Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

ऐजेरु by धनु लेकालि

        मलाई फुर्सद हुन्थ्यो त मात्र नौ बजे डेरामा पुगे पछि । बिहान पाँच बजे उठेदेखी हरेक मिनेट,मिनेटको मूल्य हुन्थ्यो । कहिले हावाहुरीले धुलाम्मे बनाउथ्यो त कहिले पानीले निथ्रुक्क भिजाउथ्यो । आफ्नो अध्ययन र शिक्षण पेशा सँगै घरपरिवारलाई लिएर हिड्नु मेरो रहर थिएन । राजनीति बदल्न बन्दुक बोकेका मेरो बुबा त्यही बन्दुकले ज्यान लियो । सिउँदो उजाड भएकी मेरी आमा अझै पनि स्वामी मृत्यूको पिडाबाट मुक्त हुन सकेकी छैनन् । अझै हरेक हप्ता जसो सरकारका तर्फ देखी मेरो घरको खान तलासी निरन्तर भैरहेको छ त्यसै

माथि पनि पटक पटक सैनीकबाट दिइएको दुःखको कारणले मेरो शरिरमा रगत नउम्लेको पनि होइन । मलाई परिवारको दुःखले बन्दुकको गोली निलेर बिदाई हुन मन नलागेको पनि होइन । बुबाको हत्यारा खोजेर उसको टाउको फुटाउने साहस नआएको पनि होइन । समाजमा रहेका अनेकन असमानताका बिरुद्ध धावा बोल्ने रगत मेरो नशा नशामा थिए । आफैले भोगेका अनेकन असमानता सहेरै बस्ने मन कल्लाई पो हुन्थ्यो र ।


म आफूलाई गान्धीबादी बनाउन खोजे या मृत्यूको डरले, बुबाले रोजेको बाटोलाई मैले लत्याएर हिडेको थिए थाहा थिएन । संम्भव पनि थिएन, कि आमाको मुखमा गोली पिलाएर, भाईलाई पनि त्यही बन्दुकको खेलमा हिडाउनु पथ्र्याे, कि दुबै तर्फको जालबाट आफूलाई जोगाउनु, आमाको ओठमा निर्सिलो हाँसो फूलाउनु तथा भाईलाई शिक्षाको अवसर दिलाउनु मेरो पहिलो जिम्मेवारी थियो । मलाई आत्मबिश्वासको झिनो त्यान्द्रोले दोहो¥याइरहेको थियो त्यही नयाँ गन्तव्यमा, जुन म बुबाको काखमा चुलबुल गरिरहदा बुनेको थिए ।

पढ्नु धर्म सम्झने म, कैयौ मेला पर्व, साथी संगिलाई छोडेर त्यही बन्द कोठामा साहित्यका अनेकन विधामा हराइरहेको हुन्थे । मलाई बाहिरी संसार मिथ्या जस्तै लाग्थ्यो भने, लोलितामा जिउने कामवासना र मुना मदनको वियोगान्त ले सारै पिरोल्थ्यो । कति कथाको पात्र दुःखित हँुदा होस या मृत्यूवरण गर्दा होस, आँखाभरी आँसु लिएर सुक्क सुक्क गर्थे । कथापथमा दौडिरहँदा मध्यरातमा खित्खिते हाँसोले अरुका निद्रा खलबलाउँदा सम्म म चालै पाउँदैनथे । दिन भरीको जागिर र बेलुकाको मधुवनमा हराएको म, सयौ कथाको पात्रहरु जन्मेर मृत्यू निलिसक्दा पनि म भने बगैचामा फूलेका सुन्दर फूलहरु सजाउन बिर्सीएको रहेछु । आमा पनि मेरो यो चाला देखेर लामो समय देखि निकै दुःखित हुनु भएको रहेछ, यो कुरा भने बल्ल थाहा भयो ।

बिहे गर्न र जग्गा किन्न धेरै दिन लगाउन हुदैन भन्ने उखान सुनेको थिए । त्यसैले आफ्ना आफन्तको नजरमा रहेका सबै केटीको जानकारी दिनको लागि पहिल्यै आमाले भनिसक्नु भएको रहेछ । स्कुलमा बिदा मिलाएर, ठूलोबुबा र म दुलहीको खोजिमा घरबाट निस्कियौ । म साथिहरुको विबाहमा समाबेश नभएको ले त्यति दुलही खोज्न जाँदा के बोल्नु पर्छ, के गर्नु पर्छ भन्ने कुरा थाहा थिएन । म आफूले मास्टर डिग्री हाँसिल गरेको हुनाले म पनि चाहन्थे, आफू जतिकै वा ब्याच्लर सम्मको अध्ययन भएको भए राम्रै हुन्थ्यो । म कथा उपन्यासमा बर्णन गरे जस्तै सर्वगुणी त कल्पना गर्दैन थिए तर पनि आफूलाई माया गर्ने, शिल स्वभावकी हुन्छे भन्ने ठान्थे । म मनमनै सम्झेर हाँस्थे अबको एक हप्ता भित्र म पनि कोही मान्छेको स्वामी हुन्छु ।

घरबाट बिदा लिएको दुईहप्ता पुग्दा पनि दुलही हैन मेरो मनमा नयाँ महाभारत जन्मला जस्तो भैसेको थियो । म सँग विबाहाको लागि पूर्वधार सम्म पनि नभएको सावित भैसकेको थियो । म शिक्षामा मास्टर डिग्री हासिल गरेको थिए । सदरमुकाम देखि सवैभन्दा नजिकको गाँउमा पानी तार्ने र जाडो छल्ने सम्मको आफ्नै घर थियो । आफ्ना पाखुरा बलिया भए जहान परिवार पाल्न सक्ने जमिन थिए । मेरो लेख रचनाले यो क्षेत्रका धेरै मनिसलाई मलाई परिचित बनाएको थियो । जाड,रक्सी, चुरोट, जुवा तासबाट ताढै थिए । स्वाभिमान र देश प्रेमले ओतप्रोत म आफ्नै स्थानमा धेरै बालबालिकालाई शिक्षण गर्दा भएको आम्दानीले परिवारलाई पाल्न सक्ने हैसियत म मा थियो । न कुनै गलत किसिमको छाप नै थियो । तर पनि म एक पटक फेल भए । एक दर्जन भन्दा पनि बढिको घर सम्म पुगेर कुराकानी गर्दा अनेकन कुरा सुने । कसैलाई मेरो मास्टर जागिर मन परेन, कसैलाई मेरो गाँउमा घर भएकोले चित्त बुझेन, म पहाडे भए रे कसैको लागि, कसैको लागि मेरो आमा बिदुवा भइन रे, मेरो रङ्ग मिलेन, यस्तै यस्तै.... । मेरो निष्कर्ष यो थियो,मेरो शहरमा घर नहुनु, अर्थात मेरो आर्थिक हैसियते कमी हुनु । म मा नयाँ इखले जन्म लियो । अब म साहित्य अध्ययन गरेर मधुवनका परिहरु सँग हराउने हैन, सामान्य ज्ञान र समसामायिक बिषयमा पोख्त भएर राज्य सञ्चालनको माथिल्लो पदमा रहनु पर्छ ।

आज म दुलही सँग आगनमा लगन गाँठो कसिरहँदा मलाई काँधमा हालेर बिद्यालय पु¥याउने बुबालाई मेरो यति धेरै खुसी देखाउन नपाउँदा निकै दुःखि भएको छु । एका मनमा आमाको साहारा र खुसी भित्राएको छु भने अर्को तिर मेरो जीवनमा थप चुनौती थपिएका छन । घरमा जुन सँग भित्रिएको सिरेटोले मलाई चिस्याउने होइन अव जलाउँछ मलाई थाहा ।

आज म आफ्रू भन्दा नौ बर्षकी सानीलाई दुलही बनाएर भित्राउँदा आफूलाई गर्वको महशुस गर्दिन किनकी कसैको पढ्ने लेख्ने उमेरलाई चुडेर जिम्मेवारी जतिलताको धरातलमा उभ्यान सामाजिक जन्जीररुपी लगनगाँठोमा बाधेर भित्राएको छु । मलाई उनको चाहना र भावी दिनमा परिवारलाई खुसी बनाउने दुबै जिम्मेवारी छ । म आफूले स्वामीको भूमिका पुरा गर्दा श्रीमतीको भूमिका पुरा गर्न समेत कथिन नबनेका पनि होइनन् । काम वासनाले उत्माद बनेको म, उनका कलिला फूलहरुमा भमरा झै हाम फाल्दा मध्य रातमा बिउझिएको चराझै चिरबिर चिरबिर गरिरहेकी थिइन । उनका हजारौ सपना मेरो निर्देशन र इशारामा चल्न बाध्य बनेका थिए, उनका पछिल्ला दिन । हरेका नारीले आफ्नो मान्छे, सुन्दर, बुद्धिमान, अरु भन्दा फरक र धेरै माँया गर्न चाहान्छ तर त्यो छु या छैन सोध्ने मौका पनि मिलेको छैन ।

आज बिबाह पछि तथा नयाँ जागिर पछि पहिलो पटक गोदावारी घुमघाम गर्नको लागि म र मेरो प्यारी बुनु निस्कियौ । मलाई पनि निकै खुसी लागेको थियो । गोदावारी पुगे पछि शितल छहारीमा बसेर बुनु सँग मन खोलेर बोल्ने मौका पनि पाए । मेरा मनमा लागेका कुरा सबै सुनाए, उनको मनको कुरा पनि सुने । आज म निकै रोमान्टिक भैरहेको थिए । अन्धकारमा बैशले उन्माद हुनु फरक थियो तर बगैचाका बिचमा भावुक भएर दुबैका ओठ जोडिनु, अगालोमा बेरिनु भने फरक आनन्द थियोे । अगाला मै बेरिएर थुप्रै फोटाहरु नलिएका होइनन् तर फेसबुकमा सार्बजनिक गर्न भने छुट्टै खिच्नु पर्ने थियो । हामी दुबै फूलको बगैचानेर उभिएको केही फोटाहरु छिट्टै फेसबुकमा राखे । दिन भरको रमाइलो पछि गाडिमा फर्कदै थियौ । मैले फेसबुकमा कतिले लाइक कमेन्ट गरेका छन भनेर हेर्न थाले त्यसै बेलामा मेरो छेउमै नजिक तासिएर हेरिरहेकी थिइन बुनु पनि । एक सय भन्दा बढिले लाइक गरिसकेका थिए साथै कमेन्टहरु पनि थिए । कमेन्टहरु पनि एक एक गरेर पढ्न थालेको थियो । कसैले सुन्दर तस्विर लेखेका थिए, कसैले राम्रो जोडि लेखेका थिए तर एक जना मेरो साथीले लेखेको थियो यो जोडि त बाबु छोरी जस्तो हा हा हा ... यो देखेर मेरो अनुहार हेर्दै बुनु पनि निकै बेर सम्म खितखित हाँसिरहिन ।

मेरो जागिर काठमाण्डौको केही महिनाको तालिम पछि जाजरकोटको खलङजा जानु पर्ने भयो । म पनि आफूलाई चाहिने कपडा तथा सामान किन्नकै लागि न्यूरोड पुगे बुनुलाई लिएर । बुनुलाई चाहिने सामान किन्न मासल गल्लिमा गएर किने पछि मलाई कपडा किन्न अर्काे पसलमा छि¥यौ । समाना किनेर फर्कन लाग्दा पसलेले भनेको थियो अनि तपाईको छोरीलाई केही नलाने ? म हाँस्दै भनेको थिए, छोरीलाई चाहिदैन पछि किन्ने भनेर म त्यहाँबाट निक्लिएको थिए ।

आमालाई पनि सँगै लिएर राख्ने मन हुँदा हुँदै आमा गाँउमै बस्ने मन गर्नु भयो । भाई भर्खर मास्टर डिग्री अध्ययन शुरु गरेको थियो । कीर्तिपुरमा हामी सँगै केही समय सँगै बसेको थियौ । म बाहिरिने भए पछि, बुनुलाई पनि म सँगै लाने सोचे,तर बिचार गरे अहिले सँगै लगेर मलाई खाना बस्न तथा आनन्द रहेर बाच्न त सहयोग गर्लिन तर मैले सोचे तर उनले पनि सरकारी सेवामा प्रबेश गरिन भने झनै राम्रो हुन्थ्यो । मलाई भर्खर जोडिएको मायालु मन सँग ताढा भएर जान मन थिएन तर सुनौलो भविस्यको कल्पनाले छोड्न बाध्य बनायो । बुनु र भाइलाई काठमाण्डौ छोडेर हवाइजहाजबाट रुकुमको चौरझारी पुगे, र जाजरकोट पनि ।

मलाई काठमाण्डौमा नै मुटु छोडेर आएजस्तो भान भयो । नयाँ ठाँउ आफ्नो मान्छे छोडेर आँउदा भने निकै पिडा हुँदो रहेछ । सम्झिए, नेपालका हरेक दिन यस्तै नयाँ विबाहित मायालु जोडीहरु छुट्दा कति दुखी हुन्छन । उनीहरु भmनै दुइ तिन बर्ष सम्मको लागि छोडेर जानु पर्छ । केहि दिन त फूर्सद पाउने बित्तिकै बुनु सँग घण्टौ सम्म अनेकन बार्तालाभ गरेर बिताउथे । भाई रुममा नभएको बेलामा आई लभ यू, तथा मिस यू भन्थिन । मोवाइलमै दर्जनौ पटक किस गर्दै समय बिताएका दिनहरु पनि छन ।

मलाई थाहा थिएन कि सम्बन्धमा समय परिस्थीति तथा उमेरले पनि प्रभाव पार्छ भनेर । मैले सोचिनकी सधै फाइदा मात्र भन्दा पनि पारिवारिक सम्बन्ध र मित्रता उच्च हुन्छ भनेर । यौवनले मातिएका स्वाथहरु कलिला फूल देख्न पाउने बित्तिकै बुर्कुसि मार्छन भनेर मैले हेक्का सम्म राख्न सकेन । मैले उपन्यासको पात्रमा चुडिएझै मेरो सम्बन्धमा फाटो आउला भनेर सोचेको पनि थिएन । म सम्झन्थे कठोर प्रेमका सम्बन्ध तथा परिवारमै जन्मिएका कु सम्बन्ध उपन्यास तथा कथाका पात्रहरुमा मात्र सम्भव छ तर त्यही कथाको पात्र झै मेरो बुनुले मलाई नयाँ साइनो फेरेर मलाई जेठाजु साइनो बनाएर आफ्नो पतिदेव सँग मुग्लान पसेको खवर सुनेको छु । यो खवरले म त बेहोसी बनेको छु तर मेरी आमाले सुने पछि के हुन्छिन थाहा छैन ।

धनु लेकाली
भकिम्ली एक म्याग्दी

Post a Comment

0 Comments