Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

धनु लेकाली को कथा: सपनाको हत्या



(यो  कथामा देशको विभिध कारणले दुःख पाइरहेका नेपालीहरुको यथार्थ घटना समेतिएको कथा हो, तपाई पूर्ण पाठ गरेपछि मात्र प्राप्त गर्न सक्नुहुनेछ ।)

मनमा किन हो, आज अलिक फरक पना अनुभब भएको छ । सदा जसो साथीहरुसँग जंगलमा घाँस काट्न जान्थे ,आज एक्लै छु तर पनि कुनै डर को महसुस भएको छैन । घाँसको भारी पुगि सकेको छ, अब म छिट्टै भारी बोकेर जानु पर्छ । रुखमा चड्दा हात गोडा सबै छिया छिया  भएको छ । के गर्ने  नेपाली भएर वन पाखा गर्नुनैपर्ने । यसरी नै बितेका छन् मेरा दिनहरु ....... /
 भारी चौपारीमा बिसाएर पिपलको बोटमुनि सितलतामा बसेर सुस्केर हाले, यो भन्दा पहिले यी वन पाखाहरु भरिला थिए ।  गाउँमा भएका बलिया बाङ्गा दाजु भाइहरु पनि प्रदेश गएका छन, २ , ४ जना भएका युवा युवतीहरु पनि शहरमा शिक्षा लिनका लागि गएका छन । राज्यमा भएको बिद्रोहका कारण कति युवा युवतीहरु जंगल पसेका छन ।

उफ, यो गाउको हालत सम्झदा पनि बिरक्तिएर आउँछ । कोही बेला जंगलबाट आएर खान बस्नको लागि अनुरोध गर्छन्, तिनीहरु जंगलबाट गरिबका झुप्रामा शान्ति र बिकाश ल्याउने, बिकाशको मुल फुताएर देशको बिकाश गर्ने सपना सबै गरिब जनतामा बाँदिरहेका छन् । उनीहरु जब खाना खान्थे अनि नेपालका राजनीतिज्ञले गरेका कटु कामका कथाहरु सुनाउथे, जसको आक्रोसले सयौ युवाहरु त्यही सपना पूरा गर्नको लागि बन्दुक लिएर जंगल पस्थे । गरिब महिला, लोपोन्मुख जातिहरुलाई माथि उठाउने उनीहरुका कुराले गाउँ वस्तीमा एउता आसाको किरण नै फैलाएको थियो । पढ्ने युवाहरुलाई यो गुर्जुवा शिक्षा हो यो पढेर काम छैन, यो गरिव जनतालाई मूर्ख मात्र बनाउछ , भनिदिन्थे । बिदेश जानेलाई हामी वीर गोर्खालीका छोरा छोरीहरु अरु देशका गुलामी भएर देशको इज्जत फाल्नु हुदैन आउ नेपाली जनताहरु हो अब बर्गीय मुक्तिको लागि एक पटक बलिदान गरौ ।
अर्को दिन फेरि सैनिकहरु आएर किन बस्न दिइस्, भनेर कुट पिट गर्छन, ति बिद्रोहीलाई सहयोग गर्नेलाई तु परमधाम पु¥याइदिन्छन् । यहि गाउँका कति जनाले ज्यान गुमाई सकेकाछन् । आखिर पंीडित भनेका गरिब जनताहरु  त हुन नि । जसले जे भने पनि दिन भरी काम नगर्ने हो भने मुखमा एक सितो भात पर्ने होइन, ल म मनमा के के कुरा खेलाएर बसेको रहेछु अब घर लाग्नु पर्छ ।
     मलाई थाहा छैन, किन आज ठूली आमाको घरमा मानिसहरु जम्मा भएका हुन ? सायद ति मानिसहरु पक्का पनि भूमे पूजाका लागि जम्मा भएका होलान् । होइन, अँ..खै किन आएका हुन उतै गए पछि थाहा हुन्छ । तर नौला जस्ता देखिने मानिसहरु छन् । अरे बन्दुक  बोकेका, हरियो सैनिक पोषाकमा .....
किन आएका होलान ? हुनसक्छ  तिनीहरु दाइको हाल खबर बताउन को लागि आएका हुन सक्छन । बेला बेलामा पहिले पनि दाईले पठाएको सामान ल्याइदिएका थिए, त्यही होला, यही अनुमान गर्दै अगाडी गए, तर कता कता धुमिलो रुवाई पनि सुने । साना बच्चाहरु होलान भनेर अनुमान गरे । सायद होइन जस्तो लाग्यो ठूलीआमाको जस्तै धुमिलो आवाज आयो, बिचार गरे पक्का पनि ठूलो बुबा बिरामी हुनुहुन्थ्यो त्यही भएर होला रुनु भ’को यिनै अनुमान लगाउदै हतार हतार गोठ पुगेर भारी फाले अनी पुगे ठुली आमाको घरमा ।
     त्यहाँ वाताबरण निकै रुवाई र करुणाले भरीएको थिए,सबैका आँखाबाट आँसुका धारा बर्सिरहेका थिए , मेरा आखाँ पनि चुर्लुम्म आँसुमा  दुब्यो । जब म आगन निर पुग्छु त्यहाँ कात्रो र बाँस आगनको कुनामा थियो । म पनि त्यो गलत समाचार पाउने बित्तिकै रुदै भित्र पुगे । ठूलीआमा पनि बिलौना गर्दै रोइरहनु भएको थियो । मलाई देख्ने बित्तिकै रुदै मलाई समात्नु भयो ।
“ए बाबु तिम्रो दाई भानु हामीलाई छोडेर अर्कै संसारमा पुगेछ । हामीलाई एकचोटी पनि नसोधेर, बाबु सबथोक गुम्यो, छोरोलाई भन्दा धन दौलत सबै जोरजाम गरियो तर आज सब झुतको खेति भयो । बाबा बुढा बिरमी हुनु हुन्छ, म बुढी भए, हामीलाई बुढेस कालमा कसले पाल्छ  बाबु ”
ठूलीआमाले बिलौना गर्दै रुनु भयो । म पनि निसास्सिदै रोए, जुन दाजु म सँग सानै देखि सँगै हुर्केका थियौ । सँगै स्कुल, घर, वनपाखा , मेला पर्व जता पनि सँगै हुन्थ्यौ, तर आज सबै  उजाद यादहरुमा परिणत भएका छन । जे भए मेरो मन मुटुमा आत्मिय रुपमा बसेको छ, ति यादहरु । सायद, यो आत्मिय रुपमा सदाको लागि मेरो मुटुमा रहने भयो । लामो समयको बिलौना पछि यो घटनाको बारेका ति सैनिक ड्रेसमा सजिएका मानिसबाट के कुरा थाहा पाए भन्दा दाइको मृत्यु सैनिकसँगको भिडन्तमा भएको रहेछ । आखिर जो मरे पनि नेपाली जनताका गरिब छोरा छोरी नै हुन्, सरकारबाट होस् या बिद्रोहीबाट मर्ने जो कुनै व्यक्ति पनि नेपाली नै हुन्, जुन गरिबीको कारणले नेपाली सैनिक वा प्रहरीमा रहि ज्यान गुमाई रहेका छन् । उता बिद्रोहीहरु पनि नेपाली गरीबकै छोरा छोरीहरु हुन जो पुरानो सत्तालाई ध्वम्स गरेर नयाँ नेपालका सपना देखेर आफ्ना ज्यानलाई तिलान्जली दिनको लागि तयार भएका छन् र दिइरहेका पनि छन् । ति नेता भनाउदाहरु गरीबका छोरा छोरीहरुको रगतमा होली खेलिरहेका छन् । अब, चित्त बुझाउनु बाहेक केही रहेन, ति डाँडा माथिका घामहरुको लागि ।
     असोजको महिना थियो, दशै दिनदिनै नजिकिदै थियो । गाउँमा मुग्लान पसेका दाजु भाइहरु घर फर्कदै थिए । जुन घरमा लाहुरे आएका थिए ति घरहरुमा रमाईलो उमंगले भरिएका थिए, लाहुर्नीहरु लाहुरेहरुले लिएका पाहुर बाड्नको लागि अलि व्यस्त देखिन्थे । साना बालबालिकाहरु लाहुरेका मिठाई खानको लागि उतै तिर दौडिएका थिए । ठूला सबै बुबा आमाहरु पनि गाउँका आफन्त आएकाले भेत्नको लागि त्यतै तिर लावलस्कर देखिन्थ्यो । कति बुढा बुढी त बिदेशी रक्सिको स्वाद लिनको लागि त्यतै तिर गएको पाइन्थ्यो ।  म आगनको दिलमा बसेर  गाउँमा भएका गतिविधिहरु नियाल्दैछु ।
त्यही गाउँका कति घरहरु रंगिचंगि छन्, हर्ष उल्लास छन्, भने केहि घरहरु चम्किला छैनन् । त्यहाँ रहेका सबै परिवार आखाँभरी आसु लिएर आफ्ना गुमेका आफन्तलाई सम्झिरहेका छन् । ति नरंगाएका घरहरु बिबिध कारणले ज्यान गुमाएका परिवारका घरहरु थिए । भोलाको नेपाली सैनिकको सर्च अभियानमा ज्यान गएको थियो , अर्का अंकल रामेश्वरको को पनि बिद्रोहीको लदाईमा ज्यान गएको थियो । गरिबीको पिडाले लामो समयदेखि निसास्सिएका धेरै युवा साहुको ऋण तिर्नका लागि बिदेश लागेका छन् । यो गरिबी देशका मानिसलाई बिदेशमा पनि अछुतो राख्न सकेन ।  मेरो आफ्नै साथी गोपालको परदेशको ठाउँमा आफूलाई  बचाउदा बचाउदै सदाका लागि यस धर्ती छोडेर सदाका लागि बिदाई भई सकेका छन् । युद्ध, परदेश जहाँ पनि ति गरिबीबाट पिल्सिएका तमाम युवाले अकालमा ज्यान गुमाउनु परेको छ । त्यो पोखरी मुनि सदैको वर्ष पिङ्गका लिङ्गोहरु थहराएका हुन्थे , तर आज कसले   बनाउछ पिङ्ग यस ठाउमा , तिनै मेहनती दाजुभाइको यादले छतपताउँछ । आँखामा मोतीका दाना छचल्किन्छन , अनि अनधिकित रुपमा वर्षा हुन सुरु हुन्छन् । आखिर मैले ति आत्माहरुलाई सम्झेर आँसु झार्न  बाहेक के गर्न सक्थे र । म साथीलाई सम्झेर त यसरी मनमा पिडा छ , गरिबले पिल्सिएका ति निमुखा बुढा बुढीहरुलाई यो बुढेसकालका सहरा नै गुमेको छन् । आखिर मानिसले जे जति पिडा भए पनि बिर्सन बाध्य हुदो रहेछ । दशै आए आफन्तको पिडाले चुर्लुम्म दुबायो, तिहार आयो तिहारमा पनि पुःन ति बिगतका देउसी भैलो सँगसगै रमाउदै हिदेका यादहरु छरपस्त आए । आँसुमै दुबेर धेरै चाड पर्वहरु गए । आखिर ति नयाँ नेपाल बनाउने सपना देख्ने ति गरिब जनताका छोरा छोरीले देखाएको बाटो आज कहाँसम्म पुगेका छन्, कसैलाई थाहा छैन । ठूला भनउदा नेताहरु लुछाचुदिमा  नै  हराइरहेका छन । मलाई यो दैव प्रति गुनासो छ । के पूर्व जन्मको फल या नियती नै यस्तै हो यि कलिला युवाहरु देश भित्र तथा बाहिर विभिन्न कारणले ज्यान गुमाई  रहेकाछन् । सयौ आमाका काख रित्तिएकाछन् । सयौ नारीका सिउदो पुछिएकाछन् । कैयो बालबच्चा यो धर्तीमा पाइला नटेक्दै टुहुरो बन्नु परेको छ । कैयौ घरबार बिहीन बनेकाछन् । जो जसले जे नारा दिए पनि ति गरिब नेपालीका अनुहारमा शान्ति, खुशीको बहार छावस ।
लामो समय पछि आज देशमा परिबर्तन भएको छ । आज यो बजारका विभिन्न दलका नेताहरु आउने रे । म पनि शिक्षा नभए पनि राजनीतिक कुराहरु जान्नको लागि निकै उत्सुकता जागेर आउथ्यो । धोकाको छेउमा झुन्दाएको झोला भिरेर लागे शहर तिर ।
शहर पहिला भन्दा भिन्दै देखिन्थ्यो । जब म शहरको छेउमा पुग्छु आज मलाई अचम्म लागेको छ । पहिले यो चोकमा सैनिक तथा प्रहरी बसेर गाउँबाट आउने सर्वसाधरणलाई बिद्रोहीको बारेमा सोधेर हैरान बनाउथे । पहिले यिनै चोकमा कति गाउँबाट झर्ने मानिसको हात खुट्टा भाँचिएका थिए । तर आज खुसी लागेको छ ।त्यो झन्झतबाट मुक्त भएका छांै । अर्को कुरा मलाई फरक महशुुुस भएको थियो । त्यो के भन्दा पहिले जंगलमा गाड्ने राता बिद्रोहीका झन्दा आज यै चोक चोकमा देख्न पाए । त्यसै बिच एक हूल मानिसहरु आज मञ्चमा बिभिन्न नेताहरुको कार्यक्रम हुने कुराको जानकारी गराउदै थिए । म पनि उतै जानको लागि तयार भए ।
     नेताहरु पनि मानिस जस्तै हुदा  रैछन है , हा हा हा हा........... छि  मैले के बिचार गरेका हुला, नेताहरु पनि हामी जस्तै यै देशका नेपाली त हुन नि । तिनीहरु कल, छल र बलले माथी पुगेका त हुन नि । म मञ्च मै पुगी सकेको थिए । नेताहरुले शान्ति छाओस् भन्दै सबैले परेवा उदाएर कार्यक्रमको उद्घाटन भयो । गुडमा बसेका ति निरपरधिन पंक्षीलाई आफ्नो लालाबालाबाट छुताएर साच्चै शान्ति प्राप्त होला ? ति परेवाहरु लामो समय सम्म आकाशमै उदिरहे मनमा अनेकन प्रकारका प्रश्नहरु जागिनै रह्यो । नेताहरुले एक पछि अर्काे गर्दै आ आफ्नो भाषण दिन थाले । कति नेताले आफू नै जनताको एक मात्र बिश्वासिलो पार्टी हो भनेर घोषणा गर्थे । जुन मपाइत्व तिनीहरुमा पाइन्थ्यो । कोही मैले यो बिकाश गरे त्यो बिकाश गरे भनेर हुने नहुने नामका लावालस्करको बखान गर्थे । कतिले त हामी नै गरिब, उत्पीडीत,महिला आदि सबैको  आवाज घुलन्द गर्ने पार्टी हो भनेर दाबी गर्थे । कतिले त अरु पार्टीलाई गाली गर्न मै समय खेर फाल्थे । आखिर जसले जे भने पनि चुनावले तिनीहरुको हैसियत कायम गर्छ । यी नेताले जनताका अगाडि त यसरी भनाभन् गर्छन्, जनताका सबै समस्या र संबिधान निमार्णमा के मत मिल्ला भनेर आसा गर्नु ।
आज लामो समय पछि शहर गएको थिए, शरीर थकित बनेको छ । सानी बहिनीलाई शहरबाट खेलौना ल्याइदिएको थिए, उनी भ¥याङको कुनामा खुसी भएर चुनमुन गर्दै खेल्दै छिन् । हजुरबुबा अगेनाको छेउमा बसेर चुरोट पिउदै हु्नुहुन्छ । सबै जना दिनभरीको कामले थकित मुद्रामा देखिन्थे । आमाले मधुरो बत्तीको उज्यालोमा धुवाले आँखा मिच्दै भान्सा पस्कनु भयो । खाना खाएपछि, हात ओबाउन नपाउदै म लागे बिस्तरा तिर ।
आज ज्येष्ठ १४ गते हो । बिहान आज राजनैतिक दलले के गर्नेहुन । जनतालाई सार्बभौम सम्मन बनाउछन् या बनाउदैनन् । सबै जनताहरु संबिधानको प्रतिक्षामा देखिन्थे । दिनभरी मकै खन्दै देशको पछिल्लो स्थिति बारे जानकारी लिदै गए । तर, जति समय बित्दै गए ,दलहरु एक पक्ष, विभिन्न पक्ष बिच छलफल भएको कुरा मात्र सुनियो । सबै दलका नेताले , सहमतिको नजिक पुगेको जानकारी दिदै गए । बेलुकाको खाना खाएर हतार हतार गए बिस्तरा तिर । जति रात छिपिदै गयो कुनै सहमतिको संकेत देखिएन । दिनभरीको कडा परिश्रमले शरीर निथ्रुक्क गलेको थियो । लामो समयसम्म धैर्य रहन सकेन । निरन्तर निद्रालाई पन्छाएर रेडियो सुन्ने चेस्ता गरिरहे ।
     ओ ! नेताहरु त अचम्मका रहेछन् । कोही लामा दारा भएका, बोल्न पनि दरलाग्दा । कोही निद्रामै फतफताएका जस्ता देखिन्थे । ३, ४ बर्षकी जस्ती देखिने शान्ती नामकी बालिका अगाडी दौडीएकी थिइन् । धेरै मानिसहरु जिल्ल परेर हेरिरहेका देखिन्थे । ति नेता भनाउदा, जो दानवको अनुहारमा मानवको खोल ओढेकाहरु ति बच्चालाई पछि पछि लखेत्दै थिए । शान्ती चिच्याउदै अगाडी दौडदै थिइन् । कोही शान्तीलाई बचाउनको लागि आग्रह गरेका थिए भने,कोहि मार्नको लागि हौसला दिदै थिए । बसिखाएका ति भुँदेहरु शान्तीलाई भेट्टाउन मुस्किलै थियो । तर ति कलिलो बालिका कतिबेर सक्थिन् र दौडीरहन, ति नेताहरु बिच बिचमा सल्लाह र छलफल गर्देै अगाडी बढिरहेका थिए । अब तिनीहरु हातमा हतियार लिएर अगाडी बढे । दाँया तिरबाट हातमा बन्दुक र भाला लिएर दौडिए । बायाँ तिरबाट हसिया र खुर्पा लिएर दौडिए । शान्ती पनि सकेसम्म आफूलाई बचाउने प्रयास गरिन् । एक पटक अन्तिम हुकार उनले बचाउनको लागि अनुरोध गरिन् । तर ति नतमस्त राक्षसहरु उनको हुकार सुन्न तयार भएनन् । बन्दुक बोकेको राक्षसले अहंकारले छाती फुलाएर बन्दुकबाट गोली छोड्यो । त्यो गोलीले ति अबोध बालिकाको छातीलाई चिरा बनायो । तर अन्तिम पटक यो देश बाचि राखोस् भन्दै सदाका लागि बिदाई भइन् । कति जना मानिसहरु हाँसो, खुसीका साथ ताली मारे । कैयौ कोमल मनहरुका आँखाबाट आँसुका धाारहरु बर्षिए । मेरा मन पनि थामी नसक्नु भयो । आँखाबाट अनगिन्ती मोटीका दानाहरु बर्षिए , झनै निसास्सिएर रुन थाले । त्यतिकैमा निद्राबाट आँखाहरु खुल्यो । म त आफूलाई निथ्रुक्क आँसुले भिजेको पाए । कस्तो डरलाग्दो सपना ! छेउमै रहेको अांखोराको पानी पिउँदै घडीतिर हेरे, मेरो घडीमा भन्दै ११ बजेको थियो ।
समाप्त ।
लेखकः धनु बि.क. लेकाली
भकिम्ली १, म्याग्दी

Post a Comment

0 Comments