आँखाबाट आँशु खस्यो बाबा सम्झिँएर ।
प्रिय तिम्रो मुहारको झल्को आई रह्यो
कोल्टे फेर्दै रात बित्यो यादले सताई रहयो ।
चिप्रा भाका आँखा माड्दै जादीहौली पँधेरीमा
गोबर सोत्तर गर्दै हौली फर्की अधेारीमा ।
गोठमा बसी आगो ठोस्दै पकाउँदै कुँडो
बाबा भन्नुहुन्छ होला एक्लो भए म बुढो ।
आधा रातमा निन्द्रा खुल्यो आमा सम्झिँएर,
आँखाबाट आाशु खस्यो बाबा सम्झिँएर ।
गोबर सोत्तर गर्दै हौली फर्की अधेारीमा ।
गोठमा बसी आगो ठोस्दै पकाउँदै कुँडो
बाबा भन्नुहुन्छ होला एक्लो भए म बुढो ।
आधा रातमा निन्द्रा खुल्यो आमा सम्झिँएर,
आँखाबाट आाशु खस्यो बाबा सम्झिँएर ।
दिनभरको घरधन्दाले लागे पनि थकाई
आमा भित्र पसी भुट्थिन हाँडीभरी मकै
दलानमा बस्दै बाबा खाँदै मकै मही
सुन्केस्राको कथा भन्दा मैले थाप्थे सही ।
आमा भित्र पसी भुट्थिन हाँडीभरी मकै
दलानमा बस्दै बाबा खाँदै मकै मही
सुन्केस्राको कथा भन्दा मैले थाप्थे सही ।
आधा रातमा निन्द्रा खुल्यो आमा सम्झिँएर,
आँखाबाट आँशु खस्यो बाबा सम्झिँएर ।
प्रिय तिम्रो मुहारको झल्को आई रह्यो
कोल्टे फेर्दै रात बित्यो यादले सताई रहयो
आँखाबाट आँशु खस्यो बाबा सम्झिँएर ।
प्रिय तिम्रो मुहारको झल्को आई रह्यो
कोल्टे फेर्दै रात बित्यो यादले सताई रहयो
लोकराज अधिकारी
दाङ, लक्ष्मीपुर
हाल : काठमाण्डौ,
हाल : काठमाण्डौ,
0 Comments