म मेरो शरीर होइन
शरीरसगँ म बद्ध छैन म मुक्त छु
योसँग मेरो तात्विक सम्बन्ध छैन्
यो त मेरो गृह मात्र हो
सधै यसमा मात्र एकाकार हुन्न
परिवर्तनगामी निराकार छु
मलाई शरीर हेरेर म त्यही हो
कथनु भ्रम सिर्जना गर्नु मात्र हो
मलाई पूरै नपढी अल्पज्ञानी भइ
मेरो आलोचना गर्नु बिष समान छ
किन्तु,
म मेरो शरीर होइन्
शरीरसगँ म बद्ध छैन म मुक्त छु।।
मभित्र म मात्र प्रत्यागात्मा पद हुँ
निरुपाधिक शुद्ध चैतन्य छु म
अपरिणामी ,म अविनाशी
धुस,खुस, पदलाभ गरी
ठुलो महल,गाडी,घोडा चाहिन्न
मीठो निन्द्रा र पेट भर्न अमृत
सुखको झुपडी भए पुग्छ।
शरीर बेचेर धनी बन्नु छैन
लोभ र लाभको बन्धन चाहिन्न म कन
के ल्याए आए म के लगि जानु
जे सब यही र यही छोडी जानु छ
किन गर्नु म ,म ,त, त यो बन्धनको लागि
किन्तु,
म मेरो शरीर होइन्
शरीरसगँ म बद्ध छैन म मुक्त छु।।
म अव्य हुँ व्यय होइन
म विकारी हुँ अविकारी होइन
निष्काम कर्म गर्छु
बन्धनमा बाँधिएर केही गर्नु छैन्
मैंले कही पुग्नु छ
मैंले केही दुर पुगी मोक्षको मार्गमा हिन्नु छ
मोक्ष प्राप्ति गर्नु नै मेरो चोलाको सार हो
किन्तु,
म मेरो शरीर होइन्
शरीरसगँ म बद्ध छैन मुक्त छु।।
दीन दु:खी जीवन होइन म
म पर प्रकाश्मय ,जडधर्म जन्मने र मर्ने जीव होइन
मायिका, बद्ध छैन नि म
न त स्वाभावले नै मुक्त छु
जस्तो
जलको स्वभाव शीतल ,आगोको तातो
त्यसैले पानी चिसो,आगो तातो किन कसैले भन्नदैन
ठीक त्यसैले म स्वभावले नित्य मुक्त छु
मैंले कही दुर पुग्नु छ
मैंले केही दुर पुगी मोक्षको मार्गमा हिन्नु छ
मोक्ष प्राप्ति गर्नु नै मेरो चोलाको सार हो
किन्तु,
म मेरो शरीर होइन्
शरीरसगँ म बद्ध छैन मुक्त छु।।
मलाई बाहिरी संसारको सुख दुःखले छुदैँन
न त पापले स्पर्श नै गर्छ
ममाथि पापद्वारा उत्पन्न आइ छुन्न
जीवन मुक्त छु म
म राग-द्वोषको वशीभूत भएर
शुभाशुभ गर्नु पनि छैन मैले
कर्ता म होइन
मलाई न सुखले छुन्छ न दु:खले
म सारा विशेषताले रहित
अजन्मा हुँ म
मैंले कही पुग्नु छ
मैंले केही दुर पुगी मोक्षको मार्गमा हिन्नु छ
मोक्ष प्राप्ति गर्नु नै मेरो चोलाको सार हो
किन्तु,
म मेरो शरीर होइन्
शरीरसगँ म बद्ध छैन म मुक्त छु।।
नवराज भट्ट (गुरु)
0 Comments