Dhanu Lekali( Bhakimly one Myagdi) |
कथा
ःपश्चताप
बेलुकी
पानी आएर होकी, बिहानी
सँगै आकाशमा सूर्यका किरणहरु निकै
चम्किरहेका देखिन्थे। बसन्तले पालुवा र फूलहरुको बहार नै ल्याएको देखिन्थ्यो।
भर्खर नयाँ संसारमा आएका चरिबरिहरु कलिला पालुवाहरुमा गीत गाउदै फिरफिर नचिरहेका
देखिन्थे । तर किन हो आज मलाई भने मनमा चिसो पसेको छ । ज्यान त्यति फूर्तिलो छैन ।
अलिकति बिरामी भयो त घरको याद आईहाल्छ, आज पनि थोरै बिरामी छु। हिजोअस्ति बाट मलाई टाइफाइट भइहाल्यो । यो नगरपालिका ले
पटक पटक शुद्ध पिउने पानी प¥याउने कुरा गर्छ तर खै, समयमा
पिउने पानी छैन । यसको मार सबभन्दा बिद्यार्थीमा परेको छ। पानि भर्ने समयमा
बिद्यालय जान्छन,अनि
बैकल्पिक कुनै पानीका मुल पनि छैनन । मलाई दुषित पानीले गर्दा बिरामी भए , मेरो साथी
पनि झादापखलाले पेट छाम्दै हिदडै थियो । कहिले होला पिउने पानिको व्यवस्था ? उफ.. यो
कुरा सोच्दा पनि टाउको दुख्छ ।
कुरा अचम्म अचम्म सुनिदै छ ,हिजो आÇनै गाउमा
एक जनाको अचम्मको बिहे भएछ । श्रीमान बिदेश चर्को घाममा मर्नु न बाच्नु भएर काम
गरिरहेको होलान,
सिधा सोझो खुरु खुरु घरमा पैसा पठाउथे, ति भाउजु
ले बरबाद गराएछन । घरमा छोरा छोरी को लालन पालन गर्ने, श्रीमतीलाई
खुसि बनाएर आनन्दमय जीवन बिताउने सपना आज समपूर्ण चकनाचुर भएको छ । एउटा नाथे
ड्रइभर संग भागेछन । कुरा कसो भन्दा, गाउ गाउमा रोड को बिकाश हुदा देखिनै ति
ड्राइभर दाई खाजा,
खाना उतै हुदाहुदै ५ ÷६ लाख पनि खाइदिए, श्रीमति
पनि लैदिए बिचरा को ....... । यस्तै छन धैरै नेपालीहरुको हालत, यसमा कसको
दोष ? केटा
या केटी ? श्रीमान
या श्रीमती ? हामी
भन्छौ राज्यको राम्रो कानुन भएन भनेर, के हामीले आÇनो जिम्मेवारी पूरा गरेका छौ ? राज्यले
हामीलाई केही दिएन भन्छौ तर राज्यका लागि के गरेका छौ ? हरेक
कुराको जिम्मेवारी आफुमा हुन्छ त्यसैले फटाफट अरुलाई दोष लगाउनु भन्दा आफुले गरेका
कामलाई फर्केर हेरौ ।
यो पानी ले दिग्दार भको छ ।आज पनि नुहाउन
जानुपर्छ । डेरामा बाथरुम राम्रै छन,तर के गर्ने पानी नै छैन। म आफुले झोलामा
फोहोर कपडा राखेर तयार भए । पानी भएको ठाउमा पुग्नको लागि झन्दै १ घण्टा लाग्छ । म
धारोमा पुगे , त्यहाँ
दुई जना केटाहरु धारोमा कपडा धुदै थिए । उनिहरु एक आपसमा कुराकानि गर्दै थिए ।
“आ ....हु‘ मेरो
हातमा पानीले चरचर पा¥यो आहाहा....मेरो औलाहरुका छाला गएर बर्बाद भएको छ के गर्नु ।”
“साले तैले गर्ने काम गरेको भए पो
राम्रो हुँँन्छ ।”
“ अनि आफु
नि आफु ?”
“ जति लिए
(गाज, रक्सिी)
पनि औलाले काम गरेको छ नि, अनि तेरा ज्यानको हालत के भएको छ ? कहिले बिचार गरेको छस् ? आÇनो केहि
देख्दैन हैन ?”
“ज्यान किन
यस्तो पातलो हुदै छ ? भन्न यार, अरु बेला त खुब जान्ने छु भन्छस नि।”
“ल साले
सुन, हामीले
गाजा खाँदा निक्लने बिषालु धुवा हाम्रो फोक्सो सम्म पुग्छ। फोक्सोबाट रगतको सहयोग
बाट शरीरका समपूर्ण कोष कोष पुग्छ । अक्सिजन को आवश्यता परेका ति कोषहरु बिषालु
कार्बनडाइअक्साइड ले नराम्ररी असर पार्छ । जसले गर्दा बिस्तारै ति कोषहरु सुक्न
सुरु हुन्छ । त्यसैले गाजा खाने मान्छे को शरिर बिस्तारै सुक्दै जान्छ। त्यही भएर
हाम्रो हातको छाला बिस्तारै जान सुरु गर्छ। ”
“ए साले तँ
त डाक्टरले जस्तो चित्त बुझ्दो कुरा गरिस यार, मेरो सँगत नगरेको भए त त ठूलो मान्छे बन्थिस
हैन हा हा हा ............”
“म पनि
आईएस्सि पढने मान्छे होनि त के गर्ने, घरबाट शुद्धा शुद्धीले (बुबा आमा) पढ भन्दा
पनी दिनभरी तास,
गाजा र पुलहाउस मा बित्छन। जे होस् हाम्रो लागि भगवानले भिजा
(भिस्सा) पठाउदै छन कि कसो ? हा हा हा...........”
“ए अनि
हिजो राति कहाँ बसेको होनी ?”
“हिजो त
डायमण्ड होटेलमा बसियो नि । गाउ बाट आएको भर्जिन केटी सँग रात बिताइयो नि यार, मोज भयो
हिजो त ।”
“साले त
एक्लै हो ?”
“म एक्लैे
उनिहरु दुईजना थिए ।”
“किन मलाई
नबोलाएको त ?”
“कन्त्याग
मैले गर्ने मोज तैले गर्ने हा हा हा .........”
“अनि कसरी
कनत्याग भको हो ? त्यो
छप्कि संग ?”
“त्यतिकै
फोन हान्दा हान्दै भेत भयो नि, खोपदिमा लेखेको हुनुपर्छ नि हा हा हा ... १० बजे पछि को लगानि रामै्र
संग उठाइयो यार ।”
“अनि
कण्डोम यूज गरिस कि नाई ?”
“गाउका
भर्जिन लाई के कण्डोम यूज गर्ने । आफुलाई एड्स भइसक्यो किन अरुलाई बचाउने ? सँगै
भगवान को मा जादा साथि पनि त चाहियो नि । त्यसलाई २ ÷ ३ बर्ष पछि त थाहा हुन्छ बिचिरीलाई के भयो
भनेर । ”
“ओ ....
बिचरी को लाइफ पनि छित्तै भगवान को हातमा पुग्ने भयो । कति सोझि हो बिचरा कमसे कम
कण्डोम यूज गर त भन्न पर्छ नि”
“के थाहा
जाबो गाउले जंगली हरुलाई, कहिल्यै त्यस्तो गरेको भए पो थाहा हुने ।
बिचरी पहिले त रुदि थी पछि बल्ल बल्ल भुलि ।”
“अनि अब
आउछ कि आउदैन नि ति छप्किहरु ?”
“आउछन ।
किन र ? मुख
रसायो ?” “मलाई
पनि लानु पर्छ नि अब त। बरु अहिलेको डि. ए्स.पि साले त खुब टाइत गर्दै छ यार”
“चिन्ता
नगर न यार म सेक्रेत ठाउ त मिलाई हाल्छु नि। जाबो त्यसले समातेर कतिदिन राख्ला र २÷४ दिन त
होनी त्यस पछि त शूद्धोले (बुबा) निकाली हाल्छन नि। के को चिन्ता, शूद्धोको
पैसा म हुदा सम्म त होनी म मरे भने कसले खान्छ दिदी उसकै बुढाको खान्छ हैनर यार ?”
“हो । आजको
परिक्षाले बोर बनाएका्े छ यार मलाई त ।”
“मलाई प्िन
त हो नि । पढने बेला कहाँ छ गाजा , कहा छ रक्सि, कहाँ छ छप्कि, कहाँ छ मोज मस्त भनेर हिडियो, के लेख्न आवस र लेख्ने । शुद्धा शुद्धिले (
बुबा आमाले) सानै देखी के के बनाउने सपना देखेका थिए सब खत्तम ।”
“हो यार, तैले ठिक
भनिस , शुद्धा
शुद्धिलाई ( बुबा आमालाई) एकै चोटी छोरा डयाम्म छोरा बेडमा ढल्छ र बल्ल थाहा पाउछन
बिचराहरु, अनि
बल्ल सारा सपना खत्तम । ”
“ शुद्धा
शुद्धिले ( बुबा आमाले) सानै देखि मलाई इन्जिनियर बनाएर , सान गर्ने
थियो तर बिचरा हरु छोराले त्यो नगरे पछि अहिले बिन्दास भका छन”
“ हाम्रो
शुद्धा शुद्धिले ( बुबा आमाले) पनि सानै देखि पढोस भनेर बिभिद कुरा किनिदिन्थ्े तर
आÇनो
ध्यान रात दिन साथिहरु र मोज मस्ति कै हुन्थ्यो यार कुनै बेला त नरमाइलो लाग्छ ।
आफु संग सँगै पढेका साथी कोही डाक्टर, कोही लेक्चर, कोही यूरोप, कोहि अमेरिका आफुचाही आई.एं. पाचौ बर्ष मा
हल्लिरहेको छु”
“क्या
सम्झदा पनि कुनै बेला रुन आउछ । बाबा आमाले राम्रो गर भन्दा मानिएन आज जीन्दगीले
मृत्यु को दिन गनेर बसेको छ। रात दिन नसामा अचेत भएर सुतेको छ , दुनियालाई
एड्स सारेको छ ,पैसा
खत्तम पारेको छ क्या बोर छ हाम्रो जीन्दगी ”
“ए साले
सिरीयस नबनाई न यार, अब हामी जति पछुत्तो गरे पनि माफी पाउन सकिदैनौ, अब मर्नु
मात्र बाँकि छ यार,बाचुन जेल सम्म त मोज गर्ने हो । बरु एक खिल्ली बनाइ न बरु
मलाई तलतल लाग्यो के ”
“ ल आइजा
घाम तिर एकछिन बसेर खाउ ।”
म
आफु लाई आज छक्क परे । जीबन को अन्त्य आउदा पनि यी निरपराधिन बनेका मानबहरु खुसिले
बाचेका छन । कोही एक मुठि खान को लागि दिनभरीको घाममा रत्तिनु परेको छ । तर कोही
आन्दको खोजीमा जीवनलाई मृत्युको मुखमा सुम्पेका छन।
धन्यबाद
।
(यसमा
प्रयोग गरिएका शव्दहरु अश्लिल जस्तो लागे पनि अहिले को युवाहरुमा देखिएका साझा
समस्या हुन । आÇनो
भबिष्य बनाउने बेलामा कुनै पनि कुलतमा लागेर जीवनलाई मृत्युको घडिमा झुन्दयाएर, मृत्यू
पर्खेर बस्नु भन्दा समयमै यी कुराहरु बाट बचै ।अनि त्यस्तै उच्च शिक्षाको स्वर्णिम सपना देखेर शहर
भरेका दिदीब्हिनीहरु दाजुभाईहरु हो, पैसामा बिकेर आÇनो जीवन
लाई मृत्यु शैøयामा
नपु¥याउ
यही मेरो आग्रह छ ।)
लेखकः
धनु लेकाली –( बिश्वकर्मा)
भकिम्ली
१ म्याग्दी
0 Comments