Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

विभेद भित्रको काठमाण्डौ ।


म व्याजलरको परिक्षाफल प्रकाशित भैरहदा निकै खुशि भएको थिए, मेरो कीर्तिपुरको केन्द्रिय ुने भयो भनेर । कीर्तिपुरमा टि.यू.को केन्द्रिय बिश्वबिद्यालय छ भन्नेकुरा मलाई गुगलअर्थ बाट हेर्दा मात्र थाहा भएको थियो । मलाई त्यही हो भन्ने थाहा भए पछि म कीर्तिपुर गएर पढछु भन्ने ढुक्क थिए । म संग टि.यू. सँग सम्बन्धित जानकारी यतिनै थियो । एक जोर कपडा झोलामा खाजेर बेलुका बागलुङको चिप्लेती बसपार्क देखि काठमाण्डौको यात्रा थालनि गरेको थिए । मलाई यति थाहा थियो कि कंलकी झरे पछि कीर्तिपुर जानको लागि नजिक पर्छ । म यो भन्दा पहिले काठमाण्डौ आएको थिएन र काठमाण्डौको लोकेशनको बारेमा जानकारी हुने त झनै कुरै भएन । म काठमाण्डौ कलंकी आईपुग्दा जम्मा तिन बजेको थियो, निस्पत्त भए पनि कलंकी मै झरे । त्यो बसबाट त्यहाँ झर्ने म मात्र थिए । पकेटमा रहेको पैसा झोलमा राखे, मलाई डर थियो कि भएको पैसा चोरहरुले लगे भने म के गर्ने ? त्यही उभिए त्यो चोकबाट हेर्दाै तिन तिर जाने ठूलाबाटोहरु थिए मलाई थाहा थिएन कुन बाटोबाट कीर्तिपुर पुगिन्छ । नजिकै रहेको प्रहरीलाई सोधे उसले यो बाटोबाट जान सकिन्छ भनेर भने पछि म त्यही नजिक बाटोमै उभिएर बसे किनकी कीर्तिपुर यो समयमा गएर बस्ने मेरो कोही थिएन । एक जना युवा नजिकै आइरहेको थियो र सोधे तपाई कहाँ जाने हो ? कीर्तिपुर जाने भन्ने शव्द पाउने बित्तिकै म खुशि भए र उनिको पछि लागे । उहाँ पनि बागलुङकै साथी हुनुहुदो रहेछ यो भन्दा पहिले परिचय नभए पनि बागलुङ भन्ने बित्तिकै आफ्नोपन आयो । अध्यारोमा कहाँ जान,े उहाँकै रुममा गएर सुते । बिहान उज्याहो हुने बित्तिकै मेरो मिसन शुरु भयो मैले पहिलो व्यवस्थापन रुम खोज्नु थियो त्यही कामको लागि हिडे । धेरै बिहान भएर हो कि मानिस नउठेको भए पछि म चिया पसलमा गएर बसे । चिया पिउने आदत थिएन तर त्यहाँ बस्नको लागि एउता बहना चिया पिउने भयो । केही समय पछि त्यही पसलेलाई कता कोठा पाइन्छ भनेर सोधेको थिए जता पनि पाईन्छ भन्ने बित्तिकै खुशिले मन फुलेको थियो । अव मेरो मिसन सुरु भयो ।
बिश्वबिद्यालयमा गएर अध्ययन गर्ने मेरो सपना पुरा ह
म पत्येक घरघरमा गएर सोध्न थाले तर पनि उत्तर आउथ्यो छैन, हिजो खाली भएको थियो हिजो बेलुका नै प्याक भयो, अर्काे हप्ता खालि हुँदै छ । मैले मेरो परिचय धनबहादुर बिक भनिरहेको थिए । मलाई थाहा थिएन कि यो शहरमा पनि जातीय संकिर्ण बिचारका मानिसहरु पनि बस्छन । कोही घरमा कोठा छ भन्दा भन्दै पनि मेरो पुरा नाम र ठेगना भने पछि कुनै न कुनै बहानामा मलाई कोठा दिनबाट रोकियो । कोठा बिरलै पाइन्थ्यो तर पाइएका पनि मेरो परिचयले छैन सम्म पु¥याउथ्यो । बिहान देखि कोठा खोज्नको चक्करमा हिडेको म झन्डै चारबजे सम्म खाना नखाई हिडे ,भोगलागेको महशुस भयो र म खाजा खान रेस्टुरेन्ट पसे । सोचे कोठा नै पाइएन भने त कसरी मेरो कीर्तिपुर पढ्ने सपना पुरा हुन्छ ? खाजा खाइवरी पुन कोठाकै चक्करमा हिडे, मेरो लागि आजको दिन हिडाई भन्दा केही प्राप्ति भएन । अध्यारो भैसकेको कारणले म बसाईको लागि गेस्टहाउस तिर लागे ।
बेलुकी घरबाट आमाले फोन गरेर सोध्नु भएको थियो कोठा पाइयो बाबु ? मेरो आँखाबाट आसु बरर झरको थियो तर म आमालाई भने आज बल्ल कलेजतिर गएको थिए भोलि खोज्छु । ल ल राम्रो कोठा खोन्नु, घरबेटी अप्थ्यारो भएकोमा नबस्नु, म हवस मात्र भने । कोठा खोज्नुको पिडा के छ मलाई मात्र थाहा थियो । हजुरबाबाले भन्नुहुन्थ्यो रुनु भनेको हार स्वीकार्नु हो,छोरा भए पछि रुनु हुन्न भन्नु हुन्थ्यो आँखाबाट बगेका आँसुहरु पुछे अनि अबेर सम्म कोठ र मेरो शिक्षाको बारेमा कल्पनामा तहल्लिरहे ।
अर्काे आजको को दिन पनि मेरो हिजो पुरा नभएको काम पुरा गर्नको लागि हिडेको थिए । बिहानबाट झन्डै तिन बजे सम्म मेरो असफल यात्रामा एउटै परिचयमा दौडिए । घेरै अवसरहरु मेरो परिचयले चकनाचुर बनायो, मलाई आफ्नो परिचय लुकाउन नसक्दा दोस्रो दिनको तिन बजे सम्मको मेरो लगानि पुर्णतया खेर गयो । मेरो बिहानी भोजन तिन बजेतिर गरे र साइबरमा पुगे फेसबुक हेरे । काठमाण्डौ यात्रा लेखेको मेरो फेसबुक वालमा सुभयात्राका लामो लिस्त भएको थियो तर त्यहाँ भएका सबै सुभयात्रा शव्दले मलाई गिज्याइरहयो । पुन फेसबुकमा लेखे मृत मान्छे बस्ने शहर यो कोठमाण्डौ । अर्को पनि लेखे म आफ्नो लक्ष्य प्राप्तीमा हार खादैन । गुगलअर्थबाट कीर्तिपुरको नस्सालाई नियाले मैले खोज्दै हिडेका मध्य बागभैरव बाहेर अन्य सबै ठाँउमा हिडिसकेको रहेछु । मन अमिलो भैसको थियो, मेरा आँखाका दिलहरुमा आँसुहरु छचल्किरहेका थिए अब स्वाभिमान जोगाउनु या स्वाभिमान गुमनाम गरेर आफूलाई स्थापित गर्नु । सोझो औलले घिउ आउँदैन भन्ने सुनेको थिए मेरो बिकल्पमा थियो मेरो परिचय गुमनाम बनाउनु । त्यही निर्णयका साथ साइबरबाट निस्किए । मैले पहिले आफूलाई धनु लेकाली भनेर चिनाउथे आज पुन त्यही नामले चिाउँदै थिए । (–लेकाली को अर्थ हुन्छ अग्लो पहाडको चिसो हावापानी भएको ठाँउको, अर्का अर्थ हुन्छ बादी समुदायको थर । म आफूलाई भौगिलिक र जातिय रुपमा अपहलित रुपको मान्छेको रुपमा लिन्थे ।) केही उकालो हिडाइ पछि मैल आफ्नो परिचय परिबर्तन गर्ने बित्तिकै एउटा कोठा हात लाग्यो जसको महिनामा पच्चिस सय थियो । त्यो कोठालाई बिकल्पमा राखेर अर्को केही ठाँउमा गए । अर्काे केही ठाँउमा सोधे पछि कोठा पाए, दूई हजारमा । मलाई अब यो कोठानै उपयुक्त लाग्यो । त्यो घरमा जम्म दुईवता रुम थियो एउटा पसल, उर्काे खालि कोठा । त्यही उपयुक्त लागे पछि रुमको लागि आवश्यक सबै हतार हतार किने र बेलुका त्यही बसे ।
कीर्तिपुरमा सदा बिद्यार्थीले भोग्ने भनेको एउटा अर्काे समस्या हो पानीको । कतै इनार र कतै मुलको पानि भएको ठाँउमा सहज भए पनि अन्य ठाँउमा भने पानीको समस्या निकै देखिन्छ । पिउने पानीको धारोम घण्टौ सम्म लाइनमा बसेर एक बाकेट पानि लिएर आउनु पर्ने समस्या हुन्छ । स्थानियबासीले जहिले पनि पानि भर्ने बेलामा सबै बिद्याथीलाई दोस्रो दर्जाको नागरिक भएको जस्तो व्यबहार गरिरहेकै छन । स्थानिय बासी जतिबेला आए पनि पानी भर्नको लागि पालो चाहिदैन तर बिद्यार्थीहरु भने घण्टौ पालोमा बस्नु पर्छ । यो प्रत्यके कीर्र्तिपुरमा बस्ने बिद्यार्थीले भोगेको पिडा हो । म कीर्तिपुरको हिलसाइडमा बस्थे । त्यहाँ एक जना पूर्ण परियार दाई कपडा सिलाउनु हुन्छ उहाँको पुख्र्यौली घर तराई भए पनि उहाँ यहाँ बस्न थाल्नु भएको भन्डै बिस बर्ष जति भएछ । एक दिन उही दाई र भाउजु पानीको धारोमा उभिनु भएको थियो मेरो घरबेटिले मलाई भन्नु भयो त्यो दमाई हो त्यो धारोमा दमाई भएको बेला पिउने पानी नलिनु, म हुन्छ मात्र भने । मेरो शरिरमा रिसले तातो ज्वार उठेको थियो तर म बाध्य थिए लुकाएर राख्न । के कुनै जातिके छोएको पानिमा कुनै बिष हुन्छ ? के कुनै मानिस जन्मदै ठूलो सानो हुन सक्छ ?
धेरैले भन्नु हुन्छ जात किन ढाटेको ? सायद जातकै कारण यसरी अपमान हुदैनथ्यो भने कसलाई रहर हुन्थ्यो आफ्नो पहिचान र स्वाभिमान लुकाएर रहनु पर्ने । जीवन बिक होस या धनबहादुर बिक या अरु सयौ आफ्नो जात ढाँटेर बसेका दलित बिद्याथीहरु आफ्नो पहिचान र स्वाभिमान हुदाँहुदै पनि बाध्य भएर जात लुकाउन बाध्य छन । ति जात लुकाइस भनेर आरोप लाउनेहरुलाई भन्छु एक हप्ता आफ्नो नामको पछाडी कुनै दलितका जात राखेर परिचय गर्नुहोस तपाईले के के चुकाउनु पर्छ, के के त्याग्नु पर्छ । तपाईलाई तपाई दलित हो भन्ने संकेत पाउने बित्तिकै कति अपमानको भागिदार हुनुपर्छ तपाईलाई थाहा हुन्छ । जहाँसुकै जानुहोस तपाई परिचय नभई कुराकानी गर्दा तपाईलाई सम्मान गरेर बोल्छन, राम्रो व्याबहार गर्छन तर जव तपाई आफ्नो परिचय गर्नुहुन्छ फेरी तपाईलाई प्रयोग गर्ने भाषा र तपाईसँग गरिने व्यबहारमा आकाश जमिनको भिन्नता हुन्छ । तपाई सम्झनुहोसकी तपाई दलित भन्ने थाहा भए पछि बोल्न पनि चाहदैन । आन्दोलनमा जातिय रुपमा प्रहरी दमन हुन्छ, राज्यको मन्त्री तथा प्रशासक देखि तल्लो तह सम्म, पानी पधेरो, स्कुल, सेना प्रहरी ,बिश्वबिद्यालय मेलापात कहाँछैन जातिय छुवाछुत ? भनिन्छ मानिस जलाउने र गाडने चिहान समान हुन्छ, जानुहोस गाउँका अधिकतमा ठाँउमा दलित र अन्य जातिको लागि राख्ने ठाँउहरु पmरक फरक छन । कसैलाई जातिय छुवाछुत गरेर मलाइ अपमान ग¥यो भनेर कुनै पिडित प्रहरीसम्म पुग्यो भने प्रहरीले भन्छ यो सामान्य कुरामा मेलमिलाप गर्नुहोस् भन्छ । तपाईको जातिय छुवाछुतको प्रमाण लिनुहोस् भन्छ । कसरी लिन सकिन्छ प्रमाण देख्नेले छुवाछुत गर्नेवालाकै पक्षमा बोल्छन भोग्ने वालाले कसरी लिन सक्छ ? म कोठा खोज्दा जातको कारण कोठा पाएन यसको प्रमाण के हुन सक्छ ? हाम्रा बिश्वबिद्यालयहरुमा अनुसन्धान गर्दा दलित शव्द देख्ने बित्तिकै काटेर अर्काे बिषयमा अनुसन्धान गर्नु भन्ने जस्ता शिक्षित बर्ग भेटन सकिन्छ । यही काठमाण्डौ भित्र यस्ता हजारौ उत्पीडनका घटनाहरु छन । यसरी सबै कुराले सम्पन्न स्थानमा स्थिती छ भने बिगत गाउँबस्तीमा कस्तो छ होला ? के यो समुदायलाई बाच्ने अधिकार छैन ? राज्यको समाजको कुनै संरचनामा पनि दलितलाई समान व्यबहार महशुस गराउन सकेको छैन । अहिलेको नयाँ संबिधानमा हेरौ दलितको लागी खासै नयाँ छैनन । यसरी नै उत्पीडन निरन्तर चलिरहने हो भने यो समुदायका मानिस आइ एस आइ एस भन्दा फरक नहोला भन्न सकिदैन ।
त्यसैले यो राजनैतिक तथा साँस्कृतिक कुप्रथा दलित आफूले मात्र हटाउन सक्दैन । देशमा रहेका झन्डै ७० लाख दलितको उन्नति नहुन सम्म देश बिकाश हुन सक्दै । जातीय छुवाछुत र अपमानले हामी नेपालीहरु असमानता तथ बैमनस्यता सृजना गरेको छ । जवसम्म एक नेपालीले अर्काे नेपालीले हार्दिकताका साथ अगाल्न सक्दै त्यतिबेला सम्म नेपाल र नेपालीको एकटा र बिकाश हुनै सक्दैन । कसैलाई गाली बेइजति र अपमान गरेर समस्या समाधान हुन सक्दैन । उसलाई तपाईको त्यानो मायाँ र हार्दिकता सधै आवश्यकत्ता आवश्यक पर्दछ । हामी आफूलाई नेपाली बीर सम्झन्छौ भने हामी भित्रको असमानताको जालो च्यातौ र समतामुलक समाज निमार्ण गर्नको लागि हातेमालो गरौ । राज्यले बेलैमा यसको सहि व्यबस्थापन गर्न सकेन भने भोलो जस्तोसुकै परिणम भोग्न तयार हुन आवश्यक छ ।
धनु लेकाली
भकिम्ली एक, म्याग्दी
हाल काठमाण्डौ, नेपाल ।।

Post a Comment

0 Comments