाँ शोषकको चिच्याइले कलेजो जल्ने छ शोषितको चित्कारले कलम चल्ने छ । धन्यवाद! नमस्कार मनकुमार जुग्जाली मगर मंगला-१, भर्जुला, म्याग्दी शिक्षक थाइबाङ्ग आधारभूत विद्यालय, थाइबाङ्ग, म्याग्दी ।
0 Comments