Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

कविता "अनार्य बस्तीको बहुला कुकुर" सुवास संगम राई


म हेरी रहे

पल-पल हेरी रहें
एकनासले हेरी रहें
र तिमी देखाई रह्यौ नाटक
सडक-सडकमा
सदन-सदनमा
सभा-समारोहमा
उत्तिकै तिम्रो चर्चा चली रह्यो
मिडिया पत्रपत्रिकामा
गरि रह्यौ चिल्ला भाषाणहरु,
अन्तस्करणमा थुपारेर दुरालाप ।


मान्छेको व्यवहारले मात्र अपुग भएछ तिमीलाई
र त नरपशु भएछौ
अधमको मुकुट लाएछौ
चिन्ताकुल नेपाल आमालाई नंग्याउन लागेछौ
चढेछ तिमीलाई बैंस सम्पतिको
यसर्थ त त्यहि बैंसालु तृष्णा मेट्न
सोजा सिदा,सर्वहारावर्ग आम नेपालीको
पसिना माथी बलात्कार गर्न लागेछौ ।

निरघृण कर्मको सम्पतिले
फोगिन तिमी आज
सानदार महलमा सजिएका छौ
हिजका मुलायम तिम्रा बोलि
आज परिघोष जस्तै भएका छन्
निर्दोस राज्यलाई नातागती बनाएका छौ
बोक्रे वरिष्ठ निकम्मा तिमीले ।

ए ! अनार्य बस्तीको बहुला कुकुर
कति भुक्छौ व्यर्थै निरीह बस्तीलाई तर्साउन?
आखिर तिमीलाई पालेको छ कसले?
बिहान बेलुकीको तिम्रो छाक कसले टारेको छ?
बुज्दैनौ किन?
जब तिम्रो विरुद्दमा जोडदार आवाज उठ्नेछ
जब तिम्रो विरुद्दमा असंख्य बस्ति उठ्ने छन्
तब महसुस गर्नेछौ ,
तिम्रो प्राण बचाउने र प्राण खुस्काउने को भनेर ।


कवी
सुवास संगम राई
लोखिम -३ सोलु
हाल:अबुधाबी यु.ए.ई

Post a Comment

0 Comments