चाकरीमा लिप्त हुँदा झुक्ने बानी पर्यो साथी...
आत्मा सम्मान घट्न थाल्यो धेरै हानी पर्यो साथी...
बनै जाउँ त चु'ने आटी
घर जाउँ त स्वास्नी लाटी...
घरको अनि बन्को पनि खिचा तानी पर्यो साथी...
मोही माग्दै ढुङ्ग्रो लुकाइ आँखा सब्को के छलिन्थ्यो...
बाँच्न अनि मर्न पनि आनाकानी पर्यो साथी...
आज जान्छु भोली जान्छु भन्दा भन्दै घरै बित्यो...
बालुवाको ईच्छा माथी फेरि पानी पर्यो साथी...
दुःख मात्र बोकी हिड्छ कोशेलीमा यो दुनिया...
समय नै पिडा दिने ठुलो दानी पर्यो साथी...
रतन ब.बि.क.
मनाऊ~१ सोनाफाँटा बर्दिया

0 Comments