Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

जन्मदिन मनाइरहदा.......... by Dhanu Lekali

                     आज बिहानै मेरो नयन भित्तामा झुन्दिएको भित्ते पात्रोमा गएर टक्क रोकियो । यो साउनको २३ गते रहेछ, यो त मेरो जन्म दिन हो । हो यही दिन म यस धर्ती लाई नियाल्ने मौका पाएको थिए । आज मलाई मेरा जन्मदिने आमा बुबा प्रति श्रद्धाशुमन बसाई रहन मन छ, तर बुबा आमाको नजिक नभएर पनि हृदयबाट श्रद्धाका शब्दहरु बर्साइ रहेको छु । जसको अथक प्रयासले आज म शिर ठाडो बनाएर बाँचिरहेको छु । जन्म दिन मनाउने आ आफ्नै तरिका हुन्छ, तर मेरो जन्म दिन मनाउने उत्सब नभएर प्रतिबद्धता र बेचैनको हुने गर्दछ । आज पनि मेरा मनमा अनेक थरिका बेचैनका ज्वारभाटाहरु उठिरहेका छन । बुबा आमाप्रति सम्मान गर्ने दिन आज आफै ताढा भएर बस्नु परेको छ । अर्काे कुरा आमाको पिठ्यूमा बोक्ने भारीले बिश्राम पाएका छैनन । बुबाको हातमा रहेको काम खोसेर बिश्रामको श्वास फेर्ने अवसर प्रदान गर्ने सकेको छैन । डाँडा माथिका हजुरबुबाको नातिनीबुहारी देख्ने सपनाहरु लामो पर्खाइमा बसिरहेका छन । न परिवारलाई खुशि पार्न सकेको छु न त म उहाँहरुलाई समस्या बाट मु्क्त्त बनाउन नै सकेको छु । जेठो छोरो रुपमा जन्मिएको म जन्मदा छोरा भएकोमा जति खुशि हुनु भएको थियो त्यत्तिनै खुशि परिवारमा दिन सकेको छैन । पढन भनि शहर पसेको म, शहरी वातावरणमा नै हराइरहेको छु । घरबाट बाबु अत्यार लाग्यो भन्दा पनि कलाश र टयूशनको बहाना गरेर एक बर्ष पुग्दा पनि बुबा आमा तथा परिवारको सम्झनाको तलतल मेत्न सकेको छैन । घरमा खान पनि नपुग्ने शिक्षकको जागिर, बुदेशकालमा हजुर बुबा, बिरामी भै राख्ने आमा, खाउ खाउ लाउ लाउ उमेरको भाईलाई कति कति पु¥याएर मेरा बैंकको खातामा प्रत्येक महिना बाह्र पन्ध्र हजार कसरी पु¥याउनु हुन्छहोला मेरा बुबाले ? पहाडको टुप्पोमा ओट लाग्ने स्याउले घर बर्षौ बित्दा पनि न स्वरुप फेरिएको छ , न रङ्ग पोतिएको छ, न त्यहाँ बस्ने मानिसका जीवन स्तर सुधारिका छन । बुबाले लागाउने ज्याकेत पाइन्त रङ्ग बिहिन बनेको छ, ठाँउ ठाँउमा ताल्दा ताल्दै काम नलाग्ने बनि सकेको छ । आमाले लागाउने कपडा पनि लाज ढाक्ने बाहेक त्यति चित्त बुझ्दो छैन । दुइहलका पाखा बारि अन्न स्यार्न नपाउदै असिना धुरीले खाई दिन्छ, बल्ल बल्ल बचाएर दुईचार मुरी कोदो मकै पनि तिन चार महिन पुग्दा नपुग्दै रित्तिएका हुन्छन, दिन दिनै आकाशिदै गरेको महंगी, बढदै गरेको परिवारको आबश्यक्त्ता एक बेसलेभलको शिक्षकको दुई पैसको कमाई कसरी परिवारको आवश्यक्त्ता पुरा गर्न सकिएला । दुनियालाई जीवनको सुखि, खुशि, अनुशासित बन्न आफनो जीवन नै बित्ताइरहेका ति निरिह शिक्षक आफु भने समस्या बोझ र आर्थिक सँकतमा जेलिएर बाँचिरहेका छन । मलाई मन दुख्छ, भए भरका पुस्तक, झुति झाम्तो बोकेर घर तिर हानिन मन लाग्छ, पासपोर्ट बनाएर जहाँज चढेर उडन मन लागिरहन्छ । तर मनलाई शान्त्वना दिने मन भित्रको कुनै कुनामा आशाका दियोहरु जुनकिरीको उज्याले झै अन्धकारमा पिलिक्क पिलिक्क गर्दै बलिरहेका छन ।



आमाको कोखमा नौ महिना पुग्दा नपुग्दै आमाको यौवन, सौन्दर्यलाई तुक्राएर आमाको अथाह पिडालाई बाटो बनाई यस धर्तीमा पहिलो पाइला टेके । जुन बेला आमाले त्यो प्रसब पिडा पछिको मेरो जन्मले उहाँको भए भएको प्रसब पिडालाई भुलेर अनुहान मन्द मुस्कान लिदै मेरो अनुहारमा चुप्प म्वाई खानु भएको थियो रे । साउन महिनामा जन्मेको म दूईछाक पिठो पनि नपाग्ने परिवार कोहिबेला आलु, कुनै बेला खोले,कुनै बेला भन भनेका कलीला मुन्टा, कुनैबेला सिस्नोका मुन्टा ,कुनै बेला हरियो दुधे मकै खाएर मेरी आमाले सुत्केरी ज्यान बचाउनु भएको थियो रे । सुत्केरी भएको दुई हप्ता पुग्दा नपुग्दै ज्यालाको लागि साहूका फाँटमा भदौको झरिमा कुदनु परेको थियो रे । लिथ्रुक्क भिजेको शरिर अगेनाको दिलमा मलाई समाएर बस्दा जे खाए पनि, जे लाए पनि, आरम गर्ने बेला कडा काम गर्नु परेपनि पिडाहरु भुलेर खुशि हुनु हुन्थ्यो रे । यि कुरा मलाई मेरी ठूली हजुरआमाले मलाई सुनाउनु हुन्थ्यो । रातदिन खेलता ज्यामी काम गरेर मेरा बालकपनलाई सुखि र खुशि राख्ने आमाको गुण केहि गरेर पनि तिर्न नसक्ने र पुरा गर्र्न नसक्ने छ । बिबाह पछिको कर्म घर शुरु गरे देखिनै उहाँको जीवन सुखमय जीवन आउन सकेको छैन । गरिवी को कारण उप्जने बिभिन्न समस्या सँग लडदा लडदै बेला बेलामा बिरामी हुदा झन जीवन साच्चिनै निके पिडा दायिक बिताइरहनु भएको छ । कहिले ग्यास्तिकको समस्या, कहिले घाउ चोट पटक, कहिले पिट्टने फाल्नु पर्ने कहिले देखि जीवन भरिनै नशा सम्बन्धि बिरामी भएर धल्कदै गरेको उमेरमा पाखा बारिमा दूई गेडो मकै फलाउन लागि रहनु भएको छ । शासु शशुरालाई बुबा आमा सम्झने जीवनलाई अझै पनि म्याग्दीको पहाडी झूप्रोमा खुशि भएरै दुई घाक खाएर बाचिरहनु भएको छ । सधै इश्वरले उहाँलाई खुशि सँग दूई छाक खान र जीउमा लाज धाक्ने कपडा पुगि रहोस् । उहाँको जीवनमा खुशिको बहार ल्याउने मेरो जिम्मेवारी तर अझै पनि पूरा गर्न सकेको छैन । जसको लागि आगमी दिनमा निरन्तर प्रयास गरिरहने छु समय र क्षमताले भबिश्यमा बताउला ।

मलाई यसरी जन्मदिन स्मरण गरि रहदा मलाई जन्मदिने वुबा आमाप्रति मेरो सदैब सम्मान रहने छ । र बुबा आमाले पनि म प्रति सदैव माया ममता गरिरहनु हुनेछ । सायद अजै सम्म पनि म बाट बुबा आमाका चित्त दुखाउने काम गरेको छैन जस्तो लाग्छ, र बुबा आमाले पनि म प्रति सदैब माया,ममता साथै शिक्षा आर्जनको लागि कहिल्यै पनि केहि कम भएको महशुस गरेको छैन् । महिनौ पोखराको मनिपाल हस्पितलमा राख्नु, हस्पितबाट पटक उपचार सम्भव छैन भनेर घर फर्कनु ,बिरामी भएर महिनौ सम्म पनि बिस्तरामा थला पर्दा पनि मलाई बिबाह गर्नु पर्छ भन्नु भएन, र सदै पढनु पर्छ भन्नु भयो । यदि म मरे भने पक्का बुबाले अर्को बिबाह गर्नु हुन्छ, किनकी अहिले जे भए पनि म मरे पछि दिन बित्दै जाँदा मलाई बिर्सनु हुन्छ । भाई बहिनीलाई पढाउने लेखाउने र उनिहरुलाई माँया ममतामा हुर्काउने काम तेरो हो भनेर आमाले हुक्का छोडेर मलाई समातेर रुनु हुन्थ्यो । के गर्छस् तेरो आमा पापि भए, यति सानैमा टुहुरो बनाएर छोडने भए, अहिले मैले जे गरे पनि बिर्सनु धैरै पढनु, बाबा आमाको इज्जत राख्नु, पढेर जागिर खानु पर्छ नै छैन त इज्जको लागि भए पनि पढनु पर्छ भन्नु हुन्थ्यो, म आखाँ भरि आसु चुहाएर आमालाई समाएर रुने गर्दथे । सायद मेरो पुकार सुनेर हो कि आमाले भने जस्तो भोग्नु परेन । आज यि सबै
कुरा सम्झदा पनि आँखा भरि आँसु साउने भेल सरी बर्सछन् । जन्मदै गरिब परिवारको कोखबाट जन्मे पछि, सुख सम्मपन्ताको सपाना देख्नु बाहेक भोग्ने अवसर पाइएन । रिट्टो खुट्टा भुईमा घिसार्दै जति जादोमा पनि स्कुल गइन्थ्यो । लाज ढाक्ने दुइसरो कपडा ढुन नपाएर महिलो हुन्थे । भुतेका मकै त्यहि महिलो खल्तिमा हालेर खुशि भएरै बितेका थिए मेरा बाल पन । कक्षा छ मा पुग्दा पनि बेला बखत रित्तै खुट्टा स्कुल पुगिन्थ्यो । कोहि बेला पैसा नभएर कनि साथिहरुले आफ्नो समुहमा नमिलाएका क्षणहरु पनि छन । त्यति बेला मेरा बुबाले पनि बिदेश गएर मेरो राम्रा कपडा, जुत्ताकोलागि पैसा कमाइदिए हुन्थ्यो भनेर मनगनन्ते कुरा पनि सोच्थे । साथीहरुको नजरमा पल्ले छेउको बनेर बस्नु पर्दाको पिडा पनि कम दुखाइ थिएन त्यो बालक पनमा । हजुर आमा मकै कोदो खोज्न बागलुङको पञ्चासे, भान्सा भन्ने ठाँउ तिर जानु हुन्थ्यो । बेलैमा घरमा नआउनदा भोको पेट हजुर आमाको पर्खाइमा बसेका यादहरु पनि छन मेरा मानस पटलमा । गरिब परिवारमा भोको निद्रा, बर्षामा घरमा पानि चुहिनु, जाडोमा न्यानो कपडा, नपाउनु, बेलैमा पुस्तक किन्न नसक्नु , फि तिर्न नसकेर टयूसन भर्ना नहुनु, घर अघि खसि धल्दा पनि एक छाक किन्न नसक्नु, यस्तै हरेक पिडाहरु सहेर अहिले यति हुर्कि सकेको छु । अज बाँकि जीवनमा के कस्ता भोगाई बाच्नु पर्ने हो त्यो त हेर्न बाँकि छ ।

सफलता प्राप्त गर्न सबै दाइने हुनु पर्छ भनेर हजुर बुबाले भन्नु हुन्छ । यो मलाई दाहिने नभएर देव्रे भएछ कि कसो, असफलाताका अनुभव बढि गर्नु परेको छ । म यो मृत आत्माहरुको शहरमा बसिहेको छु । यहाँ पनि पानी, होहल्ला तथा अनैको गलत व्यबहार बाट बच्ने प्रयास गर्दै उच्च शिक्षा प्राप्न गर्ने सपना बोकेको म खै कसरी फर्कने हो हर्न बाँकि छ ।

जन्म दिनमा मनाउने आफ्नै तरिका हुन्छ म पनि मेरा बिगतका रमाइला, कति तिता क्षणलाई सम्झेर मनाउने प्रयास गरको छु । हामी सदै रमाउने र हाम्रा बिगतलाई बिर्सियौ भने हामी कहिल्यै प्रगति गर्न सक्दैनौ । त्यसैले बिगतको अनुभवलाई हेरेर बर्तमानमा राम्रो गरी भबिश्यमा सुशि जीवन बिताउन आजै देखि काममा लागौ ।

फेसबुकको माध्यमबाट मलाई जन्मदिनका शुभकामना दिनुहुने, मेरा गुरुजनहरु, नातेदार,साथीहरु तथा सम्पूर्ण मेरा शुभचिन्तहरुलाई धन्यबाद । तपाईहरुका जीवन पनि शुखमय भएर बित्दै जावस् सबैका जीवनका सु समाचार, र सफलताका कथा सुन्न पाइयोस् ।( यो केही बर्ष अगाडि लेखेको थिए । भाषिक शुद्धता गर्न नसकेकोमा क्षेमा चाहन्छु

Post a Comment

0 Comments