Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

के पो हो साथी..? by Ratan Bdr Bk

यो समाजको भरै छैन के पो हो साथी..?
गर्छ पाप डरै छैन के पो हो साथी..?

सोझालाई पो कानुनले अँठ्याएर नेल्छ...
बाङ्गोलाइ त करै छैन के पो हो साथी..?

बिभेदले जता पनि थेग्नै गारो भो...
समानताको थरै छैन के पो हो साथी..?

पानी मागेँ दुधै पाई धर्म ठान्दथे...
धर्म वरपरै छैन के पो हो साथी..?

शितल जल सिंचे बोटमा फल फल्ने हो...
यस्तो कुनै जरै छैन के पो हो साथी..?

"गजल प्रेमी"


Post a Comment

0 Comments