अर्थ र अर्थ
यहाँ
अर्थ बिनाका
सपनाको अर्थ छैन
सपना पूरा गर्ने
सोँच भन्दा पहिले
अर्थको अर्थशास्त्र
बुझ्नु पर्दो रहेछ ।।।
अर्थ बिनाका
अनेकौं सपना
देखेर के गर्नु
जुन सपनाको
कुनै अर्थ हुँदैन
र
कुनै अर्थ बिनाका
सपनाले अर्थ पनि त
नदिने रहेछन् ।।।
सपनाको अर्थ
र
अर्थको सपना
यत्तिमै अल्झिरहेको
यो जिन्दगीमा
अब अर्थको सपना देखौँ
कि
सपनाको अर्थ खोजौँ
अर्थ सपना र
अर्थमै अल्झिएको
यो जिन्दगी
अर्थहिन र अर्थ बिहिन भयो ।।
राहुल
गुल्मी ।
0 Comments