ओ सरकार मरुभुमिकरण गर

रुखकाे
छहारिमा बसेर देखेकाे सपना
उँटकाे छहारिमा बसेर
पूरा गर्दैछु ।
थैलाभरिकाे पानी पिएर
थाेपा थाेपा पसिना बगाउँदै
मरुभुमिकाे एक एक कण
सिँचाई गरेर
मेराे छानाबाट चुहिएकाे
थाेपा टाल्न
मेराे जिन्दगि बेचिरहँदा
मेराे सरकारले
मेरै मातृभुमिमा
मरुभुमि बनाउने निर्णय गरेछ ।
जहाज चढेर आएकाे म
उँट चढेर आउँछु ।
ओ सरकार
मरुभुमिकरण गर ।

चुरे बेचेर
मेराे जमिन
गहिरिरहँदा
मेराे देशमा
विकासले , सम्बृद्दिले
उन्नति , प्रगति , सुख शान्तिले
सगरमाथाझै अग्लिएर
ठडिरहन पाउँछ भने
मजस्ता हजाराै युवाले
सपना व्युँझाउन
आमाकाे मङ्गलसुत्र बेचेर
राहदानी बनाईरहन पर्दैन भने
विहेकाे भाेलिपल्ट
वैँसमा फक्रिरहेकि पियारिलाई छाेडेर
आकाशमा उडेकाहरु
बाकसमा फर्कनु पर्दैन भने
ओ सरकार
मरुभुमिकरण गर ।

हरेक वर्षातमा
मधेसका दाजुभाई दिदिबहिनिहरु
बग्नु पर्दैन भने
पहाडका दाजुभाई दिदिबहिनिहरु
पुरिनु पर्दैन भने
एक छाक गाँसका लागि
भरियादाईले
रित्ताे नाम्लाे बाेकेर
सडकका पेटिहरुमा
भाैतारिनु पर्दैन भने
बेलुका
स्वदेशमै निदाएकाे नागरिक
बिहान
परदेशमा विउँझनु पर्दैन भने
सुखि नेपाली
सम्बृद्द नेपाल बन्छ भने
ओ सरकार
मरुभुमिकरण गर ।

तिम्रा
चम्चेहरुले
थाल रित्ताएर
पेट भर्न लागेका हुन भने
चुरे सकेर
लिपुलेककाे चुच्चाे सक्न लागेका हुन भने
हामिहरु छुच्चाे बन्ने दिन आएकाे छ
गणतन्त्रकाे नाममा
तीन वर्षमा तेब्बर ऋण लागेकाे छ
हे जनताहरु हाे
अब पनि जागरुप भएनाै भने
तिम्राे याे हरियालि देश
तिम्रा हरियालि सपनाहरु
मरुभुमि बन्नेछन
ओ जनताहरु हाे
मरुभुमि बनाउने
तिम्राे सरकारकाे सपना
मरुभुमिकरण गर ।

दीपक नेपाल
२०७८/०२/२०